२०८३ बैशाख १३

झलनाथ खनाल पनि एकता राष्ट्रिय सम्मेलनमा सहभागी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ९ बाम घटकको एकता घोषणा सभामा सहभागी भएका छन् ।

काठमाडौंको भृकुटिमण्डपमा जारी नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा खनाल सहभागी भएका हुन् ।

यस अघि एकताप्रति असन्तुष्टि व्यक्त गर्दै आएका खनालले गएराती मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँगै अलग्गै दल बनाउने बताएका खनाल अन्तत: एकता प्रक्रियामा सामेल भएका छन् ।

Read More

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन उद्घाटन

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ दलको  एकता राष्ट्रिय सम्मेलनको उद्घाटन भएको छ । काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको सम्मेलनमा ९ वाम दलका शिर्ष नेता र कार्यकर्ताहरु सहभागी रहेका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र देशभक्त समाजवादी मोर्चा रहेका छन् ।

नयाँ दलको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने भएको छ भने चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित गरिएको छ । 

यस एकताले एकीकृत समाजवादी भने तीन टुक्रा भएको छ भने माओवादी केन्द्र पनि विभाजित भएको छ । एकीकृत समाजवादीमा घनश्याम भुसाल समुह एकता प्रक्रियामा सहभागी नहुने भएको छ भने रामकुमारी झाक्री, किसान श्रेष्ठसहितका नेताहरुले पुरानै दल एमाले फर्किने तयारी गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जनार्दन शर्माले पनि एकता प्रक्रियामा सहभागी नहुने भन्दै मंगलबार नै ‘प्रगतिशील अभियान नेपाल’ को घोषणा गरेका छन् । यसमा उनलाई राम कार्की र अन्जना विशुंकेले साथ दिएका छन् । 

आजको बैठकले एकताको निर्णय अनुमोदन गरेर सकिदै छ भने बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकताको घोषणा हुदैछ ।

Read More

एमाले नेता शेर्पा कारागार चलान

काठमाडौं । बहुविवाह मुद्धामा पक्राउ परेका नेकपा एमालेका नेता पासाङ शेर्पालाई डिल्लीबजार कारागार चालन गरिएको छ ।

मंगलबार पक्राउ परेका शेर्पालाई बुधबार अदालतमा पेश गरिएको थियो । एमालेको केन्द्रीय सदस्यसमेत रहेका शेर्पालाई बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ मा एक बर्ष कैदसहित ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । सोहि आदेश अनुसार अदालतले उनलाई कारागार चलान गरेको हो । 

जिल्लाको आदेशविरुद्ध पुनरावेदन गरे पनि उच्च अदालत पाटनले जिल्लाको फैसलालाई सदर गरेको थियो ।

Read More

जाँचबुझ आयोग समक्ष सिंहदरबारमा रवि लामिछानेको बयान जारी

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिइरहेको छ । लामिछानेलाई केहीबेर अघि नख्खु कारागारबाट बयानका लागि सिंहदरबार ल्याइएको हो । 

जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिरिएको घटनामा आयोगले लामिछानेसँग बयान लिन लागेको हो । आयोगले यस अघि नख्खु कारागारका प्रमुखसँग यस अघि नै बयान लिइसकेको छ । कारागार प्रमुखले आफुलाई जबर्जस्ति गरेर कागजमा हस्ताक्षर गराएको बयान दिएका छन् । 

लामिछाने कारगारबाट निस्किएपछि देशभरका कारागारबाट ११ हजार भन्दा बढी कैदी बन्दी भागेका थिए ।

पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछाने भदौ २४ मा बाहिर निस्किएका थिए । तर चौतर्फी आलोचना पछि लामिछाने भदौ २८ गते नख्खु कारागार फर्किएका थिए ।

Read More

प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।

सुनुवाइका लागि सर्वोच्चले प्रधान्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजालस गठन गरेको छ । इजलासमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल,डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदी छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएको जिकिर गर्दै नियुक्ति बदरको माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडालले आइतबार रिट दायर गरेका थिए । पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई अहिलेको संविधानले प्रधानमन्त्री बन्न नदिने उनले दाबी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भइ धारा ८० बमोजिम शपथ लिएकी कार्कीको हकमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६/१३२ (२) को समेट ठाडो उल्लघंन भएको रिट निवेदनमा उल्लेख छ । 

रिटमा राष्ट्रपतिको कार्यालय समेतलाई प्रतिवादी बनाइएको छ ।

Read More

बूढीगण्डकीको लगानी मोडालिटी तत्काल टुङगो लगाऔं- मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तत्काल टुङग्याउनु पर्ने बताएका छन् । 

