२०८३ बैशाख १३

फिल्म ‘मैझारो’ को गीत ‘साकेला नाचौँ’ सार्वजनिक

काठमाडौँ । कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा बनेको फिल्म ‘मैझारो’ को गीत ‘साकेला नाचौँ’ सार्वजनिक गरिएको छ । 

दशैंको पूर्णिमाको अवसर पारेर सोमबार सार्वजनिक गरिएको यस गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ भने पदम साधना कुलुङको शब्द रचना तथा तोरेम्पाहाङ राईको संगीत छ । 

गीतको भिडियोमा फिल्मका कलाकारहरु दयाहाङ राई, दीया पुन, धीरज मगर, मिरुना मगर, विल्सन विक्रम राई, रजनी गुरुङ लगायतले साकेला नाच प्रस्तुत गरेका छन् । यो नाच किराँत समुदायको प्रमुख सांस्कृतिक नृत्य हो । किराँतहरूले उधौली र उभौली पर्वको समयमा साकेला नाच्ने गरेका छन् । 

लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा आधारित ‘मैझारो’मा बुद्धि तामाङ,सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा लगायतको पनि अभिनय रहेको छ । निर्देशक राई स्वयंको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन तथा मित्र डि. गुरुङको सम्पादन छ । 

तक्मे प्रोडक्सन र हाइल्यान्डर क्रूको सहकार्यमा निर्माण भएको ‘मैझारो’का गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले सगीत भरेका छन् भने ब्याकग्राउन्ड स्कोर रोहित शाक्यले गरेका छन् । यो फिल्म भाइटीकाको अवसर पारेर आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

गीतको लिंक-  https://www.youtube.com/watch?v=W1-jB2t4BIw

Read More

सेलेनालाई दुलहीको पोशाकमा देखेर भावुक भइन् टेलर स्विफ्ट

काठमाडौँ । यदि कुनै मित्रतालाई हलिउडमा सुनौलो मापदण्ड मान्न सकिन्छ भने त्यो सेलेना गोमेज र टेलर स्विफ्टको हो । उनीहरूको वर्षौं लामो मित्रता आज पनि उत्तिकै बलियो छ जति पहिले थियो । सेलेनाले हालै आफ्नो विवाहको भिडियो सेयर गरेकी छिन्, जसमा उनलाई दुलहीको रूपमा देखाइएको छ । यस भिडियोमा टेलर स्विफ्टसँगको उनको मित्रता देखिएको छ ।

सेलेनाले इन्स्टाग्राममा टेलर स्विफ्टसँगको तस्बिरहरू र भिडियो सेयर गरेकी छिन्, जसमा उनको सबैभन्दा मिल्ने साथी टेलर स्विफ्टले उनलाई उनको विवाहको दिनको लागि तयार भइरहेको हेरिरहेको देखाइएको छ । टेलरको आँखामा चमक र उनको अनुहारमा मुस्कानले स्पष्ट रूपमा देखाउँछ, उनी आफ्नो साथीको विशेष दिनको बारेमा कति भावुक थिइन् ।

सेलेनाको विवाह सेप्टेम्बर २७ मा क्यालिफोर्नियाको सान्ता बारबरामा भएको थियो, जहाँ उनले संगीत निर्माता बेनी ब्लान्कोसँग विवाह गरेकी थिइन् । भिडियोमा, स्टाइलिस्टले सेलेनाको कपालमा चुल्ठो लगाउँदा, टेलरले क्यामेरातिर हेरिन् र भनिन्, के तिमी ईं गम्भीर छौं ?  यो हेर्नुहोस् ! हे भगवान ! सेलेनाले यी तस्बिर र भिडियोहरूको क्याप्सन लेखेकी छन्- ‘यो मेरी शोगर्लको लागि हो । तिमी जस्तो मिल्ने साथी पाएकोमा म धेरै भाग्यमानी छु । हाम्रो मित्रता सधैं बलियो रहोस् ।’

टेलर स्विफ्टले पनि रेडियो अन्तर्वार्तामा आफ्ना भावनाहरू साझा गरेकी छन् । उनले भनिन्- ‘उनी केवल एक सुन्दर दुलही थिइनन्, उनी मैले देखेको सबैभन्दा सुन्दर चीज थिइन् । म धेरै खुसी छु किनभने उनी यसको हकदार छिन् ।’ टेलरको भनाइले प्रशंसकहरूलाई प्रभावित पार्यो । सामाजिक सञ्जालमा धेरै मानिसहरूले उनीहरूको मित्रताको प्रशंसा गरेका छन् ।

