२०८३ बैशाख १३

विप्लवको दलको नाम नेकपा (माओवादी) र चुनाव चिन्ह गुलाबको फूल

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ को दलको नाम नेकपा (माओवादी) कायम भएको छ । 

यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि आयोगमा नेकपा (माओवादी) नाम राखेर दल दर्ता भएको हो । 

दल दर्ताको निवेदन दिने क्रममा नेकपा पहिला नै दर्ता भएकाले उनले कम्युनिष्ट पार्टी नेपाल नाम राखेका थिए, तर दर्ताको क्रममा आयोगले नाम नेकपा (माओवादी) नै कायम राख्न स्वीकृत दिएपछि विप्लवको दल नेकपा माओवादी भएको हो ।

त्यस्तै दलको चुनाव चिन्द गुलाबको फूल चुनाव चिन्ह रहने भएको छ । दलको केन्द्रीय समिति १०५ सदस्यीय हुने भएको छ जसमा महासचिवमा विप्लव र प्रवक्तामा खड्कबहादुर विश्वकर्मा रहेका छन् । त्यस्तै पार्टीको ६ सदस्यीय स्थायी समिति र २५ सदस्यीय पोलिटब्युरो रहेको छ ।

Read More

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गएराती भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईले शान्ति व्यवस्थामा खलल पुर्याएको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ । 

सोमबार मात्र प्रसाईंले जेनजी आन्दोलनका क्रममा सिहदरबार, सर्वोच्च अदालत लगायत आगजनी गरिएको र सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइएको विषयमा पत्रकार सम्मेलन गरेर भिडियो सार्बजनिक गरेका थिए । उनले गृहमन्त्री ओम प्रकाश अर्यालको आन्दोलनको भूमिकाका बारेमा समेत कैयौं आरोप लगाएका थिए ।

उनले आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका थिए ।

Read More

बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु

काठमाडौँ । बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिवार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए । 

जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि सुरु गरिएको छ । साथै, गुह्ेश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ । यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको छ ।

Read More

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको मन्त्रिपरिषद्को बैठकमा निर्वाचन सम्बन्धि व्यवस्था बारे अध्यादेश सम्बन्धि निर्णय हुनसक्ने बताइएको छ । सरकारले फागुन २१ गते हुने निर्वाचनका लागि अन्तर जिल्ला मतदान र विदेशमा रहेका नेपालीहरुलाई समानुपातिकमा मत दिने व्यवस्था गर्ने तयारी गरेको छ ।

Read More

तिनकुने घटनामा दिवंगत पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगार

काठमाडौं । सरकारले गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ ।

मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरिएको हो । सो अवसरमा मन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिदै अहिले रोजगारीको व्यवस्था गरेर केहि राहत प्रदान गर्ने सरकारले कोसिस गरेको बताए ।

साथै मन्त्री खरेलले सुजनले चाहेमा विश्वविद्यालयमा पढ्नका लागि आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

सरकारले गत चैत १५ गते राजाबादी आन्दोलनको समाचार संकलन गर्ने क्रममा सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको थियो ।

Read More

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमादै १६६ रन बनाएको हो ।

कर्णालीका लागि प्रियांक पंचलले सर्बाधिक ९० रन बनाए भने पवन सराफले २७ रन बनाएका थिए । त्यस्तै म्याक ओ डाउडले २० र मार्क वाटले १६ रन बनाएका थिए ।

त्यस्तै चितवनका बलर सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले एक एक विकेट लिएका थिए ।

Read More

विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि सडक दैनिक चार घण्टा बन्द हुने

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत विजयपुर खोलाको सडक आजदेखि दैनिक चार घण्टा अवरुद्ध हुने भएको छ । 

विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि पोखरा आउने र बाहिरिने सवारी साधन दैनिक चार घण्टा सडक बन्द रहने सडक आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार मङ्सिर ११ गतेसम्म बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखि २ बजेसम सडक बन्द हुने छ ।