मन्त्री घिसिङले आयोजनाका प्रगतिका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र प्रवर्धक बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल गरी आयोजनालाई यथास्थितमा राख्न नहुने उल्लेख गर्दै लगानी मोडालिटीका विषयमा तत्काल निर्णय गरिनुपर्ने बताए । घिसिङले आयोजनाको वित्तीय विश्लेषणमार्फत लगानी मोडालिडी तत्काल तय गरी पेश गर्न कम्पनी व्यवस्थापनलाई आग्रह गरे । 

‘जग्गा अधिग्रहणका लागि हालसम्म गरिएको खर्च, वन क्षेत्रको जग्गा उपभोग एवम् कटान हुने रुखको क्षतिपूर्ति रकम, भन्सार महशुल एवम् मूल्य बृद्धि करलगायतका छुट दिइएमा आयोजना लगानीका लागि सम्भाव्य बन्न सक्छ,पेट्रोलियम इन्धन आयातमा लगाउदै आएको पूर्वाधार करको आधा रकम सिधै आयोजनाको खातामा जम्मा गर्ने व्यवस्था गर्न सकिएमा लगानीका लागि कुनै समस्या हुँदैन, उक्त रकम खर्च गर्दै जान सकिन्छ, नेपाल विद्युत प्राधिकरणको साधारण सेयर सर्वसाधारलाई निश्कासन गरेर पनि आयोजनाका लागि पैसा सङ्कलन गरिन्छ’ घिसिङले भने, ‘आयोजनामा ५० प्रतिशत स्वःपूजी (इक्विटी) र ५० प्रतिशत ऋण रहने र नेपाल सरकारले भार नपर्ने गरी लगानी मोडालिटी तयार गरी तत्काल पेश गर्नुहोस् ।’  

परामर्शदाताले सन् २०१५मा तयार पारेको प्रतिवेदनअनुसार आयोजनाको अनुमानित लागत २ अर्ब ५९ करोड अमेरिकी डलर रहेको छ । हालको मूल्यमा पुनरावलोकन गरिएको आयोजनाको अनुमानित लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ३२ अर्ब रुपैयाँ) रहेको छ । आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । 

कम्पनीले लगानीका सरकारबाट सम्भाव्य पूर्ति लगानी भिजिएफ उपलब्ध हुँदा र नहुँदाका दुईवटा मोडालिटी तयार गरेको छ । पहिलो विकल्पमा सरकारले भिजिएफ उपलब्ध नगराएमा इक्विटी र ऋणको अनुपात क्रमश ः २५ र ७५ प्रतिशत रहने प्रस्ताव गरिएको छ । यसका लागि जग्गा प्राप्तिलगायतका काममा सरकारबाट भएको खर्चलाई इक्विटीमा समावेश गरी थप र सहुलियतपूर्ण ऋण लगानीको रुपमा उपलब्ध हुनुपर्ने प्रस्ताव गरिएको छ । 

दोस्रो विकल्पमा भिजिएफ उपलब्ध भएमा इक्विटी र ऋण अनुपात क्रमशः ३० र ७० प्रतिशत रहने प्रस्ताव गरिएको छ । जग्गा प्राप्ति, सार्बजनिक पूर्वाधारहरुको पुनस्र्थापना, वातावरण संरक्षण र वन क्षेत्र प्रयोगको लागि खर्च बापतको आवश्यक ७३ अर्व रुपैयाँ सरकारले अतिसहुलीयतपूर्ण ऋण भिजिएल  प्रदान गर्नुपर्ने प्रस्ताव गरिएको छ । 

इक्विटी वापतको रकम सरकार, प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र सर्वसाधारण नागरिकबाट सङ्कलन गर्ने प्रस्ताव गरिएको छ । 

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र टेण्डर कागजात तयारी अवस्थामा रहेका छन् । आयोजनाको सबैभन्दा जटिल मानिएको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत छ । जग्गाको मुआब्जा, संरचना, बोटबिरुवा तथा फलपूmको क्षतिपूर्ति बापत जग्गाधनीलाई ४२ अर्ब ६५ रुपैयाँ वितरण गरिएको छ । आयोजनाबाट भौतिक तथा आर्थिक रुपमा गोरखा र धादिङका ८ हजार एक सय १७ घरपरिवारका प्रभावित हुने छन् । यसमध्ये ३ हजार ५ सय ६० घरपरिवार पूर्ण रुपमा विस्थापित हुने छन् । 

काठमाडौं, चितवन, पोखरा जस्ता विद्युत् भार (लोड) सेन्टरबाट नजिक रहेका कारण पनि बूढीगण्डकी ऊर्जा सुरक्षाका दृष्टिकोणबाट रणनीतिक महत्वको रहेको छ । गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि २६३ मिटर अग्लो कर्भेचरयुक्त आर्च बाँध बनाइने छ । जसबाट धादिङका साबिका १४ गाविस (हाल ४ गाउँपालिका तथा १ नगरपालिका) र गोरखाका १३ गाविस (हाल ४ गाउँपालिका) प्रभावित हुने छन् ।

