२०८३ बैशाख १३

माधव नेपाललाई महेश बस्नेतको सुझाव: माओवादीमा विलय हुनुभन्दा एमालेमै फर्कनुस

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई माओवादीमा विलय हुनुभन्दा एमालेमै फर्किन सुझाव दिएका छन् ।

नेता बस्नेतले एकीकृत समाजवादीको माओवादी केन्द्रसँग एकता हुन लागेको विषय उल्लेख गर्दै जनताको बहुदलीय जनवाद त्यागेर माओवादीसँग जाने कुरा आधा भन्दा धेरै कार्यकर्ताले स्वीकार नगर्ने भएपछि माधवको स्थिति झनै जटिल बन्दै गएको बताएका छन् ।

उनले नेपाललाई एमाले विभाजित गराएर देशलाई धोका दिएर गएका माधव नेपालले माओवादीमा आफ्नो पार्टी विलय गराउनु भन्दा हात्ती लिएर गएको हुन बरु बोको लिएर एमालेमा फर्के हुने सुझाव दिएका छन् ।

उनले भनेका छन्:
माधव नेपाल ठूलो तनावमा भन्ने सुनियो ।

नेकपा माओवादी केन्द्रसँग एकता गर्ने पक्कापक्की निर्णय बाहिरिएपछि, उनका आफ्नै पार्टीका नेताहरू र कार्यकर्ताहरूले विरोध गर्दै एमालेसँग एकता गर्न दबाब दिन थालेका छन् । जनताको बहुदलीय जनवाद त्यागेर माओवादीसँग जाने कुरा आधा भन्दा धेरै कार्यकर्ताले स्वीकार नगर्ने भएपछि माधवको स्थिति झनै जटिल बन्दै गएको छ । एमाले विभाजित गराएर देशलाई धोका दिएर गएका माधव नेपालले माओवादीमा आफ्नो पार्टी विलय गराउनु भन्दा हात्ती लिएर गएको हुन बरु बोको लिएर एमालेमा फर्के हुन्छ ।

Read More

विप्लव नेतृत्वको नेकपाले कार्तिक २० गते काठमाडौँमा सभा गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले  कात्तिक २० गते काठमाडौंमा सभा गर्ने भएको छ ।  विप्लवले स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेट्न आव्हान गरेका छन् ।

महासचिव विप्लवले देशमा व्याप्त भ्रष्टाचार, कमिसनखोरी, तस्करी, दलाल प्रवृत्ति र परजीवी शक्तिहरू समाप्त भए मात्रै राष्ट्रले आत्मसम्मानका साथ उन्नति हासिल गर्ने बताउदै स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेट्न आव्हान गरेका हुन् ।

उनले भनेका छन्- 
नेपाललाई अरूले  होइन हामी आफैंले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौ साथीहरू ।

Read More

कमिन्स इङ्गल्याण्डविरुद्धको पहिलो एशेज टेस्टबाट बाहिरिए, स्मिथले कप्तानी गर्ने

काठमाडौँ । अस्ट्रेलियाका नियमित टेस्ट कप्तान पाट कमिन्स इङ्गल्याण्ड विरुद्धको पहिलो एशेज टेस्टबाट बाहिरिएका छन् ।

क्रिकेट अस्ट्रेलियाले कमिन्स ढाडको चोटबाट पूर्ण रूपमा निको नभएकाले पहिलो एशेज टेस्ट गुमाउने जानकारी दिएको छ । फास्ट बलर कमिन्सको अनुपस्थिति अस्ट्रेलियाको लागि ठूलो धक्का मानिएको छ, किनकि उनीहरूले इङ्गल्याण्ड विरुद्ध पाँच टेस्ट सिरिज खेल्ने तालिका छ ।

