२०८३ बैशाख १३

गभर्नर डा. पौडेल सार्क फाइनान्स गभर्नर समुहको बैठकमा सहभागी

काठमाडौँ । गभर्नर डा. विश्वनाथ पौडेल सार्क फाइनान्स गभर्नर समुहको बैठकमा सहभागी भएका छन् ।

अमेरिकाको वाशिंटन डिसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरान बोलाइएको सार्क फाइनान्स गभर्नर समुहको बैठकमा डा. पौडेलले सहभागिता जनाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा आयोजित उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको सहभागिता थियो ।

बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालको वर्तमान आर्थिक स्थितिको विश्लेषण गर्दै मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको बताएका थिए । तथापि, हालै विकसित राजनीतिक परिस्थितिका कारण वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपिएको धारणा राखेका थिए । उक्त चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रको पुनरुत्थान र गतिशीलताको निम्ति नीतिगत सहजीकरणको प्रयास थालिएको जानकारी गभर्नर पौडेलले दिएको बैंकले जनाएको छ ।

बैठकमा उद्घाटन मन्तव्य राख्दै बङ्गलादेश बैंकका गभर्नर मन्सुरले दक्षिण एसिया क्षेत्रमा केन्द्रीय बंकै बीच क्षेत्रीय सहकार्य र असल अभ्यासको आदानप्रदानका निम्ति सार्क फाइनान्स साझा मञ्च रहेको धारणा राखेका थिए । सो अवसरमा सहभागी केन्द्रीय बैंकका तर्फबाट आ–आफ्नो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे प्रस्तुति दिइएको थियो ।

बैठकमा सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, सार्क क्षेत्रमा वित्तीय समावेशीकरण, सार्क मुलुकबीच ‘करेन्सी स्वाप’को सम्भावना, साझा अनुसन्धान र तथ्याङ्क प्रणाली, सार्क छात्रवृत्ति र आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच छलफल भएको थियो ।

कार्यक्रममा सहभागी केन्द्रीय बैंकका गभर्नरहरूबाट सार्क सदस्य राष्ट्रबीच आगामी दिनमा आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो । उक्त बैठकबाट सार्क फाइनान्सको अध्यक्षता भुटानको केन्द्रीय बैंक ‘रोयल मनिटरी अथोरिटी’मा हस्तान्तरण भएको छ । बैठकमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल र गभर्नरको कार्यालयका निर्देशक शरणकुमार अधिकारीको समेत सहभागिता थियो ।

सार्क फाइनान्स दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध मुलुकका केन्द्रीय बैंकका गभर्नर तथा अर्थ सचिवहरूको सञ्जाल हो । सार्क राष्ट्रबीच समष्टिगत आर्थिक नीतिको विषयमा छलफल र पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा सार्क फाइनान्सको स्थापना भएको थियो । सन् २००२ जनवरीमा काठमाडौंमा सम्पन्न ‘एघारौँ सार्क शिखर सम्मेलन’ ले सार्क फाइनान्सलाई औपचारिक मान्यता दिएको थियो ।

Read More

ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ- प्रचण्ड

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन् ।

धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए । उनले भने- ‘अबको माओवादीको लाइन भनेको चुनाव हो ।’

साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले स्पष्ट पारे- ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए । उनले भने- ‘अहिले मेरो जेनजी युवाहरुसँग पनि छ्लफल भैरहेको छ । युवाहरुले  माओवादी सहि रहेछ भन्ने भुझ्नु भएको छ ।’ 

उक्त भेटघाटमा उनले नेताकार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिएका थिए ।

Read More

मधेशमा जनमतको समर्थन सोनललाई, प्रदेश प्रमुखलाई बुझायो पत्र

जनकपुर । जनमत पार्टीले  मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र प्रसाद सोनार (सोनल) लाई समर्थन रहेको आधिकारीक पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

