२०८३ बैशाख १३

रिलिजको ३० बर्षपछि पनि हलमा चल्दैछ बलिवुड फिल्म डिडिएलजे

काठमाडौँ । बलिवुड अभिनेत्री काजोल र अभिनेता शाहरुख खान अभिनित सुपरहिट फिल्म ‘दिलवाले दुल्हनिया (डिडिएलजे) ले जाएंगे’ रिलिज भएको ३० वर्ष पूरा भएको छ । यो फिल्म अक्टोबर २०, १९९५ मा रिलिज भएको थियो । 

फिल्म डिडिएलजेप्रति आफ्नो प्रेम व्यक्त गर्दै, काजोलले स्विट्जरल्याण्डको रेलवे स्टेशनको प्रवेशद्वारमा राखिएको बर्गर पसलको प्रचारात्मक पोस्टरको फोटो पनि सेयर गरेकी छन् ।  काजोलले पोस्टसँगै लेखेकी छिन्- ‘डिडिएलजेले आज ३० वर्ष पूरा गरेको छ, तर यो जसरी संसारभरि र सबैको मन र दिमागमा फैलिएको छ, त्यो अतुलनीय छ, यसलाई अभूतपूर्व रूपमा माया गर्नुभएकोमा सबैलाई धन्यवाद ।’

आदित्य चोपडाद्वारा निर्देशित ‘डिडिएलजे’ भारतीय सिनेमाको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्ने फिल्महरू मध्ये एक हो । अक्टोबर २०, १९९५ मा रिलिज भएदेखि, यो मुम्बईको मराठा मन्दिरमा अहिले पनि देखाइने गरको छ । आइतबार ३० बर्षपछि पनि यस फिल्मलाई ५०० जनाले हेरेको बताइएको छ । 

‘डिडिएलजे’ को ठूलो भाग स्विट्जरल्याण्डमा छायांकन गरिएको थियो । यस फिल्ममा शाहरुख र काजोलसहित अमरिश पुरी अनुपम खेर, फरिदा जलाललगायतको अभिनय रहेको छ । यस फिल्मको निर्देशन आदित्य चोपडाले गरेका थिए  ।

Read More

नेपालले भारतमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिप खेल्ने

काठमाडौँ । भारतमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा भाग लिने नेपाली टिमको बिदाई गरिएको छ ।

भारतको राँचीमा अक्टोबर २४ देखि २६ सम्म हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा भाग लिने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गर्दै शुभकामना दिएका छन् ।

प्रतियोगितामा भाग लिने खेलाडीमा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारी रहेका छन् ।

त्यस्तै प्रशिक्षक राकेश वज्राचार्य र धनीराम चौधरी, व्यवस्थापक दिपेन्द्रकुमार गोइत र अफिसियल अनिरुद्र चौधरी रहेका छन् ।

Read More

सुनचाँदीको मुल्य सामान्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ३ सयले बढेर तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ३२८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३२७५ मा कारोबार भएको थियो ।

Read More

ट्रम्पले कोलम्बियाली राष्ट्रपति पेट्रोलाई भने- ‘लागूऔषध नेता’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोमाथि टिप्पणी गर्दै उनलाई ‘लागूऔषध नेता’ भनेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै  कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई अवैध लागूऔषध नेता भएको टिप्पणी गरेका हुन् । उनले भनेका छन्- ‘कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रो एक अवैध लागूऔषध नेता हुन्, जसले कोलम्बियाभरि लागूऔषधको ठूलो उत्पादनलाई जोडदार रूपमा प्रोत्साहन गरिरहेका छन् ।’ उनले अगाडी भनेका छन्- ‘यो अब कोलम्बियाको सबैभन्दा ठूलो व्यवसाय बनेको छ । संयुक्त राज्य अमेरिकाबाट ठूलो भुक्तानी र अनुदानको बावजुद, पेट्रोले यसलाई रोक्न केही गरिरहेको छैन । यो संयुक्त राज्य अमेरिकामाथिको ठगी बाहेक अरू केही होइन ।’

