२०८३ बैशाख १३

अमेरिकामा ट्रम्पविरुद्ध ‘नो किङ’ प्रदर्शन

काठमाडौँ । अमेरिकाका विभिन्न शहरहरूमा हजारौं मानिसहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विशाल प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले ट्रम्पको शासनकालमा देश द्रुत गतिमा अधिनायकवादतर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।

आयोजकहरूका अनुसार, देशभर २६ सयभन्दा बढी स्थानमा जुलुसहरू आयोजना गरिएका थिए । यसअघि, जुनमा पहिलो ‘नो किंग्स’ विरोध प्रदर्शनको क्रममा लगभग २१ सय र्‍यालीहरू आयोजना गरिएका थिए ।

न्यूयोर्कको टाइम्स स्क्वायर, बोस्टन, एटलान्टा र शिकागोका पार्कहरूमा ठूलो भीड जम्मा भएको थियो । मानिसहरू वाशिंगटन, लस एन्जलस र धेरै रिपब्लिकन शासित राज्यहरूमा पनि सडकमा उत्रिए । रिपब्लिकन पार्टीले यी विरोध प्रदर्शनहरूलाई ‘हेट अमेरिका र्‍याली’ भनेर लेबल लगाएको छ ।

राष्ट्रपति ट्रम्पको कार्यकालमा यो तेस्रो ठूलो विरोध प्रदर्शन हो । उल्लेखनीय कुरा अमेरिका हाल ‘शट डाउन’ अर्थात  बन्दको अवस्थामा रहेको छ, धेरै सरकारी सेवाहरू बन्द भएका छन् । ट्रम्प प्रशासनको कडा व्यवहारले कांग्रेस र न्यायपालिकासँग द्वन्द्व बढाएको छ ।

ट्रम्प आफ्नो फ्लोरिडा घर, मार-ए-लागोमा एक टिभी अन्तर्वार्तामा मलाई राजा भनिरहेको तर आफु राजा नभएको बताएका थिए । पछि, उनको सामाजिक सञ्जाल टोलीले ट्रम्पलाई राजाको रूपमा चित्रण गर्ने भिडियो जारी गरेको थियो ।

विरोध प्रदर्शनमा सहभागीहरूले लोकतन्त्र, न्याय र शक्तिको दुरुपयोगको विरुद्धमा आवाज उठाइएको बताएका छन् । उनीहरुले शान्तिपूर्ण विरोध र हाम्रो कुनै राजा छैन भन्नु अमेरिकी लोकतन्त्रको पहिचान भएको बताएका छन् ।

Read More

चार हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य साताको कारोबारको पहिलो दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Read More

सिद्धार्थ बैंकले बोलायो साधारणसभा: लाभांश प्रस्ताव पारित गर्ने, बुक क्लोज कात्तिक १७ गते

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश पारित गर्नका लागि आगामी कात्तिक ३० गते चौबीसौँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले उक्त सभा आइतबार बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सञ्चालन गर्ने जनाएको छ।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर वितरणका कारण लाग्ने कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्तावमा छलफल गर्नेछ।

त्यसका साथै, सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने, सञ्चालक नियुक्ति, सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत खर्च स्वीकृति, र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पनि पेश गरिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज मिति तय गरेको छ। त्यसअनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार गरी कायम शेयरधनीले बैंकको साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Read More

रास्वपाको सचिवालय विस्तारप्रति तोसिमाको असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले सचिवालयमा चार जना सदस्य थपिएको विषयमा असन्तुष्टि जनाएकी छन् । 

तोसिमा टिप्पणी गर्दै  महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी दुई  हप्तामा हुन लागेको बिस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरिएको बताउदै हामीले खोजेको रिफर्मेसन यो नभएको बताएकी छन् । 

रास्वपाको शनिबार बसेको सचिवालय बैठकले गणेश पराजुली, शिशिर खनाल, सोबिता गौतम र हरि ढकाल सचिवालय सदस्यमा थपेपछि तोसिमाको यस्तो टिप्पणी आएको हो । 

