२०८३ बैशाख १३

काठमाडौँको ताहचलबाट पटकासहित भारतीय पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट विभिन्न प्रकारका पटका तथा आतिसवाजी १ हजार २ सय ७१ प्याकेट, नगद २ लाख नेपाली रूपैयाँ र २५ हाजर ५ सय भारतीय रूपैयाँ सहित सोही महानगरपालिका-१३ बस्ने भारत चुरू राजस्थान  घर भएका ४८ वर्षीय सुनिल कुमारलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित सुनिलले भाडामा लिई संचालन गरेको गोदामबाट उक्त पटका फेला पारी पक्राउ गरेको हो । 

उनलाई विष्फोटक पदार्थ सम्बन्धी कसूर र राजस्व छली सम्बन्धी कसूर मुद्दामा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Read More

राप्रपाको कार्यसम्पादन समितिको बैठक जारी, धवलशमशेर पक्षको बहिष्कार

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।  पार्टी केन्द्रीय कार्यालयमा धुम्बाराहीमा जारी रहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको साङ्गठनिक र विविध विषयमा छलफल केन्द्रित हुने प्रवक्ता श्रेष्ठले बताए ।

आजको बैठक संस्थापन इतर पक्षले भने बहिष्कार गरेको छ । महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई ४ बुँदे मागसहित पत्र पठाएर बैठक बहिष्कार गर्ने जानकारी गराएका थिए । राणा पक्षले तत्काल महाधिवेशन मिति घोषणा गर्न माग गर्दै मङ्सिर १८ गतेसम्मको अल्टिमेटम समेत दिएको छ ।

Read More

नेपाल बैंकका ग्राहकलाई लिफ प्लसमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा. लि. बीच उपभोक्तामुखी छुट कार्यक्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले लिफ प्लसले उत्पादन र बिक्री गर्ने पर्यावरणमैत्री सुपारीको पातबाट बनेका घरायसी सामानहरू खरिद गर्दा विशेष छुट पाउनेछन्।

लिफ प्लसले काठमाडौंको शंखमुलस्थित कार्यालयमार्फत प्लेट, कचौरा, थाल, चम्चा लगायतका प्राकृतिक सामाग्रीबाट बनेका वस्तुहरू बिक्री गर्दै आएको छ।

नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत रकम भुक्तानी गर्दा बिल रकममा २० प्रतिशतसम्म छुट प्राप्त हुने व्यवस्था गरिएको छ। यस योजनाले बैंकका ग्राहकलाई सहज डिजिटल भुक्तानी र वातावरणमैत्री उत्पादन प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

सम्झौता पत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले मिति २०८२ असोज २७ गते हस्ताक्षर गरेका हुन्।

Read More

एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्न प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरि प्रस्ताव गरिएको छ ।

ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशन मङ्सिर २७ देखि पोखरामा गर्नेगरी प्रस्ताव गरेका हुन् ।

यसअघि बसेको पार्टीको सचिवालय बैठकले मङ्सिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

Read More

नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार भए- प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले विपिन जोशीको मृत्युको पुष्टि भएकोप्रति स्तब्ध भएको बताउदै सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनेको बताएकी छन् ।

बुधबार प्रधानमन्त्री कार्कीले  विपिनको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले स्तब्ध भएको बताउदै अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उनको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका र उनको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उनले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाएको कुराले सबैलाई विपिन सदा कृतज्ञ बनाएको र उनको यो वीरतापूर्ण कार्य उनको जीवनको सबैभन्दा ठूलो विरासत भएको बताएकी छन् । साथै उनले  विपिनलाई सधैं नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्ने समेत बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले भनेकी छन्: 
बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबिच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले म स्तब्ध भएकी छु । यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।

विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो; उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो । उहाँ सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो ।

सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुभएको छ। उहाँको अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए । उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ ।

उहाँ त अब हामीमाझ रहनुभएन । तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौं साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँ सदा कृतज्ञ बनाएको छ । उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैं नेपाली गौरवको प्रतीक का रूपमा जीवित राख्नेछ । विपिन जोशीको आत्माले शान्ति पाओस्। उहाँको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन।

Read More

केन्द्रीय कमिटीले आदेश दिए छोड्छु, फेसबुकले भनेर छोडदिन- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु केन्द्रीय कमिटीको आदेशमा मात्र पद छोड्ने बताएका छन् ।

आजदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफु फेसबुकको आदेशमा पद नछोड्ने बताउदै केन्द्रीय कमिटीको आदेश मान्ने स्पष्ट गरेका छन् ।

पार्टीमा अध्यक्षले छोड्नु पर्छ भन्ने लहड चलेको बताउदै भने- ‘मैले छोड्ने की नछोड्ने भन्ने फेसबुकले भन्ने होइन यो कमिटीले भन्नुपर्छ । यो कमिटीले हट्न पर्छ भनेका बेला एकदम खुशी साथ, अध्यारो मुख लगाउन घर जले पनि जानेको छैन, केहि भए पनि जानेको छैन । मारिने अवस्था हुदा पनि अध्यारो मुख लगाउन जानेको छैन । फेरी पनि कमरेडहरुको आदेशमा, यो आदेश दिने ठाउ हो, यसको आदेशमा जुसुकै कुरा गर्न पनि तयार छु ।’

ओलीले यस कमिटीमा बसेर बाहिर गएर लोकप्रियवादको पछि लागेर नहिड्न नेताहरुलाई चेतावनी समेत दिए । उनले केन्द्रीय कमिटी र महाधिवेशनले नै नेतृत्वको टुंगो लगाउने स्पष्ट गर्दै तत्काल नेतृत्व नछोड्ने बताएका छन् ।