अमेरिकी राष्ट्रपतिले ट्रम्पले भुक्तानी र अनुदानहरू अब कोलम्बियालाई नदिने भनेका छन् । ट्रम्पले यो औषधिले अमेरिकामा धेरै मृत्यु निम्त्याइरहेको बताउदै पेट्रोलाई चेतावनी समेत दिएका छन् । ट्रम्पले पेट्रोले यसलाई नरोकेमा अमेरिकाले यसलाई राम्रो तरिकाले रोक्ने बताएका छन् । ट्रम्पले हालैका समयमा कोलम्बियालाई लागूऔषध तस्करीको बारम्बार आरोप लगाउदै आएका छन् । हालै, अमेरिकी सेनाले अमेरिकातर्फ जाने धेरै डुङ्गाहरूमा आक्रमण गरी ध्वस्त पारेको छ ।

Read More

हङकङमा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खसेको छ । यस घटनामा दुई जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने दुई जना ग्राउन्ड स्टाफ थिए । विमान उनीहरूको गाडीसँग ठोक्किएपछि, गाडी समुद्रमा खसेको थियो । विमान पनि चिप्लिएर समुद्रमा खस्यो । जहाजमा रहेका सबै चार जना चालक दलका सदस्यहरू बाँचे र अस्पताल लगिएको बताइएको छ ।

दुर्घटना सोमबार स्थानीय समय अनुसार बिहान ३:४० बजे भएको थियो। एमिरेट्सको उडान इके ९७८८ दुबईबाट हङकङ जाँदै थियो । विमान टर्किस कार्गो एयरलाइन्स एयर एसीको बोइङ ७४७-४८१ विमान थियो ।

Read More

दिपक खड्का आफ्नै घरबाट सार्बजनिक, गृहमन्त्रीको दाबी गलत

काठमाडौँ । पुर्व उर्जामन्त्री दिपक खड्का नेपालमै सार्बजनिक भएका छन् । उनी सोमबार बिहान आफ्नै बुढानिलकण्ठस्थित जलेको घरबाट सार्बजनिक भएका हुन् ।

यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार खड्का विदेश भागेको र अरु पनि भाग्न लागेको अभिव्यक्ति दिएका थिए ।

सामाजिक सञ्जाल र मिडियामा खड्का अमेरिका, सिंगापुर भागेको चर्चा भइरहेका बेला आफ्नै निवासबाट सार्बजनिक भएका हुन् । उनले सार्बजनिक हुदै आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती समेत दिएका छन् ।

खड्का सार्बजनिक भएपछि गृहमन्त्रीसँग यस्तो महत्पूर्ण सुचना समेत नभएको भन्दै आलोचना शुरु भएको छ । 

Read More

चुनाव हुने सम्भावना छैन, संसद पुनर्स्थापना नभए अर्को दुर्घटना हुन्छ: महेश बर्तौला

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बर्तौलाले प्रतिनिधि सभा पुनर्स्थापना नभए मुलुक अर्को दुर्घटनामा फस्न सक्ने चेतावनी दिएका छन्। केन्द्रीय कमिटी बैठकमा आफूले प्रस्तुत गरेको सुझाव सार्वजनिक गर्दै उनले आगामी फागुन २१ गते चुनाव हुन नसक्ने टिप्पणी गरेका छन् ।

‘घोषित मितिमा निर्वाचन पनि नगर्ने र अर्कोतर्फ जनप्रतिनिधिमुलक सर्वोच्च संस्था संसद् पनि नहुने हो भने मुलुक अर्को भयानक संकट र दुर्घटनातर्फ उन्मुख रहने खतरा सुनिश्चित नै छ’ उनले भनेका छन्, ‘आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराउने कार्यादेश सहित असंवैधानिक ढङ्गले बनेको यो सरकारले निर्वाचन गराउँदैन भन्ने कुरा उसका सुरुदेखिकै व्यवहार र गतिबिधीहरूबाट घाम जत्तिकै छर्लङ्ग हुँदै गएको छ।’

सरकार निर्वाचनको वातावरण बनाउनेतर्फ भन्दा पनि मुलुकमा डर, भय, त्रास र आतङ्क सिर्जना गरेर सत्तामा रहिरहन चाहेको उनको आरोप छ। राजनीतिक दलहरूसँग संवाद र छलफलको सट्टा निषेधको कार्यशैलीका साथ सरकार अगाडी बढेकोबारे बैठकमा टिप्पणी गरेको उनले जनाएका छन् ।

उनले मुलुकलाई निकाश दिन र जेनजी पुस्ताको भावना समेट्न वघटित संसदको पुनर्स्थापना, पुनर्स्थापित संसदबाट सर्वदलीय राष्ट्रिय सरकार निर्माण, विषय किटान गरेर ताजा जनादेशको लागि मध्यावधि निर्वाचन गर्नुपर्ने धारणा राखेको जनाएका छन् ।