उनले भनेकी छन्: 
पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो । त्यसैको लागी विस्तारित बैठक तोकिएको थियो । महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी २ हप्तामा हुन लागेको बिस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो । हामीले खोजेको रिफर्मेसन यो होईन ।

कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो । फेरी पनि भन्दैछु हामी थप लोकतान्त्रिक हुन जरुरी छ । कार्यशैली सच्याउन जरुरी छ । पार्टीका गतिविधिहरुमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्छ । पुन: दोहोर्याउँछु, विस्तारीत बैठकमा पार्टीको सङ्गठनको बृहत सहभागिता र भोटिंग राइट्सको सुनिश्चित गरियोस् भनि माग गर्दछु । भोटिंग राइट्स नदिने भए देश भरीबाट चितवनसम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन ।

Read More

ओलीको पत्रकार सम्मेलन, बोलाए सबै सम्पादकलाई

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन्। उनले सत्ताच्युत भएपछि पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्। जेन–जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर भक्तपुरको गुण्डुमा बस्दै आएका ओलीले आज दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा सम्पादकहरूसँग छलफल गर्न लागेका हुन् ।

पछिल्ला दिनहरूमा पार्टीका कार्यक्रमहरूमार्फत राजनीतिक सक्रियता देखाउँदै आएका ओलीले सरकार निर्वाचन गराउन गम्भीर नरहेको, संसद् पुनःस्थापना हुनुपर्ने, अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै आएका छन् । संसद् विघटन असंवैधानिक भएको भन्दै एमालेले अहिलेका कुनै पनि गतिविधि चुनाव उन्मुख नरहेको जनाउँदै विघटन नै असंवैधानिक भएकाले संसद् पुनर्स्थापना हुनुपर्ने माग गरेको छ ।

यसअघि सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा छलफल भएको थियो ।

उक्त बैठकमा नेतृत्व परिवर्तनका विषयमा समेत चर्चा भएको थियो । त्यसअघि गुण्डुस्थित ओलीको डेरामा भएको एमाले सचिवालय बैठकमा धेरै पदाधिकारीहरूले अध्यक्षले पदत्याग गरेर मार्गप्रसस्त गर्नुपर्ने बताएका थिए। ओलीले भने केन्द्रीय कमिटीको पहिलो दिनको बैठकमा मन्तव्य दिँदै फेसबुकमा अभियान चलाउँदैमा राजीनामा नदिने बताएका थिए। उनले आफूले नबिग्रिएकाले सप्रिन आवश्यक नरहेको बताएका थिए।

Read More

विशेष महाधिवेशन बारे षडयन्त्र नगर्न कांग्रेस संस्थापन पक्षलाई चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन माग गर्ने नेताहरुले संस्थापन पक्षलाई षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । 

विशेष महाधिवेशन पक्षका नेता गुरु घिमिरेसहितका नेताहरुले आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको बैठकले छिटै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।

काँग्रेस नेताहरुले ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिसकेपछि केन्द्रीय समितिले अन्य विषयमा छलफल गर्न नमिल्ने दाबि गरेका छन् । उनीहरुले केन्द्रीय समितिको निर्णय अनुसारनै आफुहरुका आगामी कदम हुने बताएका छन् ।

अहिलेको संबेदनशील अवस्थामा पनि केन्द्रीय समितिको बैठक २-३ घण्टा गरिएको र लम्बाइएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै असोज २१ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो ।

काँग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ ।

Read More

गाजामा हमासले आक्रमण गर्ने अमेरिकाको दाबि

काठमाडौँ । अमेरिकाले गाजामा हमासले नागरिकहरूलाई आक्रमण गर्ने योजना बनाइरहेको चेतावनी दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले हमासले गाजामा आक्रमणको तयारी गरेको चेतावनी दिदै यस्तो कुनै पनि कदम युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन हुनेछ र मध्यस्थताबाट प्राप्त प्रगतिलाई कमजोर पार्ने बताएको छ । यद्यपि, अमेरिकी अधिकारीहरूले यी रिपोर्टहरूको स्रोत वा तिनीहरूसँग सम्बन्धित कुनै पनि अतिरिक्त जानकारी साझा गरेका छैनन् ।

