२०८३ बैशाख १३

आरएसएफको कब्जापछि सुडानको अल फाशेरबाट ६० हजारभन्दा बढी विस्थापित

काठमाडौँ । अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले सुडानको अल-फाशेर शहर कब्जा गरेदेखि ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।

आरएसएफ लडाकुहरू १८ महिनाको घेराबन्दी पछि शहरमा प्रवेश गरे, जुन समयमा शहरले भोकमरी र निरन्तर बमबारी सामना गर्यो । शहर कब्जा गरेदेखि सामूहिक हत्या र मानवता विरुद्धको अपराधको रिपोर्ट पनि आएको छ ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार, हिंसाबाट भागेर ६० हजार भन्दा बढी विस्थापित भएका छन् र पश्चिममा लगभग ८० किलोमिटर टाढा रहेको तविला शहरमा हालका दिनहरूमा मानिसहरूको संख्या बढेको छ ।

विस्थापित मानिसहरूले बलात्कार सहितको भयानक अत्याचार भएको बताएका छन् र एजेन्सीलाई उनीहरूको लागि पर्याप्त आश्रय र खानाको व्यवस्था गर्न कठिनाइ भइरहेको छ । अझै पनि डेढ लाख भन्दा बढी मानिसहरू अल-फाशेरमा फसेका छन्। यो शहर पश्चिम डार्फर क्षेत्रमा सेनाको अन्तिम गढ थियो ।

अल-फशेरमा भएका हत्याहरू जातीय रूपमा प्रेरित छन् भन्ने आरोपलाई आरएसएफले अस्वीकार गरेको छ । सुडानमा शक्ति संघर्ष जारी छ, देशको सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच लडिरहेको छ ।

Read More

विप्लवको टिप्पणी- एकताको नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भयो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै विप्लवले जेनजी बिद्रोह पछि कम्युनिस्ट आन्दोलनबारे स्पष्ट धारणा रहेको बताउदै कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको बताएका हुन् ।  उनले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको अपरिहार्यता रहेको बताउदै एकता नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको टिप्पणी गरेका छन् । 

उनले भनेका छन्:  
जेनजी बिद्रोह पछि कम्युनिस्ट आन्दोलनबारे हाम्रो स्पष्ट धारणा छ-

१- नयाँ कम्युनिस्ट केन्द्र निर्माणको अपरिहार्यता छ,

२- कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी छ,

३- कम्युनिस्टहरू र मित्रहरूका बीच बैचारिक,सैद्धान्तिक,ब्यबहारिक बहसहरू आवश्यक छन,

४- एकताको नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसक्यो । समयले धेरै पछि छोडिसक्यो । यसैमा रमाउने, लफाङ्गिने, थेचारिने आफ्नै भुटभुटी मात्र हो । इमानदार दर्शकका लागि यो केवल व्यङ्ग्य मात्र लाग्छ  ।

Read More

छठपर्व सकिए सँगै मधेशमा सामाचकेवाको रौनक

सिरहा । छ्ठपर्व सकिएसंगै सिरहासहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सुरु भएको छ । सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नता र अटल प्रेमको लागि कामना गरिने पर्व हो ।

कार्तिक शुक्ल द्वितीया तिथि अर्थात कार्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति समा, चकेवा, सत भैयाँ, चुगला (चापलुसी गर्ने व्यक्ति) लगायतका मुर्ती बनाउनका लागि माटोको जोहो गरी कार्तिक शुक्ल पञ्चमी देखि कातिक शुक्ल पुर्णिमाको मध्यरातमा सम्पन्न हुने गर्छ ।

यो पर्वका लागि दिदीबहिनीले माटोको विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कार्तिक  पूर्णिमाको मध्यरात्रिमा गाँउबाट पर जोतकोर गरेको खेतमा विशेष पूजापाठ गरी पर्व सम्पन्न गर्छन् । पहिले गाँउगाँउमा करिव दशजनाको समुह बनाएर माटोको जोहो गरी काँचो माटोले मानव, चरा र जनावरलगायतका कालात्मक मूर्ति बनाई समाको गीतमा दिदिवहीनीहरु झुमिन्थ्यो तर, अब विस्तारै यो पर्व लोप हुदै गैइरहेको छ । पहिले काँचो माटोले बनाएको मुर्तीहरुलाई दुल्ही झै सजाएर पुर्णिमाको मध्यरातमा गाँउमा बजाउने (ढोल पिपही) सहीत छोरीलाई विदाई गरेझै गाँउबाट पर खेतसम्म लगेर विशेष पुजापाठ गरी यो पर्व मनाउने गथ्र्यो। विस्तारै यो पर्वपनि लोप हुदै गएको देखिन्छ ।

