२०८३ बैशाख १३

गगन थापाले किन बहिष्कार गरे केन्द्रीय समिति बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशन विषयको विवाद चुलिएको छ ।

जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कार्यबाहक सभापति पूर्णबहादुर खड्काले रोकेपछि यो विवाद अझ बढेको हो ।

महामन्त्री थापाले विहिबारको केन्द्रीय समिति बैठकनै बहिष्कार गरेर विद्रोहको संकेत समेत दिएका छन् । विहिबारको बैठक सुरु हुनुअघि कार्यतालिकाको विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग थापा र शर्माको अनौपचारिक छलफल भएको थियो ।  सो छलफलमा बैठकमा कार्यतालिका प्रस्तुत गर्ने विषयमा कार्यवाहक सभापति खड्का तयार नभए पछि महामन्त्री थापा केन्द्रीय समितिको बैठकमै नबसेर बाहिरिएका थिए ।

कांग्रेसमा सभपतिको सहमतिमा महामन्त्रीले बैठकमा एजेन्डा प्रस्तुत गर्ने चलन रहेकाले आफुले तयार गरेको महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाउने भएपछि थापाले केन्द्रीय समितिको बैठकनै बहिष्कार गरेको उनी निकट नेताले बताएका छन् । 

यसअघि पनि थापाले महाधिवेशनका दुई विकल्प केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि प्रस्तुत गरेका थिए, जसलाई संस्थापन पक्षले अस्वीकार गरेपछि उनले सार्वजनिक गरेका थिए । महामन्त्री थापाले जेनजी आन्दोलनपछि परिस्थिति फेरिएको भन्दै महाधिवेशनमा गएर नेतृत्व परिवर्तन नगरेसम्म चुनावमा जान नसकिने बताउदै आएका छन् । अर्कोतर्फ संस्थापन पक्षले भने अब महाधिवेशनमा भन्दा चुनावमा केन्द्रित हुनुपर्ने बताउन थालेका छन् । 

कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने बिधानमा एक बर्ष पदावधि थप्न सकिने वयवस्था रहेको छ ।

त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा विशेष महाधिवेशन बोलाउनुपर्ने दबाबमा यो केन्द्रीय समितिको बैठक रहेको छ ।

गत असोज २८ गतेदेखि जारी रहेको केन्द्रीय समितिको बैठक आज पनि दिउसो १ बजे बस्दैछ ।

Read More

चितवनमा दुई बस र ट्रक ठोक्किए, ३३ यात्रु घाइते

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति दुर्घटना भएको छ । प्रहरीका अनुसार राति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् ।

रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्बरको यात्रुबाहक बसले अगाडिको ना–६ ख ८१३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । सो बसको पछाडि आइरहेको जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्बरको अर्को यात्रुबाहक बस पनि सोही क्रममा ठोक्किएको थियो ।

दुर्घटनामा दुवै बसका यात्रु गरी ३३ जना घाइते भएका छन् । तीमध्ये १५ जनाको  चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । केहि घाइतेलाई चोट लागेको र धेरै जसोको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुई बस चालक मध्ये एक जना घाइते भएका छन् भने अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक भने फरार रहेका छन् ।

Read More

कोलकाता नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नायर नियुक्त

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी कोलकाता नाइट राइडर्स (केकेआर) को मुख्य प्रशिक्षकमा अभिषेक नायर नियुक्त भएका छन् ।

कोलकोताले नायरलाई आफ्नो नयाँ प्रशिक्षक बनाएको जानकारी दिएको हो । 

चन्द्रकान्त पण्डितले तीन सिजनको कार्यकाल पछि आफ्नो पदबाट राजीनामा दिएपछि नायर प्रशिक्षक बनेका हुन् ।

अभिषेक नायर २०१८ देखि नै कोलकोता टिमसँग जोडिएका छन् र टोलीको थिंक ट्याङ्कको एक महत्त्वपूर्ण हिस्सा मानिन्छन् । टिम छनोट र खेलाडीको व्यवस्थापनसम्मका धेरै निर्णयहरूमा कोलकोतामा उनको प्रभावलाई महत्त्वपूर्ण मानिन्छ ।

Read More

अस्ट्रेलियालाई हराउदै भारत महिला क्रिकेट विश्वकपको फाइनलमा

काठमाडौँ । भारत जारी आइसीसी महिला क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य पछाएको भारतले ४८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतले महिला क्रिकेटको एकदिवसीय इतिहासकै सबै भन्दा ठुलो लक्ष्य पछाएर जित हासिल गरेको हो । भारतको जितमा जेमिमा रोड्रीगोले अविजित १२७ रन बनाएकी थिइन् भने कप्तान हरमनप्रित कौरले ८९ रन बनाएकी थिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले फोएबे लिचफिल्डको ११९ रनको शतकीय पारी र एलिस पेरीको ७७ रनको मद्धतले ४९.५ ओभरमा अलआउट हुदै ३३८ रन बनाएको थियो ।

