२०८३ बैशाख १३

रियल म्याड्रिड लिभरपुलसँग पराजित

काठमाडौँ ।  लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा लिभरपुलले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

लिभरपुलको जितमा खेलको ६१औं मिनेटमा एलेक्सिस म्याक अलिस्टरले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । 

यो जितपछि लिभरपुलको ४ खेलमा ८ अंक भएको छ र हाल छैटौं स्थानमा रहेको छ ।  त्यस्तै रियल म्याड्रिडको पनि ४ खेलमा ९ अंक छ र हाल पाँचौ स्थानमा रहेको छ । 

Read More

एसिया कप विवाद: पाकिस्तानका बलरलाई दुई खेलको निलम्बन र भारतीय कप्तानलाई जरिवाना

काठमाडौँ । एसिया कप २०२५ को समयमा भएको विवादको सुनुवाइपछि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तानी फास्ट बलर हरिस राउफलाई दुई खेलको लागि निलम्बन गरेको छ ।

अब उनी दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम दुई खेल गुमाउनेछन् । यसबाहेक, खेलको विश्वव्यापी प्रशासकीय निकायले भारतीय टी-२० कप्तान सूर्यकुमार यादव र हरिस राउफलाई आईसीसी आचारसंहिता उल्लङ्घनको दोषी पाएको छ र उनीहरूमाथि आर्थिक जरिवाना र प्रतिबन्ध लगाएको छ । 

एसिया कपको समयमा भारत र पाकिस्तान तीन पटक भिडेका थिए । भारतीय टोलीले एसिया कपको उपाधि जित्न अन्तिम खेलमा पाकिस्तानलाई हराएको थियो, तर उनीहरूले अहिलेसम्म ट्रफी पाएका छैनन् ।

पाकिस्तानी बलर हरिस राउफलाई भारतविरुद्धको दुई छुट्टाछुट्टै खेलमा दुई पटक आचारसंहिता उल्लङ्घन गरेकोमा उनको म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरिएको छ । उनलाई दुई खेलको लागि प्रतिबन्ध लगाइएको छ । राउफलाई यसअघि सेप्टेम्बर १४ मा भारतविरुद्धको खेलमा धारा २.२१ अन्तर्गत ‘खेलमा बदनाम ल्याउने’ दोषी ठहराइएको थियो । यसका लागि, उनलाई उनको म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरिएको थियो र दुई डिमेरिट अंक दिइएको थियो । त्यसपछि, भारत विरुद्धको अर्को खेलमा उही धारा दोहोर्याएर उल्लङ्घन गरेकोमा उनलाई उनको म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरिएको थियो र दुई थप डिमेरिट अंक दिइएको छ ।

भारतीय कप्तान सूर्यकुमार यादवलाई पनि आईसीसीले उनको म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरेको छ । सूर्यकुमार यादवले खेल पछि भारतीय सेनालाई समर्थन र पहलगाम आतंकवादी हमलाका पीडितहरूसँग ऐक्यबद्धता व्यक्त गर्दै एक बयान दिएका थिए, जसलाई ‘खेलमा बदनाम ल्याउने’ मानिएको थियो । यसबाहेक, भारतीय तीव्र गतिका बलर जसप्रीत बुमराहले एक डिमेरिट अंक प्राप्त गरे भने अर्शदीप सिंह र पाकिस्तानका साहिबजादा फरहानले चेतावनी पाए । आईसीसीले यी सबै उल्लंघनहरू स्तर १ अन्तर्गत पर्ने बताएको छ, जसको परिणामस्वरूप खेलाडीलाई उनीहरूको म्याच शुल्कको अधिकतम ५० प्रतिशत र एक देखि दुई डिमेरिट अंक जरिवाना हुन सक्छ ।

Read More

माओवादी केन्द्रसहित ९ दलको एकता राष्ट्रिय सम्मेलन आज

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ दलको  एकता राष्ट्रिय सम्मेलन आज हुने भएको छ । आज बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपमा ९ वाम दलको एकता राष्ट्रिय सम्मेलन हुने भएको हो ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र देशभक्त समाजवादी मोर्चा रहेका छन् ।

नयाँ दलको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने भएको छ भने चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित गरिएको छ । 