कमिन्सको अनुपस्थितिमा, स्टिभ स्मिथले पहिलो एशेज टेस्टमा अस्ट्रेलियाली टोलीको कप्तानी गर्नेछन् । क्रिकेट अस्ट्रेलियाले कमिन्सले आफ्नो पुनरागमनको तयारीमा चाँडै बलिङ सुरु गर्ने बताएको छ । ३२ वर्षीय कमिन्सले जुलाईमा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पछि तीन खेलको टेस्ट सिरिज खेलेका छैनन् । त्यसपछि, कमिन्सलाई न्यूजील्याण्ड र भारत विरुद्धको सीमित ओभरको सिरिजबाट पनि बाहिर राखिएको थियो ।

एशेजका अन्तिम तीन टेस्ट तीन हप्ता भित्र खेलिने तालिका भएकोले कमिन्स पूर्ण रूपमा फिट हुनुपर्नेछ ।

पर्थमा हुने सिरिजको पहिलो खेलको लागि स्कट बोल्यान्डले प्लेइङ एघारमा कमिन्सको स्थान लिने सम्भावना छ । मिचेल स्टार्क र जोश हेजलवुडले फास्ट बलिंग आक्रमणको नेतृत्व गर्नेछन्, जसलाई अलराउन्डर क्यामरुन ग्रिन र ब्यू वेबस्टरले सहयोग गर्नेछन् । यद्यपि, हेजलवुडको फिटनेसको बारेमा आशंका रहेको छ । 

एसेज सिरिजको पहिलो खेल नोभेम्बर २१ देखि २५ सम्म पर्थमा, दोस्रो टेस्ट डिसेम्बर ४ देखि ८ सम्म द गाबामा, तेस्रो टेस्ट डिसेम्बर १७ देखि २१ सम्म एडिलेडमा, चौथो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म मेलवर्नमा र पाँचौं टेस्ट जनवरी ४ देखि ८ सम्म सिड्नीमा हुने तालिका रहेको छ । 

Read More

स्वास्थ्य मन्त्री गौतमको आग्रह: चुनाव भाँड्ने र फेरि आन्दोलनमा उत्रिने काम नगर्नुहोस्

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन ।

सोमवार काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेन-जी आन्दोलनका घाईतेहरुसँगको भेटपछि उनले यस्तो आग्रह गरेकी हुन् ।

शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भीर अवस्था देखिएपछि गहभरी आँशु झार्दै उले अव निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरुको ध्यानाकर्षण गराईन ।

मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको जिकिर समेत गरिन । उनले घाइते विरामीहरुले आफूलाई अस्पतालको कुऋति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन ।

त्यस क्रममा उनले आफूले गरेका सबै कामहरु पारदर्शी ढंगले जनताको बीचमा लैजाने संकल्प लिएको समेत बताईन ।
मन्त्री गौतमले भनिन,‘बिरामीहरुको अवस्था हेर्दाखेरी मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस भन्न चाहन्छु । र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ ।

त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु । हाम्रो जन आन्दोलनको मर्म के थियो भने यि कुऋति, बेथितिहरु सबै हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । र मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु भनेर पनि भन्नेछु ।’

मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेन-जी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिएकी थिइन । त्यस क्रममा उनले अस्पतालले उनीहरुको उपचारमा कुनै कमी नगरेको आफूले पाएको बताईन ।

Read More

एप्पल र स्पेसएक्सबीच सहकार्यको तयारी, आइफोनमा उपग्रहबाट इन्टरनेट चल्न सक्ने

काठमाडौँ । अब सिम कार्ड बिना आफ्नो फोनमा सजिलैसँग उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिने भएको छ । अब यो आईफोनमा सम्भव हुनेछ ।

रिपोर्टहरूका अनुसार, एप्पलले अर्को वर्षको आईफोन १८ प्रोमा यस्तै सुविधा प्रदान गर्न सक्ने अड्कलबाजी शुरु भएको छ । जसमा सिम कार्ड वा नेटवर्क बिना इन्टरनेट पहुँच गर्न अनुमति दिन्छ । द इन्फर्मेसनको रिपोर्ट अनुसार एप्पल र स्पेसएक्सबीच सहकार्यको लागि छलफल भइरहेको दाबि गरिएको छ ।