भारतले अब आइतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ, जसले पहिलो सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गरेको थियो ।

भारत विश्वकपको फाइनलमा पुगेको यो तेस्रो पटक हो । भारत यसअघि २००५ र २०१७ मा फाइनलमा पुगेपनि उपविजेतामै चित्त बुझाएको थियो ।

Read More

कांग्रेसको केन्द्रीय समिति आजपनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति आज पनि बस्दैछ ।  बैठक आज दिउँसो १ बजे बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।  

भदौ २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा सुरुको दिन सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राखेका थिए । सोही क्रममा उनले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि दोस्रो दिनको बैठक असोज ३० गते बसेको थियो । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेकै बेला कात्तिक १ गते बसेर विहिबारसम्मका लागि स्थगित गरिएको थियो ।

विहिबारदेखि पुन: शुरु भएको बैठकमा नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा संस्थापन पक्ष र इतर पक्षबीच जुहारी चलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले मङ्सिर भित्र महाधिवेशन गर्न नसकिने भन्दै आएको छ भने नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत जति सक्यो छिटो महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका छन् । 

यसैबीच कांग्रेसका ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको समेत माग केन्द्रीय कार्यालयमा दर्ता गराएको विषय पनि यस केन्द्रीय समितिको मुख्य विषय बनेको छ ।

Read More

आज विश्व सहरीकरण दिवस मनाइदै

काठमाडौँ । आज विश्व सहरीकरण दिवस विश्वभर अनेक कार्यक्रम गरी मनाइँदैछ । 

अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । सन् २०२५ को विश्व सहरीकरण दिवस १२औ संस्करण हो ।

अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ, सहरी महिनाका रूपमा अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ ।

यस बर्षको विश्व सहरीकरण दिवसको नारा जनता केन्द्रित स्मार्ट सिटीहरु’ भन्ने रहेको छ । सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो ।

अन्तर्राष्ट्रिय समुदायको हितलाई बढवा दिन विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतीहरू सम्बोधन गर्न, गाउँ र सहरहरूबिचको सहयोग बढाउन र सहरी विकासका लागि योगदान पुर्‍याउन विश्व सहरीकरण दिवस मनाइन्छ ।

Read More

आजको मौसम: चक्रवात ‘मोन्था’ को प्रभाव आज साँझसम्म हुने

काठमाडौँ ।  बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव पनि रहेको विभागले जानकारी दिएको छ ।

हाल  देशभर साधारणतया देखि अधिकांश बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको विभागले जनाएको छ ।

आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

आज कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८२ कार्तिक १४ गते शुक्रबार: आजको राशिफल

आज कार्तिक १४ गते शुक्रबार ई.सं. २०२५ अक्टोबर ३१ नेपाल सम्बत ११४६ कछलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष नवमी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, गण्ड योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६: १४ बजे र सूर्यास्त साँझ ५ बजेर २२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर १२ मिनेट देखि ०९ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व शहरीकरण दिवस परेको छ ।  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ । फोन वा मेलमार्फत कुनै राम्रो समाचार पाउन सक्नुहुन्छ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूणर् मानिन्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
धार्मिक÷सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
महत्त्वपूणर् काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । मनको बोझ दबाएर राख्ने परिस्थिति छ, कुनै समस्या छ भने अभिभावक वा सिनियर्सलाई बताएमा निकास पाउन सकिन्छ । धार्मिक स्थलको यात्राबाट शान्ति प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ, तर स्वास्थ्यमा सामान्य प्रभाव पर्ने दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । घरजग्गाको खरिदबिक्री वा स्थिर प्रयोजनमा धनलगानीको समय हो, घरबाट कुनै धार्मिक वा माङ्गलिक कर्मसम्बन्धी समाचार आउने छ । कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
सामाजिक गतिविधिमा खट्ने दिन हो, धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ, आज कुनै कुनै समयमा तपाईं अरु वेलाभन्दा अलि बढी कठोर भएको महसुस हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
गोप्य शत्रुहरूबाट सजग रहनु होला, त्यस्ता व्यक्ति तपाईंका अन्तरङ्ग साथीका रूपमा पनि हुनसक्छन् । नयाँ रोजगारीका लागि प्रयासरत हुनुहुन्छ भने गरेको प्रयासमा सफलता मिल्नेछ । सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो ।

Read More