२०८३ बैशाख १३

दुर्गा प्रसाईंहरूलाई गृहमन्त्रीको सन्देश: राष्ट्रका नाममा तनाव नफैलाऔं, संवादको ढोका खुला छ समाधान खोजौं

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनको घोषणा गरेका विभिन्न समूहलाई वार्ताको लागि आह्वान गरेका छन् ।

आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकमा पछिल्लो अवस्था र सम्भावित सुरक्षा चूनौतिको विषयमा छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता थियो ।

बैठकमा वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्नेबारे छलफल भएको थियो । दुई घण्टा चलेको सो बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने,‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।’ अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि उनले आग्रह गरेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले छठलगत्तै निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रसाईंले सम्पूर्ण नेपालीहरुलाई खाद्यान्न र डिजेल, पेट्रोलसहितका अत्यावश्यक वस्तुको जोहो गर्न अपिल गरेका थिए । आजको बैठकमा प्रसाईंको आन्दोलनको विषयमा पनि छलफल भएको जनाईएको छ ।

Read More

अर्जुननरसिंहको प्रश्न: ५ सय हतियार लुटिँदा र ५ हजार अपराधी खुला हुँदा चुनाव कसरी हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले आफ्नो दल निर्वाचनमा जानबाट कहिल्यैपनि नभागेको बताएका छन् ।

उनले राष्ट्रियतामाथि नै जोखिम भएको बेलामा पार्टीभित्र अभूतपूर्व एकताको आवश्यकता रहेको औंल्याएका छन् । तर, पार्टी अहिले यही नीति, नेतृत्व, विधि र अनुहार लिएर अघि बढ्न नसक्नेपनि केसीको टिप्पणी छ ।

उनले भने,‘पार्टीभित्र अहिले आमुल सुधारको आवश्यकता छ । नीतिगत र नेतृत्वगत रुपले पनि सुधार आवश्यक छ ।’ नेपाली काँग्रेस नेपाली जनताको बीचमा जन्मिएको पार्टी भएकोले नेपाली जनताको बीचमा जानको लागि उसलाई कहिल्यैपनि द्धिविधा नहुने उनको तर्क छ ।

उनले भने,‘तर, त्योभन्दा अगाडि, ५ सयभन्दा बढि सरकारका आधुनिक हतियार लुटिएका छन्, झण्डै ५ हजारभन्दा बढि कैदीहरु, अपराधीहरु जेलबाहिर छन्, त्यो थितिमा शान्ति सुरक्षाको प्रत्याभूति नभईकन हुने निर्वाचन त निर्वाचन नै हुन सक्दैन् ।’

उनले पार्टी यथास्थितिमा अघि बढ्न नसक्ने भएपनि पार्टी विभाजनको तहसम्म नपुग्ने विश्वास दिलाए । तर, पार्टी विभाजनको अवस्थामा पुगे देशमा लोकतन्त्रमाथि नै चूनौति खडा हुने उनको भनाई छ । नेपाली कांग्रेस निरन्तर रुपमा लोकतान्त्रिक आन्दोलनबाट जनताको बीचमा गएको र उदाएको दल भएको उनले स्मरण गराए ।

उनले अहिलेसम्म यो सरकारमा जेनजीहरुको प्रतिनिधि नभएकोमा प्रश्न उठाए । तर, सरकारमा सहभागी मन्त्रीहरु राम्रै रहेको उनको भनाई छ । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई हक्की स्वभावको व्यक्तित्वको रुपमा चित्रण गरे । उनले भने,‘सुशीलाजी एउटा हक्की स्वभावको मान्छे हो, निर्भिक र निडर हुनुहुन्छ, उहाँलाई यो जिम्मा राष्ट्रले सुम्पिएको छ, निर्वाचन गर्न सफल हुनुहोस भन्ने मेरो शुभकामना छ ।’

Read More

हामी एक हौं भन्दै सडकमा उत्रिएका ५० जेन–जेड प्रहरी नियन्त्रणमा

काठमाडौँ । स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई आज नेपाल प्रहरीले हिरासतमा लिएको छ ।

आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् ।

जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरुले स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति माग्दा नपाएको बताए । उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताए । “हामी जेनजीहरु एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔं भनेको लागेका हौँ । तर हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएनौ, दिइएन”, खनालले भने ।

Read More

मेसीसहितको अर्जेन्टिनी फुटबल टिम भारत नआउने

काठमाडौँ । अर्जेन्टिना फुटबल टिमको भारत भ्रमण स्थगित भएको छ ।

लियोनेल मेसीसहितको अर्जेन्टिनी तिओम अर्को महिना भारतको केरला भ्रमण गर्ने तालिका रहेको थियो ।  नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल नेहरू स्टेडियममा हुने खेल स्थगित भएको हो  ।

यो जानकारी मैत्रीपूर्ण खेलको प्रायोजक रिपोर्टर ब्रोडकास्टिङ कम्पनीका प्रबन्ध निर्देशक एन्टो अगस्टिनले सामाजिक सञ्जालमा साझा गरेका थिए । उनले अब फिफाको अर्को अन्तर्राष्ट्रिय खेल विन्डोमा यो खेल हुनसक्ने र यसका लागि छलफल जारी रहेको बताएका छन् ।

एन्टो अगस्टिनले भनेका छन्- खेलको लागि फिफा अनुमति प्राप्त गर्न ढिलाइ भएको कारणले गर्दा अर्जेन्टिना फुटबल संघ (एएफए) सँगको बैठक पछि निर्णय गरिएको हो ।’

Read More

शंकर पोखरेलको आरोप- माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाइयो

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास भएको बताउदै असन्तुष्टि जनाएका छन् ।  

उनले भनेका छन्- माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन — सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो।

Read More

तोसिमाको गुनासो- पार्टी पुनर्गठनको विषय उठाउदा रविको विकल्प खोजेको आरोप लगाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनको विषय उठाउदा रवि लामिछानेको विकल्प खोजेको आरोप लगाइएको गुनासो गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत तोसिमाले पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउने प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने बताएकी छन् ।

उनले भनेकी छन्- 
कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला । यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु। गर्नेछु। तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनुहोला । 

राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय सापेक्षिक रूपमा मध्यममार्गी मुलधारको मुख्य राजनैतिक शक्तिको रूपमा विकास गर्दै रास्वपाले वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागी पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक छ भन्ने मेरो मान्यता हो।

पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला

मेरा अनुरोध स्पष्ट छन्: 
१- विस्तारीत बैठकमा सङ्गठनका साथीहरुको महत्वपूरण र सक्रिय सहभागताको लागि अनुरोध गर्दछु।

२- बैठकमा प्रस्तुत हुने राजनैतिक र साङ्गठनिक प्रतिवेदनमाथि सहभागिहरुले राय राख्ने मात्र होईन प्रतिवेदनहरुलाई स्विकार्ने/अस्विकार गर्ने/ तोकिएका संसोधन सहित स्विकार्न पाउने गरी भोटिङ राईट दिईनुपर्छ। 

३- जेनजी आन्दोलन पछिको रास्वपालाई यथास्थितिमा रहेर  वैकल्पिक शक्तिहरुलाई नसमेटि आसन्न चुनावमा एक्लै जाने छुट छैन। हामी उदार हुनुपर्छ। केन्द्री सचिवालय, पदाधिकारी, समितीको संरचना र नेतृत्वमा पुनरावलोकन पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ।

अब यहि कुरामा पटक पटक स्पष्टिकरण दिन वाध्य नपार्नुहोला बरु आउनुस् एक कदम अघि बढेर रिफर्मेसनका मोडालिटीमा बसह गरौँ । 

Read More

जन्मदिनको अवसरमा शाहरुख खानका पुराना फिल्म पुन: रिलिज गरिदै

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानको जन्मदिन नजिक आइरहदा उनका केहि उत्कृष्ट फिल्महरू थिएटरहरूमा पुन: रिलिज हुने भएका छन् । शाहरुखले नोभेम्बर २ मा आफ्नो ६०औं जन्मदिन मनाइरहेका छन् । 