बाँध बाँधेपछि धुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटर फैलने छ । बुढीगण्डकीमा बन्ने ६३ वर्ग किलोमिटरको कारण रोजगारी, व्यवसाय, पर्यटन हव, माछापालनलगायतका लाभ लिन सकिने अवस्था छ । आयोजनाको अधिकतम जलशतह ५४० मि.सम्म रहने छ । आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ३८ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने छ ।

Read More

ममदानीको जितपछिको भाषण- न्यूयोर्कवासीलाई बहानाको सट्टा साहसी दृष्टिकोण प्रदान गर्छु

काठमाडौँ । अमेरिकाको न्यूयोर्कको मेयर चुनाव जितेपछि जोहरान ममदानीले आधा घण्टा लामो भाषणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाएका छन् ।

ट्रम्पलाई उल्लेख गर्दै ममदानीले उनलाई सफल बनाउन सक्नेहरूले नै उनलाई हराउन सक्ने बताएका छन् । आफ्नो विजयी सम्बोधनमा ममदानीले भने- ‘आज राति हामी पुरानोबाट नयाँमा पाइला टेकेका छौं । त्यसैले अब हामी स्पष्टता र दृढ विश्वासका साथ बोलौं जुन यो नयाँ युगले के दिनेछ र कसलाई दिनेछ भन्ने बारेमा गलत बुझ्न सकिँदैन ।’

ममदानीले यस युगमा न्यूयोर्कवासीहरूलाई बहानाको सट्टा ‘एक साहसी दृष्टिकोण’ प्रदान गर्ने बताए । उनले भने- ‘त्यो दृष्टिकोणको केन्द्रबिन्दु (पूर्व मेयर) फियोरेलो ला गार्डियाको समयदेखि यस शहरले देखेको जीवनयापनको लागत संकटलाई सम्बोधन गर्ने सबैभन्दा महत्वाकांक्षी एजेन्डा हुनेछ ।’

ममदानीले राष्ट्रपति ट्रम्पका लागि भने- ‘यदि कसैले डोनाल्ड ट्रम्पले धोका दिएको राष्ट्रलाई कसरी हराउने भनेर देखाउन सक्छ भने, त्यो शहरले नै आफुलाई जन्म दिएको हो ।’ ममदानीले राष्ट्रपति ट्रम्पको राजनीतिलाई अस्वीकार गर्दै ‘परिवर्तनको पुस्ताको सुरुवात’ गर्ने वाचा गरे । त्यो परिवर्तनलाई अँगालेर, उनले भने- ‘हामी कुलीनतन्त्र र अधिनायकवादलाई त्यो शक्तिले जवाफ दिन्छौं जुन उसले डराउँछ, त्यो तुष्टीकरणले होइन । यदि कुनै तानाशाहलाई डराउने कुनै तरिका छ भने, त्यो उसलाई शक्ति जम्मा गर्न अनुमति दिने अवस्थालाई भत्काएर हो । हामी ट्रम्पलाई रोक्ने तरिका मात्र होइन, अर्कोलाई पनि रोक्ने तरिका हौँ ।’ र काम गर्ने मानिसहरूको महत्त्वलाई जोड दिएपछि, ममदानीले फेरि ट्रम्पलाई भने- ‘हामीमध्ये कुनै पनि व्यक्तिसम्म पुग्न तपाईंले हामी सबैलाई पार गर्नुपर्नेछ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावअघि मतदाताहरूलाई जोहरान ममदानीलाई मतदान नगर्न अपील गरेका थिए । ट्रम्पले यदि जोहरान ममदानी मेयर बने भने, उनलाई न्यूयोर्कलाई कोष दिन रोक्ने चेतावनी समेत दिएका थिए । चुनावको क्रममा ममदानीले नि:शुल्क बस सेवा, विश्वव्यापी बाल हेरचाह र बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने लगायत आफ्ना सबै अभियान प्रतिज्ञाहरू पूरा गर्ने वाचा गरेका थिए ।

ट्रम्पले यदि वामपन्थी झुकाव भएका जोहरान ममदानी न्यूयोर्क शहरको मेयर निर्वाचित भए भने, उनलाई न्यूयोर्कमा संघीय कोष पठाउन ‘गाह्रो’ हुने बताएका छन् । ट्रम्प प्रशासनले डेमोक्र्याटिक नियन्त्रित क्षेत्रहरूमा परियोजनाहरूको लागि संघीय कोष घटाउन बारम्बार प्रयास गरेको छ ।