जनमतको समर्थन रहेको भन्दै सोनल र कांग्रेसका नेता कृष्ण प्रसाद यादवले मुख्यमन्त्रीमा दाबि पेश गरेपछि जनमतले सोनललाई समर्थन रहेको आधिकारिक पत्र प्रदेश प्रमुखलाई बुझाएको हो ।

यसअघि मंगलबार मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि आव्हान गरेको समय सकिएको छ । 

Read More

राप्रपाबाट जुम्ला अध्यक्षसहित चार जना एक बर्षका लागि निलम्बन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई एकबर्षसम्म निलम्बन गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अनुशासन समितिको सिफारिसमा निलम्बनको निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।

अध्यक्ष शाहीसहित जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई एक वर्षका लागि निलम्बन गरिएको छ ।

राप्रपाले पार्टीका स्थानीय तह, प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशन मङ्सिर मसान्तसम्म गर्ने गरि म्याद थप गरेको छ भने केन्द्रीय समितिको बैठक कार्तिक २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ ।

Read More

दक्षिण अफ्रीकाविरुद्ध पाकिस्तान ९३ रनले विजयी, टेस्ट सिरिजमा १-० ले अगाडी

काठमाडौँ । पाकिस्तानले जारी टेस्ट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई ९३ रनले पराजित गरेको छ ।

टेस्टको चौथो दिन २७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका १८३ रन बनाएर अल आउट भएको थियो । यसअघि पाकिस्तानले पहिलो इनिंगमा ३७८ र दोस्रो इनिंगमा १६७ रन बनाएको थियो । त्यस्तै दक्षिण अफ्रिकाले पहिलो इनिंगमा २६९ रन बनाएको थियो ।

दुवै इनिंगमा गरि १० विकेट लिएका पाकिस्तानका बलर नोमान अली खेलको प्लेयर अफ द म्याच बनेका छन् । यो जितपछि पाकिस्तानले दुई खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

अब सिरिजको दोस्रो खेल अक्टोबर २० देखि रावलपिन्डीमा शुरु हुने छ ।

Read More

मन्त्री घिसिङ र जर्मनीका राजदूत भोल्जबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा जर्मनी–नेपालबीचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना, ऊर्जा रुपान्तरण ९भ्लभचनथ त्चबलकष्तष्यल० का लागि सहायताका सम्भावित क्षेत्रलगायतका विषयमा छलफल भएको थियो । मन्त्री घिसिङले जर्मनीले नेपाललाई पुर्याउँदै आएको सहायता बढाउन आग्रह गरे ।

नेपाल र जर्मनीबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै  राजदूतसँगको भेटमा मन्त्री घिसिङले जर्मनीको सहायतामा निर्माण भएका मध्यमस्र्याङ्दी र मस्र्याङ्दी जलविद्युत आयोजना नेपालको ऊर्जा क्षेत्रमा लाइफ लाइन रहेको बताए ।

जर्मनी र युरोपेली सङ्घको संयुक्त सहायतामा अगाडि बढाइएको सन् २०२९ सम्ममा विकास हुने पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजना ऊर्जा खपतका लागि महत्वपूर्ण भएको बताउँदै मन्त्री घिसिङले त्यस क्षेत्रमा विद्युतीय सवारी साधन र घरायसी प्रयोजनका लागि विद्युत्को प्रयोगलाई प्रोत्साहन एवम् प्रवर्धन गर्न प्रसारण र वितरण सञ्जाल विस्तार तथा सुधारको काम तत्काल सुरु हुने उल्लेख गरे ।

पोखरा, बुटवल र भरतपुर जाने सडक विस्तार भइरहेकाले तीन शहर जोड्ने गरी ट्रली बस चलाउन, चार्जिङ स्टेसन सञ्चालन गर्न, त्यस क्षेत्रमा बढ्ने विद्युत्को भार र त्यसको व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधारका लागि गर्नु पर्ने कामका लागि अध्ययन आवश्यक भएकाले सहयोग गर्न उनले आग्रह गरे ।