टेलर र सेलेनाको मित्रता २००८ मा सुरु भयो, जब उनीहरू दुवैले जो जोनास र निक जोनासलाई डेट गरे । एक अन्तर्वार्तामा, सेलेनाले भनिन्, ‘ती सम्बन्धहरूबाट हामीले पाएको सबैभन्दा राम्रो कुरा एकअर्काको मित्रता थियो ।’ त्यसबेलादेखि आजसम्म, दुवैले हरेक उतारचढावमा एकअर्कालाई समर्थन गरेका छन्, चाहे त्यो करियरका चुनौतीहरू लगायत व्यक्तिगत उपलब्धिहरू हुन् ।

Read More

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसंको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा सहभागी श्रीनाथ गण (शान्ति सेना) १४औँ डफ्फालाई बदली गर्नको लागि नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोलीको मंगलबार मिसन इलाका प्रस्थान गरेका छन् ।

त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू सोमबार स्वदेश फिर्ता भएका थिए ।  हाल उक्त मिसनमा नेपाली सेनाका १७५७ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

Read More

नेप्सेमा ५८.५५ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

काठमाडौँ । दशैँ बिदा पछि खुलेको आज नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार ५८.५५ अंकले घटेर नेप्से २६०४.९६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२६ कम्पनिका एक करोड ३ लाख ४५ हजार ९०३ कित्ता शेयर ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार ६५६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज सेन्चुरी डेभेन्चरमा सकारात्मक सर्किट लागेको छ भने एनआइसी एशिया ऋण पत्रको शेयरमा ९.११ प्रतिशतले बढेको छ ।

त्यस्तै आज भूगोल इनर्जीको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २८ करोड ३१ लाख र नेपाल रिइन्सुरेन्सको १९ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

Read More

२८ युवाहरूद्वारा आआफ्नो दलको पुनर्गठनका लागि आव्हान

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा आबद्ध २८ युवाले दलहरूको पुनर्गठनका लागि दोस्रो र तेस्रो तहका नेताहरूलाई दबाब दिएका छन् । एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना, अरविन्द सिंहसहितका युवाले दलहरूलाई पुनर्गठन गर्ने काममा ढिलाइ नगर्न सबै राजनीतिक दलका नेताहरूलाई आग्रह गरेका हुन् । 

उनीहरूले जेनजी आन्दोलनको सन्देशअनुसार अघि बढ्न संयुक्त आह्वान गरेका हुन् । 

उनीहरुले भनेका छन्- ‘जेनजी आन्दोलनको माग र  सन्देश स्पष्ट छ: नेपालीहरु राजनीति, प्रशासन र न्यायपालिका लगायत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहान्छन्, त्यसका लागि राजनीतिक दलहरु जिम्मेवार बनून् भन्ने चाहान्छन्, राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस् भन्ने चाहान्छन् । तर मुख्य राजनीतिक दलका नेताहरुले अझै पनि उक्त सन्देश नसुनेझैँ गरेका छन् । विभिन्न बाहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दैछन् । आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घातक हुनेछ । यस्तो बाहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ घकेल्ने छ ।’

यसरी आव्हान गर्नेमा अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, करुणा पराजुली, जटिल कार्की, जेबि विश्वकर्मा, नवीन तिवारी, निराजन पौडेल, पासाङ डोल्मा, प्रकाश देवकोटा, प्रकाश पौडेल, प्रकाश श्रेष्ठ, प्रतिक कार्की, भरत महतारा, भावना घिमिरे, भावना शाह, ममता अधिकारी, महेश पाण्डेय, राजेश राई, राजेन्द्र परियार, राधिका परियार, रोमश खतिवडा,  रोशन रिमाल, विराज थापा, समकृती पुन, सवल दाहाल र सन्दिप पुन रहेका छन् ।

उनीहरुले भनेका छन्: 

