२०८३ बैशाख १३

दक्षिण अफ्रिकाविरुद्ध खेल्ने भारतीय टेस्ट टिमको घोषणा, ऋषवको पुनरागमन

काठमाडौँ । दक्षिण अफ्रिका विरुद्धको आगामी दुई खेलको टेस्ट सिरिजको लागि भारतीय टोलीको घोषणा गरिएको छ । 

भारतीय टिममा ऋषभ पन्तको पुनरागमन भएको छ भने तीव्र गतिका बलर आकाश दीप पनि चोटपछि पुनरागमन गरेका छन् । पन्तलाई उपकप्तान तोकिएको छ भने शुभमन गिलले टोलीको नेतृत्व गर्नेछन् । भारत र दक्षिण अफ्रिका बीचको टेस्ट सिरिज नोभेम्बर १४ मा सुरु हुँदैछ ।

टोलीमा प्रायः वेस्ट इन्डिज विरुद्धको सिरिजमा सहभागी खेलाडीहरू छन् । भारतीय टिममा तिब्र गतिका बलर मोहमद शामीलाई फेरी पनि बेवास्ता गरिएको छ । 

भारत र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट नोभेम्बर १४ बाट कोलकाताको इडेन गार्डेनमा खेलिनेछ भने दोस्रो टेस्ट नोभेम्बर २२ बाट गुवाहाटीमा खेलिनेछ । यसपछि, दुई टोलीले नोभेम्बर ३० देखि डिसेम्बर ६ सम्म तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन्, त्यसपछि डिसेम्बर ९ देखि १९ सम्म पाँच खेलको टी-२० सिरिज खेल्नेछन् ।

दक्षिण अफ्रिका विरुद्धको टेस्ट सिरिज खेल्ने भारतीय टिम: 
शुभमन गिल (कप्तान), ऋषभ पन्त (उप-कप्तान), यशस्वी जयस्वाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पडिक्कल, ध्रुव जुरेल, रवीन्द्र जडेजा, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, अक्षर पटेल, नितिश कुमार रेड्डी, मोहम्मद सिराज, कुलदीप यादव र आकाश दीप ।

Read More

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो ।

प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन् । त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखेका थिए । उनले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको सह्राहना पनि गरे ।

उनले भने- ‘राजनीतिक दलहरु चुनावमा जानैपर्छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो हो। तपाईँहरुले चुनावका लागि गर्नुभएको तयारी र सबै पक्षहरुसँग गर्नुभएको संवादले सकारात्मक वातावरण बनाएको छ। निर्वाचन आयोगलाई बजेट दिनुभएको छ। बन्दोबस्तीका सामग्रीको व्यवस्थापन भइरहेको छ। यो राम्रो कुरा हो। अब नागरिक समाजसँग पनि कुरा गर्नुहोस्। नागरिक समाजले पनि दलहरुलाई चुनावमा जान प्रेरित गर्नुपर्छ।’

उनले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने विषयमा आफ्नो अनुभव पनि सुनाए । त्यतिखेरको सुरक्षा अवस्था र भूराजनितिक परिवेशका सम्बन्धमा पनि उनले चर्चा गरे । उनले सुरक्षा व्यवस्था सुदृढ गराउन सबै सुरक्षा निकायहरुबीचको समन्वयमा जोड दिए । यादवले दलहरुले पनि चुनावको अपरिहार्यता बुझेको कारण आउँदो फागुन २१ मा हुने चुनावमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको धारणा राखेका थिए । उनले भने- ‘दलहरुलाई म पनि भनिरहेको छु चुनावको विकल्प छैन। चुनाव नगरी हुँदैन। अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनुहुँदैन ।’

भेटमा अर्थमन्त्री रामेश्वर खनाल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो।

मंगलबार मात्रै गृहमन्त्री ‌ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरुसँग संवाद तीव्र रुपमा अघि बढाएको छ ।

Read More

लापसे र मापसे गरी सवारी साधन चलाउने ९ चालक नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागूपदार्थ सेवन (लापसे) र मादकपदार्थ सेवन (मापसे) गरी विद्यालयको सवारी साधन सहित अन्य सवारी साधन चलाउने ९ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा लिइएको छ । 

बुधबार  काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागु पदार्थ सेवन गरी सवारी साधन चालाउने  ४ जना चालक र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

मादक पदार्थ सेवन गरि सार्वजनिक भाडाका सवारी साधन चलाउने २ जना, स्कुल बसका चालक २ जना र माईक्रो बसका चालक १ जना गरी जम्मा  ५ जना चालक र  लागुऔषध सेवन  गरी सवारी साधन चलाउदै गरेका  भाडा बसका  ४ जना चालकलाई ट्राफिक प्रहीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका चालकलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् ।

