२०८३ बैशाख १३

काँग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै, शेखर र महामन्त्रीद्वयबीच छलफल

काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै गएको छ । विहिबारको केन्द्रीय समितिको बैठक महामन्त्री गगन थापाले बहिष्कार गरेपछि यसलाई गगनको विद्रोहको रुपमा हेरिएको छ ।

मङ्सिर भित्र नियमित वा विशेष महाधिवेशनको कार्यतालिका केन्द्रीय समितीको बैठमा पेश गर्ने प्रयासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नजनाएपछि महामन्त्री थापाले विहिबारको बैठकनै बहिष्कार गरेका थिए ।

यसैबीच कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूसँग कांग्रेसमा देखिएको अहिलेको विवादका विषयमा छलफल गरेका छन् ।

शुक्रबार बिहान भएको छलफलमा कोइराला पक्षका अन्य नेताहरु पनि सहभागी रहेका थिए । उनीहरुले नियमित महाधिवेशन कार्यतालिका ल्याउने विषयमा छलफल गरेको बताइएको छ ।

साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसमेत बुझाएको विषय पनि जारी केन्द्रीय समितिले निर्णय गर्नुपर्ने अवस्था रहेको छ ।

कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने बिधानमा एक बर्ष पदावधि थप्न सकिने वयवस्था रहेको छ ।

गत असोज २८ गतेदेखि जारी रहेको केन्द्रीय समितिको बैठक आज पनि दिउसो १ बजे बस्दैछ ।

Read More

सुन तोलामा २७ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २७ सयले बढेर तोलाको २ लाख ३९ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८०  रुपैयाँले बढेर ३०६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २९८० मा कारोबार भएको थियो ।

Read More

देशभरका यी राजमार्ग छन् पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । काठमाडौँ ।  लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न सडक अवरुद्ध बनेका छन् । 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान १० बजेसम्म देशका १३ राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेका छन् । 

अवरुद्ध राजमार्ग:
१- संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोलामा कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध ।

२- इलाम जिल्ला भित्रको मेची राजमार्गमा रातको समय (रति ७ बजेदेखि बिहान ६ बजेसम्म) मा सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । 

३- पाँचथरको तुम्वेवा गाउँपालिका-२ र धनकुटाको चौबिसे गाउँपालिका-४ सिमानाको तामोर कोरिडोर सडकखण्ड पूर्ण रुपमा अवरुद्ध । 

४- ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सिमानाको सिद्धिचरण लोकमार्ग पूर्ण रुपमा अवरुद्ध । 

५- काभ्रेपलाञ्चोकको कोस्किसकुना विरुवाडाडा, नमोबुद्ध नगरपालिका चौकीडाडा, रोशी गाउँपालिका ७, ९. ११ र नार्केसहित विभिन्न स्थानको विपी राजमार्ग अवरुद्ध भएको छ । 

६-  रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२, तातोपानी बलुवाखानी, घट्टेखोला र फ्याङलुङसहितका नेपाल र चीन जोड्ने नाका, पासाङल्हामु सडक पूर्ण रुपमा अवरुद्ध । 

७ सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ अकरेभिर, मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध । 

८- रामेछापको मध्यपहाडी लोकमार्ग (खाँडादेवी गाउँपालिका-१ खैरेनी घाट) पूर्णरुपमा अवरुद्ध । 

९- मुस्ताङकोजोमसोम कोरोला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध । 

१०- म्याग्दीको बेनीदरवाङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध । 

११- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ माथिल्लो रिब्दी, सडक एकतर्फी भएको छ । 

१२- डोल्पाको भेरी कोरिडोर पूर्ण रुपमा अवरुद्ध । 

Read More

विद्युत लाइन काटिदा कोशीका उद्योग बन्द भएको भन्दै मुख्यमन्त्री कार्कीले गराए ध्यानाकर्षण

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरणले  प्रदेशका विभिन्न उद्योगहरूको लाइन काटेका कारण उत्पादन ठप्प भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

मुख्यमन्त्री कार्कीले शुक्रबार प्रेस नोट जारी गर्दै नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विवादका कारण विद्युत् आपूर्तिमा आएको अवरोधले प्रदेशको उद्योग, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको उल्लेख गरेका छन् । 

मुख्यमन्त्री कार्कीले भनेका छन्- ‘केही उद्योगहरूमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन मात्र नभई स्थानीय रोजगारमा समेत असर परेको छ, जसले प्रदेशको समग्र आर्थिक विकासमा चुनौती सिर्जना गरेको छ ।’