हाम्रो आह्वान 

राजनीतिलाई भ्रष्टाचार मुक्त गर्ने मागका साथ जेन् जीले आयोजना गरेको शान्तिपूर्ण र गरिमापूर्ण आन्दोलनमाथि सरकारले गरेको कायरतापूर्ण आक्रमण र नरसंहारमा जीवन आहुति दिने हाम्रा सबै प्रिय साथीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछौँ । सबै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौँ र सबै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

यो परिस्थिति अचानक आएको होइन । राजनीतिमा संस्थागत भएको भ्रष्टाचारका विरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरुबाट आवाज उठिरहेका थिए । राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरुले ती आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको थियो । जेन् जीले नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएपछि त्यसले सबै नेपालीको समर्थन पायो । पार्टी र राज्य कब्जामा लिएपछि जेगरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरुलाई यस आन्दोलनले घुँडा टेकाएको छ । लामो समयदेखि राजनीतिक पार्टीहरुको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका हामीहरुलाई यसले गहिरोसँग प्रभावित पारेको छ । त्यसैले जेन् जीको आन्दोलनलाई हाम्रो उच्च सम्मान छ । 

जेन् जी आन्दोलनको माग र  सन्देश स्पष्ट छ : नेपालीहरु राजनीति, प्रशासन र न्यायपालिका लगायत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहान्छन्, त्यसका लागि राजनीतिक दलहरु जिम्मेवार बनून् भन्ने चाहान्छन्, राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस् भन्ने चाहान्छन् । तर मुख्य राजनीतिक दलका नेताहरुले अझै पनि उक्त सन्देश नसुनेझैँ गरेका छन् । विभिन्न बाहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दैछन् । आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घातक हुनेछ । यस्तो बाहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ घकेल्ने छ ।

नवयुवाको यस आन्दोलनमा घुसपैठ गरेर अनावश्यक आगजनी, तोडफोड र लूटपाट गर्नेहरुलाई स्वयं जेन् जीका जिम्मेवार प्रतिनिधिहरुले निन्दा गरेका छन्  र निश्पक्ष छानविन आयोगको गठनको माग गरेका छन् जसमा हाम्रो पूर्ण समर्थन छ।  यसका साथै यिनीहरुले जसरी पनि राजनीतिक दलको नेतृत्व कब्जा गरिहने र पालैपालो सरकार चलाउने मुख्य नेताहरुको बहिर्गमन हुनुपर्छ भन्ने माग गरेका छन् । उनीहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको र नयाँ निर्वाचनका लागि बनेको वर्तमान सरकारलाई सहयोग गर्नु पर्ने बताइरहेका छन् । संविधानलाई असफल बनाउने र मुलुकलाई फेरि भूराजनीतिक दबाब र अस्थिरतातर्फ धकेल्ने कुनै पनि गतिविधिले यस आन्दोलनलाई बदनाम र असफल बनाउँछ भन्ने कुरामा उनीहरु सचेत देखिन्छन् । प्रगतिशील, लोकतान्त्रिक, समावेशी, न्यायपूर्ण र विकसित नेपालका लागि हाम्रा अग्रजहरुले करिब नौ दशकसम्म गरेको सङ्घर्षकै पछिल्लो प्रतिनिधि पुस्ताका रुपमा आफुलाई उभ्याएका छन् । उनीहरुको यस्तो सुझबुझ र जिम्मेवारी बोधलाई हामी उच्च प्रशंसा गर्दछौँ र ऐक्यबद्धता प्रकट गर्दछौँ । 

आज हामी अस्थिरताका ठूला चुनौति र लोकतान्त्रिक भविष्यका ठूला सम्भावनाका बिचमा छौँ । राजनीतिक दलहरुमा पुनर्गठन, जनतामा आशा र विश्वासको सिर्जना, ती दलहरुको लोकतान्त्रिक सहकार्य, नयाँ निर्वाचन एउटा बाटो हो । दलहरुमा अलमल, पुरानै नेताहरुको निरन्तरता, समाजमा अन्योल, निराशा र आक्रोश बढाउने शक्तिहरुको बोलबाला, बाहिरी शक्तिहरुको चलखेल र अस्थिरताको दुश्चक्र अर्को बाटो हो । राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरुको पुनर्गठन आजको मुख्य शर्त हो । लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरुलाई बिदा नगरिकन दलहरुको पुनर्गठन हुनै सक्दैन । त्यसैले, आआफ्ना दलहरुलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाई नगर्न सबै राजनीतिक दलका दोश्रो÷तेश्रो तहका नेताहरु र ती पार्टीका जिम्मेवार सदस्यहरुलाई हामी आह्वान गर्दछौँ । 

