२०८३ बैशाख १३

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । 

शनिबार अस्पताल भर्ना भएका महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

शनिबार जेनजी प्रतिनिधिलाई वार्ताका लागि बोलाएका राष्ट्रपति पौडेल स्वास्थ्य अवस्थामा समस्या आएपछि उनीहरूसँग वार्ता नै नगरी अस्पताल पुगेका थिए ।

Read More

माओवादीसँग पार्टी एकताको विपक्षमा झलनाथ, पदाधिकारीलाई पठाएको पत्रमा के भने ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग तत्काल एकता गरेर अगाडी बढ्नुपर्ने आन्तरिक तयारी गरेपछि माओवादीसँगको एकता स्वीकार्य नभएको भन्दै फरक मत सार्वजनिक गरेका हुन् ।

श्रीमतीको उपचारका लागि भारतको दिल्लीमा रहेका खनालले पार्टी एकीकरण गर्ने मौसम नभएको बताएका छन् । जारी रहेको पार्टी बैठकमा एकताबारे छलफल र गृहकार्य समेत भइरहेको अवस्थामा खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका हुन् ।

झलनाथ खनालको पत्र :
कुबेलाको सहनाई नबजाऔ । एउटा सशक्त क्रान्तिकारी पार्टी बनाउने मार्गमा अघि बढौं ॥

प्रिय कमरेडहरू तथा आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू ।

गत २३-२४ भदौको घटनापछि म म्याडम रविलक्ष्मी चित्रकारको उपचारको निम्ति भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा छु । देशको राजनीतिक स्थितिमा यस बीचमा निकै ठूलो परिवर्तन भएको छ । २३ गतेको जेन्जी आन्दोलन र २४ गते विध्वंशकारीहरुले गरेको महाविध्वंश पछि ओली सरकार विघठित हुन पुग्यो । अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको छ र संसद विघठन गरी प्रतिनिधि सभाको नयाँ निर्वाचनको घोषणा भएको छ । त्यस घोषणा सँगै अब सिङ्गो मुलुकको राजनीति आगामी निर्वाचनतिर केन्द्रित हुँदै गएको छ ।

युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरुले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ । यो नै अहिलेको मुख्य प्रवृति बनेको छ । स्मरण रहोस् मैले नयाँ वर्षको सन्देशमा नै यो वर्षलाई पुनर्गठन र रूपान्तरणको वर्ष बनाउन आह्वान गरेको थिएँ । समयले हामीलाई ठिक त्यही ठाउँमा ल्याइ पुयाएको छ ।

युवा आन्दोलनको विस्फोटन उनीहरूको फगत आवेग वा बाह्य शक्तिको षड्यन्त्र मात्र होइन । दुई तिहाई बहुमत भएको संसद विघठन भएदेखि मुलुकलाई नेतृत्व गर्दै आएका र सत्तामा बसेका पार्टीहरूको मुख्य नेतृत्वको घनघोर असफलता पनि हो । यो नै मुख्य र निर्णायक कुरा हो । त्यसले मुलुकलाई यो दुःखद अवस्थामा ल्याइ पुयाएको छ । हाम्रो पार्टी लगायत यस बीचमा सत्तामा रहेका र सत्तामा सहभागी भएका सबै पार्टीका नेतृत्वले मुलुकलाई सही दिशा दिन नसकेकोमा उनीहरुले जिम्मेवारी लिनैपर्छ । मुलुकलाई सही दिशा दिने भनेको राजनीतिले र आजको अवस्थामा राजनीतिक पार्टीले नै हो । हामी अहिले बहुदलीय प्रणालीमा छौं । दलबाहेक कसैले पनि जनता र मुलुकलाई सही बाटो देखाउन संभब हुदैन । त्यस माथि वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सहि मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक-आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र बिदेशीहरुसँग अपमानपूर्ण सन्धी र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्तु अनुवार्य नै थियो । अहिले त्यही नै भइरहेको छ ।

अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ । तपाईं हामी देखिरहेका छौं । हरेक साना ठूला पार्टीहरुमा र खुद जेन्जी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ । यो युगको माग हो, यो समयको माग हो, यो जनताको माग हो र यो सिंगो राष्ट्रको माग समेत हो । यो फगत पुस्ताबादको माग होइन, सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रुपान्तरणको माग हो । त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन । कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोहि पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाइ पार्ने दिशामा नलागौँ । सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के गयौ, दूध र पानी छुट्याऔं ।

हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं । हाम्रै पार्टी भित्रका युवाहरूको आवाज अनुरूप समेत पार्टीलाई सहि वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गरौं, पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली विशेषताको सामजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गरौं, यही दिशाका आधारमा सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गरौं। एउटा बृहत राष्ट्रिय मोर्चाको निर्माण गरौं र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौं । मेरो विचारमा आजको सहि मार्ग यहि हो । कुबेलाको सहनाई बजाउनतिर कोहि पनि लागौं । सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुरगठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौं ।

Read More

अन्तरिम सरकारका लागि सामाजिक सञ्जाल टाउको दुखाई, कडाइको तयारी साथ काउन्सिलमा छलफल

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले पनि सामाजिक सञ्जाल नियमनलाई प्रमुख चुनौतीको रूपमा अनुभव गर्न थालेको छ।

पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण र भ्रामक सूचनाहरू तीव्र गतिमा फैलिन थालेपछि यस विषयमा कडाइका उपाय खोज्न शुक्रबार प्रेस काउन्सिल नेपालमा विशेष छलफल आयोजना गरिएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले छलफलमा बोल्दै सामाजिक सञ्जाल नियमनका लागि स्पष्ट दिशा निर्देश आवश्यक भएको बताए। उनका अनुसार देशभर करिब १२ हजारभन्दा बढी सञ्चार माध्यमहरूले सामाजिक सञ्जालमा २० हजारभन्दा बढी प्लेटफर्म प्रयोग गरिरहेका छन्, जसले सूचना व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको छ।

मन्त्री खरेलले प्रेस काउन्सिललाई सूचीकरण भइसकेका र सूचीकरणको प्रक्रियामा रहेका मिडियाका सामाजिक सञ्जाल कन्टेन्टलाई प्राथमिकताका साथ नियमन गर्न निर्देशन दिए। उनले भ्रामक सूचना र गलत प्रचारले मिडियाको विश्वासनीयता कमजोर बनाइरहेको उल्लेख गर्दै काउन्सिललाई कठोर निगरानी र अनुगमनमा उत्रन आग्रह गरे।

उनले थपे, “सामाजिक सञ्जालमा असत्य, अतिरञ्जित र शाख गिराउने खालका सूचनाहरू फैलिन रोक्न अब तत्काल कदम चाल्नुपर्छ।” यसका लागि उनले काउन्सिलभित्र टास्क फोर्स गठन गरी आवश्यक जनशक्ति, पूर्वाधार र स्रोतको अध्ययन गर्न निर्देशन दिएका छन्।

कर्मचारी तहबाट मात्रै नियमन गर्न कठिनाइ रहेको भन्दै मन्त्री खरेलले चाँडै काउन्सिलको अध्यक्ष नियुक्त गर्न प्रतिबद्धता जनाए।

त्यसैगरी, सञ्चार सचिव राधिका अर्यालले कानुन नआउँदासम्मको लागि सूचीकरण प्रक्रियामा आउने नयाँ मिडियाहरुलाई दर्ताको अभिलेख राखेर भएपनि काम अघि बढाउन सूचना विभाग र प्रेस काउन्सिलका कर्मचारीलाई निर्देशन दिएकी छन्।

यो छलफलले सामाजिक सञ्जाल नियमनको विषयलाई संस्थागत रूपले अघि बढाउने संकेत दिएको छ।

Read More

पेट्रोलियमकै बलमा वीरगञ्ज भन्सारको राजस्व उछाल, दुई महिनामा इन्धनबाट मात्रै ११ अर्ब १८ करोड

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ। कार्यालयका अनुसार यस अवधिमा पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास र एटिएफ (विमान इन्धन) गरी पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरी रु ११ अर्ब १८ करोड राजस्व संकलन गरिएको हो।

भन्सार कार्यालयले दुई महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर ती पदार्थ आयात गरेको थियो। प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुमध्ये पेट्रोलियम पदार्थको योगदान २८ दशमलव ५६ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार वीरगञ्ज भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान उल्लेखनीय रहेको छ। “यहाँको भन्सार आयातमुखी छ, जसमा पेट्रोलियम पदार्थ र सवारीसाधन दुवैको हिस्सा उच्च छ,” उनले भने।

यातायातका साधन र तिनका पार्टपुर्जाबाट रु ६ अर्ब १४ करोड (१५.६८ प्रतिशत) राजस्व प्राप्त भएको छ भने फलाम तथा फलामजन्य वस्तुहरूबाट रु २ अर्ब ५४ करोड (६.४९ प्रतिशत) राजस्व संकलन भएको छ। साथै, सबै प्रकारका कपडाबाट रु १ अर्ब ९८ करोड (५.०६ प्रतिशत) राजस्व आएको छ।