Read More

यस्तो छ नेपाल र ओमानबीचको हेड टू हेड

काठमाडौँ । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको तेस्रो खेलमा आज आयोजक ओमानविरुद्ध खेल्दैछ । नेपाल र ओमानविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ ।

नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छ । सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो । त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको छ । हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ । ओमानको ३ खेलमा ६ अंक रहेको छ भने १.०२४ रनरेट रहेको छ । त्यस्तै नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालको ३ खेलमा ६ अंक रहेको छ र रनरेट०.३५७ रहेको छ ।

त्यस्तै सुपर सिक्समा युएईको ३ खेलमा २ अंक छ भने जापानको २ खेलमा २ अंक रहेको छ । त्यसैगरी सामाओ र कतार अंकविहिन रहेका छन् ।    

नेपाल र ओमानबीच अहिलेसम्म ८ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने ओमानले ३ खेल जितेको छ । दुवै देशबीच पछिल्लो पटक २०२४ को अक्टोबरमा खेल भएको थियो, जुन खेल नेपालले ५६ रनले जितेको थियो ।

आजको खेल जित्ने देश विश्वकपका लागि छनौट हुने छ । सुपर सिक्सका खेलपछि शिर्ष तीन स्थानमा रहने देश २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छन् ।

Read More

पाकिस्तान र अफगानिस्तानबीच सीमामा फेरी झडप

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानबीच सीमा झडपको रिपोर्ट फेरि बाहिर आइरहेको छ ।

रिपोर्टका अनुसार अफगान तालिबान र टीटीपीले मंगलबार साँझ पाकिस्तानको कुर्रम जिल्लामा सीमा पार गरेर गोलीबारी गरेका थिए, जसले गर्दा पाकिस्तानी सेनाले प्रतिकार गरेको बताइएको छ । पाकिस्तानी सेनाको कारबाहीका कारण अफगान प्रान्त खोस्टमा पूर्वाधारमा क्षति पुगेको छ। यद्यपि, पाकिस्तान र अफगानिस्तान दुवैले आधिकारिक रूपमा झडपको पुष्टि गरेका छैनन् ।

खोस्टका गभर्नर मुस्ताघफर गुरबाजले मंगलबार साँझ ७ बजेतिर पाकिस्तानी सेनाले खोस्टको पालुचा क्षेत्रलाई निशाना बनाएको आरोप लगाएको टोलो न्यूजले उल्लेख गरेको छ । झडपमा हल्का र भारी हतियार प्रयोग गरिएको थियो र अहिलेसम्म कुनै हताहत भएको छैन । उनले पाकिस्तानी गोलाबारीले नागरिक घरहरूमा पनि क्षति पुर्‍याएको छ, जसले गर्दा स्थानीयहरू क्षेत्रबाट बाहिर निस्कन बाध्य भएका छन् ।

यसअघि शनिबार र आइतबारको मध्यरातमा पनि पाकिस्तान र अफगानिस्तानबीच सशस्त्र झडप भएको थियो । पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेशन्सले यी झडपहरूमा २०० भन्दा बढी तालिबानी सैनिक मारिएको र धेरै चौकीहरू कब्जा गरिएको दाबी गरेको छ । यसले सुरक्षाकर्मी सहित २३ पाकिस्तानीहरूको मृत्युको पनि पुष्टि गरेको छ । अर्कोतर्फ, अफगान तालिबानका केन्द्रीय प्रवक्ता जबिहुल्लाह मुजाहिदले यी कारबाहीहरूमा ५८ पाकिस्तानी सुरक्षाकर्मी मारिएको र धेरै घाइते भएको दाबी गरेका थिए ।

Read More

चुनाव हुदैन, यो योजना अन्तर्गत गरिएको प्रतिगमन हो: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नहुने बताएका छन् । नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै चुनाव नहुने दाबि गरेका हुन् । इनले यो एउटा योजना अन्तर्गत गरिएको प्रतिगमन भएको टिप्पणी गरेका छन् ।

ओलीले भने- हामि विभिन्न हमला र घुसपैठबाट आक्रान्त भएका छौं । हामीले जाको प्रतिगमनको अवस्थालाई बुझ्नु पर्दछ । चुनाव हुदैन । चुनाव गर्ने वैधानिक बाटो सरकारले समातेको छैन । पुर्व प्रधानन्यायाधीशलाई के गर्न हुन्छ के गर्न हुदैन थाहा छैन । पूर्वप्रधानन्यायाधीश आफैले फैसला गर्ने आफै संबैधानिक अनुसार प्रधानमन्त्री हुने ? आफैले संसद विघटन गर्नु हुदैन भनेर फैसला गर्ने अनि आफैले असंबैधानिक किसिमले विघटन गर्ने ? त्यसैले यो योजना अन्तर्गत गरिएको प्रतिगमन हो ।’ 

यसमा जेनजीको आन्दोलन यससँग नजोडिने बताउदै ओलीले उनीहरुका सुशासन होस्, भ्रष्टाचार नहोस र सामाजिक सञ्जाल खोलियोस भन्ने माग रहेको बताए । साथै अहिले आफुहरुको काधमा असाधारण जिम्मेवारी रहेको त्यसलाई निभाउनु हामी सबैको कर्तव्य रहेको बताए । 

Read More

सुनको मुल्य आजपनि बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ४ सयले बढेर तोलाको २ लाख ४८ हजार ९ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको २ लाख ४८ हजार ५०० मा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले घटेर ३२४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३३२५  मा कारोबार भएको थियो ।

Read More