आयोजनाले दुइपांग्रे तथा साना सवारीका लागि बुढी बजारबाट बेलचौतारा हुदै चाउथे र ठुला सवारी साधनका लागि पावरहाउस चोकदेखि बौमारा हुदै बिरौटा सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने जानकारी दिएको छ । 

Read More

गाजा योजना पारित भएपछि ट्रम्प भन्छन्- राष्ट्र संघको इतिहासमा सबैभन्दा ठूलो अनुमोदन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजा योजना पारित गरेकोमा विश्वलाई बधाई दिँदै यसलाई ‘ऐतिहासिक क्षण’ भनेका छन् ।

ट्रम्पले संयुक्त राष्ट्र संघको इतिहासमा सबैभन्दा ठूलो अनुमोदन मध्ये एक भएको बताउदै यसले विश्वभर शान्तिलाई प्रवर्द्धन गर्ने र यो साँच्चै ऐतिहासिक क्षण भएको बताएका हुन् । उनले संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र सुरक्षा परिषद्का सबै सदस्य राष्ट्रहरू र समितिमा नभएका तर प्रस्तावलाई दृढतापूर्वक समर्थन गर्ने देशहरूलाई धन्यवाद समेत दिएका छन् ।

यस प्रस्तावलाई समर्थन गर्ने देशहरूमा कतार, इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, इन्डोनेसिया, टर्की र जोर्डन समावेश छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले ट्रम्पको २०-बुँदे गाजा योजनासँग सम्बन्धित प्रस्तावको समर्थनमा मतदान गर्‍यो । यो योजनाले अन्तर्राष्ट्रिय स्थिरीकरण बलको गठनको व्यवस्था गरेको छ ।

यस प्रस्ताव अनुसार, बलले इजरायल र इजिप्टसँग नजिकबाट काम गर्नेछ। यसले सीमावर्ती क्षेत्रहरू सुरक्षित गर्न र हमास लगायत सशस्त्र समूहहरूलाई स्थायी रूपमा निशस्त्र गर्न प्यालेस्टिनी प्रहरी बलसँग काम गर्नेछ । हमासले अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको छ, किनकि यसले प्यालेस्टिनीहरूको अधिकार र मागहरू पूरा गर्दैन ।

Read More

एसियाली डजबल च्याम्पियनसिपमा नेपालले भाग लिदै

काठमाडौँ । नेपालले एसियाली डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ ।

मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने एसियाली डजबल च्याम्पियनसिपमा नेपालबाट १२ खेलाडीसहित १८ सदस्यीय टोली सहभागी हुने भएका छन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले  खेलाडीसहितको टोलीलाई शुभकामना दिदै बिदाई गरेका छन् । कार्यक्रममा राखेप कार्यकारी समितिकी सदस्य रञ्जना प्रधान र प्रशासन विभागका विभागीय प्रमुख भोजानन्द राई पनि उपस्थित थिए ।

Read More

निर्वाचन आयोगको प्रष्टीकरण- मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच बढेको भन्ने समाचारको खण्डन गरेको छ । विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावलीमा  अनधिकृत व्यक्तिहरूको पहुँच नरहेको प्रष्ट पारेको हो ।

आयोगले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आयोग सम्बन्धी आएका दाबीहरूमा ध्यानाकर्षण भएको जनाएको छ । आयोगले भनेको छ- ‘नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको छ। यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेका छन् ।’    

आयोगले अगाडी भनेको छ- ‘निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ ।’

आयोगले सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू भएको जानकारी दिएको छ । साथै आयोगले नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश नभएको बताउदै प्रकाशन एवं प्रशारण भएका अप्रमाणित, भ्रामक तथा मिथ्या सूचना र सामग्रीहरूमा विश्वास नगर्न सबै सरोकारवालाहरूमा निर्वाचन आयोगले आग्रह गरेको छ ।

Read More