२०८३ बैशाख १३

भारत र बंगलादेशबीच सुपुर्दगी सन्धिमा के छ, हसिनालाई भारतले प्रत्यर्पण गर्ला 

काठमाडौँ । बंगलादेशमा मृत्युदण्ड सुनाइएकी पुर्वप्रधानमन्त्री शेख हसिना बारे भारतले आफ्नो प्रतिक्रिया दिएको छ । 

फैसलापछि सोमबार जारी गरिएको सरकारको विज्ञप्तिमा यस मुद्दामा कुनै प्रतिक्रिया दिइएको छैन । भारतले आफ्नो विज्ञप्तिमा हसिनालाई मृत्युदण्ड दिइएको घटनालाई ‘नोट’ गरेको उल्लेख गर्दै नजिकको छिमेकी देशको हिसाबले बंगलादेशका जनताको इच्छामा प्रतिबद्ध रहेको उल्लेख गरेको छ । 

आहिले आम रुपमा न्यायाधिकरणको निर्णय एकतर्फी र यो मुद्दा आपराधिक भन्दा बढी राजनीतिक भएकोले भारतले सजिलै प्रत्यर्पण गर्ने अवस्था देखिएको छैन ।

भारत र बंगलादेशले २०१३ मा सुपुर्दगी सन्धिमा हस्ताक्षर गरेका थिए, जसको आधारमा बंगलादेशले हसिनाको प्रत्यर्पणको माग गरिरहेको छ । यसलाई २०१६ मा संशोधन गरिएको थियो । यही सन्धि अन्तर्गत, भारतले २०२० मा शेख मुजीबुर रहमानको हत्याको आरोप लागेका दुई दोषीलाई बंगलादेश पठाएको थियो । सन्धिमा दुई देशहरूबीच अपराधीहरूको आदानप्रदानको लागि सर्तहरू समावेश छन् । यद्यपि, दुवै देशमा अपराध मानिएको अवस्थामा, न्यूनतम एक वर्षको सजाय तोकिएको भए र अभियुक्तविरुद्ध पक्राउ वारेन्ट जारी भएमा मात्र अपराधीको सुपुर्दगी गर्न अनुमति दिइन्छ ।

त्यस्तै राजनीतिक अपराध प्रावधान सन्धिको धारा ६ अनुसार, यदि अपराध राजनीतिक मानिएको भए भारतले सुपुर्दगी अस्वीकार गर्न सक्ने छ । यद्यपि, हत्या, नरसंहार र मानवता विरुद्धको अपराधलाई यस धाराबाट बहिष्कृत गरिएको छ । आईसीटीले यी गम्भीर आरोपहरूमा शेख हसिनालाई दोषी पाएको छ । त्यसैले, भारतले सम्पूर्ण मुद्दा राजनीतिक हो भनेर दाबी गर्न सक्दैन ।

त्यस्तै सन्धिको धारा ८ अन्तर्गत, यदि अभियुक्तको जीवन खतरामा छ भने, निष्पक्ष मुद्दा प्रदान गरिएको छैन भने, वा न्यायाधिकरणको उद्देश्य न्यायको सट्टा राजनीतिक छ भने भारतले सुपुर्दगी अस्वीकार गर्न सक्छ । संयुक्त राष्ट्र संघले पहिले नै न्यायाधिकरणको संरचना, न्यायाधीशहरूको नियुक्ति र प्रक्रियाहरूमाथि प्रश्न उठाइसकेको हुनाले भारतले यी सबै कुरा सजिलै प्रमाणित गर्न सक्छ । शेख हसिनाले आफ्नो मुद्दा प्रस्तुत गर्न वकिल समेत फेला पार्न सकिनन् । धेरै रिपोर्टहरूले न्यायाधीशहरू सरकारको दबाबमा रहेको उल्लेख गरिएको छ ।

बंगलादेशले भारतले न्यायिक निर्णयहरूको सम्मान नगरेको आरोप लगाउन सक्छ र कूटनीतिक बयानबाजी बढ्ने देखिएको छ ।