Read More

प्रधानमन्त्रीले भेट्दिन भन्दा चसक्क बिझेको छ- प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष दलका नेताहरुसँग भेट्न नचाहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी एकता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री कार्कीले आफूसहित शीर्ष नेताको अनुहार नै हेर्न नचाहेको बताएको आफुले सुनेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रचण्डले भने- ‘मलाई थाहा छैन त्यो साँचो हो कि झुटो हो, हामीले चुनावको माहोल बनाउनका लागि, सुशीलाजीलाई प्रधानमन्त्री बनाउनका लागि, संविधान बचाउनका लागि खेलेको भूमिकालाई जसरी हेर्नुपर्थ्यो त्यसरी हेरिएको छैन कि । प्रधानमन्त्रीले फलाना फलाना नेतालाई त म हेर्नै मन लाको छैन भन्नु भो रे, भन्दाखेरि अलि चसक्क त बिझेको छ, मलाई थाहा छैन प्रधानमन्त्री त्यस्तो भाषा भन्नु भएको हो कि होइन, तर म आशा गर्छु त्यस्तो हुँदैन ।’

प्रचण्डले जेनजीको भावना अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन आफुहरुले भूमिका खेलेको बताउँदै संविधान जोगाउन खेलेको भूमिकालाई नजरअन्दाज गरिएको बताए ।

Read More

कानुनी झमेलामा परे सलमान खान, विज्ञापनबाट भ्रम फैलाएको आरोप

काठमाडौँ । पान मसलाको विज्ञापनलाई लिएर सलमान खान समस्यामा परेका छन् ।

भाजपा नेता तथा राजस्थान उच्च अदालतका वकिल इन्दर मोहन सिंह हनीले अभिनेताविरुद्ध मुद्दा दायर गरेका छन् । उजुरीमा सलमान खानले युवाहरूलाई भ्रमित पार्ने गरी माउथ फ्रेसनर ब्रान्डको विज्ञापन गरेको उल्लेख छ । मुद्दाको सुनुवाइ नोभेम्बर २७ मा हुने बताइएको छ ।

उजुरीकर्ता इन्दर मोहन सिंह हनीले सलमान खान धेरै मानिसहरूका लागि आदर्श भएको भन्दै उनको विरुद्ध कोटा उपभोक्ता अदालतमा उजुरी दायर गरेको बताएका छन् । अन्य देशहरूमा, सेलिब्रेटीहरू वा फिल्म स्टारहरूले चिसो पेय पदार्थको पनि समर्थन गर्दैनन्, तर सेलिब्रेटीहरुले सुर्तीजन्य पदार्थ र पान मसला जस्ता उत्पादनहरूको प्रचार गर्ने गरेको बताए ।

उनले पान मसला उत्पादन गर्ने कम्पनी राजश्री पान मसला र सलमान खानले आफ्नो उत्पादनलाई केसर-आधारित अलैंची र केसर-आधारित पान मसला भनेर वर्णन गरेर भ्रामक विज्ञापन गरेको आरोप लगाएका छन् । उनले केसरको मूल्य प्रति किलोग्राम लगभग ४ लाख पर्ने र ५ रुपैयाको उत्पादनमा समावेश गर्न नसकिने उनको जिकिर छ । उनले यस्ता झूटा दाबीहरूले युवाहरूलाई पान मसला उपभोग गर्न प्रोत्साहित गर्ने र मुखको क्यान्सरको प्रमुख कारण बन्ने उनको दाबी छ । उजुरीपछि, कोटा उपभोक्ता अदालतले सलमान खानलाई नोटिस जारी गर्दै उनको जवाफ मागेको छ ।

Read More

कमजोरी सच्याउनुको कुनै विकल्प छैन, सुझावलाई गम्भीरतापूर्वक लिन्छु- प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब आफूहरूलाई देशको एक नम्बर दल बन्न कसैले रोक्न नसक्ने दाबि गरेका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले अब आफुहरु देशको सबैभन्दा बलियो शक्ति बन्ने दाबी गर्दै यसमा कसैले रोक्न नसक्ने बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै प्रचण्डले अब कमजोरी सच्याउनुको कुनै विकल्प नभएको बताउदै नेता कार्यकर्ताका सल्लाह र सुझावलाई गम्भिरतापुर्वक लिने बताएका छन् ।

प्रचण्डले भने- ‘सल्लाह, सुझावलाई गम्भीरतापूर्वक लिनेछु । यो हाउसमा भएका कमरेडहरूले बेहिज्जत आलोचना, टिप्पणी सुझाव राख्नुहोला । अब हामीलाई कमजोरी सच्याउनुको कुनै विकल्प छैन । जस्तोसुकै त्याग तपस्या गर्न पनि तयार भएर जनताको बीचमा जानुको कुनै विकल्प छैन ।’

त्यस्तो प्रचण्डले नेता बामदेव गौतमले सोधेको प्रश्नको जवाफ दिदै पार्टीको उत्पादन हेर्ने जिम्मा गौतमलाईनै दिने सोचेको बताएका छन् । यसअघि गौतमले सम्बोधनका क्रममा प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई प्रधानमन्त्री हुँदा संविधानले प्रस्तावनामै लेखिएको समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका थिए ।

त्यसको जवाफमा प्रचण्डले भने- ‘हामीलाई के गर्छौँ मात्रै होइन, तपाई पनि त नेता हो नि । तपाइले पनि गर्नुपर्छ । तपाईँले समाजवादबारे लेखेको किताब मैले हेदैछु । उत्पादनकै जिम्मा तपाइँलाई नै दिनुपर्छ भन्ने सोचेको छु । तपाईँले समाजवादबारे लेखेको किताब अनुसार वातावरण बनाउन तयार छौँ ।’

