२०८३ बैशाख १३

हालसम्म २३ अर्ब २२ करोडको बीमा दाबि, डेढ अर्ब मात्र भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौं २३ र २४ गतेको प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख बराबरको बिमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्बजनिक गरेको असोज २३ गतेसम्मको विवरण अनुसार सो दाबि गरेको हो । जसमा अहिलेसम्म विभिन्न बीमा कम्पनिहरुले एक अर्ब ५८ करोड ५६ लाख भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । यस अनुसार दाबि परेको रकमको केवल ६.८२ प्रतिशत मात्र अहिलेसम्म भुक्तानी भएको छ । 

२३ असोजसम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी १ अर्ब ३२ करोड ७२ लाख सम्पत्ति बीमा (घरसम्पत्ति) अन्तर्गतको रहेको छ । सम्पत्ति बीमामा सबैभन्दा बढी १९ अर्ब ६ करोड ७६ लाख दाबि परेको छ ।  त्यस्तै मोटर बीमामा ३ अर्ब ४१ करोड ६ लाख दाबि परेकोमा २४ करोड ९१ लाख मात्र अहिलेसम्म भुक्तानी भएकोछ ।   

भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बिमा कम्पनीहरूले उल्लेख गरेका छन् ।  गत २३ र २४ भदौको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिमा परेको बिमा दाबीमध्ये साना प्रकृतिका सबै दाबी तिहारसम्म भुक्तानी दिइसक्ने नेपाल बिमक संघले यसअघि नै बताइसकेको छ । बिहीबारसम्म बिमा कम्पनीहरूमा ३ हजार ९९ वटा दाबी परेका छन् । तीमध्ये दुई हजारभन्दा बढी दाबी साना प्रकृति (दुई करोडभन्दा कमका) रहेको र तिनको भुक्तानी आउँदो तिहारसम्म गरिसक्ने बताइएको छ ।

जेनजी आन्दोलनका क्रममा करिब ८० अर्ब बराबरको क्षति भएको नेपाल उद्योग वाणिज्य संघको प्रारम्भिक अनुमान रहेपनि क्षतिको २० देखि २५ प्रतिशत मात्र बिमा भएको देखिएको छ । 

Read More

ट्रम्पलाई अदालतको झट्का

काठमाडौँ । अमेरिकी संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इलिनोइसमा राष्ट्रिय गार्ड तैनाथ गर्न नसक्ने फैसला गरेको छ ।

शिकागोस्थित अमेरिकी पुनरावेदन अदालतको सातौं सर्किट बेन्चले यो बल तत्कालका लागि संघीय नियन्त्रणमा रहन सक्ने बताएको छ ।

यो निर्णयले शिकागो क्षेत्रमा राष्ट्रिय गार्डको तैनाथीलाई रोक्ने तल्लो अदालतको आदेशलाई आंशिक रूपमा समर्थन गरेको छ । अदालतले यस्तो तैनाथीले नागरिक अशान्तिलाई बढावा दिने र आगोमा घिउ थप्न सक्ने टिप्पणी गरेको छ ।

ट्रम्पले यसअघि लस एन्जलस, वाशिंगटन, डी.सी. र पोर्टल्याण्ड, ओरेगन जस्ता डेमोक्र्याटिक नेतृत्वका शहरहरूमा राष्ट्रिय गार्ड तैनाथ गरिसकेका छन् ।

Read More

देउवालाई शशांकको दबाब: कार्यवाहक सभापति तोक्नुस

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् ।

महाधिवेशनका लागि केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न र कार्यवाहक सभापति तोक्न उनले सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले भने, ‘विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गर्नुपर्छ । यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँ (देउवा) लाई भने– तपाई विघटन गर्नुुस् । एक जनालाई कार्यबाहक सभापति दिनुस् ।’

देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । आगामी मंसिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने उनले विश्वास व्यक्त गरे ।