बंगलादेश उच्च अदालतमा फैसलालाई चुनौती दिन सकिने हसिनाको विकल्प रहेको छ र उनले प्रमाणको पुन: परीक्षण र अनुचित मुद्दालाई उद्धृत गर्दै समीक्षाको लागि अनुरोध गर्न सक्छिन् । अन्तर्राष्ट्रिय मानव अधिकार संगठन वा कानुनी संस्थाहरूमा गुनासो गर्न सक्ने पनि विकल्प समेत रहेको छ । यी संस्थाहरूले कुनै देशमा अदालतको निर्णयलाई सिधै उल्टाउन सक्दैनन्, तर तिनीहरूले निष्पक्ष मुद्दाको लागि दबाब दिन सक्छन् ।

यस प्रकरणमा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को भूमिका सीमित देखिएको छ । तर संयुक्त राष्ट्र संघले मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्न सक्छ, मुद्दाको निष्पक्षतामाथि प्रश्न उठाउन सक्छ र मुद्दालाई आईसीसीमा पठाउन सक्छ । यदि आईसीसीले मुद्दामा अनियमितता फेला पारेमा, भारतले त्यो निर्णयको आधारमा हसिनालाई देश निकाला गर्न अस्वीकार गर्न सक्छ ।

Read More

दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईलाई गएराती भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

सोमबार मात्र प्रसाईंले जेनजी आन्दोलनका क्रममा सिहदरबार, सर्वोच्च अदालत लगायत आगजनी गरिएको र सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइएको विषयमा पत्रकार सम्मेलन गरेर भिडियो सार्बजनिक गरेका थिए । उनले गृहमन्त्री ओम प्रकाश अर्यालको आन्दोलनको भूमिकाका बारेमा समेत कैयौं आरोप लगाएका थिए ।

उनले आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका थिए ।

Read More

मधेशको सरकार गठनविरुद्धको रिटमा आज अन्तरिम आदेश बारे छलफल हुने

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर रिटको सुनुवाई आज हुदैछ ।

सोमबार यस रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेशको लागि अग्राधिकार दिदै आजको लागि छलफल गर्ने आदेश दिएको थियो ।

यसअघि आइतबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासले मधेश प्रदेश प्रमुखको हकमा महान्यायाधीवक्ता कार्यालयबाट लिखित जवाफ पेश गर्नुका साथै सुनुवाइमा पनि उनीहरूको प्रतिनिधित्व हुनुपर्नेमा त्यो नभई फरक परेको भन्दै महान्यायाधिवक्ता कार्यालयको प्रतिनिधित्वको आदेश दिदै र सोमबार सुनुवाइको मिति तोक्न आदेश दिएको थियो ।

यसअघि बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको थियो । मधेश प्रदेशका ७ राजनीतिक दलका ७४ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको नियुक्तिविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइनसहितका नेताहरूको नेतृत्वमा ७४ जना प्रदेशसभा सदस्यले मंगलबार रिट दायर गरेका थिए ।

यसअघि मंगलबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको थियो । गत मंगलबार रक्कीप्रसाद साह र सुजित यादवले मधेशमा सरकार गठनविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

Read More

एएफसी एशियन कप छनौट: नेपालले आज मलेसियाको सामना गर्दै

काठमाडौं । नेपालले आज एएफसी एशियन कप छनौट अन्तगत मलेसियाविरुद्ध खेल्दैछ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि शुरु हुने छ । 

नेपालभन्दा मेलासिया फिफा वरियतामा धेरै अगाडी रहेको छ । हाल नेपाल फिफा वरियतामा १८०औं स्थानमा छ भने मलेसिया ११८औं स्थानमा रहेको छ । नेपाल र मलेसियाबीच अहिलेसम्म आठ खेल भएका छन् । जसमा ७ खेलमा मलेसिया विजयी भएको छ भने एक खेल बराबरी भएको छ ।

