२०८३ बैशाख १३

उत्पादनमा आधारित कम्युनिष्ट पार्टी बनाउन बामदेवको प्रस्ताव

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले विभाजित कम्युनिष्ट पार्टीलाई एक ठाउमा ल्याउने काम आज भन्दा अगाडी कहिल्लै नभएको बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै नेता गौतमले अब यो पार्टीले देशमा समाजवाद ल्याउन सक्ने भन्दै त्यस दिशामा काम गर्नुपर्ने बताएका छन् ।

उनले संबिधानमा उल्लेख भएको समाजवादी अहिलेसम्म किन आएन भन्दै संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग प्रश्न गरेका छन् । उनले संबिधान बनेपछि नेताहरु अहिलेसम्म पटक पटक सरकारमा गएपनि समाजवाद किन आएन यसको जवाफ दिनुपर्ने बताएका छन् ।

नेता गौतमले कम्युनिष्ट पार्टीलाई उत्पादनमा आधारित पार्टी बनाउन पर्ने उल्लेख गर्दै अहिलेसम्म लेखेर र बोलेर समाजवादको कुरा गरिएको आरोप लगाए ।

Read More

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनले प्रचण्डलाई संयोजकमा चयन गरेको हो । त्यस्तै सम्मेलनले माधवकुमार नेपाललाई सहसंयोजक चयन गरेको छ । 

त्यस्तै सम्मेलनले नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे प्रतिबद्धता जारी गरिएको छ । प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, जनताप्रति निष्ठावान रहेन, मार्क्सवाद र लेनिनवादको नेपालमा सिर्जनात्मक ढंगले लागू गर्ने, वैज्ञानिक समाजवादको स्थापनाकाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अंग रूपान्तरण उल्लेख छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र देशभक्त समाजवादी मोर्चा रहेका छन् । नयाँ दलको चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित गरिएको छ ।

यसअघि यो एकताप्रति असहमति राखेका नेता झलनाथ खनाल पनि एकता सम्मेलनमा सहभागी भएका छन् ।

Read More

चिनियाँ अन्तरिक्ष स्टेशनसँग सानो भग्नावशेषको टक्कर, अन्तरिक्ष यात्रीको फिर्ता स्थगित

काठमाडौँ । चीनको मानवयुक्त अन्तरिक्ष अभियानलाई ठूलो धक्का लागेको छ ।

चिनियाँ अन्तरिक्ष स्टेशनसँग सानो अन्तरिक्ष भग्नावशेषको टक्करका कारण बुधबारका लागि तय गरिएको अन्तरिक्ष यात्रीहरूको फिर्ता स्थगित गरिएको चाइना म्यानेड स्पेस एजेन्सीले जानकारी दिएको छ । एजेन्सीले अन्तरिक्ष यात्रीहरूको सुरक्षा र अभियानको सफलतालाई ध्यानमा राखेर यो निर्णय गरिएको बताएको छ ।

चीनले आफ्नो अन्तरिक्ष स्टेशन चालक दललाई हरेक छ महिनामा अदली बदली गर्ने गर्दछ । गत शनिबार, शेन्झाउ-२० अन्तरिक्षयानले शेन्झाउ-२१ चालक दलसँग इन-अर्बिट हस्तान्तरण प्रक्रिया पूरा गरेको थियो । अन्तरिक्ष स्टेशनको साँचो मंगलबार औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । तीन शेन्झाउ-२० अन्तरिक्ष यात्रीहरू (चेन डोङ, चेन झोङरुई र वाङ जी) ले आफ्ना सबै तोकिएका कार्यहरू पूरा गरिसकेका छन् र बुधबार भित्री मंगोलियाको डोङफेङ अवतरण स्थलमा अवतरण गर्ने तालिका थियो । यद्यपि, भग्नावशेषको टक्करका कारण उनीहरूको फिर्ता अस्थायी रूपमा स्थगित गरिएको छ । 

यसैबीच, चीनले हालै शेन्झाउ-२१ अन्तरिक्षयानमा सवार आफ्नो कक्षीय स्टेशनमा छ महिनाको मिसनमा तीन नयाँ अन्तरिक्ष यात्रीहरूलाई प्रक्षेपण गरेको छ । पहिले, चीनले २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्रीहरूलाई अवतरण गर्ने तालिका अनुसार अगाडि बढिरहेको घोषणा गरेको थियो ।

चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमका प्रवक्ता झाङ जिंगबोले हाल, चन्द्रमामा मानिस पठाउने सम्बन्धी सबै अनुसन्धान र विकास परियोजनाहरू सहज रूपमा अगाडि बढिरहेका छन् । लङ मार्च-१० रकेट, चन्द्रमा अवतरण सुट, र अन्वेषण सवारी साधन जस्ता परियोजनाहरू द्रुत गतिमा अगाडि बढिरहेका छन् ।