Read More

गाजाबाट आशाको झिल्को: जीवित बन्धकहरूको सूचीमा नेपाली युवक विपिन जोशीको नाम

काठमाडौँ । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ।

यसअघि सीएनएनले विपिनसहित इजरायली नागरिक तामिर निम्रोदीको स्थिति अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो।

तर, अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिनको नाम पनि समावेश छ । शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ देखि सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने आशा जगाएको छ।

वि.सं.२०८० असोज २३ (अक्टोबर ७, २०२३) मा गाजापट्टीमा भएको आक्रमणको क्रममा विपिनलाई हमास समूहले बन्धक बनाएर लगेको बताइन्छ । यो क्रममा १० जना नेपालीको ज्यान गएको थियो । त्यसपछि विपिनको अवस्था भने सार्वजनिक हुन सकेको थिएन् । बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो।

Read More

कांग्रेसलाई झट्का: युवाहरूको ४०% दाबी, जेनजी बिना संगठन असम्भव

काठमाडौँ । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदै युवाहरूले पार्टीलाई युवामैत्री, चलायमान र जिम्मेवार संस्था बनाउन आग्रह गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य आकाश उप्रेतीले भने,“पार्टी विषम परिस्थितिबाट गुज्रिरहेको छ, पार्टीको हरेक तहका समितिहरू अधिवेशनको सङ्घारमा भए पनि महाधिवेशन हुने नहुने अन्योलता छ । त्यसैले जेनजी प्रदर्शनपछिको अवस्थालाई ध्यान दिँदै पार्टी सङ्गठनमा युवाहरूका लागि खुला पार्टीका रूपमा स्थापित गराउन, मुलुकमा व्याप्त व्यथितिप्रति प्रगतिशील विचार भएका जेनजी समूहलाई आउँदो महाधिवेशनमार्फत सबै तहमा स्थापित गराउनु अनिवार्य छ । यसै विषयमा ध्यानाकर्षण गराएका छौँ ।”

युवाहरूले सबै तहका निर्वाचनमा कम्तीमा पनि ४० प्रतिशत युवालाई पार्टीको उम्मेदवारका रूपमा अगाडि बढाउनुपर्ने व्यवस्था विधानमा नै उल्लेख गराउन, पार्टीका विभिन्न तहका समितिमा आउन हाल रहेका प्रतिबन्धात्मक व्यवस्था निलम्बर गर्न, पार्टीमा मनोनित र प्रतिनिधित्व गरिने पदहरूमा समावेशितालाई ध्यानमा राखी ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गराउन ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै पार्टी उपसभापति धनराज गुरुङले युवाहरूको माग सकारात्मक रहेको र यसलाई सम्बोधन गर्न छलफल गरिने बताए । “युवा वर्गलाई निरुत्साहित गरिनु हुँदैन, उनीहरूको मागलाई सम्बोधन गर्नुपर्छ, निश्चित व्यवस्था गर्नुपर्छ । यस विषयमा छलफल हुन्छ”, उनले भने ।

यस्तै, सूचना तथा सञ्चार विभाग प्रमुख मीन विश्वकर्माले ‘जेनजी’ समूहबारे राखिएका माग सकारात्मक रहेकाले निश्चित व्यवस्था गर्न पहल गर्ने बताए । पार्टी केन्द्रीय सदस्य एवम् पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले सबै समूहको एकताबाट मात्र पार्टीको हित हुने धारणा राखे । उनले युवा पुस्तालाई बाहिर राखेर पार्टीलाई सङ्गठित र सशक्त बनाउन नसकिने भन्दै जनतामाझ जानका लागि पनि युवा प्रतिनिधित्वको विषय सम्बोधन गरिनुपर्नेमा जोड दिए ।

Read More

जेनजी युवाहरुलाई गुटबन्दी र खुट्टा तानातान नगर्न महावीर पुनको आग्रह

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गर्दा झनै धेरै नोक्सान हुने टिप्पणी गर्दै जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेका हुन् ।

उनले गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा इतिहासको पानाबाट पनि सिकौं भन्दै पाँच वटा उदाहरण समेत दिएका छन् ।

१- नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्ध बिक्रम र राजेन्द्र बिक्रम शाहको पाला सम्म आई पुग्दा चरम बिन्दुमा पुगी सकेको थियो। त्यसैको परिणाम स्वरूप नेपाली जनताले १०४ बर्ष सम्म निरकुंश राणातन्त्र बेहोर्नु पऱ्यो।

२- राणातन्त्र सुरु भए पछि प्रधान मन्त्री वीर शम्सेर कै पाला देखि गुटबन्दी सुरु भयो। उनीहरुले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग बर्गका राणाहरुमा बर्गीकरण गरेर गुटबन्दी सुरु गरे र एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे । त्यसरी उनीहरु कमजोर भएर २००७ सालमा जनक्रान्ति द्वारा हटाईए ।

३- २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ साल सम्म संसदिय चुनाव हुन सकेन। त्यसको खास कारण त्यति बेला जन्मेका र जन्मदै गरेका राजनैतिक दलहरुको बिचमा खुट्टा तानातान भयो फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए। अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई बिघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए। त्यो अवसरको सृजना त्यति बेलाको राजतैनिक समुह बिचको गुटवन्दी र खुट्टा तानातानको प्रवृतिले सृजना गरेको थियो।

४- २०१७ साल देखि २०४६ साल सम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासन भित्र राजनैतिक दलहरु नभए पनि बिभिन्न गुटहरु थिए। सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुट जस्ता धेरै गुटहरु थिए र आपसमा खुट्टा तानातान गर्थे। अनि राजखलक भित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरु थिए र राजा बीरेन्द्रको कदम लाई असफल पार्ने चालवाजी खेल्थे। त्यहि कारणले गर्दा पञ्चायती व्यवस्था कम्जोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो।

५- २०४६ साल देखि २०८२ सालको अचानक बिष्फोटन भएको जेन-जी आन्दोलन सुरु भएको दिन सम्मको इतिहास निष्पक्ष भएर बिश्लेसण गरौं र गर्नुहोस्। लोकतन्त्र आएपछि जेन-जी आन्दोलन सुरु हुँदा सम्म राजनैतिक पार्टीहरु बिच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ। त्यसैको परिणाम स्वरूप जेन-जीहरु र आम जनताहरु मिलेर विष्फोटन स्वरूप आन्दोलन गरेको हो। आन्दोलन जेन-जीहरुले सुरुवात गरेको भएता पनि आम जनताले सहयोग गरेका छन् किन भने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्वाद भएको देख्न नसकेर चरम आक्रोसित भएका थिए ।

मन्त्री पुनले इतिहास हेरेर जेनजीहरुले पाठ सिक्न अनुरोध गर्दै जेनजीको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी भएको टिप्पणी गरेका छन् ।

Read More

रुस र चीनलाई साक्षी राखेर किमले गरे शक्ति प्रदर्शन

काठमाडौँ । किम जोङ उनले आफ्नो पार्टीको ८०औं वार्षिकोत्सवमा विश्वको सबैभन्दा विनाशकारी क्षेप्यास्त्र प्रदर्शन गरेका छन् ।

वार्षिकोत्सवको परेडमा विश्वको सबैभन्दा उन्नत हतियारहरू प्रदर्शन गरिएको थियो, जसमा यसको नयाँ ह्वासोङ-२० अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि समावेश थियो, जसलाई किम जोङ उनले ‘सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली’ भनेर वर्णन गरेका छन् । तस्बिरहरूमा उत्तर कोरियाली राजधानीको सडकमा रंगीन परम्परागत पोशाकमा सजिएका हजारौं मानिसहरू राति अबेरसम्मको कार्यक्रममा भेला भएका, राष्ट्रिय झण्डा फहराउँदै र मुख्य सडकहरूमा गोलीबारीको गर्जनको आवाजमा किम जोङ उनको जयजयकार गरिरहेका देखाइएको थियो ।