अमेरिकाले गाजा शान्ति सम्झौताका अन्य ग्यारेन्टरहरू, अर्थात् इजिप्ट, कतार र टर्कीलाई यस विषयमा पहिले नै जानकारी गराइसकेको र हमासले युद्धविरामका सर्तहरू पालना गर्न माग गरेको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ- ‘यदि हमासले यो आक्रमण गर्छ भने, गाजाका जनताको सुरक्षा सुनिश्चित गर्न र युद्धविराम कायम राख्न कदम चालिनेछ ।’

अमेरिकाको यस दाबीमा हमासले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । हाल, इजरायल र हमास बीच युद्धविरामको पहिलो चरण लागू भएको छ । जीवित बन्धकहरूलाई हमासले रिहा गरेको छ, जबकि मृतकहरूको शव इजरायललाई हस्तान्तरण गर्ने प्रक्रिया चलिरहेको छ ।

Read More

काग तिहारमा रमेश दुलाल ‘कागे’ को काग सम्मेलन

काठमाडौँ । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ ले काठमाडौंको नारायणहिटी गेटमा ‘२२औँ काग सम्मेलन’ गरेका छन्।

कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई बोलाएका थिए । बिहान पौने ६ बजे कार्यक्रम सुरु भएपछि उनका कागको आवाज निकाल्दा दर्जनौं काग आकाशबाट झर्दै भेला भएका थिए ।

दुलालले कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज निकाल्न सक्ने कला देखाएका छन् । उनले मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट र गितारको धुन समेत प्रस्तुत गरेका थिए ।

दुलालले काग तिहारको दिन काग सम्मेलन गर्न थालेको २२ वर्ष भएको छ । 

Read More

देशलाई ‘धम्काउने’ होइन, ‘प्रेरित गर्ने’ जेनजी चाहियो !

किरण राज गौतम 

नेपाल अहिले एउटा विचित्र मोडमा छ । परिवर्तनको नाममा, विद्रोहको नाममा र ‘नयाँ सोच’ को नाममा धेरै कुरा भइरहेको छ । तर, त्यसका बीचमा एउटा खतरनाक प्रवृत्ति मौलाउँदै गएको छ, असंयमित आलोचना र धम्कीपूर्ण संस्कार । विशेषगरी नयाँ पुस्ता, जसलाई हामी ‘जेनजी’ भन्छौं, उनीहरूमा आफूलाई ‘ठिक’ सावित गर्न अरूको मनोबल तोड्ने, हरेक कुरा तुरुन्तै सामाजिक सञ्जालमा उछाल्ने, र आफ्नो असन्तुष्टि जनाउने हतारो हावी भएको देखिन्छ ।

अघिल्ला पुस्ताले ‘कर्म गर, फल आफैं बोल्छ’ भन्ने विश्वासमा काम गरे । आज भने, हरेक कर्मभन्दा पहिले ‘पोष्ट’ आउँछ, र फलभन्दा पहिले ‘ट्रोल’। धैर्य, अनुशासन र बफादारीभन्दा तुरुन्तै परिणाम देखाउने मोह बढ्दो छ । कतिपय युवाले आफ्नो असन्तुष्टि तुरुन्तै सामाजिक सञ्जालमा पोख्छन्, र कहिलेकाहीँ संस्थाभित्रका अनुभवी कर्मचारीलाई ‘पुरानो सोचका’ भनेर व्यङ्ग्य गर्छन् ।

कतिपय उच्च ओहोदामा राजनैतिक नियुक्ति होला, कर्मचारी तन्त्रमा व्यापक परिबर्तन जरुरी होला तर राष्ट्र र राष्ट्रियताको सवालमा कुनै पनि जेनजीले व्यक्तिगतरुपमा धम्कीको रुपमा गैरकानुनी तरिकाले थर्काउने धम्काउने गर्न हुदैन,  वास्तविकता के हो भने, संस्थाको मेरुदण्ड नै अनुभवी कर्मचारी हुन् । उनीहरूको अनुभव, लगनशीलता र इमानदारी नै संस्थालाई स्थिर बनाउँछ । त्यस मेरुदण्डमा जब अनावश्यक दबाब, आलोचना र धम्की आउँछ, संस्थाको आत्मा नै कमजोर हुन्छ ।