Read More

नेप्से १२.१७ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३१२ कम्पनिका ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ मा कारोबार भएको थियो । आज होटल्स र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज माबिलुंग इनर्जीको ९.९९ र उन्नति सहकार्य लघुवित्तको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ७.४८ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको ३८ करोड ६१ लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ३२ करोड ७० लाख बराबरको कारोबार भएको छ ।

Read More

प्रचण्डले प्रतिबद्धता जनाएपछि सम्मेलनमा आए- खनाल

काठमाडौं । झलनाथ खनालले आफ्ना कुरा सम्बोधन गर्ने प्रचण्डको प्रतिबद्धतापछि आफु एकता राष्ट्रिय सम्मेलनमा आएको बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता खनालले आफुले पार्टी फुटोस भन्ने कहिले नचाहेको बताउदै नयाँ संकल्प लिएर अगाडी बढ्नुपर्ने बताए । 

उनले भने- म केहि ढिलो आएकै हो । ढिला आउनुको केहि कारणहरु छन् । मैले प्रचण्डलाई सबै कुरा भनेको छु । हामी त्यो कुरा मिलाउछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । म त्यहि विश्वासको आधारमा केहि रिजर्भेसन भएपनि एकतामा बल पुर्याउन यहाँ आएको हो ।’

नेता खनालले संसद भवन, सर्वोच्च अदालत र नेताहरुका घर जलाइएपनि नेपाली जनताको क्रान्त्रिकारी भावना कसैले जलाउन नसक्ने बताए ।

Read More

दारमखोलाको शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । दारमखोला हाइड्रो इनर्जीको आईपीओ शेयर नेप्सेमा सुचिकृत भएको छ ।

दारमखोला हाइड्रो इनर्जी लिमिटेड नेप्सेमा DHEL को नामबाट कारोबार हुने भएको छ । बुधबार दारमखोलाको एक करोड ३ लाख ५ हजार एकाइ आईपीओ शेयर नेप्सेमा सूचीबद्ध भएको हो । यसमा प्रमोटर र सर्वसाधारणलाई जारी गरिएको शेयर समावेश रहेको छ ।

पहिलो कारोबारको लागि खुल्ला दायरा १४२.८१ देखि ४२८.४३ सम्म रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा आईपीओ शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् ।

दारमखोलाको १०० रुपैयाँको बराबर मूल्यको २४ लाख २३ हजर १८५ एकाइ आईपीओ शेयरहरू १५ साउनदेखि १९ साउन, २०८२ सम्म सर्वसाधारणलाई जारी गरिएको थियो ।

Read More

नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । नेपालले युएईलाई २३० रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० मा ९ विकेट गुमाउदै २३९ रन बनाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्बाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ सेखले ३४, आरिफ सेखले ३० रन र सन्दीप लामिछानेले १५ रन बनाएका थिए । त्यसैगरी जुनैद सिद्धिकी, मुहमद जवादुल्लाह र ध्रुव पराशरले २-२ विकेट लिएका थिए भने जहिद अलिले एक विकेट लिएका थिए ।

Read More

प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुधबार सर्वोच्चको प्रधान्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संबैधानिक अदालतले प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएको जिकिर गर्दै नियुक्ति बदरको माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडालले आइतबार रिट दायर गरेका थिए । पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई अहिलेको संविधानले प्रधानमन्त्री बन्न नदिने उनले दाबी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भइ धारा ८० बमोजिम शपथ लिएकी कार्कीको हकमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६/१३२ (२) को समेट ठाडो उल्लघंन भएको रिट निवेदनमा उल्लेख छ । 

Read More

चेम्बर र विश्व बैंकबीच निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र बर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । 

काठमाडौंको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरु एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो ।

छलफलका क्रममा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, ‘जेनजी आन्दोलन’ पछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीति तथा कानूनी सुधारका आवश्यक पक्ष र दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा राखेका थिए । प्राकृतिक स्रोतका दृष्टिकोणले नेपाल दक्षिण एसियाकै उत्कृष्ट रहेको अध्यक्ष अग्रवाले बताए । उनले भने- ‘देशका अथाह प्राकृतिक स्रोतहरुको अन्वेषण र प्रभावकारी उपयोगमार्फत दीर्घकालीन आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ  ।’

नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) बाट मात्र नभई दक्षिण एसियामा सवैभन्दा बढी प्रतिव्यक्ति आय हासिल गर्ने मुलुकका रुपमा स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । 