‘यसका लागि यो व्यवस्था र संविधान स्वीकार गर्ने सम्पूर्ण नागरिकहरू, राजनीतिक दल, लोकतान्त्रिक देशभक्त र राष्ट्रवादी शक्तिहरू एक ठाँउमा उभिनु जरुरी रहेको उनको भनाई छ ।

उनले फेसबुकमा लेखेका छन्,

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको मेरो सुझाव
जनवादको कार्यनीति लाई आत्मसात् गरेर अगाडी बढेको लोकतान्त्रिक पार्टी नेकपा एमाले निर्वाचन मार्फत जनताद्वारा परिक्षित हुने कुरालाई सदैब सम्मान र स्विकार गर्दछ । र निर्वाचनबाट तर्सिएर पिठ्यु फर्काएर कहिल्यै भाग्दैन ।

मुख्य कुरा त निष्पक्ष , भयरहित र स्वतन्त्र पुर्वक निर्वाचन हुन्छ कि हुँदैन भन्ने हो तर आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराउने कार्यादेश सहित असंवैधानिक ढङ्गले बनेको यो सरकारले निर्वाचन गराउदैन भन्ने कुरा उसका शुरु देखिकै ब्यवहार तथा गतिबिधी हरुबाट घाम जत्तिकै छर्लङ्ग हुँदै गएको छ

शान्ति सुरक्षा प्रत्याभुतिको मुख्य जिम्बेवारी मा रहेका गृहमन्त्री स्वयले दलहरु सँग घिनलाग्दो प्रतिशोधपुर्ण ब्यवहार प्रदर्शन गरिरहेका छन। सरकार निर्वाचन को वातावरण बनाउने तर्फ भन्दा पनि मुलुकमा डर, भय , त्रास र आतङ्क सिर्जना गरेर अनन्तकाल सम्म सत्तामा रहिरहन र लम्याउन चाहन्छ । राजनितिक दलहरु सँग संवाद र छलफलको सट्टा निषेध को कार्यसैलिका साथ सरकार अगाडी बढिरहेको देखिन्छ ।

त्यसैले एकातिर घोषित मितिमा निर्वाचन पनि नगर्ने र अर्कोतर्फ जनप्रतिनिधिमुलक सर्बोच्च संस्था संसद् पनि नहुने हो भने मुलुक अर्को भयानक संकट र दुर्घटना तर्फ उन्मुख रहने खतरा सुनिश्चित नै छ । त्यसैले मुलुककै भबिष्यलाई समेत ख्याल गरेर मुलुक सामु देखिएको यस्तो कहालिलाग्दो र गम्भिर अवस्था बाट मुलुकलाई मुक्त गर्दै जेन जी युवाहरुको भावना , चाहना र आकाङ्क्षा लाई सम्बोधन गर्न स्थिरता , स्थायित्व र दिगो शान्तितर्फ मुलुकलाई लैजान बिघटित संसदको पुनर्स्थापना , पुनर्स्थापित संसद् बाट सर्वदलिय राष्ट्रीय सरकार निर्माण , बिषय किटान गरेरै संविधानको संशोधन र सुशासन सम्बन्धी आवश्यक कानुनहरुको निर्माण , ताजा जनादेशको लागी ९ महिना भित्र अर्ली एलेक्सन लाई मुख्य प्राथामिकतामा राखेर अगाडी बढ्नु आजको चुनौतीपुर्ण परिश्थितिको मुख्य कार्यभार हो ।

यसका लागी कुनै एक दलको पहलकदमी वा चाहनाले हुँदैन , यो ब्यवस्था र संविधान स्विकार गर्ने सम्पुर्ण नागरिकहरु, राजनितिक दलहरु , लोकतान्त्रिक , देशभक्त र राष्ट्रबादी शक्तिहरु एक जुट भइ एकै डुङ्गामा उभिनु जरुरी रहेको छ यसको लागी नेकपा एमालेले सकृय पहलकदमी लिनु पर्दछ । यस तर्फ नेतृत्वको बिशेष ध्यानाकर्षण होस ।

Read More

प्रकाश, फूल र रंगोलीमा झल्किन्छ तिहारको भावना

काठमाडौँ । तिहार आउन त शान्तसँग आउँछ तर यसले वरिपरिका सबै कुराहरू बदलिदिन्छ । हावाको महक बेग्लै हुन्छ, घरहरूमा न्यानो उज्यालो झल्किन्छ, रातहरू निकै अबेरसम्म चम्किरन्छन् । यही बेला हो उज्यालो पनि जीवन्त लाग्ने ।

