२०८३ बैशाख १३

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरु भयो: परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरु भएको जानकारी दिएको छ ।

विपिन जोशीको मृत्यु भएको पुष्टि भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासका प्रतिनिधिले आज तेल अविवस्थित नेशनल सेन्टर फर फोरेन्सिक मेडिसिनको भ्रमण गरी थप पुष्टि गरेको उल्लेख गर्दै नेपाली राजदूतावासले इजरायलका सम्बन्धित निकायहरूसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया शुरू गरेको बताएको छ ।

त्यस्तै आज अपरान्ह परराष्ट्र सचिव अमृत बहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी डाइरेक्टर जनरल महामहिम  एडन बर तालसँग टेलिफोन कुराकानीमा तालले विपिन जोशीको दु:खद निधन भएको औपचारिक जानकारी गराउँदै इजरायल सरकारको तर्फबाट मृतकप्रति श्रद्धान्जली ब्यक्त गर्दै निजको परिवार, नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना प्रकट गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

७ अक्टोबर २०२३ देखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका इजरायलको लर्न एण्ड अर्न कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत २ बर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरु गरेको बताउदै मन्त्रालयले विपिन जोशीको मृत्युको खबरले स्तब्ध भएको बताएको छ ।

विपिन जोशीको शव नेपाल ल्याइसकेपश्चात पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालाहरुसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधा आदिको लागि उचित पहल जारी राखिने मन्त्रालयले जनाएको छ ।

Read More

तक्मे बुढाको निर्देशनमा बनेको फिल्म ‘मैझारो’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विल्सन विक्रम राई (तक्मे बुढा) को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’को ट्रेलर सार्वजनिक गरिएको छ । 

ट्रेलरमा फिल्मको कथावस्तु, परिवेश र पात्रको संघर्षलाई देखाइएको छ । अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म प्रेम प्राप्तिका लागि गरेको संघर्षमा बनेको ट्रेलरबाट बुझ्न सकिन्छ । 

तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा लगायतको पनि अभिनय रहेको छ । सौरभ लामाको छायांकन रहेको फिल्मका निर्माताहरू डिबी राई र सरिना लामा राई हुन् । यो फिल्म आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Read More

ब्राजिलमाथि जापानको शानदार जित

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जापानले ब्राजिललाई पराजित गरेको छ । जापानको टोकियोस्थित द टोकियो स्टेडियममा मंगलबार सम्पन्न खेलमा जापानले ब्राजिललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । 

जापानको जितमा टाकुमी मिनामिनो, केइटो नाकामुरा र आयासे उएडाले एक एक गोल गरेका थिए । त्यसैगरी ब्राजिलका लागि पाउलो हेनरिक र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । 

यो अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलमाथि जापानको अहिलेसम्मको पहिलो जित हो । यसअघि खेलेका १३ खेलमा ११ पटक ब्राजिलले जितेको थियो भने २ गोल बराबरीमा रोकिएका थिए । 

Read More

Nepal Rastra Bank

भदौ महिनामा घट्यो महंगी

काठमाडौँ । भदौ महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा २०८२ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो । 

जसमा समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत रहेको थियो । त्यसैगरी समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको भने तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७४ प्रतिशत, मरमसलाको ६.३१ प्रतिशत र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.७७ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको४.५५ प्रतिशतले बढेको छ भने बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको रिपोर्टमा उल्लेख छ ।

त्यसैगरी समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.७३ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.९१ प्रतिशतले बढेको छ । त्यस्तै प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९९ प्रतिशत, मधेश प्रदेशको १.७४ प्रतिशत, बागमती प्रदेशको १.७२ प्रतिशत, गण्डकी प्रदेशको१.४७ प्रतिशत, लुम्बिनी प्रदेशको १.७६ प्रतिशत, कर्णाली प्रदेशको १.८५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.८८ प्रतिशत रहेको छ ।

त्यस्तै समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२१ प्रतिशत, तराईको १.७० प्रतिशत, पहाडको १.६८ प्रतिशत र हिमालको २.५१ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