कुल मिलाएर वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गर्न सफल भएको छ।

Read More

ग्लोबल आइएमई बैंकद्वारा ८% नगद लाभांश घोषणा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ।

Read More

फिल्म ‘वरिष्ठ बलराम’ मा प्रभावशाली भूमिकामै छु: अभिनेत्री अर्याल

काठमाडौं । नायिका समृद्धि अर्यालले आफू फिल्म ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् ।

समृद्धिले भनेकी छन्-  ‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ । दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।’

विजय बरालको अपोजिटमा रहेर काम गरेकी उनले सिनेमामा विजयको जोनमा नै रहेर काम गर्ने प्रयास गरेको उनले बताएकी छन् । उनले भनिन्-  ‘विजय बराल र दयाहाङ राई दुवै जना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो । केरा लागि यो चलतित्र सिक्ने मौका बन्यो ।’

सुरुमा सिनेमाका लागि अफर आउँदा को कलाकार छ भन्दा दयाहाङ र विजय भनेर सुन्दा काम गर्न सक्छु र भन्ने भएको तर पछि यो काम सिक्ने मौका पनि हो भन्ने सोचर स्वीकार गरेको उनको भनाइ छ । पहिलो चलचित्र ‘फर्की फर्की’मा काम गर्दा धेरै नयाँ कलाकार भएकाले काम गर्न सहज भए पनि ‘वरिष्ठ बलराम’मा भने अग्रज अभिनयमा पारंगत कलाकार भएकाले संकोच र सिकाई दुवै भएको उनले बताइन् ।

यद्यपि, चलचित्रमा आफू शो पिस मात्रै नरहेको उनको दाबी छ । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ । ‘बलरामको क्यारेक्टरको जर्नीमा हेल्प गर्ने इम्प्याक्टफुल क्यारेक्टर छ,’ समृद्धि अगाडि थप्छिन् । आफ्नो सिने करियरको यात्रामा ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले सहयोग गर्ने उनको भनाइ छ । कुशुमको क्यारेक्टरमा देखिने उनले भनिन्- ‘यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ ।’

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल,  समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

Read More

प्रचण्ड सचिवालयको खुला चुनौती: दुई ट्रक पैसा निकालिएको आरोप प्रमाणित गर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जेन–जी आन्दोलनको क्रममा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालिएको पुष्टि गर्न चुनौति दिएको छ ।

आज प्रचण्डको सचिवालयको तर्फबाट गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलन पूर्व दुईवटा ट्रकमा पैसा लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको, गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको लगायतको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।

‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन जी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’– प्रचण्डको सचिवालयले भनेको छ ।

केही सञ्चार माध्यमहरुमा जेन–जी आन्दोलनभन्दा अघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालेर लगिएको वक्तव्यहरु आएका थिए । सोही वक्तव्यको खण्डण गर्दैै प्रचण्डको सचिवालयले आरोप प्रमाणित गर्न चुनौति दिएको हो । प्रचण्डको सचिवालयले नेतृत्वविरुद्ध नियोजित ढङ्गले तथ्यहीन र चरित्रहत्या गर्ने सामग्री प्रवाह गरिएको भन्दै खेद प्रकट गरेको छ ।

Read More

महावीर पुनले जेनजी युवाहरुलाई दिएको सुझावप्रति महेश बस्नेतको समर्थन

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी युवाहरुलाई दिएको सुझावको समर्थन गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै नेता बस्नेतले पुनले जेनजी युवाहरुलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गर्दा झनै धेरै नोक्सान हुने बताउदै सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेकोप्रति समर्थन गरेका हुन् । एकता नै शक्ति हो भन्दै नेता बस्नेतले गुटबन्दी विनाशको बाटो भएको उल्लेख गरेका छन् । उनले नेपाललाई सुधार्न इतिहास दोहोर्याउन नदिउ भन्दै राजनैतिक दलहरू र  जेनजी लगायत सबै उमेर समूहका व्यक्तिहरूले आत्मसाथ गर्नुपर्ने बताएका छन् ।