प्रत्येक दियोको ज्योती, सयपत्री फुलका प्रत्येक थुँगा र रंगोलीका प्रत्येक रेखाहरूमा केहि न केहि अर्थ हुन्छ । तिहारमा घर सजाउनु भनेको सुन्दरताका लागि मात्र होइन, यो त उपस्थितिको अनुभूति पनि हो । यो भनेको प्रेम र उज्यालोले बिस्तारै घर भरिने समय हो ।

दियोको उज्यालो नै तिहारको चिनारी हो । दियो बाल्नुमा पनि बेग्लै आनन्दको अनुभूति हुन्छ । दियोहरू एक एक गरी बाल्दै जाँदा अन्धकार पनि बिस्तारै मलिन बन्दै जान्छ । परम्परागत रूपमा दियोमा तोरीको तेल र कपासको बाती प्रयोग गरिन्छ जो आफैंमा पवित्रता र आशाका प्रतिक हुन् । झ्याल, ढोका र बार्दलीमा दियो राख्दा देवी लक्ष्मीले घरमा समृद्धि र शान्त ऊर्जा लिएर आउने विश्वास गरिन्छ । अहिले त परम्परा र आधुनिकता सँगसँगै चलेका छन् । इलेक्ट्रिक दियो, फेरी लाइट र लालटिनहरूले नयाँ चमक दिन्छन् तर भावना भने पुरानै रहन्छ । यी सबै मिलाएर बनाएको सुनौलो उज्यालोले घरलाई एकैपटक परम्परागत र आधुनिक दुवैको अनुभूति दिलाउँछ ।

तिहारमा फूलहरूले घरमा जीवन थप्छन् । तिहारमा सयपत्री फूलको विशेष महत्त्व हुन्छ जसको सुन्तला र पहेंलो रङले दियोको उज्यालोलाई अझै चहकिलो बनाउँछ । घरमै सियो र धागोको सहायताले सयपत्रीका ताजा फूलहरू उनेर माला बनाउनु, बनाएका ती मालाहरूलाई झ्याल, भर्याङ वा ढोकामा लगेर झुन्ड्याउनु आफैंमा आनन्द र रमाइलो अनुभूति हो । यसले घरलाई एकैछिनमा सुवासिलो र उत्सवमय बनाउँछ । लामो समय टिक्ने सजावट चाहनुहुन्छ भने तपाईं सयपत्री फूलझैं देखिने सुकेका फूल वा कागजका मालाहरू पनि प्रयोग गर्न सक्नुहुन्छ । ठ्याक्कै यहि नै चाहिन्छ भन्ने पनि त छैन, आखिर हाम्रो लक्ष्य भनेको घरलाई जीवन्त र न्यानो बनाउनका लागि सानो स्पर्श दिनु न हो ।

रंगोली तिहारको अर्को सुन्दर पक्ष हो, जसले यी सबै कुराहरूलाई जोड्छ । प्रायः घरको प्रवेशद्वारमा बनाइने रंगोली केवल सजावट होइन, यो त खुसी बोलाउने एउटा तरिका हो । रंगहरूको धुलो, फूलका पात वा चामलका दानाद्वारा परिवारहरूले स्वागत र शुभलाभका लागि विभिन्न आकृतिहरू बनाउँछन् । रंगोलीको साधारण डिजाइन पनि मनले बनाउँदा अति सुन्दर देखिन्छ । नयाँ प्रयोग गर्न मन पराउनेहरूका लागि आजकल टिकटकजस्ता प्लेटफर्महरू प्रेरणाको स्रोत बनेका छन्, जहाँ @sun_andshine1 वा @antima_acharya जस्ता क्रिएटरहरूले सरल र आकर्षक रंगोली, फूलको सजावट र डिआईवाई लाइटिङका छोटा भिडियोहरू पोस्ट गर्छन् । केही भिडियो हेरेपछि तपाईंलाई आफ्नै घरका लागि पनि नयाँ र कलात्मक आइडिया आउन सक्छ ।

