२०८३ बैशाख १३

साम्बाको दुई गोलमा भारतविरुद्ध नेपालको जित

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरको हो ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले दुवै गोल गरेकी थिइन् । सावित्राले पहिलो गोल खेलको दोस्रो मिनेटमा र दोस्रो खेल खेलको ६३औं मिनेटमा फ्रीकिकबाट गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल खेलको ८१औं मिनेटमा करिश्मा शिरभोइकरले गरेकी थिइन् । 

यस खेलमा नेपालका लागि यू-१९ खेलाडी मिना देउवाले राष्ट्रिय टिमका लागि डेभ्यु गरेकी छन् । देउवाले खेलको ७८औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेभ्यु गरेकी हुन् ।

Read More

२०८२ कार्तिक ११ गते मंगलबार: आजको राशिफल

आज कार्तिक ११ गते मंगलबार ई.सं. २०२५ अक्टोबर २८ नेपाल सम्बत ११४६ कछलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष षष्ठी, चन्द्रमा धनु राशिमा,  पूर्वाषाढा नक्षत्र, सुकर्मा योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६: १२ बजे र सूर्यास्त साँझ ५ बजेर २५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण  खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ४८ मिनेट देखि ०९ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आज छठ पर्वको अन्तिम दिन उदाउदो सुर्यलाई अर्घ दिएर समापन गरिदैछ ।  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
दाम्पत्य जीवनमा किचलो र विवादको योग बनेको छ, लामो समयदेखि घरमा सम्पर्क छैन भने फुर्सद निकालेर कुराकानी गर्नु ठीक हुन्छ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ । पतिपत्नीले एकआपसमा एउटा सुखद अनुभूति साझा गर्ने दिन हो । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार÷विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । गाउँ, ठाउँ र घरपरिवारको सम्झनामा आजको केही समय व्यतीत हुनेछ । कुनै पनि काम गर्दा रिस्क वा जोखिम मोल लिनु हुँदैन । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
ससाना कुरा र विषयमा झैझगडां र विवाद हुने लक्षण छ, त्यसैले तनाव र बोझलाई धैर्यताका साथमा व्यवस्थापन गर्ने दिन हो । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठीक हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । मोटो धनमाल हातपार्ने समय हो, इच्छा पूर्ति गर्न वा शारीरिक सुख प्राप्त गर्ने बहानामा केही धन खर्च पनि हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ ।

Read More

युभेन्टसका मुख्य प्रशिक्षक इगोर बर्खास्त

काठमाडौँ । इटालियन सिरी ए क्लब युभेन्टसले आफ्ना मुख्य प्रशिक्षक इगोर ट्युडरलाई बर्खास्त गरेको छ । क्लबको पछिल्ला खेलमा खराब प्रदर्शनपछि इगोरलाई युभेन्टस व्यवस्थापनले बर्खास्त गरेको हो ।

युभेन्टसले लगातार तीन हार र आठ खेलमा जितविहीन यात्रा पछि सोमबार प्रशिक्षकलाई बर्खास्त गरेको छ ।

युभेन्टसले सेप्टेम्बर १३ पछि जित हासिल गरेको छैन भने गएराती युभेन्टस लाजियोसँग १-० ले पराजित भएको थियो । हाल युभेन्टस ८ खेलमा १२ अंकसहित आठौ स्थानमा रहेको छ ।

याअघि लाजियो, मार्सेली जस्ता क्लबको प्रशिक्षक रहेका इगोर गत मार्चमा युभेन्टसमा आएका थिए ।उनको नेतृत्वमा युभेन्टसले २४ खेलमा १० जित, ८ बराबरी र ६ हार बेहोरेको छ ।

Read More

छठ पर्वको मुख्य दिन: अस्ताउदो सूर्यलाई दिइयो अर्घ (फोटोफिचर)

काठमाडौँ । आज छठ पर्वको मुख्य दिन, अस्ताउदो सूर्यलाई अर्घ दिइएको छ । देशका तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा निर्माण गरिएका छठ घाटमा पुगेर ब्रतालुहरुले अस्ताउदो सूर्यलाई अर्घ दिएका छन् । 

व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बसेका थिए । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा बनाइएका छठ घाटमाप उगेर अस्ताउँदो सूर्यको पूजा गर्दै अर्घ चढाएका छन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।

आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको छ । छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

भोली बिहान उदाउदो सुर्यलाई अर्घ चढाएपछि छठ पर्व सकिन्छ  ।  

Read More

जेनजी आन्दोलनपछि देउवा दम्पतीको पहिलो विदेश यात्रा: थप उपचारका लागि सिंगापुरतर्फ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणासहित उपचारका लागि सोमबार सिंगापुर जाँदैछन् ।