एप्पलको आईफोन १४, आईफोन १५ र आईफोन १६ मा उपग्रह जडान गरिएको छ, तर यो हाल इन्टरनेट जोडिएको छैन र सबै देशहरूमा उपलब्ध छैन । रिपोर्टका अनुसार, एप्पलले यो सुविधालाई समर्थन गर्न आईफोन १८ प्रो हार्डवेयर अपग्रेड गर्न सक्ने बताइएको छ । त्यसपछि आईफोन १८ प्रोले प्रत्यक्ष उपग्रह ५ जी कनेक्टिभिटी गर्न सक्ने बताइएको छ । यो सुविधा उपग्रह जडान सुविधा जस्तै एसओएस सुविधा मात्र हुने छैन भनिएको छ; प्रयोगकर्ताहरूले यसलाई सामान्य रूपमा पनि प्रयोग गर्न सक्नेछन् । यसको अर्थ इन्टरनेट पहुँच गर्न सिम कार्ड वा टावरको आवश्यकता नपर्ने हुनसक्ने दाबि गरिएको छ ।

स्पेसएक्सले एप्पलको अवस्थित उपग्रह प्रविधिको रेडियो स्पेक्ट्रम प्रयोग गर्ने स्टारलिङ्क उपग्रहहरूको नयाँ पुस्ता विकास गरेको छ । यसले दुवै कम्पनीहरूको लागि प्राविधिक रूपमा साझेदारीलाई सजिलो बनाउनेछ । यदि यो सम्झौता अन्तिम रूप दिइयो भने, हाल सेल टावरहरू नभएका क्षेत्रहरूमा पनि इन्टरनेट पहुँच गर्न सम्भव हुनेछ । एप्पलले आफ्नो प्रो मोडेलहरूमा मात्र यो सुविधा प्रदान गर्न सक्ने बताइएको छ ।

हाल, एप्पलले उपग्रह जडानको लागि यसको उपग्रह साझेदार ग्लोबलस्टारमा निर्भर गर्दछ । रिपोर्टहरू अनुसार, ग्लोबलस्टार चाँडै बेचिनेछ र यसको मूल्य लगभग १० बिलियन डलर हुन सक्छ । यदि यो भयो भने, एप्पललाई नयाँ साझेदारको आवश्यकता पर्नेछ । यस्तो अवस्थामा, स्पेसएक्स भन्दा राम्रो विकल्प हुन सक्ने बताइएको छ । ग्लोबलस्टारले केही एप्पल मोडेलहरूमा एसओएस सुविधाको रूपमा उपग्रह जडान गरेको छ र मानिसहरूलाई आपतकालीन सेवाहरूमा सम्पर्क गर्न अनुमति दिन्छ ।

Read More

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान: जल तथा मौसम विज्ञान विभाग

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसम पूर्वानुमान सार्बजनिक गर्दै देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।

विभागले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने जनाएको छ । त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

त्यस्तै विभागले आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ भने गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा-हिमपातको सम्भावना रहेको छ ।

Read More

मलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने कुनैपनि कार्यक्रममा निमन्त्रणा नगर्नु- मन्त्री पुन

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफुलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले आफु युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको उल्लेख गर्दै आफुलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका हुन् ।

उनले जानै पर्ने र नगई नहुने मिटिङहरुमा मात्र केहि मन्त्रीहरु बिदेश गएको उल्लेख गर्दै बिदेश घुम्यो भनेर हल्ला नगर्न आग्रह समेत गरेका छन् । 