तिहारको सजावट भव्य वा महँगो हुनुपर्दैन। प्रायः साना र सुविचारित कुराहरूले नै घरमा वास्तविक पर्वको भावना ल्याउँछन् । जस्तो कि, शान्त रातमा एउटा मसिनो दियोको उज्यालो, हावामा फूलको मन्दमन्द सुवास वा भित्तामा राखिएका बत्तीको हल्काहल्का चमक । चाहे यी सजावटका सामग्री तपाईं आफैंले बनाउनुहोस् वा बजारबाट किनेर ल्याउनुहोस्, यसले केहि फरक पार्दैन । फरक त तपाईं आफैंले सिर्जना गर्ने अनुभूतिले पार्दछ ।

यो तिहारमा आफ्नो घरलाई उज्यालो बनाउनु होस् । न्यानो उज्यालो दिने दियो बाल्नुहोस्, जगमगाउने रङसहितका मालाहरू झुन्ड्याउनुहोस् र केहि अर्थपूर्ण रंगोलीहरू कोर्नुहोस् । घरका प्रत्येक कुनामा तपाईंको आफ्नै रोजाईको शान्त, उज्यालो र जीवन्त लय झल्किन दिनुहोस् । किनकि, तिहारको वास्तविक सौन्दर्य भनेको घर कस्तो देखिन्छ भन्नका लागि होइन, यो त घरमा उज्यालो पस्दा कस्तो महसुस हुन्छ भन्नका लागि हो ।

Read More

जेनजी आन्दोलनमा प्रहरीमाथि आक्रमण गर्ने र हतियार लुटपाट गर्ने घिसिङ पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा बर्दीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने, आगजनी गर्ने, हतियार लुटपाट गर्ने गौतम घिसिङ पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न स्थानहरूमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गर्ने, प्रहरी टोलीमाथि आक्रमण गरी बर्दी खोल्न लगाई बाग्मती खोलामा साङ्घातिक आक्रमण गर्ने, कर्तव्य पालनमा खटिएका प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाट गर्ने जिल्ला दोलखा, शैलुङ गाउँपालिका १ घर भइ काठमाडौं महानगरपालिका ३२ जडीबुटी बस्ने वर्ष ४८ को गौतम घिसिङलाई नियन्त्रण लिइएको छ ।

प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसूरमा दिन ८ (आठ) को म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको जनाएको छ । घिसिङ प्रहरी वृत्त गौशालाबाट बैंकिङ कसूरमा मुद्दा दर्ता भइ फरार रहेको समेत देखिएको प्रहरीले जनाएको छ ।

Read More

फ्रान्सको लुभ्र संग्रहालयबाट नेपोलियनसँग सम्बन्धित नौ बहुमूल्य रत्नहरू चोरी, अनुसन्धान हुदै

काठमाडौँ । फ्रान्सको पेरिसमा रहेको प्रसिद्ध लुभ्र संग्रहालयमा आइतबार चोरी भएको थियो । मिडिया रिपोर्टहरूका अनुसार, पेशेवर चोरहरूले पर्खाल चढेर संग्रहालयमा प्रवेश गरे र डिस्क कटर प्रयोग गरेर झ्याल काटेर चार मिनेटमा नेपोलियन र महारानी जोसेफिनसँग सम्बन्धित नौ बहुमूल्य रत्नहरू चोरेका छन् ।

चोरी भएका रत्नहरूमा १८५५ मा बनेको र हजारौं बहुमूल्य रत्नहरूले जडित ऐतिहासिक युजेनी क्राउन समावेश छ । मुकुटको केही भाग भाँचिएको भेटिएको मिडिया रिपोर्टमा उल्लेख छ । चोरीको क्रममा यो भाँचिएको हुन सक्ने विश्वास गरिन्छ ।

चोरी पछि संग्रहालयले पूर्ण दिन बन्दको घोषणा गर्‍यो । फ्रान्सेली गृहमन्त्री लरेन्ट नुनेजले यो घटनालाई सबैभन्दा ठूलो डकैती मध्ये एकको रूपमा वर्णन गरे । फ्रान्सेली गृहमन्त्री लरेन्ट नुनेजले चोरहरूले आधुनिक विधि प्रयोग गरेर अपराध गरेको बताएका छन् । चोरहरू ट्रकमा चढाइएको भर्‍याङ लिएर आए, जुन उनीहरूले सेन नदीतिर फर्केर संग्रहालयको भित्तामा राखेका थिए ।

त्यसपछि तिनीहरू डिस्क कटरले झ्याल काटेर भित्र पसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चोरहरूले नेपोलियन र जोसेफिनको अमूल्य संग्रह भएको ग्यालरीमा सिधै पुर्‍याउने मालवाहक लिफ्ट प्रयोग गरेका छन् ।