हाल नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच डेडिकेटेड फिडर तथा ट्रान्सफर लाइनको समन्वयमा समस्या देखिएको छ । सोही कारणले उत्पन्न विवादका कारण कतिपय उद्योगहरूमा नियमित रूपमा विद्युत् आपूर्ति हुन सकेको छैन। यस अवस्थाले प्रदेशको औद्योगिक उत्पादन प्रभावित हुँदै गएको र आर्थिक प्रवाहमा समेत नकारात्मक प्रभाव पर्न थालेको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री कार्कीले भनेका छन्: 
नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिएको कारणले कोशी प्रदेशका केही उद्योग बन्द भई अर्थतन्त्रमा मात्र नभई स्थानीय रोजगारीमा समेत असर परेको विषयमा कोशी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।

करिब दुई दशकदेखि नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच डेडीकेटेट फिडर र ट्रंकलाइनका सम्बन्ध असमझदारी रही आएको तथा विद्युत महसुल बक्यौता विवाद रहेको छ । मुलुकको समग्र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा निजी क्षेत्र हो । नेपालको आर्थिक क्षेत्रमा लामो समयदेखि देखा परेका समस्या समाधान उन्मुख हुँदै गर्दा गत भदौ २३ र २४ गतेको प्रदर्शनमा निजी उद्योग, सुपर मार्केट, कलकारखाना तथा सञ्चार क्षेत्रसमेत आगजनी तथा तोडफोड भई उत्पन्न भएको असुरक्षाका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरु निरुत्साहित हुने परिस्थिति निर्माण भयो । त्यस्तै बक्यौता विवादका कारण विद्युत आपूर्ति बन्द हुँदा अर्थतन्त्रमा उल्लेख्य योगदान गरी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बन्द हुने अवस्था आउनु अस्वाभाविक हो । हाल देखा परेका विवाद र समस्याको वार्ता र संवादका माध्यमबाट समाधान खोज्न सम्बन्धित पक्षहरुलाई आग्रह गर्दछु । उद्योगीहरुसँग यथाशीघ्र वार्ता गरी सहज ढंगले उद्योग संचालनको वातावरण निर्माण गर्न नेपाल सरकारले पहलकदमी लिनुपर्दछ ।

राज्य र निजी क्षेत्रबिचको असमझदारी यति लामो समयसम्म रहनु दुःखद विषय हो । एउटा उद्योगको विद्युत आपूर्ति बन्द गर्दा पर्नसक्ने बहुआयामिक असरलाई मध्यनजर गरी उपयुक्त निकास निकाल्नु पर्दछ । यस परिस्थितिमा मुलुकको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भ रहेको निजी क्षेत्रको अभिभावक राज्य बन्नुपर्दछ । सरकार र राज्यप्रति निजी क्षेत्रको विश्वसनीयता अभिवृद्धि गरी खस्कँदो अर्थतन्त्रलाई लयमा फर्काउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । साथै नेपाल सरकार र निजी क्षेत्रबीच वार्ता र संवादको वातावरण निर्माण गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराउन चाहान्छु ।

Read More

तुइन खोलामा अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु

चितवन । नारायणगढ- मुग्लिन सडकखण्डको तुईन खोला पुल नजिकै पहिरोले अवरुद्ध भएको सडक सुचारु भएको छ ।

अहिले ढुंगा झर्ने क्रम रोकिएकाले पहिरो हटाएर सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

Read More

जर्मन स्पोर्ट्स वियर कम्पनि पुमाले ९०० कर्मचारी हटाउदै

काठमाडौँ । जर्मन स्पोर्ट्स वियर निर्माता कम्पनि पुमाले ठुलो मात्रामा कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

कम्पनीले २०२६ को अन्त्यसम्ममा विश्वव्यापी रूपमा आफ्नो कर्पोरेट कार्यालयमा रहेका ९०० कर्मचारी हटाउने बताएको हो । कम्पनीले आफ्नो बिक्रीमा निरन्तर गिरावटलाई ध्यानमा राख्दै यो निर्णय गरेको जनाएको छ । पुमाले यस बर्षको तेस्रो त्रैमासिकमा आफ्नो बिक्री १०.४ प्रतिशतले घटेर १.९६ अर्ब युरो (२.२९ अर्ब डलर) भएको बताएको छ । कम्पनीको बिक्रीमा यो गिरावट यस्तो समयमा आएको हो जब कम्पनीले आफ्ना उत्पादनहरूको कम माग र आयातमा अमेरिकी शुल्कको प्रभाव पछि आफ्नो प्रदर्शन सुधार गर्ने प्रयास गरिरहेको छ ।