सो अवसरमा रूसी सुरक्षा परिषद्का उपप्रमुख तथा राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी दिमित्री मेदवेदेव, चिनियाँ प्रधानमन्त्री ली केकियाङ र भियतनामी नेता तो लाम पनि परेडमा उत्तर कोरियाली नेतासँगै उपस्थित थिए । उत्तर कोरियाको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जारी गरेको तस्बिरहरूमा यी सबै नेताहरू किम जोङ उनको नजिकै बसेको देखाइएको थियो ।

यसलाई चिनियाँ र रुसी नेताहरूको उपस्थितिमा, उत्तर कोरियाले अमेरिकालाई सिधै चुनौती दिएको रुपमा विश्लेषण गरिएको छ । आफ्नो भाषणमा किम जोङ उनले उत्तर कोरियाली सैनिकहरू रूसी सेनासँगै ‘अन्तर्राष्ट्रिय न्याय’ को लागि लडिरहेको कुरा पहिलो पटक सार्बजनिक रुपमा स्वीकार गरेका थिए । दक्षिण कोरियाका अनुसार युक्रेनसँगको लडाइँमा ६०० भन्दा बढी उत्तर कोरियाली सैनिकहरू मारिएका छन् । परेडमा, उत्तर कोरियाले लामो दूरीको क्रूज मिसाइल, ड्रोन प्रक्षेपण सवारी साधन र जमिनबाट हावामा प्रहार गर्ने मिसाइल प्रणालीहरू सहितको आफ्नो नवीनतम प्रविधि प्रदर्शन गरेको थियो ।

उत्तर कोरियाको राज्य एजेन्सी, केसीएनएले यी हतियारहरूले देशको ‘विशाल रक्षा क्षमता र आश्चर्यजनक प्राविधिक प्रगति’ प्रदर्शन गरेको उल्लेख गरेको छ । आफ्नो भाषणमा किम जोङ उनले भने- ‘हाम्रो अजेय सेनाले सधैं पार्टीको प्रयासलाई दोब्बर बनाएको छ, ताकि देशको उज्ज्वल भविष्य चाँडै प्राप्त गर्न सकियोस् ।’ 

परम्परागत पोशाकमा सजिएका हजारौं नागरिकहरूले झण्डा फहराए र किम जोङ उन अमर रहुन् ! भन्ने नारा लगाएका थिए ।

Read More

बेलायतका पूर्व प्रधानमन्त्री सुनकले माइक्रोसफ्टमा सल्लाहकारको रुपमा काम गर्ने

काठमाडौँ । बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले माइक्रोसफ्ट र एन्थ्रोपिकका लागि काम गर्ने भएका छन् ।

सुनकलाई माइक्रोसफ्टले वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको छ र कम्पनीलाई ‘बृहत् आर्थिक र भूराजनीतिक प्रवृत्तिहरूमा उच्च-स्तरीय रणनीतिक दृष्टिकोणका साथै नवप्रवर्तन, नियमन र डिजिटल रूपान्तरणका बारेमा अन्तर्क्रिया गर्ने जिम्मेवारी दिइएको छ ।

उनले आफ्नो तलब आफ्नो र उनकी श्रीमती अक्षता मूर्तिको संख्यात्मक सीप परोपकारी संस्था, द रिचमन्ड प्रोजेक्टलाई दान गर्ने बताएका छन् । 

सांसदहरूको लागि बाह्य कामहरूको मूल्याङ्कन गर्ने वाचडग अकोबाले सुनकले बेलायतको नीतिगत मामिलामा सल्लाह नदिने बताएको छ ।  सुनकलाई अमेरिकी टेक जायन्ट माइक्रोसफ्ट र एआई फर्म एन्थ्रोपिकका लागि अंशकालिक तलबयुक्त सल्लाहकारको रूपमा काम गर्न अनुमति दिइएको छ । सरकारी निगरानी गर्ने संस्था, व्यापार नियुक्तिसम्बन्धी सल्लाहकार समितिले सुनकलाई अनुमति दिएको घोषणा गरेको हो ।