ग्रामीण क्षेत्रमा मनाईने यो पर्वप्रतिको लोकप्रियतामा केही कमी आएको महशुस गर्न थालिएको छ । भविष्य पुराणमा उल्लेख गरिए अनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेसमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिनुभयो । सामाको भाइ साम्बले जब यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामा सहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गर्नुभयो । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँघरमा पर्व मनाउँछन, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिनुभएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।

यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको सुरुवात गर्ने गरेको स्थानीय शिवो देवी यादव बताउछिन् । उनले भनिन् , ´सुरु दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ । त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मुर्ति बनाइन्छ । उनले थपिन् , ´बृन्दावन जङ्गल, झुटो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङले रङग्याइन्छ ।´

यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरेको अर्का स्थानीय रेखा सिंहले बताइन्। उनले भने, ´गित गाउदै आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने गर्छन् ।सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् ।´

छठको खरना वा परनादेखि नै माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखेर दीप बाली घरबाट बाहिर आएर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गरिन्छ । परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ ।

चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चेकवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावन लगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् ।

डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गितसंवाद बोल्छन् । कथा तत्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखिनै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । 

भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ । सामाचकेवाको गीत यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अट्ट सम्बन्ध देखिन्छ ।

Read More

ट्रम्पले हटाए वर्क परमिट स्वचालित नविकरण हुने व्यवस्था

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूमा नयाँ नियम लागु गरेका छन् । आप्रवासी कामदारहरूले अब स्वचालित रुपमा वर्क परमिट नविकरण नहुने भएको छ । अक्टोबर ३१ देखि, वर्क परमिट नविकरणका लागि रोजगार प्राधिकरण कागजात आवश्यक पर्ने नियम लागु भएको छ ।

यो आदेशले लाखौं आप्रवासीलाई असर गर्ने अपेक्षा गरिएको छ । रोजगार प्राधिकरण कागज कामदारको कम्पनीले जारी गर्ने गर्दछ । यसअघि यदि कुनै कामदार ३-४ वर्षदेखि कार्यरत छ भने, वार्षिक रूपमा स्वचालित रुपमा नविकरण हुने व्यवस्था रहेको थियो । तर अब, नयाँ व्यवस्था अनुसार कम्पनीले जारी गर्ने रोजगार प्राधिकरण कागजको आधारमा मात्र वर्क परमिट नविकरण हुने भएको छ ।

त्यस्तै एच- १ बी, ग्रीन कार्ड, एल- १बी (कम्पनी स्थानान्तरण), ओ (प्रतिभा भिसा), वा पी (घटना-आधारित भिसा) भिसामा अमेरिका आउने आप्रवासीहरू नयाँ नियमबाट प्रभावित हुने छैनन् । तिनीहरूको यसअघिकै जस्तै स्वचालित रुपमा नै नवीकरण हुने छ ।

यसअघि जो बाइडेनले रोजगार प्राधिकरण कागज जारी नगरेकाहरुका लागि २०२४ सम्म ५४०-दिनको ग्रेस अवधि प्रदान गरेका थिए । यस अवधिमा आप्रवासी कामदारहरूले नयाँ जागिर पाउन सक्थे, तर ट्रम्प प्रशासनले अब यो व्यवस्था हटाएको छ । 

Read More

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । भक्तपुरको गुण्डुमा आज बिहान ११ बजे सचिवालय बैठक बस्दैछ । 

बैठकमा पार्टीको ११ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ। महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे छलफल गर्ने एजेण्डा रहेका छन् ।

Read More

तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको सशस्त्रवाट सफल उद्धार

मनाङ । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस)बाट खटिएको माउन्टेन रेस्क्यू टिमले सफलतापूर्वक उद्धार गरेको छ ।

उद्धार गरिएका पर्यटकहरूमा एकजना खुट्टामा चोट लागेका व्यक्ति, एकजना ९ वर्षीय बालक, एकजना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका छन् ।

सबैको अक्सिजन लेभल कम रहेको बताइएको छ । उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै ९ घण्टाको यात्रापछि सम्पन्न भएको हो । पर्वतीय उद्वार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ । पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उक्त शिक्षालयमा यो आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू तालिम सञ्चालन गरिएको थियो । यस तालिमका क्रममा पर्वतीय उद्वार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले अश्विन महिनाको अन्तिम सातामा चुलु फार इस्ट (६,०३८ मिटर) को सफल आरोहण गरेका थिए ।

यसले सशस्त्र प्रहरी बल्को माउन्टेन रेस्क्यूको क्षमता अभिवृद्धि गरेको छ र भविष्यमा यस्ता घटनाहरूमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको छ ।

सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिने छ। हिमाली क्षेत्रमा भएका यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्वतयारीको महत्वलाई उजागर गरेको सशस्त्र प्रहरी बलको अनुभव रहेको छ ।

Read More

तान्जानियामा विरोध प्रदर्शनमा सरकारको दमन, सयौंको मृत्यु भएको आशंका

काठमाडौँ । तान्जानियामा आम चुनावपछिको तीन दिनको विरोध प्रदर्शनमा सयौं व्यक्तिको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको संख्या फरक-फरक आँकडा बाहिर आएको छ र राष्ट्रव्यापी इन्टरनेट बन्द गरिएकाले यकिन गर्न गाह्रो भएको छ ।

विपक्षी दलका प्रवक्ता चाडेमाले सुरक्षा बलसँगको झडपमा लगभग ७०० जनाको मृत्यु भएको दाबी गरेका छन् । तर विभिन्न रिपोर्टहरुले कम्तिमा ५०० जनाको मृत्यु भएको प्रमाणित भएको दाबी गरेका छन् ।

सरकारले हिंसाको स्तरलाई कम आँकलन गर्ने प्रयास गरिरहेको छ र अशान्ति रोक्न कर्फ्यू बढाएको छ । धेरैजसो युवाहरू देशभरका धेरै शहरहरूमा सडकमा उत्रिएका छन् र चुनावलाई अनुचित भन्दै विरोध गरेका छन् ।

प्रदर्शनकारीहरूले सरकारले प्रमुख विपक्षी नेताहरूलाई दबाएर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएका छन् । एक विपक्षी नेता जेलमा छन् भने अर्का प्राविधिक कारणले चुनावबाट अयोग्य घोषित भएका छन् ।

यसले तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसन र उनको पार्टी चामा चा मापिन्दुजी (सीसीएम) को जितको सम्भावना बढाएको छ ।

Read More

नेपाल जेन-जी फ्रन्ट घोषणा, रक्षा बम संयोजक

काठमाडौँ । रक्षा बमको नेतृत्वमा नेपाल जेन-जी फ्रन्ट घोषणा गरिएको छ ।

शुक्रबार रक्षाको नेतृत्वमा ३९ सदस्यको संयोजन समितिको घोषणा गरिएको छ ।  फ्रन्टमा युजनराज भण्डारी (संगठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनिष खनाल (संवाद समिति), आदित्य कर्ण (प्रदेश समन्वय समिति) लगायत ३८ जना सदस्य छन् ।

भाद्र २३ र २४ मा सम्पन्न जेन-जी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र सङ्गठन तथा यस विद्रोहप्रति शुभेच्छा र सद्भाव राख्नुहुने सम्पूर्ण नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्यका साथ ‘नेपाल जेन‍-जी फ्रन्ट’ गठन गरिएको बताइएको छ ।

हाल प्रारम्भिक रूपमा गठन गरिएको र यसमा जोडिन चाहने सम्पूर्णका लागि खुला रहेको समेत जानकारी दिइएको छ । 

Read More

बास्कोटाको ओलीप्रति कटाक्ष: फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात

काठमाडौँ ।  नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति कटाक्ष गर्दै फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालका वाम्पन्थी मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता प्रवृत्तिवाट अभिशप्त रहेको बताउदै फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको टिप्पणी गरेका हुन् ।

यसअघि शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेकाहरूलाई घर फर्किन आव्हान गरेका थिए । 

बास्कोटाले भनेका छन्: 
फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर नेपालका वाम्पन्थी त्यै प्रवृत्तिवाट अभिशप्त छन । मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता । कारण-गहिराईको चाप र  नेतृत्वको राप । फुट भन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले  तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।

Read More

बाबर आजमले तोडे रोहित शर्माको यो रेकर्ड

काठमाडौँ । पाकिस्तानी क्रिकेटर बाबर आजमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय क्रिकेटर रोहित शर्माको रेकर्ड तोडेका छन् । बाबर टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

उनले लाहोरको गद्दाफी स्टेडियममा खेलिएको दक्षिण अफ्रिका विरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका १९.२ ओभरमा ११० रनमा अलआउट भयो। जवाफमा पाकिस्तानले १३.१ ओभरमा मात्र एक विकेट गुमाउँदै खेल जितेको थियो ।

यस खेलमा बाबर आजम ११ रनमा अविजित रहे । यससँगै बाबर आजमले आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरमा ४,२३४ रन बनाएका छन् । उनीपछि रोहित शर्मा (४,२३१ रन), विराट कोहली (४,१८८ रन), इङ्गल्याण्डका जोस बटलर (३,८६९), र आयरल्याण्डका पल रोबर्ट स्टर्लिङ (३,७१० रन) बनाएका छन् ।

Read More