उनीहरू उपचारका लागि आज सोमबार राति ९ बजे सिंगापुर जाँदै छन्। गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो।

जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।

देउवाले स्वास्थ्यको कारण देखाउँदै असोज २८ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए। जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा सोही दिन केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा रहेको बताएका छन् ।

Read More

विगतमा भएका कमजोरीलाई स्वीकार्दै अब नेपाली काँग्रेस अघि बढ्छ: पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली काङ्ग्रेसका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले नेपाली कांग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको शुभकामना आदानप्रसाद कार्यक्रममा बोल्दै उनले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमि कमजोरीहरुलाई स्वीकार गर्दै संविधान र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताएका हुन् ।

उनले भने, ‘विगतको इतिहासको कालखण्ड जस्तै फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको छ । त्यसकारण हाम्रा विगतमा भएका कमि कमजोरीहरुलाई स्वीकार गर्दै नेपाली काङ्ग्रेस संविधानको रक्षा, परिवर्तनको रक्षा र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित हामी अगाडि बढ्छौं ।’

यस्तै, उनले तरुण दलको झण्डा बोकेर लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि एकपटक फेरि संगठित र एकताबद्ध हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस एउटा नयाँ संकल्प, उत्साहा र उर्जासहित अगाडि बढ्नको लागि तयार रहेको बताए । उनले भने, ‘तरुण दलको झण्डा बोकेर मुलुकको रक्षा, लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि हामी एकपटक फेरि संगठित र एकताबद्ध भएर देशभरका तरुणहरुलाई आह्वान गर्दै तयार हुन्छौ र एउटा नयाँ संकल्प, उत्साहा र उर्जासहित हामी अगाडि बढ्नको लागि तयार छौ भन्ने सन्देश पनि देशभरका तरुणहरुले दिन जरुरी छ ।’

भदौ २३ र २४ गतेको घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको पनि उनको भनाई छ । उनले भने, ‘भदौ २३ गते तीन वटा माग राखेर जेनजी युवाहरुले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा धेरै युवाहरुले ज्यान गुमाउनु पर्यो । २४ गते देशैभर ठूलो भौतिक र मानविय क्षती भयो, नेपालको इतिहासमा पहिलो पटक देशको कार्यपालिका माथि आक्रमण भयो र ध्वस्त बनाइयो । त्यो घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको छ ।’

Read More

मौसम अपडेट: यी सात जिल्लामा पर्सि विहानसम्म सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजराती देखि पर्सि बिहानसम्म सात जिल्लामा सतर्क रहन आग्रह गरेको छ ।

विभागले हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की र पर्वतसहित आसपासका जिल्लाहरुमा सतर्क रहन चेतावनी दिएको हो ।

विभागले पर्सि विहानसम्म गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा-हिमपातको पनि सम्भावना रहेको जानकारी दिएको छ ।

त्यस्तै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम (पूर्व), रुकुम (पश्चिम), बागलुङ, सुर्खेत, बाँके, बर्दिया र आसपासका जिल्लाका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले मौसमसम्बन्धि जानकारी अध्यावधिक रहन आग्रह गरेको छ ।

Read More

एमाले र एकीकृत समाजवादीका नेताहरुबीच सामाजिक सञ्जालमा जुहारी

काठमाडौँ । एमाले र एकीकृत समाजवादीका नेताहरुबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । सोमबार बिहान एमाले नेता महेश बस्नेतले माधवकुमार नेपाललाई माओवादी केन्द्रमा विलय हुनुभन्दा एमालेमै फर्किन आग्रह गरेको पोष्ट फेसबुकमा गरेका थिए ।

नेता बस्नेतलाई काउन्टर दिदै एकीकृत समाजवादीका युवा नेता सुदेश पराजुलीले माधव नेपाललाई अपराधी र हत्याराको आरोप नलागेको बताउदै माधव नेपाल अहिलेको राजनितिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोनमा रहेको जवाफ दिएका छन् ।

पराजुलीले प्रधानमन्त्री भएकै समय बालुवाटारबाट जनताले लखेटेको, भागेको ईतिहास माधव नेपालको नभएको भन्दै  जनताको बहुदलीय जनवाद केपी ओलिले प्रचण्डसँग प्रधानमन्त्रीको कुर्सिसँग साटेको होईन भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्: 

महेश बस्नेत र केपि ओलिलाई चुनौती नै सहि । मरेड माधव नेपाल अहिलेको राजनितिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोनमा हुनुहुन्छ हेक्का राख ।

अपराधी र हत्याराको आरोप माधव नेपाललाई छैन् । प्रधानमन्त्री भएकै समय बालुवाटारबाट जनताले लखेटेको ,भागेको ईतिहास माधव नेपालको छैन । दारा नंग्रा सकिसकेको ‘बा’ लाई  सिंहको पुरै रुप र आवरण हो, छ भनेर समाज तर्साउने खेती सकिन्छ भनेर बढी नै चिन्ता तनाब केपी ओलि र छोराहरुलाई पो भयो होला की ! 

