२०८३ बैशाख १३

सुन तोलाको ११ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ११ सयले घटेर तोलाको २ लाख ३७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ३८ हजार ३ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २९९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।

Read More

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएइ खेल्दैछन् । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यस खेलमा युएईले टस जितेर बलिङ रोजेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ  । 

यस सिरिजमा नेपालले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ भने युएईले ३ खेलमा एक जित र २ हर बेहोरेको छ । युएईले नेपाललाई पराजित गरेको थियो । 

नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १६ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ७ खेल जितेको छ ।

नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १९ खेलमा ५ जित र १२ हारसहित नेपालको १२ अंक छ । त्यस्तै १९ खेल खेलेको युएईको केबल ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

यस खेलमा नेपालले एक परिवर्तन गरको छ । आज गुलशन झाको स्थानमा कुशल मल्ललाई यस सिरिजमा पहिलो पटक अवसर दिइएको छ । युएईविरुद्धको नेपाली प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ सेख, भीम सार्की, करण केसी, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

Read More

बिना शर्त एमालेमा फर्किन्छौँ, हामीलाई केहि चाहिदैन- किसान श्रेष्ठ

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता किसान श्रेष्ठले आफुहरु एमालेमा बिना शर्त फर्किने बताएका छन् ।

बुधबार बिहान पत्रकार सम्मलेनमा बोल्दै श्रेष्ठले आफुहरुलाई एमालेमा केहि नचाहिने, सम्मानजनक व्यबहार र हासेर बोलिदिए हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् ।

श्रेष्ठले आफुहरु एमालेमा फर्किन छलफलमै रहेको बताउदै आफुहरुलाई केहि नचाहिने बताए ।

एकीकृत समाजवादी र माओवादी केन्द्रसहित ९ बाम घटकबीच आजै एकता घोषणा हुनु अघि नेता श्रेष्ठ र रामकुमारी झाँक्रीसहितका नेता एमाले फर्किने घोषणा गरेका छन् । 

Read More

एसवाई प्यानलको सर्वसाधारणका लागि आईपीओ खुला

काठमाडौं । एसवाई प्यानल लिमिटेडको सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । 

कम्पनीले कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा छुट्याइएको मध्येबाट १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई खुला गरिएको थियो । कम्पनीले असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको छ ।

आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुने आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

Read More

एकीकृत समाजवादीबाट आउने नेताहरूलाई स्वागत गर्न तयार छौं- योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीबाट आउने नेताहरूलाई पार्टीमा स्वागत गर्न तयार रहेको बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै भट्टराईले जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको उल्लेख गर्दै नीति र नेतृत्वलाई स्वीकार गर्ने भन्ने भनिरहनु पर्ने विषय नभएको टिप्पणी गरेका छन् । अमुक नेतालाई जिताउनै पर्ने पूर्व शर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै बिबेकको विषय हो  भन्दै भट्टराईले एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल भएको बताएका छन् । 

योगेशले भनेका छन्: 
नेकपा समाजवादीबाट एमालेमा समाहित हुने तयारीमा रहनु भएका कमरेडहरू,  पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौ । तपाईंहरुलाई स्वागत गर्न हामी तयार छौ । जनताको बहुदली जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो । अरूसबै तपशीलका विषय हुन । नीति र नेतृत्व स्वीकार गर्नु पर्ने शर्त पनि सुनियो । नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनु पर्ने विषय नै होईन । 

जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाऊने हो । प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो । पार्टीको ११ औ महाधिवेशनको मिति घोषित छ । महाधिवेशन पूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौ महाधिवेशनबाटै स्थापित गरिएको छ । यो पार्टी जीवनको लोकतान्त्रिकरणको महत्वपूर्ण आयाम पनि हो । अमुक नेतालाई जिताऊनै पर्ने पूर्व शर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै बिबेकको विषय हो । तर एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल हो । एमालेमा तपाईहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न?  कुन नेताले जित्छ या हार्छ? यो गौण हो । हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जानताले जित्नु पर्छ र नेकपा एमालेले  जित्नु पर्छ । त्यसका खातिर हामी हजार पटक हार्न तयार छौ । 

Read More

‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात

काठमाडौँ । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात भएको छ ।

रुपन्देहीमा अवस्थित फूट च्वाइस फुड्स प्रालिबाट अमेरिकास्थित जेन्टको एलएलसीलाई दुई कन्टेर अर्थात् ४३ हजार पाँच सय २० किलोग्राम फ्रोजन फ्रेन्च फ्राइज निर्यात भएको हो ।

भैरहवा भन्सार कार्यालयका अनुसार, नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाएको छ । यसबाट नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशिलता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको भन्सार कार्यालयले जनाएको छ ।