अध्यक्ष अग्रवालले नेपालमा रहेको ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम तथा लगानीको प्रतिफल सुनिश्चितता जस्ता सवल पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे । भौतिक पूर्वाधार, कृषि, जलविद्युत, पर्यटन, खानी, जडीबुटी तथा औषधीजन्य वनस्पति जस्ता क्षेत्रमा लगानीका ठूलो सम्भावना रहेको र यी क्षेत्रहरुमा नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण सृजना गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।  जेन्जी आन्दोलनपछि अर्थतन्त्रमा असर पारेपनि निजी क्षेत्रको मनोबल उच्च रहेको अध्यक्ष अग्रवालले बताए ।

जेन्जी आन्दोलनपछि नेपालको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशत रहने विश्ववैंकको प्रक्षेपण वास्तविक नरहेको भन्दै अध्यक्ष अग्रवालले पुनरावलोकनका लागि आग्रह गरे । 

छलफलमा चेम्बरका विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरुले कृषि, सूचना प्रविधि, जग्गा तथा आवास, ऊर्जा, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका सुझाव प्रस्तुत गरेका थिए । 

विश्व बैंक समूहका प्रतिनिधि मर्चिन पियाट्कोस्कीले नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि संस्थागत सुधार, लगानी प्रवद्र्धन, नीति–सामञ्जस्य र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए । विश्व बैंकका तर्फबाट नेपालमा लगानीका अवसर पनि नीति स्थायित्व र कार्यान्वयन क्षमताको सुदृढीकरण सम्वन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

विश्व बैंकका तर्फबाट पियाट्कोस्कीसंगै असिम नेपाल टास्क टिम लिडर एण्ड अपरेशन अफिसर  कन्ट्रि एड्भाईजरी एण्ड इकोनोमिक्स आईएफसी, फारिया टासिन सिनियर अपरेशन अफिसर आईएफसी, र कमलिका दास इकोनोमिस्ट साउथ एसिया कन्ट्रि एड्भाईजरी एण्ड इकोनोमिक्स आईएफसी लगायतको सहभागिता रहेको थियो । 

Read More

टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालय भित्रका क्यान्टिनमा खाद्य स्वच्छता नपाइएको बताएको छ ।

नियमित अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हल्दे कालिका एण्ड चमेना गृह र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिन निरीक्षण गर्दा आधारभूत सरसफाइमा समेत कमजोरी देखिएको टोलीले जनाएको छ । फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि भोजन तयार गरिने संवेदनशील स्थानमा नै खाद्य स्वच्छतातामा ध्यान दिएको छैन ।

वडा नम्बर १२ मा रहेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको चमेना गृहमा गरिएको अनुगमनमा सरसफाइमा लापरवाही, खाद्य रंगको अव्यवस्थित प्रयोग, फ्रिजमा खाद्य सामग्रीको अव्यवस्थित भण्डारण, भाँडा माझ्ने स्थान शौचालय नजिक रहेको तथा म्याद गुज्रिएको सात प्याकेट दुध भेटिएको थियो। त्यस्तै, नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा पनि पेष्ट कन्ट्रोल सन्तोषजनक नभएको, काँचो तथा पकाएको वस्तु एकै ठाउँ भण्डारण, खाना पकाउने र भाँडा माझ्ने स्थान नजिकनजिकै भएको, पकाइएका खाद्यवस्तु खुला राखिएको तथा फ्रिजको प्रयोग अव्यवस्थित पाइएको खाद्य निरीक्षण अधिकारी खगेन्द्रप्रसाद खतिवडा, आस्था अधिकारी र सरोज पौडेलले जानकारी दिए ।

अनुगमनपछि टोलीले क्यान्टिन सञ्चालकलाई स्वच्छता र खाद्य सुरक्षा मापदण्डअनुसार सेवा सञ्चालन गर्न कडाइका साथ निर्देशन दिएको छ। खाद्यवस्तु ढाकेर राख्ने, प्रभावकारी पेष्ट कन्ट्रोल गर्ने, लेबलयुक्त तथा अनुमति प्राप्त उद्योगका वस्तु मात्रै प्रयोग गर्ने, म्याद नाघेका पदार्थ बिक्री नगर्ने, भाँडा माझ्ने तथा शौचालय क्षेत्र छुट्याएर व्यवस्थित गर्ने, आगो सुरक्षाका उपकरण राख्ने र मूल्यसूची सार्वजनिक गर्ने निर्देशन दिएको छ ।

निर्देशन पालना नगरे कानुनअनुसार कारवाही गरिने चेतावनी समेत दिइएको छ। महानगरले खाद्य व्यवसायलाई स्वच्छ, सुरक्षित र कानुनअनुसार सञ्चालन गराउन नियमित रूपमा अनुगमन जारी राखेको छ ।

Read More