२०८३ बैशाख १३

जेनजी आन्दोलनका घाइतेलाई तत्काल जनही १५ हजार दिने सरकारको निर्णय

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारले तत्काल जनही १५ हजार राहत दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई १५ हजार राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । 

बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिब ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्न आवश्यक अध्ययनगरी सुझाव पेस गर्न समिति गठन गरिएको छ । 

Read More

अदालतका नासुविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले फैसलाको प्रतिलिपि लिन १२ हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरिएका नासु धमलाविरुद्ध सोहि बराबरको रकम बिगो कायम गरि कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

Read More

यस पटक हामी झुक्दैनौं- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यस पटक नझुक्ने बताएका छन् ।

एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले पार्टीमा रिफर्म गर्ने की नगर्ने भन्ने दुई पक्षीय विचारको द्वन्द भएको बताउदै आफुहरु यस पटक नझुक्ने र नझुक्किने स्पष्ट गरेका छन् ।

महामन्त्री थापाले आफुहरु चुनावमा जानुभन्दा अगाडी पार्टीमा रिफर्म हुनुपर्ने अडानमा रहेको भन्दै देशभरका नेता कार्यकर्तालाई नआत्तिन र संगठनको काममा निरन्तर लाग्न आग्रह गरेका छन् । महामन्त्री थापाले भनेका छन्- ‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ।

जेनजी आन्दोलनपछि परिस्थिति फरक भएको भन्दै कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति नभएर पार्टी सुधारको दिशाबारे भएको बताएका छन् । आम नागरिकले पुरानै शैलीले अब काँग्रेस चल्दैन भन्ने स्पष्ट सन्देश दिएको भन्दै सुधार गरेर मात्र विश्वास फर्काउनुपर्ने बताएका छन् ।

Read More

एनपीएल: पोखराले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । यो सँगै यस खेलमा विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

यस अघि आजै  सम्पन्न पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको छ ।

Read More

फिच रेटिंगमा नेपालले पायो ‘बीबी’ क्रेडिट रेटिंग

काठमाडौँ । नेपालले सन् २०२५ का लागि फिच रेटिंगसबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ ‘बीबी’ प्राप्त गर्न सफल भएको  छ । गत वर्षको  मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्‍त गरेको थियो । 

पछिल्ला महिनाहरूमा देखिएको सामाजिक-राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै  समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गरेको छ । 

चुनाव-केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरूलाई अवरोध रहित रूपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको देखिएको छ । साथै नेपालले प्राप्त गरेको यो रेटिङले मुलुक भित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट सङ्केत दिएको छ ।

मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपालले आफ्नो सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्‍न यो रेटिङले मद्दत पुर्‍याउनेछ । विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्त्वपूर्ण सूचकको रुपमा रहेको हुन्छ ।

यस अवसरमा अन्तर्राष्ट्रिय विकास साझेदारहरू, वैदेशिक लगानीकर्ताहरू, निजी क्षेत्र तथा आम नागरिकहरूले नेपाल सरकारप्रति देखाएको भन्दै अर्थ मन्त्रालयले आगामी दिनमा पनि आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमूलक लगानी, रोजगारी सिर्जना तथा सामाजिक-आर्थिक रुपान्तरणका साझा लक्ष्यहरू प्रति नेपाल सरकार दृढतापूर्वक प्रतिवद्ध रहेको जनाएको छ ।

Read More

साम्राज्ञीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले सोमबार प्रेमीसँग इन्गेजमेन्ट गरेकी हुन् । सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू सार्बजनिक गर्दै उनले नयाँ जीवनको सुरुवात गर्न लागेको जानकारी दिएकी हुन् । उनले प्रेमीको नाम भने खुलाएकी छैनन् । 

प्रेमीको प्रशंसा गर्दै उनले लेखेकी छन्- ‘जसका लागि मैले प्रार्थना गरेकी थिएँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, म तपाईंप्रति यति आभारी छु कि त्यो शब्दहरूभन्दा बाहिर छ । जब तिम्रा आँखा मेरा आँखामा पर्छन्, त्यहाँ एउटा विशेष जादू हुन्छ, एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । मेरो हात यति बलियोसँग समातेकोमा धन्यवाद, यो छुट्ने छैन ।’ साम्राज्ञीले सर्वजनिक गरेका तस्वीरमा उनका प्रेमीको अनुहारको आधा भाग मात्र देखिन्छ । 

मंगलबारबाट ३० वर्षमा प्रवेश गरेकी साम्राज्ञीले फिल्म ड्रिम्सबाट अभिनयमा क्यारियरको शुरुवात गरेकी थिइन् । यसपछि उनले  ए मेरो हजुर- २, इन्टु मिन्टु लण्डनमा, तिमीसँग, मारुनी, ह्यारी कि प्यारी जस्ता फिल्ममा काम गरेकी छन् । 

Read More

नेप्सेमा दोहोरो अंकको वृद्धि, ४ अर्ब १० करोडको कारोबार

काठमाडौँ । नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से १५.७० अंकले बढेर २५६६.०७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४५ कम्पनिका ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ४ अर्ब १०  करोड ५४ लाख ६ हजार १३४ मा कारोबार भएको थियो ।

आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सागर डिस्टिलरी र माबिलुंग इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ भने बन्दीपुर केबलकारको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज एभरेष्ट बैक डिभेन्चरको शेयर ३.५४ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा साहास उर्जाको २२ करोड ९१ लाखको कारोबार भएको छ भने बरुण हाइड्रोको १५ करोड ६८ लाख बराबर कारोबार भएको छ ।

Read More

दुर्गा प्रसाईलाई बिना शर्त रिहा गर्न राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईलाई तत्काल बिना शर्त रिहा गर्न माग गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति दिएकै आधारमा मध्यरातमा प्रसाईलाई पक्राउ गरिएकोप्रति निन्दा गर्दै बिना शर्त रिहा गर्न माग गरेको हो ।

राप्रपाले भनेको छ- ‘अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ। प्रसाईको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ। प्रसाईलाई अविलम्ब र बिना शर्त रिहा गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

गएराती पक्राउ परेका प्रसाईलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

Read More

एनपीएल: कर्णालीमाथि चितवन ४ विकेटले विजयी

काठमाडौँ । चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा चितवनले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १६४ रनको लक्ष्य पछाएको चितवनले १९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

चितवनका लागि रवि बोपाराले सर्बाधिक ५२ रन बनाए भने दीपक बोहोराले ४२ र सैफ जैबले ३८ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर सोमपाल कामीले २ विकेट लिए भने मार्क वाट र युवराज खत्रीले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमादै १६६ रन बनाएको थियो ।

कर्णालीका लागि प्रियांक पंचलले सर्बाधिक ९० रन बनाए भने पवन सराफले २७ रन बनाएका थिए । त्यस्तै म्याक ओ डाउडले २० र मार्क वाटले १६ रन बनाएका थिए । त्यस्तै चितवनका बलर सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले एक एक विकेट लिएका थिए ।

अब एनपीएल अन्तर्गत आज दोस्रो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुदैछ ।

Read More

can

एसीसी पुरुष यू-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष यू-१९ प्रिमियर कप खेल्ने टिमको घोषणा गरेको छ ।

क्यानले अशोक धामीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका छन् ।

नोभेम्बर १९ देखि डिसेम्बर १ सम्म हुने यू-१९ प्रिमियर कपमा नेपाल समुह ए मा हङकङ र साउदी अरेबियासँग रहेको छ । यस प्रतियोगितामा १४ देशले भाग लिएका छन् भने शिर्ष तीन देश यू-१९ एशिया कपमा छनौट हुने छन् ।

Read More