२०८३ बैशाख १३

डिप-स्टेटको फण्डिङ अन्तर्गत भदौ २३ र २४ को घटना भएको एमाले महासचिवको आरोप

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटना आन्दोलन नभई आतङ्क र विध्वंस भएको र जेनजी आन्दोलनको नाममा भएका क्रियाकलाप आपराधिक क्रियाकलाप भएको दाबी गरेका छन् ।

उनले डिप स्टेटको फण्डिङ अन्तर्गत भदौ २३ र २४ को घटना भएको र आज सरकारमा तिनै मानिसहरूको बोलवाला भएको उनको भनाइ थियो । उनले भदौ २३ र २४ को घटना हुनुको दुईवटा कारण प्रमुख रहेको बताउँदै भने,‘युवाहरू भावनामा भड्केर र अपराधीहरू लुटपाटको अवसर पाएर भदौ २३ र २४ को घटनामा संलग्न भए ।’

उनले संविधान संशोधनमार्फत युवापुस्ताका माग सम्बोधन गरी ताजा जनादेशमा जानुपर्ने आजको आवश्यकता भएको बताए । बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अदालत र सडक दुवैबाट संसद् पुनस्र्थापना भएको इतिहास रहेको उल्लेख गर्दै महासचिव पोखरेलले अहिले पनि त्यही उपाय प्रभावकारी हुने बताए ।

भदौ २३ र २४ गतेका घटनापछि मुलुकलाई सहयोग पुग्छ कि भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर संसद्भित्रबाट नै समाधान खोज्न राष्ट्रपतिलाई अनुरोध गरेको पनि उनले स्मरण गराए । तर अहिलेको सरकार संविधान बाहिरबाट बनेको उनको भनाई छ । संविधान र सांसद्ले नचिन्ने व्यक्ति अहिले देशको प्रधानमन्त्री भएको पोखरेलको भनाई छ ।

Read More

राहदानी बनाउने भन्दै बिचौलियाको काम गर्ने तीन जना पक्राउ

काठमाडौं । राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने सर्लाही हरिवन नगरपालिका-१ घर भएका ३२ वर्षीय भाग्य नारायण साह, काठमाडौं महानगरपालिका-३ बस्ने धादिङ नेत्रावती गाउँपालिका-२ घर भएका ३६ वर्षीय विरेन्द्र थापा मगर र काठमाडौं महानगरपालिका-२८ बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-५ घर भएका ४३ वर्षीय मिक्टे लामा रहेका छन् । 

राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दुख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारवाहीमा समेत अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ । 

Read More

एनपिएल: पोखरामाथि विराटनगरको ५३ रनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कीर्तिमानी रन बनाएको विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

मंगलबार विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १६७ रनमा अलआउट भयो।

ओनपिङ ब्याटर दिनेश खरेल ७ रनमा आउट भए पनि एडम रोसिङटन र कप्तान कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै पोखरालाई लोभलाग्दो सुरुवात दिएका थिए। दुईबीच दोस्रो विकेटका लागि ५.२ ओभरमा ७६ रनको साझेदारी भएको थियो।

रोसिङटन ३९ रनमा शुभम रन्जनेको बलमा सातौं ओभरको अन्तिम बलमा एलबिडब्लूको धरापमा परेका थिए। उनले त्यसअघि २१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। तर आठौं ओभरको दोस्रो र चौथो बलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले जिमी निशम र तृतराज दासलाई डकआउट गरेपछि विराटनगर खेलमा फर्कियो। विराटनगरले पाँच बलको अन्तरमा तीन विकेट लिएपछि पोखरा संकटमा पर्‍यो।

त्यसपछि पोखराका किरण ठगुन्ना ८ रन र अभिषेक तिवारी ११ रनमा आउट भए। त्यतिबेला कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए। तर उनले साझेदारी पाउन सकेनन्। भुर्तेलले ५९ रन जोड्ने क्रममा ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै मार्ट टेलर र आकाश चन्द ४-४ रनमा पेभिलियन फर्के। डान डाउथवेटले २० बलमा २९ रन बनाए।

बलिङमा विराटनगरका मार्स्याङ डि लाङग, सन्दीप लामिछाने, शुभम रन्जने र प्रतिश जिसीले २-२ विकेट लिए।

त्यसअघि विराटनगरले पोखरा एजेभन्जर्सविरूद्ध दुई ब्याटरको अर्धशतकमा ६ विकेटको क्षतिमा कीर्तिमानी २२० रन जोड्यो।

यो स्कोर एनपिएलकै सर्वाधिक स्कोर हो। अघिल्लो सिजन विराटनगरले लुम्बिनी लायन्सविरूद्ध १९२ रनको लक्ष्य पूरा गर्दै जित निकाल्ने क्रममा १९३ रन जोडेको थियो। साथे विराटनगर एनपिएलमा दुई सय रन कटाउने पहिलो टोली बन्यो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ विराटनगरका लागि लोकेश बम र मार्टिन गप्टिलको जोडीले बिस्फोटक ब्याटिङ गरे।

