२०८३ बैशाख १३

युरोपबाट इङल्याण्ड विश्वकपमा छनौट

काठमाडौँ । इङल्याण्ड युरोपबाट २०२६ को फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो देश बनेको छ ।

गएराती सम्पन्न खेलमा इङल्याण्डले लात्भियालाई ५-० गोल अन्तरले पराजित गरेसँगै समुह के बाट विश्वकपमा छनौट भएको हो । इङल्याण्डको ६ खेलमा १८ अंक भएको छ र अझै दुई खेल खेल्न बाँकी हुदै विश्वकपमा छनौट भएको छ ।

युरोपबाट यस विश्वकपमा १६ देश छनौट हुदैछन् । जसमा १२ देश समुह विजेताबाट छानिदैछन् भने ४ देश प्लेअफ खेलेर आउदैछन् ।

फिफा फुटबल विश्वकप २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । यस विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् ।    

Read More

टाइमको कभरमा आएपछि ट्रम्पको प्रतिक्रिया: अहिलेसम्मकै खराब तस्बीर राख्यो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टाइम पत्रिकाको आवरणमा रहेको आफ्नो तस्बिरप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई अहिलेसम्मकै सबैभन्दा खराब तस्बिर भनेका छन् ।

ट्रम्पले आफ्नो असन्तुष्टि व्यक्त गर्दै टाइमले उनको बारेमा राम्रो लेख लेखेको भएपनि सायद अहिलेसम्मकै सबैभन्दा खराब तस्बिर प्रकाशित गरेको बताएका हुन् । ट्रम्पले भनेका छन्- ‘फोटोमा मेरो कपाल गायब भएको छ र उनको टाउकोमाथि सानो मुकुट जस्तो अनौठो तैरिरहेको वस्तु राखिएको छ । यो धेरै अनौठो छ ।’ ट्रम्पले अगाडी भनेका छन्- ‘मलाई तलबाट खिचिएका तस्बिरहरू कहिल्यै मन परेन, तर यो धेरै नराम्रो तस्बिर हो र यो भन्न आवश्यक छ,  ताकि उनीहरूलाई थाहा होस्, उनीहरू के गरिरहेका छन् ।’

टाइम पत्रिकाको आवरणमा रहेको तस्बिरमा राष्ट्रपति ट्रम्प आत्मविश्वासका साथ अगाडि हेरिरहेको देखाइएको छ, र शीर्षक ‘उनको विजय’ भनेर लेखिएको छ । यो लेखक एरिक कोर्टेल्साद्वारा लेखिएको थियो । यसलाई मध्य पूर्वमा ट्रम्पको विजयको रूपमा चित्रण गरिएको छ ।

टाइमले आफ्नो आर्टिकलमा लेखेको छ- 
ट्रम्पले सधैं विश्वास गरेका छन् कि कुनै पनि समस्या ‘द आर्ट अफ द डिल’ मार्फत समाधान गर्न सकिन्छ । उनले १९८७ मा त्यही नामको एउटा पुस्तक पनि लेखेका थिए । ट्रम्प दृढ विश्वास गर्छन्, हरेक द्वन्द्व, जतिसुकै जटिल भए पनि, वार्ताबाट समाधान गर्न सकिन्छ । ट्रम्पले यसलाई व्यवसायमा र त्यसपछि राजनीतिमा अभ्यास गरेका छन् ।

त्यसकारण, जब उनले आफ्नो दोस्रो कार्यकालको सबैभन्दा चुनौतीपूर्ण कार्यहरू मध्ये एक, इजरायल र हमासबीचको गाजा युद्ध अन्त्य गर्ने कुरामा ध्यान केन्द्रित गरे, उनले कुनै पनि कूटनीतिज्ञ वा जनरलको सहयोग लिएनन् । बरु, ट्रम्पले आफ्नो भाषा बोल्ने दुई व्यक्तिहरूलाई छनोट गरे, स्टीव विटकफ, एक घर जग्गा व्यवसायीबाट विशेष दूत बनेका र उनका ज्वाइँ जारेड कुशनर, जसको मध्य पूर्वमा उल्लेखनीय प्रभाव छ । यो इजरायल-हमास सम्झौता ट्रम्पको दोस्रो कार्यकालको प्रमुख उपलब्धि बन्न सक्छ । यो मध्य पूर्वको लागि पनि ठूलो परिवर्तन साबित हुन सक्छ ।

Read More

एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको छ ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको स्थान र मिति तोक्ने विषयमा पनि छलफल हुनेछ ।

एमालेको सचिवालय बैठकले मङ्सिरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । 

Read More

रोनाल्डोको अर्को नयाँ किर्तिमान

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अर्को नयाँ किर्तिमान बनाएका छन् ।

रोनाल्डो विश्वकप छनौटका खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा दुई गोल गरेसँगै यस्तो किर्तिमान बनाएका हुन् । रोनाल्डोले अहिलेसम्म विश्वकप छनौटमा कुल ४१ गोल गरेका छन् । रोनाल्डो ५१ खेलमा ४१ गोल गर्दै यो नयाँ किर्तिमान कायम गरेका हुन् । त्यस्तै यो दुई गोलसँगै रोनाल्डोले राष्ट्रिय टिमका लागि अहिलेसम्म १४३ गोल गरेका छन् । जुन अन्तर्राष्ट्रिय फुटबलमा सबै भन्दा बढी हो । त्यस्तै रोनाल्डोले आफ्नो क्यारियरमा कुल गोल संख्या ९४८ पुर्याएका छन् ।