अमेरिकी बजारमा नेपाली फ्रेन्च प्राइजको प्रवेशले भविष्यमा थप नेपाली उत्पादनको विश्वबजार विस्तारको ढोका खोल्ने विश्वास लिइएको छ । भैरहवा भन्सार कार्यालय निर्यात प्रवद्र्धनका लागि आवश्यक सेवा सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गर्न प्रतिवद्ध रहेको भन्सार कार्यालयले जनाएको छ ।

निजी क्षेत्र, उत्पादनकर्ता, ढुवानी तथा गुणस्तर नियमन निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै जानेतर्फ प्राथमिकतामा रहने समेत भैरहवा भन्सार कार्यालयले स्पष्ट पारेको छ ।

Read More

न्यूयोर्कको मेयरमा ३४ वर्षीय ममदानी विजयी

काठमाडौँ । ३४ वर्षीय जोहरान ममदानी १०० वर्षभन्दा बढी समयपछि न्यूयोर्कको सबैभन्दा कान्छो मेयर र पहिलो मुस्लिम तथा दक्षिण एसियाली-अमेरिकी मेयर बनेका छन् ।

ममदानीको जितपछि उनका समर्थकहरू खुशीले उत्सव मनाइरहेका छन् । ममदानीले भेट्रान राजनीतिज्ञ एवं पुर्व गर्भार्ण एन्ड्रयू कुओमोलाई पराजित गरेका छन् । डेमोक्र्याटिक प्राइमरीमा ममदानीसँग हारेर कुओमो स्वतन्त्र उम्मेदवारको रूपमा उत्रिएका थिए । त्यस्तै कर्टिस स्लिवा रिपब्लिकन उम्मेदवार थिए । स्लिवाले आफ्नो हार स्वीकार गरेका छन् र ममदानीलाई बधाई दिएका छन् ।

जोहरान ममदानी को हुन्?
जोहरान क्वामे ममदानीको जन्म १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको थियो । ममदानीका बुबाले उनलाई बीचको नाम क्वामे दिएका थिए, जुन क्वामे क्रान्तिकारी र घानाका पहिलो प्रधानमन्त्री क्वामे नक्रुमाहको नामबाट राखिएको थियो । ममदानी प्रसिद्ध भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद ममदानीका छोरा हुन् । उनले आफ्नो प्रारम्भिक वर्षहरू कम्पालामा बिताए र त्यसपछि पाँच वर्षको उमेरमा दक्षिण अफ्रिका सरे । ममदानीका भारतीय मूलका बुबा, महमूद ममदानी, केप टाउन विश्वविद्यालयमा प्राध्यापक थिए । उनले आफ्नो प्रारम्भिक शिक्षा दक्षिण अफ्रिकाको सबैभन्दा पुरानो विद्यालय सेन्ट जर्जको व्याकरण स्कूलबाट प्राप्त गरे, जुन १८४८ मा केप टाउनमा स्थापित भएको थियो । उनी सात वर्षको उमेरमा न्यूयोर्क सरे । उनले ब्रोंक्स हाई स्कूल अफ साइन्समा पढे । २०१४ मा, उनले बोडेन कलेजबाट अफ्रिकी अध्ययनमा कलामा स्नातक गरे । केही वर्ष पछि, २०१८ मा, ममदानी अमेरिकी नागरिक बने ।

सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि जोहरान ममदानीले सामाजिक कार्यकर्ताको रूपमा काम गरे । राजनीतिमा प्रवेश गर्नुअघि, जोहरान ममदानीले न्यूयोर्कको क्वीन्समा फोरक्लोजर सल्लाहकारको रूपमा काम गरे । ममदानीले आर्थिक कठिनाइका कारण घर गुमाउने अवस्थामा पुगेका कम आय भएका परिवारहरूलाई सहयोग गरे । यो कामको क्रममा, उनले सहयोग गरिरहेका परिवारहरूको समस्या आर्थिक मात्र नभई नीतिसँग सम्बन्धित पनि रहेको महसुस गरे । यो अनुभवले उनलाई सामान्य मानिसहरूलाई असर गर्ने नीतिहरू परिवर्तन गर्न सक्रिय राजनीतिज्ञ बन्न प्रेरित गर्‍यो ।

त्यसपछि उनले २०२० मा आफ्नो पहिलो चुनावमा भाग लिए । उनले डेमोक्रेटिक सोसलिस्ट पार्टीको टिकटमा न्यूयोर्क एसेम्बलीको ३६औं जिल्ला (एस्टोरिया, क्वीन्स) को लागि भाग लिए ।

