२०८३ बैशाख १३

स्टार्टअप कर्जाका लागि आवेदन आह्वान (सुचना सहित)

काठमाडौँ । नयाँ सोच र व्यवसायिक योजनालाई प्रोत्साहन दिने उद्देश्यले सरकारले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन माग गरेको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिअनुसार योग्य उद्यमीहरूबाट परियोजना प्रस्ताव माग गर्दै सूचना प्रकाशित गरेको हो ।

कार्यविधि अनुसार इच्छुक उद्यमीले दफा ४ मा उल्लेखित योग्यता पूरा गरेको हुनुपर्छ। आवेदन दिने उद्यमीहरूमा सम्बन्धित क्षेत्रमा नवीन सोच, सीप, ज्ञान र क्षमता भएको हुनुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ।

सरकारले स्टार्टअप र नवप्रवर्तनलाई आर्थिक रूपले सशक्त बनाउन यो पहल अघि बढाएको हो। इच्छुक उद्यमीहरूले आजदेखि २१ दिनभित्र तोकिएको ढाँचामा अनलाइनमार्फत् आफ्ना परियोजना प्रस्ताव पेस गर्न सक्नेछन्।

योजनाअनुसार माघ महिनाभित्र प्रारम्भिक छनोट प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सरकारको यो कदमले युवा उद्यमशीलतालाई प्रोत्साहन दिने र देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

उद्योगमन्त्री अनिलकुमार सिन्हाले ल्याएको कार्ययोजनामा माघ महिनाभित्र स्टार्टअप कर्जाको लागि प्रारम्भिक छनोट गरिसक्ने तय गरिएको थियो । त्यही अनुसार प्रतिष्ठानले आवेदन मागेको हो ।