शाहरुखले आफ्ना फिल्मह पुन: रिलिज हुन लागेको जानकारी दिएका हुन् । उनले भनेका छन्- ‘मेरा केही विगतका फिल्महरू थिएटरहरूमा फर्किरहेका छन् । तिनीहरूमा भएको मान्छे धेरै परिवर्तन भएको छैन, केवल उनको कपाल परिवर्तन भएको छ र म अलि सुन्दर भएको छु । शाहरुख खान फिल्म महोत्सव अक्टोबर ३१ मा सुरु हुँदैछ ! मेरा फिल्महरू भारत, मध्य पूर्व, उत्तरी अमेरिका, बेलायत, युरोप, न्यूजील्याण्ड र अष्ट्रेलियाभरिका चुनिएका थिएटरहरूमा प्रदर्शन गरिनेछ ।’

यी फिल्महरू महोत्सवको भागको रूपमा प्रदर्शन गरिने बताइएको छ ।

शाहरुख खान फिल्म फेस्टिभलले ‘कभी हान कभी ना,  दिल से, देवदास, मैं हुँ ना,  ओम शान्ति ओम र “जवान लगायतका फिल्महरु थिएटरमा प्रदर्शन गर्न लागिएको छ । यो महोत्सव अक्टोबर ३१ मा सुरु हुनेछ भने ३० शहरका ७५ भन्दा बढी थिएटरहरूमा दुई हप्तासम्म चल्ने बताइएको छ ।

शाहरुख खान पछिल्लो पटक राजकुमार हिरानीको डंकीमा देखिएका थिए । उनी अब सिद्धार्थ आनन्दको ‘किंग’ मा देखिदैछन् । फिल्ममा शाहरुख खानकी छोरी सुहाना खान, अभय वर्मा, जयदीप अहलावत, अभिषेक बच्चन, ज्याकी श्राफ, र अन्य कलाकारहरूले अभिनय रहेको छ ।

Read More

बालुवाटारमा प्रधानमन्त्री कार्कीसहित उच्चस्तरीय बैठक, सम्भावित सुरक्षा चुनौती बारे छलफल

काठमाडौँ । बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ ।

वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने- ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ । संवादबाटै समस्याको समाधान चाहन्छौँ ।’

अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि उनले आग्रह गरेका छन् ।

Read More

अर्घाखाँचीको छत्रदेवमा फोर्स गाडी दुर्घटना

बुटवल । अर्घाखाँचीबाट बुटवल आउनेक्रममा फोर्स जिप दुर्घटनामा परेको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-५ ५ दौरा चौपारीमा दुर्घटना अर्घातोसदेखि बुटवल आउदै गरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । फोर्स गाडीको ब्रेक फेल भएपछि बाटो साइडमा गाडी दुर्घटनामा परेको थियो ।  गाडी पल्टिदा घाइते भएकाको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ड्राइभरलाई चोट लागेको बताइएको छ ।

गाडी पल्टिदा पार्किङ गरेर राखेको ट्याक्सीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । 

Read More

महसुल नतिर्ने थप १८ उद्योगको विद्युत लाइन काटियो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर महसुल नतिरेका थप १८ उद्योगको विद्युत्‌को लाइन काटेको छ । प्राधिकरणले शुक्रबार थप १३ उद्योगको लाइन काटेको हो । 

प्राधिकरणले हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारि स्वचालित कारखाना, जगदम्वा सिन्थेटिक, एभरेष्ट रोलिङ, घाराना फुडस, विशाल सिमेन्ट, एसआर फुडस, सिद्वार्थ पेट प्लास्ट, बुटबल सिमेन्ट, सोना मिनरलस एण्ड आयल्स र निगाले सिमेन्टको विद्युत लाइन काटेको छ ।

यसअघि गत मगंलबार प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको थियो ।

यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको थप महसुल तिरेका छैनन् ।

प्राधिकरणले असोज १२ मा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको भन्दै कात्तिक १७ भित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो । बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनाको किस्ताबन्दी सुविधा दिइएको छ । असोज १३ मा प्राधिकरणले अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन पुनः सूचना जारी गरेको थियो ।

सूचना जारी भएपछि २८ महिनाको किस्ताबन्दी सुबिधाको प्रयोग गर्दै  हामा आइरन एन्ड स्टील, सर्बोत्तम सिमेन्ट, हुलास स्टिल, असोक स्टिल, सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका थिए ।

Read More