दुईबीच दोस्रो विकेटका लागि १३२ रनको साझेदारी भएको थियो।

गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन बनाए। ओपनर लोकेशले ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रन बनाए।

अर्का ओपनर जर्ज मुन्से भने ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १० रनमा क्याच भए। यस्तै बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे।

अन्तिम ओभरको पाँचौ बलमा रनआउट भएका शुभम रन्जनेले १६ बलमा ३८ रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। नारायण जोशीले ३ बलमा नटआउट ११ रन बनाए।

बलिङमा पोखराका मार्ट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट लिए।

प्रतियोगितामा भोलि एक मात्र खेल हुनेछ। अपरान्ह चार बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। सुदूरले पहिलो खेल खेल्न लागेको हो भने काठमान्डुले उदघाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको थियो।

Read More

रूससँग व्यापार गर्ने देशहरुलाई कडा प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग व्यापार गर्ने कुनै पनि देशले अत्यन्तै कडा प्रतिबन्धहरूको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले आफ्नो प्रशासन र रिपब्लिकन पार्टीका नेताहरूले रूसमाथि दबाब बढाउने उद्देश्यले कानूनहरू बनाइरहेको बताएका छन् । साथै ट्रम्पले रूसमाथि मात्र नभई इरानसँग व्यापार गर्ने देशहरूमा पनि प्रतिबन्धहरू लगाउन सकिने समेत बताए । हालै, सिनेटर लिन्डसे ग्राहमले रूसी तेल किन्ने र बेच्ने देशहरूमा ५०० प्रतिशत कर लगाउने विधेयक प्रस्तुत गरेका थिए ।

सिनेटर ग्राहम र सिनेटर रिचर्ड ब्लुमेन्थलले संयुक्त रूपमा २०२५ को रूस प्रतिबन्ध ऐन प्रस्तुत गरेका थिए, जसले रूससँग व्यापार गर्ने र युक्रेन युद्धलाई आर्थिक रूपमा समर्थन गर्ने देशहरूमा दोस्रो प्रतिबन्धहरूको लागि आह्वान गर्दछ। यो कार्यलाई १०० मध्ये ८५ सिनेटरहरूले समर्थन गरेका छन् ।

Read More

प्रतिनिधिसभा पुनःस्थापनाको कानुनी उपचार खोज्छौं- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कानुनी उपचार खोज्ने बताएका छन् ।

मंगलबार पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको काम गर्दै आफ्नो पार्टी कानूनी उपचारका लागि अदालत जाने बताएका हुन् । 

ओलीले आफुले पटक-पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहोर्‍याए । उनले वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्ने नसक्ने भन्दै वर्तमान सरकारले अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रतिनिधिसभा विघटन संविधान र कानूनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने जिकिर समेत गरे । सरकार फागुन २१ गते निर्वाचन गर्ने भन्दै तयारी गरिरहेका बेला एमाले भने प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा उभिएको छ । 

Read More

युक्रेन र फ्रान्सबीच राफेल लडाकु जेट र वायु रक्षा प्रणाली किन्ने सम्झौता

काठमाडौँ । युक्रेनले रुसी आक्रमणबाट आफूलाई बचाउन फ्रान्सेली राफेल एफ फोर लडाकु जेट र उन्नत वायु रक्षा प्रणाली प्राप्त गर्ने भएको छ । युक्रेनले प्राप्त गर्ने राफेल एफ फोर लडाकु जेटहरूको संख्या १०० सम्म पुग्न सक्ने बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग राफेल जेट किन्ने सम्झौता गरेका छन् । पेरिस नजिकैको एक एयरबेसमा सम्झौतामा हस्ताक्षर गरिएको थियो । जेलेन्स्कीले यो कदमलाई ऐतिहासिक भनेका छन् । उनले म्याक्रोनसँगको संयुक्त ब्रीफिंगमा भने- ‘यो एक रणनीतिक सम्झौता हो जुन अर्को वर्षदेखि १० वर्षसम्म रहनेछ ।’

जेलेन्स्कीले युक्रेनले धेरै बलियो फ्रान्सेली राडार, आठ वायु रक्षा प्रणाली र अन्य उन्नत हतियारहरू पनि प्राप्त गर्ने जानकारी दिए । राफेल एफ फोर जेटहरूको डेलिभरी २०३५ सम्ममा पूरा गर्ने योजना छ, जबकि इन्टरसेप्टर ड्रोनहरूको संयुक्त उत्पादन यस वर्ष सुरु हुने तालिका छ ।