कम्पनिले यस बर्ष यसअघिनै ५०० कर्मचारीलाई हटाइसकेको छ ।

यस वर्ष अहिलेसम्म कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले घटेको छ। कम्पनीले थोक व्यापार, खुद्रा विक्रेताहरूमा अतिरिक्त इन्भेन्टरी, र ई-वाणिज्य र पूर्ण-मूल्य स्टोरहरूमा प्रवर्द्धनहरू घटाएको बताएको छ, साथै उत्तर अमेरिकामा ठूलो व्यापारीहरूको जोखिम घटाउन थालेको छ ।

कम्पनिले २०२६ को अन्त्यसम्ममा इन्भेन्टरीहरू सामान्यीकृत स्तरमा फर्कने अपेक्षा गरेको छ ।

Read More

तुईन खोला पुल नजिकै पहिरो, सडक अवरुद्ध

चितवन । नारायणगढ- मुग्लिन सडकखण्डको तुईन खोला पुल नजिकै पहिरो जादा सडक अवरुद्ध भएको छ  ।

अहिले ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो हटाउन नसकिएको र पहिरो खस्न रोकिएसँगै हटाउने कार्य शुरु हुने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएका छन्  ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

Read More

अल्फाबेटको ‘माइलस्टोन त्रैमासिक’, पहिलो पटक तीन महिनामा १०० अर्ब डलरको आम्दानी

काठमाडौँ । गुगलको मूल कम्पनि अल्फाबेटले २०२५ को तेस्रो त्रैमासिकमा पहिलो पटक १०० अर्ब डलरको राजस्व हासिल गरेको छ ।

सीईओ सुन्दर पिचाईले यसलाई ‘माइलस्टोन त्रैमासिक’ को रूपमा वर्णन गरेका छन्, अल्फाबेटले अनुसन्धान, युट्युब र क्लाउड जस्ता कम्पनीमा दोहोरो अंकको वृद्धि हासिल गरको छ । पाँच वर्षअघि कम्पनीको त्रैमासिक राजस्व ५० अर्ब डलर मात्र थियो ।

गूगलको एआईतर्फ ४० भाषाहरूमा एआई मोडहरू उपलब्ध छन् जसमा दैनिक ७५ मिलियन दैनिक प्रयोगकर्ताहरू रहेका छन् । यसमा ग्राहक वृद्धि ३४ प्रतिशत रहेको छ ।

एआईबाट गुगलले १३ उत्पादन लाइनहरूबाट एक अर्बभन्दा बढीको वार्षिक आम्दानी हासिल गरेको छ । त्यस्तै युट्युबको आम्दानी पनि दोहोरो अंकमा वृद्धि भएको छ भने सर्ट्स सुविधाले परम्परागत भिडियो भन्दा बढी राजस्व उत्पन्न गरिरहेको छ ।

त्यस्तै जेमिनीमा १ करोड ३० लाख भन्दा बढी डेभलपरले गुगलको जेनेरेटिभ एआई मोडेलहरूसँग काम गरिरहेका छन् ।

गुगलको विकास कथा प्रविधि र नवीनताको उदाहरण हो, जुन १९९८ मा सुरु भएको थियो जब ल्यारी पेज र सर्गेई ब्रिनले स्ट्यानफोर्ड विश्वविद्यालयमा खोज इन्जिन परियोजनाको रूपमा गुगल सुरु गरेका थिए । आज, यो विश्वको चौथो ठूलो कम्पनी बनेको छ र  गुगल समुह एल्फावेटको बजार मुल्य हाल ३२४ ट्रिलियन डलर रहेको छ ।

Read More

श्रीलंकामा महिलाको जनसंख्या बढी, वृद्धवृद्धाको संख्या बढ्दै

काठमाडौँ । श्रीलंकाको पछिल्लो जनसंख्या प्रतिवेदनले देशको सामाजिक र जनसांख्यिकीय अवस्थाको नयाँ तस्वीर प्रस्तुत गरेको छ ।