जोहरान ममदानीले आफ्नो पहिलो प्रयास जिते, न्यूयोर्क राज्य सभामा पहिलो दक्षिण एसियाली र पहिलो समाजवादी प्रतिनिधि बने । अब, डेमोक्र्याट ममदानीले न्यूयोर्क मेयरल प्राइमरीमा पूर्व गभर्नरलाई पराजित गरेर सबैलाई चकित पारेका थिए । पूर्व गभर्नर कुओमो, ६७, यौन उत्पीडन काण्डको बीचमा २०२१ मा पदबाट राजीनामा दिएपछि राजनीतिक पुनरागमनको प्रयास गरिरहेका थिए ।प्राइमरीमा जितपछि ममदानीले भनेका थिए- ‘आज राती हामीले इतिहास रच्यौं। नेल्सन मण्डेलाले भनेझैं, यो पूरा नभएसम्म यो सधैं असम्भव देखिन्छ। मेरा साथीहरू, हामीले यो गर्यौं । म डेमोक्र्याटिक उम्मेदवारको रूपमा न्यूयोर्क शहरको मेयर हुनेछु ।’

Read More

फोर्ड भारतमा फर्कियो, तमिलनाडुमा पुन: उत्पादन शुरु गर्न सम्झौता

काठमाडौँ । अमेरिकन मोटर कम्पनि फोर्ड भारतमा फर्किने भएको छ ।  फोर्डले भारतमा पुन: उत्पादन सुरु गर्ने योजनाको घोषणा गरेको छ । अमेरिकी कार निर्माता कम्पनीले तमिलनाडु सरकारसँग सम्झौता पत्रमा हस्ताक्षर गरेर यसको औपचारिक घोषणा गरेको हो । 

फोर्डको यो निर्णय अमेरिकामा उत्पादन प्रवर्द्धन गर्ने ट्रम्पको नीतिको विपरीत रहेको छ । कम्पनीले चेन्नईस्थित मरैमलाई नगर प्लान्टमा ३ हजार २५० करोड भारु लगानी गर्ने घोषणा गरेको छ । यसले कम्पनीलाई अर्को पुस्ताका इन्जिनहरू उत्पादन र निर्यात गर्न सक्षम बनाउने बताएको छ । उत्पादन २०२९ मा सुरु हुने तालिका छ, जसको साइट तयारी यस वर्षको अन्त्यमा सुरु हुनेछ । यसले ६०० भन्दा बढी रोजगारी सिर्जना गर्ने बताइएको छ ।

मुख्यमन्त्री एमके स्टालिन र उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य मन्त्री टीआरबी राजा एमओयू हस्ताक्षरमा उपस्थित थिए । २०२४ मा, फोर्डले मरैमलाई नगर प्लान्ट पुनः सुरु गर्न चासो व्यक्त गर्दै तमिलनाडु सरकारलाई आशय पत्र पठाएको थियो ।

२०२१ मा, कम बिक्री र बढ्दो घाटाको कारण फोर्डले आफ्नो भारतीय सञ्चालन बन्द गरेको थियो । त्यसपछि कम्पनीले आफ्नो प्रिमियम कार दायरा यहाँ फिर्ता ल्याउने योजना घोषणा गर्‍यो, तर यो योजना कहिल्यै साकार भएन ।

फोर्ड एभरेस्ट २०२४ मा पुन: प्रस्तुत हुने हल्ला थियो । जब यो भारतीय सडकहरूमा परीक्षणमा देखियो, धेरैले अनुमान गरे कि चाँडै नै यसको सुरुवात हुनेछ, तर यो कुरा मात्र रह्यो । 

कम्पनीले यस प्लान्टबाट वार्षिक २ लाख ३५ हजार इन्जिन उत्पादन गर्ने बताएको छ । इन्जिनको प्रकार र निर्यात गन्तव्य पछि घोषणा गरिनेछ र यो केवल निर्यात उद्देश्यका लागि हुनेछ, स्थानीय बजारको लागि भने यो नभएको बताएको छ । लगानीले ६०० प्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ र उद्योगमा अप्रत्यक्ष रोजगारी पनि बढाउनेछ । तमिलनाडु यसअघि पनि हुन्डाई, रेनो र बीएमडब्ल्यू जस्ता निर्माताहरूको केन्द्र हो ।

२०२९ सम्ममा उत्पादन सुरु भएपछि, फोर्डको विश्वव्यापी नेटवर्क बलियो हुनेछ । तमिलनाडुमा कम्पनीको विश्वव्यापी व्यापार सञ्चालनले पहिले नै १२ हजार मानिसहरूलाई रोजगारी दिएको छ । यो लगानीले व्यापार तनावको बीचमा भारतलाई उत्पादन केन्द्रको रूपमा स्थापित गर्ने विश्लेषण गरिएको छ । फोर्डको ध्यान निर्यातमा रहनेछ, जसले स्थानीय रोजगारी बढाउनेछ तर कार बिक्रीमा पर्ने प्रभावलाई कम गर्नेछ । 