फ्रान्स र युक्रेन बीचको यो सम्झौताको वित्तीय विवरण अन्तिम रूप दिइएको छैन, तर धेरै रिपोर्टहरूले फ्रान्सले युरोपेली संघबाट कोष जुटाउने र जफत गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने योजना बनाएको दाबी गरिएको छ । यसलाई विवादास्पद कदम मानिएको छ, जसमा २७ इयू सदस्यहरू विभाजित रहेका छन् ।

Read More

वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका तिमल्सिना र खोखाली पक्राउ

काठमाडौं । वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भएका २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन् । 

पक्राउ मध्ये आदर्शले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख ५० हजार रूपैयाँ र आशिषले ११ लाख ५० हजार रूपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ बाट आदर्शलाई आइतबार र आशिषलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।

Read More

दुर्गा प्रसाईँलाई राष्ट्रिय मानव अधिकार आयोगको टोलीले भेट्यो

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता दुर्गा प्रसाईँलाई भेट गरेको छ । मंगलबार आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी दुर्गा प्रसाईँ र सम्बन्धित प्रहरी अधिकारीहरुसँग भेट गरी जानकारी लिएको हो ।

प्रसाईँलाई गएराती निजको भक्तपुरस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको, प्रहरी प्रतिवेदनअनुसार सार्वजनिक शान्तिसुरक्षा विरुद्धको अनुसन्धानका लागि पक्राउ गरिएको भनी निजलाई पक्राउ तथा थुनुवा पूर्जी दिइएको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई जानकारी प्राप्त भएको आयोगले जनाएको छ । 

आयोगले भनेको छ- ‘बदलिँदो राजनीतिक परिस्थिति र चुनावको घोषणा समेत भैसकेको सन्दर्भमा देशमा शान्तिसुरक्षा र अमनचयन कायम राख्नु सरकारको प्रमुख प्राथमिकता हुन्छ । शान्ति सुरक्षा कायम गर्ने विषय सरकार र सुरक्षा निकायको मात्र जिम्मेवारी नभई हरेक नागरिकको समेत भएको हुँदा शान्तिसुरक्षाको कार्यमा सहयोग गर्नु नागरिकको समेत कर्तव्य हुन जान्छ ।’

त्यस्तै आयोगले कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई निर्देशन गरेको छ । साथै, आयोगले देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह समेत गरेको छ । 

Read More

हसिनालाई दिइएको मृत्युदण्डप्रति मानव अधिकार संस्थाहरुको विरोध

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायप्रति अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई सोमबार सजाय सुनाइएको थियो ।

बंगलादेशले सोमबार नै भारतबाट शेख हसिनाको सुपुर्दगीको माग गरेको थियो । शेख हसिना गत वर्ष अगस्ट ५ मा उनको सरकार विरुद्ध व्यापक विरोध प्रदर्शनका बीच भारत आइपुगेकी थिइन् ।

ह्युमन राइट्स वाचले एक विज्ञप्तिमा दुई व्यक्तिलाई अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएको र उनीहरूको रोजाइको वकिलको पहुँचबाट वञ्चित गरिएको बताएको छ, जसले गम्भीर मानव अधिकार चिन्ताहरू उठाएको बताएको छ ।

एम्नेस्टी इन्टरनेशनलले ‘छिटो सुनुवाइ’ र दुई व्यक्तिको अनुपस्थितिमा दिइएको फैसलाले ‘मुद्दाको निष्पक्षताको बारेमा गम्भीर चिन्ता’ उठाएको पनि बताएको छ।

एम्नेस्टीले भनेको छ- ‘पीडितहरू न्याय र जवाफदेहिताको हकदार छन्, तर मृत्युदण्ड मानव अधिकारको उल्लङ्घन हो। यो सबैभन्दा क्रूर, अपमानजनक र अमानवीय प्रकारको सजाय हो र कुनै पनि न्यायिक प्रक्रियामा यसको कुनै स्थान छैन ।’

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले मृत्युदण्डको निर्णयको विरोध गरेको छ, किनकि संयुक्त राष्ट्रसंघले लामो समयदेखि यस्ता सजायहरू खारेज गर्न आह्वान गर्दै आएको छ ।

यद्यपि, संयुक्त राष्ट्रसंघको नेतृत्वमा गरिएको अनुसन्धानले गत वर्ष जुलाई र अगस्टमा शेख हसिना सरकार विरुद्धको विरोधमा १४ सयको मृत्यु भएको खुलेको थियो । मृत्यु हुनेमध्ये धेरैजसो सुरक्षा बलको कारबाहीमा मारिएका प्रदर्शनकारीहरू थिए ।

Read More

नापी कार्यालय पर्साका सर्भेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ

काठमाडौँ । नापी कार्यालय बिरगंज पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउतसहित दुई जना एक लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग एक लाख घुस लिएको अवस्थामा नापी कार्यालय पर्साबाट पक्राउ गरेको जानकारी दिएको छ ।

Read More