२०२४ को जनगणना अनुसार, देशको कुल जनसंख्या २ करोड १७ लाख छ, जसमा महिला ५१.७ प्रतिशत र पुरुष ४८.३ प्रतिशत रहेका छन् । यो तथ्याङ्कले अब देशको जनसंख्याको आधाभन्दा बढी महिलाहरू रहेको देखाएको छ । विज्ञहरूले यसलाई शिक्षा, स्वास्थ्य सेवा र महिला सशक्तिकरणमा भएको सुधारको महत्वपूर्ण सूचक मानेका छन् ।

प्रतिवेदन अनुसार, शहरी क्षेत्रमा महिलाहरूले जनसंख्याको ५१.९ प्रतिशत प्रतिनिधित्व गर्छन्, जबकि ग्रामीण र इस्टेट (चिया बगान) क्षेत्रहरूले क्रमशः ५१.७ र ५१.४ प्रतिशत प्रतिनिधित्व गर्छन् । पुरुषहरूले शहरी क्षेत्रमा ४८.१ प्रतिशत, ग्रामीण क्षेत्रमा ४८.३ प्रतिशत र इस्टेट क्षेत्रमा ४८.६ प्रतिशत प्रतिनिधित्व गर्छन् ।

यो प्रवृत्तिले महिला जनसंख्यामा भएको वृद्धि देशभर समान रूपमा वितरित भएको संकेत गर्छ । जनसंख्या विज्ञहरूका अनुसार, यो परिवर्तन शिक्षा र स्वास्थ्य सेवामा भएको सुधार, मातृ मृत्युदरमा आएको गिरावट र महिलाहरूको बढ्दो आयुद्वारा प्रेरित रहेको छ ।

जनगणना तथा तथ्याङ्क विभागको प्रतिवेदनले अर्को ठूलो सामाजिक परिवर्तन देखाएको छ । जसमा १५ वर्ष मुनिको जनसंख्या २०१२ मा २५.२ प्रतिशतबाट घटेर २०२४ मा २०.७ प्रतिशतमा पुगेको छ, जसको अर्थ देशको युवा जनसंख्या द्रुत गतिमा घट्दै गएको छ । साथै, ६५ वर्षभन्दा माथिका नागरिकहरूको संख्या ७.९ प्रतिशतबाट बढेर १२.६ प्रतिशत पुगेको छ । विज्ञहरूका अनुसार, यो परिवर्तनले श्रीलंका ‘वृद्ध समाज’ तर्फ अघि बढिरहेको संकेत गर्छ, जसको अर्थ जन्मदर घट्दै जाँदा वृद्धवृद्धाको संख्या द्रुत गतिमा बढिरहेको छ । १५ देखि ६४ वर्ष उमेर समूहका काम गर्ने जनसंख्यामा पनि थोरै गिरावट आएको छ, २०१२ मा ६६.९ प्रतिशतबाट अहिले ६६.७ प्रतिशत पुगेको छ ।

जातीय रूपमा, सिंहली समुदाय श्रीलंकामा सबैभन्दा ठूलो समूह हो, जसको जनसंख्या ७४.१ प्रतिशत छ । यसपछि श्रीलंकाली तमिलहरू १२.३ प्रतिशत, मुस्लिमहरू १०.५ प्रतिशत र भारतीय मूलका तमिलहरू २.८ प्रतिशत रहेका छन् । त्यस्तै बर्गर, मलाय, श्रीलंकाली चेट्टी, भरत र आदिवासी वेद्दा समुदायहरू ०.३ प्रतिशत छन् । यी तथ्याङ्कहरूले देशको जातीय विविधता कायम रहेको संकेत गर्दछ, यद्यपि सिंहली बहुमत भएको समाज सधैं जस्तै बलियो नै दखिएको छ ।

धर्मको हिसाबले, श्रीलंकामा बौद्ध धर्मावलम्बीहरू बहुमतमा छन्, जसको संख्या ६९.८ प्रतिशत छ । हिन्दूहरू १२.६ प्रतिशत, मुस्लिमहरू १०.७ प्रतिशत, रोमन क्याथोलिकहरू ५.६ प्रतिशत र ईसाईहरू १.३ प्रतिशत रहेका छन् ।

Read More

काठमाडौँमा अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिन भित्र खाली गर्न अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न सूचना प्रकशित गरेका छन् ।

महानगर र प्राधिकरणले स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भएका संरचना हटाउन सात दिनको समय दिइएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने सूचनामा उल्लेख छ । साथै यस्ता स्थान र संरचनाका विषयमा सर्वसाधारण नागरिकले जानकारी उपलब्ध गराउन सक्ने समेत बताइएको छ ।

Read More