समितिले सुनकलाई दुई वर्षसम्म कुनै पनि कम्पनीको तर्फबाट सरकारलाई पैरवी गर्न अनुमति नदिने बताएको छ । समितिले सुनकले प्रधानमन्त्री कार्यालयमा उपलब्ध कुनै पनि विशेषाधिकार प्राप्त जानकारी प्रयोग नगर्ने पनि शर्त राखेको छ ।

सुनक २०२२ को अक्टोबरदेखि २०२४ को जुलाईसम्म बेलायतको प्रधानमन्त्री रहेका थिए ।

Read More

टी-२० खेलमा दक्षिण अफ्रीकामाथि नामिबियाको ऐतिहासिक जित

काठमाडौँ । एसोसिएट क्रिकेट खेल्ने देश नामिबियाले दक्षिण अफ्रिकालाई टी-२० अन्तर्राष्ट्रिय खेलमा चार विकेटले पराजित गरेर सनसनी मच्याएको छ ।

दुवै देश बीचको पहिलो टी-२० शनिबार विन्डहोकमा सम्पन्न भएको थियो । दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै १३४ रन मात्र बनायो । नामिबियाले २०औं ओभरमा छ विकेट गुमाउँदै लक्ष्य हासिल गर्‍यो ।

१३५ रनको लक्ष्य पछ्याउँदै, नामिबियाले लगातार विकेट गुमायो। लरेन स्टीनक्याम्प १३, जान फ्राइलिङ्क ७, जेजे स्मिट १३ रन बनाएर आउट भए । कप्तान जेरार्ड इरास्मसले २१ रन बनाएर टोलीलाई ५० पार गरे । एन्डिले सिमिलेन बलिङ गर्न आए, र ग्रीनले पहिलो बलमा छक्का प्रहार गरे । दोस्रो बलमा एक र तेस्रोमा दुई रन बनाइयो । ट्रम्पेलम्यानले चौथो बलमा एक रन बनाएर स्कोर बराबरी गरे । सिमिलेनले ग्रीनविरुद्ध पाँचौं बलमा डट गरे । अन्तिम बलमा एक रन चाहिएको थियो, सबै फिल्डरहरू पिच नजिकै उभिए । सिमिलेनले कम फुल टस बलिङ गरे, जुन ग्रिनले मिड-विकेटतिर प्रहार गर्दै चौका प्रहार गरे, जसले टोलीलाई ऐतिहासिक जित दिलायो ।

नामिबियाले चौथो पटक टेस्ट खेल्ने राष्ट्रलाई पराजित गरेको हो । टोलीले यसअघि २०२२ मा श्रीलंका र २०२१ मा आयरल्याण्डलाई पराजित गरिसकेको छ, भने  जिम्बाब्वेलाई टी-२० मा आठ पटक पराजित गरेको छ ।

Read More

आयरल्याण्डमाथि पोर्चुगलको संघर्षपूर्ण जित, रोनाल्डोको पेनाल्टी मिस

काठमाडौँ । पोर्चुगलले युरोपको विश्वकप छनौट अन्तर्गतको खेलमा आयरल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा रुबेन नेभेजले ९० मिनेटपछिको इन्जुरी समयमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा पोर्चुगलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए । खेलको ७५औ मिनेटमा रोनाल्डोले प्रहार गरेको पेनाल्टी आयरल्याण्डका गोलकिपरले बचाएका थिए ।  

यो जितपछि समुह एफ मा रहेको पोर्चुगलले छनौट खेलमा लगातार तेस्रो जित हासिल गरेको छ । ३ खेलमा ९ अंक रहेको पोर्चुगल समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै आयरल्याण्डको भने ३ खेलमा एक अंक रहेको छ ।

अब विश्वकप छनौट अन्तर्गत पोर्चुगलले अर्को खेल अक्टोबर १५ मा हंगेरीविरुद्ध खेल्ने तालिका रहेको छ ।

Read More