उनले जेन–जी आन्दोलनका क्रममा अगलागी गम्भीर क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको परीक्षण गरी पुर्ननिर्माण यकिन गर्न स्वदेशीविज्ञ नरहेकाले अन्तर्राष्ट्रिय विज्ञ उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

भेटमा राजदूत भोल्जले जर्मनीले नेपाललाई आगमी दुई वर्षका लागि सहायता उपलब्ध गराउने क्षेत्रको पहिचान, सहायता पुनरावलोकन लागि परामर्श गर्न आगामी डिसेम्बरमा टोली आउन लागेको जानकारी गराएका थिए ।

Read More

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो: प्रचण्ड

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए । 

संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए । उनले भने- ‘हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो । जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ ।’

सरकारमा बस्दा जेनजीहरूलाई दमन गर्ने  र जेनजीमा माग र ऐण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताउँदै उनले भने- ‘सरकारमा बसेर जेन्जीहरुलाई दमन गर्ने र सडकमा जेन्जीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरुले  प्रचार गर्ने गरेका छन् । हामी उनीहरु जस्तै होइनौं । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने  जेन्जीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’

निर्वाचन नहुने हो कि नहुने भन्ने आशंका होइन निवार्चन गराउने गरी भुमिका खेल्न आग्रह गर्दै उनले भने, ‘निर्वाचन हुँदैन कि भनेर द्धुविधामा बस्नु हुँदैन। निर्वाचन घोषणा गरिसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।’

पाँच वटा पार्टीसँग चाँडै एकता प्रक्रिया अघि बढ्ने संकेत पनि दिंदै प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकबाट जेन्जका माग अनुसार नै नेतृत्व तहमा युवाहरूलाई ल्याउने नीतिगत निर्णय भइसकेको उल्लेख गरे । पार्टीलाई समयअनुसार पुनर्संरचना गर्दै लैजाने प्रतिबद्धता समेत जनाए ।

Read More

नेप्सेमा २२.५८ अंकको गिरावट, ३ अर्ब १० करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । बुधबार नेप्से २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३१८ कम्पनिका ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३ अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।  

आज समता घरेलु लघुवित्तको शेयरमा सबैभन्दा बढी ६.९३ प्रतिशतले बढेको छ भने एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ५.२३ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्त र विन्ध्यवासिनी हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २० करोड ५४ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्स कम्पनिको १३ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।

Read More

सुपर सिक्समा जापानमाथि कतार ३ विकेटले विजयी

काठमाडौँ । कतारले जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा जापानलाई ३ विकेटले पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमा जापानले दिएको १४० रनको लक्ष्य पछाएको कतारले १९.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै जापानले २० ओभरमा ४ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

यो जितपछि कतारको ४ खेलमा २ अंक भएको छ । यो सुपर सिक्समा पहिलो जित हो । त्यस्तै जापानको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।

सुपर सिक्स अन्तर्गत आज सामाओ र युएइ तथा ओमान र नेपालबीच खेल हुदैछ ।

Read More

कांग्रेसका यादवले पनि पेश गरे मधेशमा सरकार बनाउने दाबि

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा दोस्रो दाबी पेस भएको छ । मधेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले पनि दाबी पेस गरेका हुन् । 

प्रदेश प्रमुखको कार्यालयमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार बनाउन दाबी दर्ता भएको हो । प्रदेश प्रमुख कार्यालयका अनुसार कांग्रेस, नेकपा एमाले र जनमत पार्टीका ५७ जना सांसदको समर्थन रहेको छ । दुवै दाबिमा जनमतको समर्थन रहेको उल्लेख रहेपछि अब प्रदेश प्रमुखले आधिकारीक पुष्टि गर्नुपर्ने अवस्था देखिएको छ । 

प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो ४ बजेसम्म दाबी पेस गर्न समय दिएको छ । कांग्रेस र एमाले बाहेकका दलले नयाँ गठबन्धन बनाएर लोसपाका जितेन्द्र सोनाललाई मुख्यमन्त्री बनाउने दाबि पेश गरेका थिए ।

Read More