बस्नेतले देशलाई विदेशी रणभूमि बन्न दिन नहुने भन्दै विकृति र विसंगति हटाएर मुलुक निर्माणको संकल्प गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्-  पञ्चायती व्यवस्था चालवाज र गुटबन्दीले ढल्यो । २०४६ देखि २०८२ सम्मको इतिहासले देखाउँछ । जब राजनीतिक दलहरू स्वार्थ र खुट्टा तानातानमा फस्छन्, त्यो बेला जनता र युवापुस्ता सडकमा आउँछन् । जेन–जी पुस्ताले पनि अब त्यही गल्ती दोहोर्याउन हुँदैन । तपाईंहरू कुनै दल होइन, एउटा उमेर समूह हो । देश सुधारको भावना लिएर अगाडी बढौं । एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो । नेपाललाई सुधार्न इतिहास दोहोर्याउन बढौं । महावीर पुनजीको यो भनाईलाई समर्थन गरियो ।

एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो । नेपाललाई सुधार्न इतिहास दोहोर्याउन नदिउँ राजनैतिक दलहरू र  जेन्जी लगायत सबै उमेर समूहका व्यक्तिहरूले आत्मसाथ गरौं । देशलाई विदेशी रणभूमि बन्न नदिऔं । विकृति र विसंगति हटाएर मुलुक निर्माणको संकल्प गरौं ।

Read More

सुन तोलाको तीन हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३८ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ३५ हजारमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ३१२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३०८५ मा कारोबार भएको थियो ।

Read More

एआईको विकासपछि व्यक्तिगत अधिकार सुरक्षित गर्दै बलिवुड सेलिब्रेटी, कुमार सानु पनि गए अदालत

काठमाडौँ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासपछि सेलिब्रेटीहरुले आफ्नो पहिचान, आवाज र छबीको दुरुपयोग बढेपछि अदालत जाने क्रम बढेको छ । खासगरी बलिवुडका सेलिब्रेटीहरुले अदालतबाट आफ्नो व्यक्तिगत अधिकार सुरक्षित गर्न शुरु गरेका छन् । बलिवुडका महानायक अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्य राय बच्चन, आशा भोस्ले, सुनिल सेठ्ठी यस अघि नै अदालत गएर आफ्नो व्यक्तिगत अधिकार सुरक्षित गरेका छन् ।

पछिल्लो पटक बलिउडका वरिष्ठ गायक कुमार सानुले आफ्नो पहिचान, आवाज र गायन शैलीको दुरुपयोगविरुद्ध अदालत गएका छन् । उनले आफ्नो व्यक्तित्व र प्रचार अधिकारको सुरक्षाको लागि दिल्ली उच्च अदालतमा निवेदन दिएका छन् । उनले आफ्नो आवाज, गायन शैली, हस्ताक्षर, तस्बिरहरू र अनुहारको पनि एआई मार्फत नक्कल र दुरुपयोग भइरहेको दाबी गर्दै यसलाई रोक लगाउन अदालतमा निवेदन दिएका छन् ।

कुमार सानुले आफ्नो निवेदनमा सामाजिक सञ्जालमा धेरै मानिसहरूले एआई प्रयोग गरेर उनको आवाज क्लोन गरिरहेको बताएका छन् । केही भिडियोहरू र अडियो क्लिपहरूले उनको आवाज, शैली र व्यवहारको नक्कल गरेको र मजाक वा मीममा परिणत भइरहेका छन् । उनले यसले उनको छवि बिगारिरहेको छ र उनको कलाको व्यापारीकरण गरिरहेको दाबि गरेका छन् ।

सानुले यी नक्कली भिडियोहरूले फेसबुक, इन्स्टाग्राम र युट्युब जस्ता प्लेटफर्महरूमा राजस्व उत्पन्न गरिरहे, भिडियोहरूले उनलाई अश्लील हास्यको बटको रूपमा चित्रण गरको, जुन उनको कडा परिश्रम र प्रतिष्ठामा आक्रमण भएको उल्लेख गरेका छन् ।

सानुले अदालतलाई तेस्रो पक्षलाई आफ्नो नाम, आवाज वा छविको अनधिकृत व्यावसायिक प्रयोगबाट रोक्न र उनको नैतिक अधिकार उल्लङ्घन गर्ने कुनै पनि सामग्री तुरुन्तै हटाउन आदेश दिन माग गरेका छन् । साथै उनले प्रतिलिपि अधिकार ऐन अन्तर्गत, एक कलाकारको आफ्नो प्रदर्शनमाथि नैतिक अधिकार हुन्छ, र जब उनको कामलाई गलत वा अनुपयुक्त तरिकाले चित्रण गरिन्छ तब यी अधिकारहरू उल्लङ्घन हुन्छन् । सानुको निवेदनको सुनुवाई अक्टोबर १३ मा हुने बताइएको छ ।

Read More