फोर्डले १९९५ मा महिन्द्रासँगको साझेदारी मार्फत भारतमा प्रवेश गरेको थियो । त्यतिबेला कम्पनीलाई महिन्द्रा फोर्ड इन्डिया लिमिटेडको रूपमा चिनिन्थ्यो । जुलाई २०१८ मा फोर्ड इन्डियाका १० लाख ग्राहकहरू पुगेको थियो । 

फोर्डले भारतमा फिगो, एस्पायर, इकोस्पोर्ट र एन्डेभर जस्ता कारहरू बेचेको छ । फोर्डले आफ्नो सानन्द (गुजरात) र मरैमलाई (चेन्नई) प्लान्टहरूमा आफ्ना सवारी साधनहरू उत्पादन गर्‍यो, जसमा लगभग ४ हजार मानिसहरूलाई रोजगारी दिएको थियो । कम्पनीमा देशभर ११ हजार भन्दा बढी कर्मचारीहरू थिए ।

Read More

स्टार्टअप कर्जाका लागि आवेदन आह्वान (सुचना सहित)

काठमाडौँ । नयाँ सोच र व्यवसायिक योजनालाई प्रोत्साहन दिने उद्देश्यले सरकारले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन माग गरेको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिअनुसार योग्य उद्यमीहरूबाट परियोजना प्रस्ताव माग गर्दै सूचना प्रकाशित गरेको हो ।

कार्यविधि अनुसार इच्छुक उद्यमीले दफा ४ मा उल्लेखित योग्यता पूरा गरेको हुनुपर्छ। आवेदन दिने उद्यमीहरूमा सम्बन्धित क्षेत्रमा नवीन सोच, सीप, ज्ञान र क्षमता भएको हुनुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ।

सरकारले स्टार्टअप र नवप्रवर्तनलाई आर्थिक रूपले सशक्त बनाउन यो पहल अघि बढाएको हो। इच्छुक उद्यमीहरूले आजदेखि २१ दिनभित्र तोकिएको ढाँचामा अनलाइनमार्फत् आफ्ना परियोजना प्रस्ताव पेस गर्न सक्नेछन्।

योजनाअनुसार माघ महिनाभित्र प्रारम्भिक छनोट प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सरकारको यो कदमले युवा उद्यमशीलतालाई प्रोत्साहन दिने र देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

उद्योगमन्त्री अनिलकुमार सिन्हाले ल्याएको कार्ययोजनामा माघ महिनाभित्र स्टार्टअप कर्जाको लागि प्रारम्भिक छनोट गरिसक्ने तय गरिएको थियो । त्यही अनुसार प्रतिष्ठानले आवेदन मागेको हो ।

Read More

नेपाल- भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको बैठक, यी विषयमा भयो सहमति

काठमाडौँ । नेपाल – भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव तथा भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सहअध्यक्षतामा कार्तिक १७ र १८ गते पोखरा, नेपालमा सम्पन्न भएको छ । 

उक्त बैठकमा दुवै देशबीचको विद्युत आदान-प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भयो । 

बैठकमा निम्न बमोजिम सहमति भएको छ ।
१- चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको नेपाल र भारतले आ-आफ्नो तर्फको प्रसारण लाइनको तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरेको र संयुक्त प्राविधिक टोलिले दुवै देशको संयुक्त नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको । दुवै देशबीच उक्त प्रशारण लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडी बढाउने ।

२- नयाँ बुटवल- गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने व्यवस्था मिलाउले। उक्त प्रसारण लाइन मार्फत विद्युत आयात-निर्यात क्षमताको सम्बन्धमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप बैठक १५ दिनभित्र गर्ने सहमति भएको ।

३- ढल्केवर – मुजफ्फरपुर र ढल्केवर – सितामढी लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन भयो। जसअनुसार नेपालले नेपालबाट १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको ।

४- निजगढ – मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको डिपीआर तयारीको लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त डिपीआर तयार गर्ने ।

५-  लमही – लक्नउ ४०० के.भी. लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लामाही वा कोहलपुर सम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी डिपीआर तयार गर्ने। ।

६- ढल्केवर – मुजफ्फरपुर ४०० के.भी. लाइनको रिकन्डक़टरिंगमा उच्च तापक्रम सहनसक्ने प्रविधि अपनाउने विषयमा डिपीआर तयारी अघि बढाउने ।

७- रक्सौल-परवानीपुर र रामनगर-गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धि गर्न यी लाइनहरूको कन्डक्टर उच्च तापक्रम सहनसक्ने प्रविधि कन्डक्टरले प्रतिस्थापन गर्न संयुक्त रुपमा अध्ययन गर्ने ।

Read More