प्रचण्डले अब तल्लो स्तरसम्म गएर चुनावको माहोल बनाउनुपर्ने बताएका छन् ।  साथै आफु र माधव नेपाल लामो समयसम्म नेतृत्वमा बसिरहनु पर्छ भन्नेमा नरहेको भन्दै यस विषयमा पनि पार्टीमा छलफल गर्न आग्रह गरेका छन् । 

आजै सम्पन्न भएको सम्मेलनले प्रचण्डलाई संयोजक र नेपाललाई सहसंयोजक चयन गरेको छ । त्यस्तै पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता दिइएको छ भने बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेताको उपाधि दिइएको छ ।

सम्मेलनले २३ बुँदे घोषणा पत्र पनि जारी गरेको छ । घोषणा पत्रमा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, जनताप्रति निष्ठावान रहेन, मार्क्सवाद र लेनिनवादको नेपालमा सिर्जनात्मक ढंगले लागू गर्ने, वैज्ञानिक समाजवादको स्थापनाकाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अंग रूपान्तरण उल्लेख छ ।

Read More

निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

काठमाडौँ । पक्राउ परेका डा. निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ ।

जिल्ला अदालत काठमाडौँले भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको समय दिएको छ । 

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाललाई मंगलबार दिउँसो गोरखाको सदरमुकाम गोरखा नगरपालिका-८ रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालय गोरखाले थप अनुसन्धानका लागि मंगलबार नै डा. भुसाललाई काठमाडौं ल्याइएको थियो ।

Read More

म्यान्मारबाट १४ नेपालीको उद्धार

काठमाडौँ । म्यान्मारबाट १४ नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दुताबारका अनुसार अवैधरुपमा म्यान्मार पुगेर विभिन्न अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा काममा लगाइएका १४ नेपालीको उद्धार गरेर बुधबार काठमाडौँ पठाइएको छ ।

दुताबासले म्यानमारमा रहेका थप ११ जना नेपालीहरूलाई यथासिघ्र नेपाल फर्काउने गरी म्यानमार तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

म्यानमारको म्यावडीमा रहेका विभिन्न स्क्यामिङ्ग केन्द्रहरूबाट १९ अक्टोबर २०२५ पश्चात ३८ जना नेपालीहरू समेत विभिन्न २८ मुलुकका २००० भन्दा बढी विदेशीहरू थाईल्याण्ड प्रवेश गरेका थिए । उक्त ३८ जना नेपालीहरूलाई समेत नेपाल फर्काउनको लागि थाईल्याण्डको सम्बन्धित निकायसँग समन्वय भईरहेको दुताबासले जानकारी दिएको छ ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

Read More

चीनले अमेरिकामाथि लगाएको २४ प्रतिशत अतिरिक्त कर हटायो

काठमाडौँ । चीनले अमेरिकी सामानहरूमा थप २४ प्रतिशत कर एक वर्षको लागि निलम्बन गर्ने घोषणा गरेको छ । यो निर्णय नोभेम्बर १० देखि लागू हुनेछ । चीनको राज्य परिषद्को कर आयोगले राष्ट्रपति डोनाल्ड ट्रम्पको ​करको प्रतिक्रियामा लगाइएको १० प्रतिशत कर तत्कालका लागि कायम रहने बताएको छ ।

आयोगले केही अमेरिकी कृषि उत्पादनहरूमा १५ प्रतिशतसम्मको कर पूर्ण रूपमा हटाउने घोषणा पनि गरेको छ । यी उही उत्पादनहरू हुन् जुन चीनले मार्चमा घोषणा गरेको थियो ।

यस निर्णयसँगै, चीनले व्यापार तनाव कम गर्न कदम चालिरहेको संकेत गरेको छ, यद्यपि दुई देशहरू बीचको कर विवादको पूर्ण समाधान हुन केही समय लाग्न सक्ने बताइएको छ ।

यी राहतहरूको बावजुद, अमेरिकी भटमास अझै पनि १३ प्रतिशतको कुल करको अधीनमा रहनेछ, जसमा अवस्थित ३ प्रतिहत आधार कर समावेश छ । यसले अझै पनि अमेरिकी भटमासलाई महँगो बनाउनेछ, विशेष गरी जब ब्राजिलबाट आयात गरिएको भटमास सस्तो हुन्छ ।

यसको अर्थ चीनले धेरैजसो अमेरिकी सामानहरूमा १० प्रतिशत कर लगाउन जारी राख्नेछ । थप २४ प्रतिशत कर हाल निलम्बित छ, अर्थात् यो लागू भएको छैन । 

Read More

राष्ट्र बैंकको प्रवक्ता बने गुरुप्रसाद पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् । कात्तिक १८ देखि लागू हुने गरी बैंकको प्रवक्ता पौडेललाई तोकिएको राष्ट्रबैंकले जानकारी दिएको हो । 

वि.सं. २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ । हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेका छन् ।

Read More