Read More

देशभर बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

काठमाडौँ । देशभर बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गतेदेखि २१ गतेसम्म बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।

जसमा सबै भन्दा धेरै इलाममा रहेका छन् । इलाममा पहिरोबाट ३७ र बाढीमा एक जना गरि ३८ जनाको मृत्यु भएको छ । त्यस्तै उदयपुर,  धनुषा र पाँचथरमा २-२ जना, काभ्रे, खोटाङ, मोरङ, सुनसरीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै रौतहटमा २ जनाको चट्याङ लागेर र एक जना बाढी,मा परेर मृत्यु भएको छ ।

बाढी र पहिरोमा परेर हाल सम्म ६ जना बेपत्ता रहेका छन् । जसमा रसुवामा ४ जना, भोजपुर र इलाममा एक एक जना रहेका छन् ।  असोज १७ गतेदेखिको बाढी र पहिरोमा परेर हाल सम्म ४७ जना घाइते रहेका छन् ।

Read More

इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सुहाङ नेम्वाङको माग

काठमाडौँ । इलामका निर्वतमान सांसद सुहाङ नेम्वाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न तथा सुकिलुम्बामा नियमित हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । 

सुहाङले अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक जनधनको क्षति, सडक अवरुद्ध, विद्युत् आपूर्तिमा अवरोध र जनजीवन पूर्णरूपमा अस्तव्यस्त भएको उल्लेख गर्दै पहिरो, सडक ध्वस्त र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा समेत गम्भीर चुनौती उत्पन्न भएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै तथा जिल्ला विपद ब्यवस्थापन समितिको निर्णय तथा सिफारिस समेतको आधारमा इलाम जिल्लालाई तत्काल संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।

साथै, जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण आवश्यक राहत सामग्री, औषधि र जनसञ्चार अवरुद्ध भइरहेकाले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

उनले भनेका छन्- 

इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न तथा सुकिलुम्बामा नियमित हवाई उडान सञ्चालन गर्न माग:

अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक जनधनको क्षति, सडक अवरुद्ध, विद्युत् आपूर्तिमा अवरोध र जनजीवन पूर्णरूपमा अस्तव्यस्त भएको छ । पहिरो, सडक ध्वस्त र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा समेत गम्भीर चुनौती उत्पन्न भएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै तथा जिल्ला विपद ब्यवस्थापन समितिको निर्णय तथा सिफारिस समेतको आधारमा इलाम जिल्लालाई तत्काल “संकटग्रस्त क्षेत्र” घोषणा गर्न सरकारसँग आग्रह गर्दछु ।

साथै, जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण आवश्यक राहत सामग्री, औषधि र जनसञ्चार अवरुद्ध भइरहेकाले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछु ।

Read More

नेपाली महिला फुटबल टिमले इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले अक्टोबर महिनामा दुई अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला टिमले अक्टोबर २४ मा इरानसँग र अक्टोबर २७ मा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको जानकारी दिएको छ । दुवै खेल भारतको शिलोङमा खेलिने एन्फाले जानकारी दिएको छ ।

एन्फाले यस अघि नै भारतविरुद्ध खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ ।

नेपाली महिला फुटबलको प्रारम्भिक टिम:
गोलकिपर:  अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, सुशीला चौधरी र लीला जोशी ।

डिफेन्डर:  निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राणा, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल र नेहा कुमारी चौधरी ।

मिडफिल्डर: विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सनु परियार र सुक्रिया मिया ।

फरवार्ड:  रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर र सावित्रा भण्डारी ।

Read More

भारतको प्रधानन्यायाधीशलाई जुत्ता प्रहार गर्ने वकिल के भन्छन् ?