अहिलेको नेपालको कार्यसंस्कृतिमा ‘जहाँ पाए तेही जाने, जे भन्यो तेही गर्ने’ प्रवृत्ति बढ्दै गएको छ । यस्तो अवस्थामा कुनै पनि निर्णयमा गहिरो सोच, अनुसन्धान वा दीर्घकालीन दृष्टिकोण कम देखिन्छ । छोटो अवधिको लोकप्रियता र तात्कालिक प्रतिक्रियाले रणनीतिलाई विस्थापित गरेको छ ।

यो केवल सरकारी कार्यालयको समस्या होइन, यो राष्ट्रिय स्तरको प्रवृत्ति बनिसकेको छ । कसैले सत्य कुरा गरे भने ‘पुरानो सोच’ भन्नु , जसले गर्दा योग्य, इमानदार र जिम्मेवार कर्मचारीहरूको मनोबल गिरिरहेको छ । जब कुनै संस्थामा इमानदार कर्मचारीको कदर हुँदैन, र चाकरी, डर, तथा गालीको वातावरण हावी हुन्छ, त्यसको प्रभाव संस्थाभन्दा टाढा, राष्ट्रसम्म पुग्छ। कर्मचारीको मनोबल घट्नु भनेको राष्ट्रको कार्यक्षमता घट्नु हो ।

हिजो दुई-तिहाइको शक्ति भएका नेताहरू आन्दोलनको भुमरीमा परे । कुनै समय शक्तिशाली ठानिएका व्यक्तिहरू पनि कानुनको दायराभित्र आउन बाध्य भए । सन्देश स्पष्ट छ, कोही पनि कानुनभन्दा माथि छैन । जेनजीको नाममा अतिवादी बन्नु होइन, समयमै सचेत भएर सुधारको बाटो रोज्नु जरुरी छ, इतिहास मा सबैले एक दिन जवाफदेहि बन्नु नै पर्छ ।

हामीलाई नयाँ सोच त चाहिएको हो, तर त्यो सोच आदर, अनुशासन र संयममा आधारित हुनुपर्छ । जेनजीको ऊर्जा, सृजनशीलता र प्रविधि ज्ञान प्रशंसनीय छ, तर त्यसमा संस्कार र सहिष्णुता मिसिन जरुरी छ । कसैको सम्मान घटाएर आफू ठूलो देखिन खोज्नु सुधार होइन, अहंकारको रोग हो । देश बनाउने काम भाषण र पोस्टले होइन, निरन्तर इमानदार प्रयास र एकअर्काप्रति सम्मानबाट हुन्छ ।

नेपाललाई अहिले चाहिएको कुरा ‘धम्काउने’  होइन, ‘प्रेरित गर्ने’ नेतृत्व हो । हरेक युवा, कर्मचारी र नागरिकले आफ्नो कामप्रति गर्व गरि  पारस्परिक आदर स्थापित गर्ने  सक्ने वातावरण बनाउनु नै हाम्रो साझा जिम्मेवारी हो ।

Read More

गृहमन्त्रीले बोलाए सुरक्षा रणनीति बनाउन केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ । सरकारले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई लक्षित गर्दै आज सुरक्षा रणनीतिबारे छलफल गर्दैछ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज दिउँसो बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुन लागेको हो । उक्त छलफलमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी रहनेछन्।

गृहमन्त्री अर्यालले मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गठन गरेका थिए । यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लामा पठाउने र प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयनको विषयमा आजको बैठकमा छलफल हुँदैछ। साथै बैठकले सुरक्षा योजनाको प्रगति समीक्षा गर्दै आवश्यक नीतिगत निर्देशन पनि दिनेछ।

यसअघि निर्वाचनको सुरक्षाको विषयलाई लिएर हिजो राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शुशिला कार्कीकासाथै चारवटै सुरक्षा निकायका प्रमुखहरूबिच छलफल भएको थियो ।

निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा केन्द्रित उक्त बैठकमा निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण निर्माण र मुलुकको समग्र सुरक्षा सुदृढीकरणका उपायहरूको बारेमा छलफल भएको छ ।

Read More