Read More

ममदानीको चुनावी अभियान र उनले उठाएका मुद्धालाई नेपालका जेनजीले अध्ययन गरुन- डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकाको न्यूयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक मुद्धालाई नेपालका जेनजी युवाहरुले सन्दर्भ सामाग्रीको रुपमा लिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक-राजनीतिक मुद्दाहरूलाई नेपालका जेनजी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ-सामाग्रीको रूपमा लिन जरूरी रहेको बताएका हुन् ।

उनले भनेका छन्:
अमेरिकाको सबभन्दा ठूलो शहर न्यूयोर्कको मेयरमा लोकतान्त्रिक समाजवादी विचार अंगीकार गर्ने नवनिर्वाचित युवा जोहरान ममदानीको चुनावी अभियान र त्यसले उठाएका वैचारिक-राजनीतिक मुद्दाहरूलाई हाम्रो नेपालका जेन-जी युवाहरू र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूले पनि उपयोगी सन्दर्भ-सामाग्रीको रूपमा लिन जरूरी छ ।

विचार र व्यक्ति दुवैको सम्मिश्रणले सही नेतृत्व जन्मन्छ । विचार विनाको व्यक्ति र व्यक्तित्व विनाको विचारले सही राजनीतिक नेतृत्व गर्न सक्दैन । विश्व इतिहासको अनुभवले यही भन्छ ।

Read More

फिलिपिन्समा कालमेगी आँधी, अहिलेसम्म ५२ जनाको मृत्यु

काठमाडौँ । फिलिपिन्समा कालमेगी आँधीबाट अहिलेसम्म ५२ जनाको ज्यान गएको छ । शक्तिशाली आँधीका कारण लाखौं घरबारविहीन भएका छन् । हाल १३ जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ । सबैभन्दा धेरै विनाश घना जनसंख्या भएको मध्य टापु सेबुमा सबैभन्दा धेरै मृत्यु भएको छ ।

धेरै मानिसहरूले घरको छतमा आश्रय लिइरहेका छन् भने कार र ढुवानी कन्टेनरहरू सडकमा तैरिरहेको देखिएको छ ।

त्यस्तै राहत प्रयासमा सहयोग गर्ने क्रममा दुर्घटनामा परेर सैन्य हेलिकप्टरमा रहेका छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको छ । सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा हेलिकप्टर दुर्घटनाग्रस्त भयो । फिलिपिन्सले प्रत्येक वर्ष औसत २० आँधीको अनुभव गर्छ ।

Read More

एकीकृत समाजवादीको अध्याय समाप्त भयो, हामी पार्टी विहिनको अवस्थामा पुग्यौं- रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एकीकृत समाजवादीको अध्याय समाप्त भएको बताएकी छन् । बुधबार बिहान पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी पार्टी विघटन भएसँगै आफुहरुको यो अभियान यहि टुंगिएको बताएकी छन् ।

आफुहरु अहिले शुन्यको अवस्थामा रहेको बताउदै झाँक्रीले जनताका भरोसालाई डोर्याउन एकीकृत समाजवादी निर्माण गरेको तर अहिले बिघटनको अवस्थामा पुगेको उल्लेख गरेकी छन् । उनले भनिन्- ‘यो बाटो अवरुद्ध भयो भन्ने हामीलाई धेरै पहिले नै थाहा थियो । यसअघि हामीले त्यसलाई टुंगाउन विविध कारणले सकेनौं । तर अहिले आएर हाम्रो अभियान विघटन भएको छ । आज जेनजी आन्दोलनको पृष्ठभूमिमा जे जे कुराहरु भए, यो अवस्था ल्याउन हाम्रो पनि केहि भूमिका थियो की, त्यसका लागि माफी चाहन्छौं । हामीले पनि गरेका गल्तिलाई सुधार्न आवश्यक छ ।’

झाँक्रीले आफ्नो पार्टी विघटन भएको र नयाँ बाटोमा जादा एकीकृत समाजवादीमा संगठित भएका सबै नेता कार्यकर्ता एकठाउमा उभिएर सामुहिक पाइला अगाडी बढाउने बताएकी छन् । विभाजनले किमार्थ शक्ति नदिने भन्दै विचार मिल्नेबीच एकता भएर सबै पार्टीमा आन्तरिक लोकतन्त्र बलियो हुनुपर्ने धारणा राखेकी छन् । 

जेनजी आन्दोलनपछि नयाँ दल बनाएर सफल नहुने दाबी गर्दै नेतृ झाँक्रीले युवा पुस्तालाई सके पार्टी बनाएर हस्तक्षेप गर्नु नसके पुरानै विचार मिल्ने दलमा गएर हस्तक्षेप गर्न सुझाव दिएकी छन् ।

Read More