रोनाल्डोपछि ग्वाटेमालामा कार्लोस रुइजले ३९ गोल गरेका छन् ।  त्यस्तै लियोनेल मेसीले विश्वकप छनौटमा ३६ गोल गरेका छन् ।

गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा रोनाल्डोले २ गोल गरेपनि पोर्चुगल २-२ गोलको बराबरीमा रोकिएको थियो । यो बराबरीपछि समुह एफमा रहेको पोर्चुगलको ४ खेलमा १० अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै हंगेरीको ४ खेलमा ५ अंक भएको छ र समुहमा दोस्रो स्थानमा छ । 

Read More

प्रतिनिधि सभाको पुनर्स्थापनाको एजेण्डामा दलहरुसँग छलफल गर्दै सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभाको पुनर्स्थापनाको विषयमा अदालतमा जान दलहरुसँग परामर्श गर्ने लागेका छन् ।

सभामुख घिमिरेले यसअघि कानुनी र राजनीतिक परामर्श गरिरहेपनि आज विभिन्न दलहरुसँग थप छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले प्रतिनिधि सभाको विघटन असंबैधानिक भन्दै आएका छन् ।

सभामुख घिमिरेले आज नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, जसपा नेपाल र नाउपाका प्रतिनिधिहरुसँग छलफल गर्ने तयारी गरेका हुन् ।

अहिले प्रमुख दल नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा औपचारिक रुपमा नै उभिएको छ भने कांग्रेसका केहि नेताहरुले पुनर्स्थापनाको कुरा गरेपनि काँग्रेस निर्वाचनमै जाने मुडमा देखिएको छ । मंगलबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको कुरा गरेनन । उनले निर्वाचनको वातावरण बनाउन र देशलाई संबैधानिक बाटोमा फर्काउने आधार निर्वाचन भएको बताएका छन् । त्यस्तै माओवादी केन्द्र र रास्वपा भने निर्वाचनको पक्षमा देखिएका छन् ।

यसैबीच मंगलबार सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्दै ८ भन्दा बढी रिट परेका छन् । अध्ययनकै क्रममा रहेको भन्दै सर्वोच्च प्रशासनले अझै दर्ता भने गरेको छैन ।

Read More

एशियाबाट फिफा विश्वकप खेल्ने ८ देशको टुंगो

काठमाडौँ । एशियाबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ८ देशको टुंगो लागेको छ । गएराती सम्पन्न खेलमा कतार र साउदी अरेबिया छनौट भएसँगै एशियाबाट छनौट हुने ८ देशको टुंगो लागेको हो ।

एशियाबाट यस पटक दुई देशले पहिलो पटक विश्वकप खेल्ने भएका छन् । जसमा जोर्डन र उज्बेकिस्तान रहेका छन् । त्यस्तै अस्ट्रेलिया, इरान, जापान, दक्षिण कोरिया विश्वकपका लागि छनौट भएका छन् ।

त्यस्तै इन्टर कन्टिनेन्टल प्लेअफ खेल्ने एक स्थानका लागि युएई र इराक नोभेम्बरमा खेल्ने भएका छन् । दुवै मध्ये एक देशले इन्टर कन्टिनेन्टल प्लेअफ खेल्ने छन् ।

एशियाबाट यस पटकको विश्वकपमा ८ देश सिधै र एक देश इन्टर कन्टिनेन्टल प्लेअफ खेल्न पाउने छ ।

फिफा फुटबल विश्वकप २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । यस विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् ।

Read More

आज ओमानविरुद्धको खेल जिते नेपाल विश्वकपमा छनौट हुने

काठमाडौँ । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको तेस्रो खेलमा आज आयोजक ओमानविरुद्ध खेल्दैछ । नेपाल र ओमानविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै सुपर सिक्सको अर्को खेलमा आज जापान र कतारबीच पनि खेल हुदैछ । यो खेल विहान ११: ४५ बजेदेखि हुदैछ भने अर्को खेल युएई र सामाओबीच दिउसो ४: १५ बजेदेखि खेल हुदैछ । 

नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छ । सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो । त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको छ । हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ ।  

नेपालले यो खेलपछि शुक्रबार सामोआसँग खेल्ने तालिका रहेको छ । विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

Read More

अफ्रिकाबाट फिफा विश्वकप फुटबलमा छनौट भए यी ९ देश

काठमाडौँ । अफ्रिकी क्षेत्रबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ९ देशको टुंगो लागेको छ ।

गएराती सम्पन्न खेलमा सेनेगल, दक्षिण अफ्रीका र आइभरी कोष्ट विश्वकपमा छनौट भएसँगै अफ्रिकी क्षेत्रको छनौट पुरा भएको हो । जसमा यी तीन देश बाहेक मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना र केप भर्डे रहेका छन् । केप भर्डे पहिलो पटक विश्वकपमा छनौट भएको छ ।

त्यस्तै अफ्रिकी क्षेत्रबाट एक देशले खेल्न पाउने इन्टर कन्टिनेन्टल छनौट खेलका लागि क्यामरुन, डिआर कंगो गाबोन र नाइजेरियाले प्लेअफ खेल्ने भएका छन् । अर्को महिना हुने प्लेअफबाट एक देश छानिने छ जसले  इन्टर कन्टिनेन्टल छनौट खेल्ने छ ।

फिफा फुटबल विश्वकप २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । यस विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् ।

Read More

आज विश्व हात धुने दिवस मनाइदै

काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । 

साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् ।

चिकित्सकहरूका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ । 

जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो । साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिने बताइएको छ ।

Read More

बझाङमा भूकम्पको धक्का महसुस

सुर्खेत । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गएराति १ बजेर ८ मिनेट जादा बझाङको दन्तोला नजिक केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Read More