यस एकताले एकीकृत समाजवादी भने तीन टुक्रा भएको छ भने माओवादी केन्द्र पनि विभाजित भएको छ । एकीकृत समाजवादीमा घनश्याम भुसाल समुह एकता प्रक्रियामा सहभागी नहुने भएको छ भने रामकुमारी झाक्री, किसान श्रेष्ठसहितका नेताहरुले पुरानै दल एमाले फर्किने तयारी गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जनार्दन शर्माले पनि एकता प्रक्रियामा सहभागी नहुने भन्दै मंगलबार नै ‘प्रगतिशील अभियान नेपाल’ को घोषणा गरेका छन् । यसमा उनलाई राम कार्की र अन्जना विशुंकेले साथ दिएका छन् । 

आजको बैठकले एकताको निर्णय अनुमोदन गरेर सकिदै छ भने बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकताको घोषणा हुदैछ ।

Read More

विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएइ खेल्दैछन् । दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ । 

यस सिरिजमा नेपालले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ भने युएईले ३ खेलमा एक जित र २ हर बेहोरेको छ । युएईले नेपाललाई पराजित गरेको थियो । 

नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १६ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ७ खेल जितेको छ ।

नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १९ खेलमा ५ जित र १२ हारसहित नेपालको १२ अंक छ । त्यस्तै १९ खेल खेलेको युएईको केबल ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

Read More

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बिहान साढे ११ बजेदेखि शुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मंगलबारको बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टा छुट्टै महाधिवेशनको कार्यतालिका पेश गरेका छन ।

महामन्त्री थापाले फागुन २१ को चुनावअघि नै महाधिवेशन गर्ने गरि पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् । थापाले मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण, २० गते सम्म क्रियाशील सदस्यता छानबिन, २४ गते निर्वाचन समितिलाई हस्तान्तरण गर्ने, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन गरेर १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । 

त्यसैगरी संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री यादवले मंसिर २० गते सम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण र २० गते सम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्ने र त्यसपछि चुनावमा केन्द्रीत हुनुपर्ने प्रस्ताव गरेका छन् । त्यसपछि चैत्र १ गते वडा अधिवेशन, ५ गते पालिका, १२ गते प्रदेश क्षेत्रीय, २० गते संघीय क्षेत्रीय, ३० गते जिल्ला, वैशाख १५ गते सात प्रदेश र वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् ।

मंगलबारको बैठकमा थापा र यादवसहित कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको र हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जानकारी दिएको छ ।

त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको विभागले जनाएको छ ।

आज दिउसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने छ भने कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Read More

२०८२ कार्तिक १९ गते बुधबार: आजको राशिफल

आज कार्तिक १९ गते बुधबार ई.सं. २०२५ नोभेम्बर ५ नेपाल सम्बत ११४६ कछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष पुर्णिमा, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, सिद्धि योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६: १७ बजे र सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

आज कार्तिक स्नान समाप्ति तथा गुरु नानक जयन्ती परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पद्र्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ । चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । महत्त्वपूणर् व्यक्तित्व र विद्वान्हरू सम्पर्कमा रहनेछन् । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
सफलता हासिल गर्न प्रतिस्पद्र्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
व्यापार÷व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । व्यापारको विस्तारसमेत हुनसक्छ, तर छिटो धन कमाउने प्रवृत्तिमा अङ्कुश लगाउनु बेस हुन्छ । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । अभिभावक र बुजुर्ग व्यक्तिको सल्लाह मानेमा लक्ष्यप्राप्तिको मार्गमा सफल भइनेछ । याद गर्नुहोला, आजको दिन राम्रो बनाउन स्वयं आफ्ना लागि समय निकाल्न सक्नुपर्छ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
जोखिम र सङ्कटले भरिपूणर् समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ । शत्रु र प्रतिस्पद्र्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । यद्यपि पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ तर कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । बुद्धिको सही प्रयोग गरी प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ, तर कल्पना र भावनामा मन रुमल्लिन सक्छ । सचेतताका साथमा काममा लागी पर्नु ठीक हुन्छ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । निणर्यात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूणर् सहयोग मिल्नेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । परिस्थितिलाई मनन गर्नसक्ने क्षमताको विकास हुनेछ । जोसुकैलाई पनि आफ्नो विचार र लक्ष्यप्रति सहमत तुल्याउन सकिने छ । परिवारसँग बिताएको समयले शान्तिको अनुभूति गराउने छ । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ ।

Read More