पछिल्ल्लो पटक नेपालले गत मार्चमा जारी एएफसी एशियन कपको छनौट खेल खेलेको थियो, जसमा मलेसिया २-० ले विजयी भएको थियो ।

यो खेल खेल्न मुख्य प्रशिक्षक हरि खड्का र २३ सदस्यीय टिम मलेसिया पुगेको छ । नेपाली टिममा गोलकिपर किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार अरिक बिष्ट,  मणिकुमार लामा, कुशल देउवा, अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, लेकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, दिपेश गुरुङ, गिलेस्पी जंग कार्की, अन्जन विष्ट, आयुष घलान, दिनेश हेञ्जन, सुवास बम र आदित्य शाक्य रहेका छन् । 

एशियन कप छनौटमा नेपालले अहिलेसम्म खेलेका ४ खेलमा चारै खेलमा हार बेहोरेको छ ।

Read More

विदेशीको प्रभावमा कार्कीले संसद् विघटन गरिन् : एमाले नेता बस्नेत

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई “अवैध प्रधानमन्त्री” भन्दै संसद् विघटन विदेशी हस्तक्षेप र बालेन साहको स्टाटसको प्रभावित निर्णय भएको दाबी गरेका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीको कार्यक्रममा बोल्दै बस्नेतले भ्रष्टाचार विरुद्ध भन्दै बनेको सरकारले नै भ्रष्टाचारमा डुबेको आरोप लगाएका हुन् । उनले कार्कीले दलप्रति घृणा प्रकट गर्ने, प्रमुख नेताहरूमाथि अनावश्यक टिप्पणी गर्ने र संवाद गर्न नचाहने व्यवहार देखाउने बताए ।

बस्नेतले फागुन २१ गते चुनाव असम्भव रहेको उल्लेख गर्दै मुलुक संकटतर्फ धकेलिँदै गएको आरोप समेत लगाएका छन् ।

साथै उनले एमालेले नेशनल युथ भोल्यान्टियर फोर्स गठन गर्ने तयारी गरेको जानकारी दिँदै यो संरचना पार्टीको राजनीतिक कमाण्डमा सञ्चालन हुने र विपद् व्यवस्थापनमा भूमिका खेल्ने बताए ।

Read More

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल चितवन राइनोज र कर्णाली याक्स बीच हुदैछ । यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ । 

कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै सोमपाल कामीको कप्तानीमा गुलशन झा, नन्दन यादव, पवन सराफ, जस्ता राष्ट्रिय खेलाडी रहेको कर्णाली याक्समा जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल,  मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी खेलाडी समेत रहेका छन् ।

त्यस्तै आज दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा अभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

यसअघि सोमबार भएको उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

२०८२ मङ्सिर २ गते मंगलबार: आजको राशिफल

आज मङ्सिर २ गते मंगलबार ईसं २०२५ नोभेम्बर १८ नेपाल सम्बत ११४६ कछलागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण त्रयोदशी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र,  आयुष्मान योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २७ मिनेटमा र सूर्यास्त साँझ ०५ बजेर १२ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जोखिम र सङ्कटले भरिपूणर् समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शङ्कास्पद कारोबार र क्रियाकलापमा सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूणर् कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु होला । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिस्पर्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पद्र्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूणर् दिन हो । ज्ञान, आत्मबल र सामथ्र्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूणर् उपलब्धिको बाटोसमेत खुल्नेछ । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
होटल÷मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । धर्मकर्म वा परोपकारी काममा चित्त जाने दिन हो, हाँके÷ताकेका काममा मित्र र सहयोगीको साथ पाउनाले नचिताएको काम सम्पादन हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । प्रतिद्वन्द्वीले हार खानेछन्, मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ, कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । आज धार्मिक स्वभाव र परोपकारी मिजास प्राप्त हुने समय हो । पेसागत काम नोकरी वा व्यापार वृत्तिबाट राम्रो धनार्जन गर्ने समय छ । कुनै प्रस्तावउपर विचार÷विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ ।

Read More