यो लिफ्ट संग्रहालयमा चलिरहेको निर्माण कार्यको लागि जडान गरिएको थियो । प्रहरीले चोरीमा तीन चोरहरू संलग्न रहेको विश्वास गरेको छ । दुई जना ग्यालरीमा प्रवेश गरे र चोरी गरे, जबकि तेस्रोले बाहिर हेरचाह गरे ।

चोरहरूले ग्यालरीको सिसा र तालाहरू तोड्न चेनसा जस्ता उपकरणहरू प्रयोग गरेका थिए । चोरी पछि, तिनीहरू ए६ मोटरवे तर्फ टी-म्याक्स स्कूटरमा भागे। चोरहरूले घटनास्थलमा ट्रक र भर्‍याङ छोडे, जुन पछि प्रहरीले प्रमाणको रूपमा बरामद गरेको थियो ।

चोरहरूले नेपोलियन र महारानी जोसेफिनको संग्रहबाट नौ रत्नहरू चोरे, जसमा एउटा हार, एउटा ब्रोच र एउटा मुकुट पनि समावेश रहेको छ । सबैभन्दा मूल्यवान युगेनी क्राउन थियो, जुन १८५५ मा नेपोलियनकी पत्नी महारानी युजेनी डे मोन्टीजोको लागि बनाइएको थियो ।

यो मुकुट यसको उत्कृष्ट डिजाइन र हजारौं पन्नाको लागि प्रसिद्ध छ । नेपोलियन र जोसेफिनको यो संग्रह फ्रान्सेली इतिहासको एक महत्त्वपूर्ण भाग हो, जसमा केही टुक्राहरू फ्रान्सेली क्रान्तिको समयमा शाही परिवारहरूबाट लुटिएका थिए, जबकि अरूलाई नेपोलियनको साम्राज्यबाट जफत गरिएको थियो ।

प्रहरी र सांस्कृतिक सम्पत्ति बेचबिखन विरोधी कार्यालयले मुद्दाको अनुसन्धान गरिरहेको छ । गृहमन्त्री नुनेजले सीसीटीभी फुटेज जाँच भइरहेको बताए ।

प्रहरीले चोरहरू विदेशी हुन सक्ने आशंका गरेको छ । चोरी एक धनी सङ्कलकले गरेको हुन सक्ने, जसले चोरीका गहनाहरू कालो बजारमा बेच्नुको सट्टा निजी रूपमा लुकाउन चाहन्छ ।

लुभ्र विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको संग्रहालय हो र यसमा धेरै प्रसिद्ध कलाकृतिहरू र अन्य बहुमूल्य वस्तुहरू छन् । यसको प्रमुख आकर्षणहरूमा मोना लिसा र भेनस डे मिलो समावेश छन् । यसले मेसोपोटामियाली, इजिप्टियन र युरोपेली कलाकारहरूको पुरातन वस्तुहरू, मूर्तिकलाहरू र चित्रहरू पनि प्रदर्शन गर्दछ ।

संग्रहालयमा लगभग ३८०,००० वस्तुहरू छन्, जसमध्ये ३५,००० प्रदर्शनमा छन्। यसको मूल्य अरबौं पाउन्ड बराबर छ, जसले यसलाई विश्वको सबैभन्दा कडा सुरक्षा उपायहरू मध्ये एक बनाउँछ। संग्रहालयले दैनिक ३०,००० आगन्तुकहरूलाई स्वागत गर्दछ । 

लुभ्र संग्रहालयमा चोरी र डकैतीको लामो इतिहास छ । सबैभन्दा प्रसिद्ध घटना १९११ मा भएको थियो जब मोनालिसा चित्र यसको फ्रेमबाट गायब भएको थियो, एक कर्मचारीले चोरी गरेको थियो । उनी संग्रहालय भित्रको अलमारीमा रातभर लुके र चित्र बनाए । उनी रातभर संग्रहालय भित्रको दराजमा लुके र आफ्नो कोटमुनि लुकाइएको चित्र लिएर भागे । चित्र दुई वर्ष पछि फ्लोरेन्समा बरामद भएको थियो । हालसालै, नोभेम्बर २०२४ मा, बन्चरोधारी चोरहरूले सातवटा बहुमूल्य बाकसहरू चोरेका थिए ।

Read More