काठमाडौँ । भारतीय प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहारको घटना भएको छ । सोमबार भारतको सर्वोच्च अदालत परिसरमै एक वकिल राकेश किशोरले प्रधानन्यायाधीश गवईलाई जुत्ता प्रहार गरेका थिए । 

वकिल किशोरले प्रधानन्यायाधीशको टिप्पणीबाट आफूलाई चोट लागेको र आफ्नो कार्यप्रति कुनै पछुतो वा पछुतो नभएको बताएका छन् । आफ्नो असन्तुष्टि व्यक्त गर्दै वकिल राकेश किशोरले प्रधानन्यायाधीशले सनातन धर्म (धार्मिक सनातन धर्म) सम्बन्धी मुद्दामा खराब टिप्पणी गरेको बताएका छन् । सो घटनापछि वकिल राकेश किशोरलाई निलम्बन गरिएको छ ।

वकिल किशोरले भनेका छन्- ‘प्रधानन्यायाधीशले सनातन धर्मको खिल्ली उडाएका छन् । मलाई चोट लागेको थियो… म मातेको थिइनँ । यो उनको कार्यप्रति मेरो प्रतिक्रिया थियो । म मेरो कार्यबाट न त डराएको छु न त पछुतो नै । सेप्टेम्बर १६ मा प्रधानन्यायाधीशको अदालतमा सार्वजनिक हितको मुद्दा दायर गरिएको थियो । प्रधानन्यायाधीशले यसको खिल्ली उडाउँदै भने, मूर्तिलाई प्रार्थना गर र आफ्नो टाउको फिर्ता राख्न भन…’ 

हाम्रो सनातन धर्मसँग सम्बन्धित मुद्दा उठ्दा सर्वोच्च अदालतले यस्ता आदेश जारी गरेको भन्दै उनले निवेदकलाई राहत दिन अस्वीकार गरेपनि यस्तो खिल्ली उडाउनु नहुने उनको दलिल छ ।

न्यायपालिकाको सर्वोच्च पदमा रहेका व्यक्तिविरुद्ध गरिएको कारबाहीको बारेमा निलम्बित वकिलले भने- ‘यति उच्च संवैधानिक पदमा रहेका प्रधानन्यायाधीशले पनि सोच्नुपर्छ । उनले ‘माई लर्ड’ शब्दको अर्थ बुझ्नुपर्छ र यसको गरिमा कायम राख्नुपर्छ । तपाईं मौरिसस जानुहुन्छ र त्यहाँ भन्नुहुन्छ कि देश बुलडोजरले चलाउन सकिँदैन । म प्रधानन्यायाधीशलाई सोध्न चाहन्छु, के योगी आदित्यनाथले सरकारी सम्पत्ति अतिक्रमण गर्नेहरू विरुद्ध गरेको कारबाही गलत हो ? मलाई चोट लागेको छ र निरन्तर चोट लागिरहनेछ ।’

दलित प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार गरेको आलोचनाको जवाफमा वकिल राकेश किशोरले भने -‘मेरो नाम राकेश किशोर हो । के कसैले मलाई मेरो जात भन्न सक्छ ? सायद म पनि दलित हुँ ।’ प्रधानन्यायाधीश बीआर गवई दलित हुन् र यो एउटा पक्ष हो जसको शोषण भइरहेको छ । तर उनी दलित होइनन् । उनी सनातनी हिन्दू थिए, तर पछि उनले आफ्नो धर्म परिवर्तन गरे र बौद्ध धर्म पालना गर्न थाले । अब उनी कसरी दलित भए ? यो केवल धारणाको कुरा हो ।’

यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखि नेशनल कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले समेत आलोचना गरेका छन् ।

Read More

अख्तियारका प्रमुख राईसहित सबै आयुक्तको राजीनामाको माग गर्दै निवेदन दर्ता

काठमाडौं । जेनजीको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै दबाब दिएको छ । 

जेनजी मुभमेन्ट एलायन्सले मंगलबार प्रमुख आयुक्त राईसहित सबै आयुक्तलाई राजीनामा दिन दबाब दिदै अख्तियारको कार्यालय अगाडी पुगेर दबाब दिएको हो । एलायन्समा आबद्ध युवारूले काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालय पुगेर राजीनामाको मागसहित निवेदन दर्ता गराएका छन् ।

निवेदनमा उनीहरुले ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको सहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ भन्ने उल्लेख छ । सो को बोदार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री, अर्थमन्त्री र कानुनमन्त्रीलाई समेत दिइएको छ । 

Read More