Read More

चालु आर्थिक बर्षको दुई महिनामा निर्यात ८८.६ प्रतिशतले बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को दुई महिनामा कुल वस्तुनिर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड पुगेको छ । 

नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा निर्यातमा ८८.६ प्रतिशतले वृद्धि भएको हो । साथै अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३९.९ प्रतिशत र ०.४ ले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल,पाम तेल, जुटका सामान, अलैंची, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८२-८३ को दुई महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई ३०५ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ८.० प्रतिशत, २५.१ प्रतिशत र ३३.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा

स्पेयर पार्टस्, हवाइजहाज स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, तयारी पोसाक, तेलहन, लसुनलगायतका वस्तुको आयात घटेको छ ।

त्यस्तै आर्थिक वर्ष २०८२-८३ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ८.६ प्रतिशतले वृद्धि भई २५७ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।

त्यसैगरी समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.२७ अर्ब ७५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.२९ अर्ब ९३ करोड बराबरको भएको थियो ।

Read More

विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले बढ्यो, १९.७ महिनाको वस्तु आयात धान्ने

काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को भदौ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि २८८१ अर्ब ३५ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा २०८२ असार मसान्तमा २६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा २८८१ अर्ब ३५ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५८२ अर्ब ३८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वद्धि भई २९८ अर्ब ९७ करोड कायम भएको छ । त्यस्तै २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८२-८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

Read More

विपिन जोशीलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव डिएनए परीक्षणमार्फत उनकै भएको दुःखद् समाचारले मर्माहित भएको बताएका छन् ।

प्रचण्डले विपिनको अपहरणपश्चात उनको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उनलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय भएको उल्लेख गरेका छन् ।

प्रचण्डले यस दुःखद् घडीमा विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 

प्रचण्डले आफन्तहरुको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको उल्लेख गर्दै पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढन अनुरोध गरेका छन् ।

Read More

दुई महिनामा रेमिटेन्स ३३.१ प्रतिशतले बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको दुई महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा रेमिटेन्स ३३.१ प्रतिशतले बढेर ३५२ अर्ब ८ करोड पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । 

२०८२ भदौ महिनाको विप्रेषण आप्रवाह १७४ अर्ब ६७ करोड रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १२७ अर्ब ९९ करोड रहेको थियो । 

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको राष्ट्र बैंक रिपोर्टमा उल्लेख छ । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ३८४ अर्ब ८८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८७ अर्ब ७६ करोड रहेको थियो ।

त्यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको राष्ट्र बैंक रिपोर्टमा उल्लेख छ ।

Read More

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् ।

मधेश प्रदेशको प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएका हुन् । उनकै पार्टीले उनीप्रतिको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत पाउने सम्भावना नभएको अवस्थामा प्रदेश सभामा आफ्ना कुरा राखेर राजीनामा दिएका छन्  । 

मुख्यमन्त्री सिंहले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ ।

Read More

राष्ट्र बैंकबाट चाँदीको सिक्काको बिक्री शुरु, सुनको असर्फी नबेचिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले धन्तेरसलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरू गरेको छ ।

काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री सुरू गरेको बैंकको टक्सार महाशाखाले जनाएको छ । बैंकले १० ग्राम प्रति सिक्को मूल्य ३२ सय रुपैयाँ तोकेको छ ।

सुनको असर्फी भने यस वर्ष बिक्री वितरण नगरिने महाशाखाले जानकारी दिएको छ । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का विक्री वितरण गर्दै आएको थियो । तर, केन्द्रीय बैंकको सञ्चालक समितिले सुनको असर्फी छाप्ने विषयका कुनै निर्णय नगरेपछि चाँदीको सिक्का मात्रै विक्री वितरण गरिएको महाशाखाले जनाएको छ ।

चाँदीको सिक्का बिक्री सुरू भएसँगै सर्वसाधारणहरु लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का खरिद गर्न महाशाखा पुगिरहेका छन् ।  

Read More