जनताले खेदेको जनतासंग हारेको शेख हसिना र बा उस्तै भए भनेर भागेको चिन्ता र तनाब केपी ओलिलाई भारी भयो भनेर सताए जस्तो छ गुन्डुतिर । जनताको बहुदलीय जनवादको कुरा त केपी ओलिले प्रचण्ड कमरेडसंग प्रधानमन्त्रीको कुर्सिसंग साटेको होईन ।

सत्ता स्वार्थमा जबजको हुर्मत लिएको होईन र ? गुन्डुबाट भाग्नु परेको, बालुवाटारबाट कुर्सी छोडेर भागेको तनाब अझै बाँकी छ ? केपी ओली र कमरेड प्रचण्ड मिल्दा खुसिले हर्ष-बढाईँ गर्दै माधव नेपाललाई पेलेको याद छैन, अहिले सोध्नु बालाई ? सावन्त गोयल साक्षी राखेर बालुवाटारबाट कम्युनिष्ट पार्टी बिभाजन गर्दै विदेशीको गुलामी गरेको ईतिहास साक्षी नै छ, बिचारा स्कुल ड्रेसका कलिला अबोध बालबालिकाको हत्यारा बा लाई नबोक, बरु आउ बामपन्थी एकता गर्दै  हिजोको नेकपा निर्माण गरौ । हत्याराको आरोप बोकेर कति दिन समाजको कालो बन्छौ ?

यसअघि महेश बस्नेतले भनेका थिए: 

माधव नेपाल ठूलो तनावमा भन्ने सुनियो !  

नेकपा माओवादी केन्द्रसँग एकता गर्ने पक्कापक्की निर्णय बाहिरिएपछि, उनका आफ्नै पार्टीका नेताहरू र कार्यकर्ताहरूले विरोध गर्दै एमालेसँग एकता गर्न दबाब दिन थालेका छन् । जनताको बहुदलीय जनवाद त्यागेर माओवादीसँग जाने कुरा आधा भन्दा धेरै कार्यकर्ताले स्वीकार नगर्ने भएपछि माधवको स्थिति झनै जटिल बन्दै गएको छ । एमाले विभाजित गराएर देशलाई धोका दिएर गएका माधव नेपालले माओवादीमा आफ्नो पार्टी विलय गराउनु भन्दा हात्ती लिएर गएको  हुन बरु बोको लिएर एमालेमा फर्के हुन्छ ।

Read More

भारतको नयाँ प्रधानन्यायाधीशमा सूर्य कान्त सिफारिस

काठमाडौँ । भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्त नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका छन् ।

प्रधानन्यायाधीश बीआर गवईले सर्वोच्च अदालतको अर्को प्रधानन्यायाधीशको लागि न्यायाधीश सूर्य कान्तको नाम सिफारिस गरेका हुन् । उनले यस उद्देश्यका लागि केन्द्र सरकारलाई पत्र लेखेका छन् । अदालतसँग सम्बन्धित मामिलाहरू समेट्ने वेबसाइट, लाइभ ल का अनुसार न्यायाधीश सूर्य कान्त हाल प्रधानन्यायाधीश गवई पछि सर्वोच्च अदालतको दोस्रो सबैभन्दा वरिष्ठ न्यायाधीश हुन् ।  यदि नियुक्त भएमा, उनी सर्वोच्च अदालतको ५३औं प्रधानन्यायाधीश हुनेछन् ।

प्रधानन्यायाधीश बीआर गवई नोभेम्बर २३, २०२५ मा अवकाश लिदैछन् । उनी भारतको ५२औं प्रधानन्यायाधीश हुन् । सर्वोच्च अदालतको परम्परा अनुसार, प्रधानन्यायाधीश पदको लागि प्रधानन्यायाधीश पछि सबैभन्दा वरिष्ठ न्यायाधीशको नाम सिफारिस गरिन्छ ।

Read More

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधाना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल छठी माताको पूजा आराधाना एवं अर्घ दिएका छन् ।

राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले गुहेश्वरी मन्दिरअघि बागमती किनारामा निर्माण गरिएको छठघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् ।

काठमाडौं उपत्यकाका कमलपोखरी, गुहेश्वरी गौरीघाटलगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठीमाताको पूजाअर्चना भइरहेको छ । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात् मुख्य दिन आज साँझ तराई–मधेशको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।

Read More