उनले भनेका छन्- 
सुचनाः कृपया कसैले पनि र कहिंबाट पनि हालको म मन्त्रीलाई उद्घाटन / शिलन्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नु होला । म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गईन र जाँदैन । जानै पर्ने र नगई नहुने मिटीङहरुमा मात्र केहि मन्त्रीज्यूहरु बिदेश जानु भएको हो । बिदेश घुम्यो भनेर हल्ला नगर्नु होला । 

Read More

सुन तोलाको दुई हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजारले घटेर तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २९८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।

Read More

अमनप्रताप अधिकारीको प्रष्टीकरण: जोप्रति लक्षित गरेर अपशब्द बोलेको हो, त्यसमा पछुतो छैन

काठमाडौँ । अमनप्रताप अधिकारीले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते संसद भवन परिसरमा आगजनीका क्रममा अपशब्द बोलेको प्रति स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि र उनको त्यति बेलाको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिएका हुन् । 

अधिकारीले आफ्नै आँखा अगाडि संसद् भवनभित्रबाट गोली चलाएर स्कुल ड्रेसमा भएका विद्यार्थीहरूको हत्या भएपछि आक्रोशमा आफूले अपशब्द बोलेको बताएका छन् । उनले त्यो दिन आफूले भ्रष्टाचार र हत्यारा सरकारविरुद्ध अपशब्द बोलेको र अहिले सुन्दा अफ्ठ्यारो सुनिएकाले माफीसमेत मागेका छन् । 

साथै अधिकारीले आफुले जसलाई लक्षित गरेर अपशब्द बोलेको हो त्यसमा आफूलाई पछुतो नभएको बताएका छन् ।

उनले भनेका छन्-  ‘भाद्र २३ गते जेनजी आन्दोलनलाई समर्थन गर्दै म संसद् भवन पुगेँ । संसद् भवन अगाडि गोली चल्यो । ड्याङड्याङ गोली चल्दाखेरि भागमभाग दौडादौड । मेरै अगाडिपछाडि र दायाँबायाँ स्कुल ड्रेस लगाइरहेका विद्यार्थीहरू त्यहीँ ढले । उनीहरू त्यहीँ सहिद भए । २४ गते ती विद्यार्थीहरू झल्झली मेरो आँखामा मुटुमा आइरहेको अवस्थामा आक्रोश बोकेर म फेरि संसद भवन पुगेँ । …गोली प्रहार गर्ने, आदेश दिने तथा सरकार चलाउनेहरूलाई मैले तेरो देश सकियो बोलेँ । अहिले तपाईंको फोनमा मेरो भिडियो सुन्दा अफ्ठ्यारो लाग्छ अपशब्द । माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जोविरुद्ध मैले अपशब्द बोलेको हो, त्यसमा पछुतो गर्दिनँ ।’ 

उनले कुनै पनि सरकारी र व्यक्तिगत संरचनामा आगजनी गरेको प्रमाण ल्याउन पनि चुनौती दिएका छन् र प्रमाणित भए आफू जेल जान तयार रहेको बताएका छन् । अधिकारीले भदौ २४ गते पोष्ट गरेको भिडियोमा ‘जल्यो तेरो देश’ भन्दै अराजक र अश्लील भाषा प्रयोग गरेका थिए र अहिले सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

Read More

निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरौँ- प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री  सुशीला कार्कीले आगामी निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आग्रह गरेकी छन् । छठको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यमा जोड दिएकी हुन् ।

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको भन्दै उनले आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि रहेको बताएकी छन् । 

उनले भनेकी छन्- ‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ। सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ- आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ। सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन । आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो। यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।’  

छठसहित हाम्रा चाडपर्वहरु हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक भएको उनको भनाई छ। उनले अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको बताइन् । उनले भनेकी छन्- ‘सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले हामी नेपालीको सांस्कृतिक र सामाजिक रूपमा समेत तराई, पहाड, हिमाल जोड्ने सेतु बनिरहेको छ । पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसीयाली छाओस् । अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ ।’ 

Read More