२०८३ बैशाख १३

प्रधानमन्त्री कार्कीविरूद्धको अवहेलना रिटमा लिखित जबाफ पेश गर्न आदेश

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की विरूद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जबाफ माग्ने आदेश गरेको छ।

सर्वोच्चको आदेशका बावजुद पनि सरकारले १३ देशका राजदूतलाई फिर्ता गरी अवहेलना गरेको रिटमा आइतबार न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको हो ।

रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूको लिखित जबाफ माग्ने आदेश भएको सर्वोच्चको वेबसाइटमा उल्लेख गरेको छ।

मंसिर २ गते अवहेलनाका दुई वटा छुट्टाछुट्टै रिट परेका थिए। जसमध्ये अधिवक्ता प्रेमराज सिलवालले परराष्ट्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएका थिए ।

अधिवक्ताहरू प्रतिभा उप्रेती, अनन्तराज लुइँटेल र विशाल थापाले प्रधानन्त्री सुशीला कार्की समेतलाई विपक्षी बनाएका थिए ।

Read More

भारतले जित्यो महिला टी-२० विश्वकप क्रिकेट फर द ब्लाइन्डको उपाधि

काठमाडौँ । कोलम्बोमा भएको पहिलो महिला टी-२० विश्वकप क्रिकेट फर द ब्लाइन्ड २०२५ को उपाधि भारतले जितेको छ ।

फाइनलमा भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा पाँच विकेट गुमाएर ११४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३५ रन (अवरोधित) र बिमला राईले २६ रन बनाएकी थिइन्।

भारतीय टोलीले १२.१ ओभरमा तीन विकेट गुमाएर यो लक्ष्य हासिल गरेको थियो ।

भारतका लागि करुणा के ले २७ बलमा सर्वाधिक ४२ रन बनाइन् भने फुला सरीनले २७ बलमा अविजित ४४ रन बनाइन्, जसमा चार चौका पनि समावेश छन् ।

Read More

दुई मनिचेञ्जर कम्पनी माथि राष्ट्र बैंकको कारवाही, इजाजतपत्र रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौँका दुई वटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार एक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने दुई कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । इजाजतपत्र रद्द हुने कम्पनीहरूमा काठमाडौँ महानगरपालिका ११ सुन्धारा क्षेत्रमा सञ्चालित लर्ड बुद्ध मनि एक्सचेञ्ज प्रा.लि. र स्तुपा मनिचेञ्जर प्रा.लि. रहेका छन् ।

राष्ट्र बैंकका अनुसार ती मनिचेञ्जरहरूले ‘नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को पालना गरेका छैनन् । विनियमावलीको विनियम १९ को उप–विनियम (३) मा इजाजतपत्रको म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ ।

यी दुवै कम्पनीले तोकिएको उक्त समयसीमाभित्र आफ्नो इजाजतपत्र नवीकरण गर्न नसकेकोले राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै अब यी कम्पनीहरूले मनिचेञ्जरसम्बन्धी कारोबार गर्न पाउने छैनन् ।

Read More

प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आइतवार काठमाडौंमा कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गर्दै आफु अभिभावकीय भूमिकामा रहने बताए ।

पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् । चुनाव चिन्ह आँखा राखिएको छ भने पार्टीको नेतृत्व  समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले जानकारी दिए ।

Read More

इन्डोनेसिया जाने महिला राष्ट्रिय टिमको बिदाई

काठमाडौँ । इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ ।

कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरेका छन् ।

यही मंसिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेईको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी हुने छैनन् ।

टोलीका प्रमुख प्रशिक्षक नवीन नेउपानेले इन्जुरीका कारण साम्बाले खेल्न नपाए पनि बलियो टोलीसँगको खेलमा टोलीका अन्य सदस्यलाई प्रतिभा प्रस्तुत गर्ने मौका भएको बताए। टोलीकी कप्तान एञ्जिला सुब्बाले यसप्रकारका प्रतियोगिताले आफूहरूलाई सहयोग पुग्ने धारणा राखिन् ।

Read More

लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले विराटनगर विमानस्थल नजिक जेनजी युवाहरूले रातो रङ छ्यापेर आक्रमण प्रयासको निन्दा गरेका छन् । युवा संघको कोशी प्रदेश जागरण सभामा सहभागी हुन इटहरी जाँदै गर्दा यो घटना भएको थियो ।

नेता बस्नेतले सामाजिक सञ्जालमा लेख्दै विराटनगर विमानस्थलमा गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय भएको उल्लेख गर्दै लोकतन्त्रमा विरोधको पनि मर्यादा हुने बताएका छन् । 

उनले शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार भएको भन्दै आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने बताएका छन् ।

उनले भनेका छन्:
विराटनगर विमानस्थलमा हामीमाथि अप्रित कुवँर र सञ्जोग गौतम बाट गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।

प्रहरीको तत्परताप्रति धन्यवाद । हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ । अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन। 

बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ।

Read More

प्रधानमन्त्री कार्कीमाथि अवहेलना मुद्दा: न्यायाधीश फुयाँल र मुसलमानको इजलासमा

काठमाडौं । पूर्व प्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।

अदालतले दिएको अन्तरिम आदेशको पालना नगरेको भनी प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले रिट दायर गरेका थिए । सो रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

राजदूत फिर्ता बोलाउने सरकारले गरेको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिँदै निर्णय कार्यान्वयन नगर्ने भनेको थियो । अदालतको आदेश विपरीत सरकारले विभिन्न ११ देशका राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुनेगरी फिर्ता बोलाएको थियो । ती राजदूतहरु हाल परराष्ट्रमा पुुगेर हाजिर हुने गरेका छन् ।

Read More

फिल्म ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने

काठमाडौँ । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ । निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति घोषणा संगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईको निर्माण रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा समावेश छ भने पटकथामा उनलाई किशन अर्यालले सहयोग गरेका छन्। रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, सुबास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह–निर्देशक तथा श्याम बराल मेकअप र सुकनिता चौलागाईं ड्रेस डिजाइनमा छन् ।

सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजबंशी रहेका छन्। सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका जीवन शाहीका लागि ‘स्त्री’ डेब्यु निर्देशन फिल्म हो। सामाजिक कथामा तयार भइरहेको यस चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन्। बालकलाकार दिप्सन चिलवाल पनि फिल्ममा देखिनेछन् ।

निर्माता समिर राईका अनुसार चलचित्रको हाल पोस्ट–प्रोडक्सनको काम चलिरहेको छ। नारी–केन्द्रित कथामा बनेको ‘स्त्री’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन् ।

Read More

सुशासन र पारदर्शिताको मागसहित विक्रम राजवंशीको ‘परिवर्तन सम्भव छ’ भिडियो सार्वजनीक

काठमाडौं । आशा, सत्यनिष्ठा र जिम्मेवार नागरिकको सन्देश बोकेको शक्तिशाली म्युजिक भिडियो ‘परिवर्तन सम्भव छ (A Voice of Change)’ सार्वजनिक भएको छ ।

समाजमा सकारात्मक रूपान्तरणका लागि युवापुस्तालाई एकजुट हुन प्रेरित गर्ने उद्देश्यसहित बनाइएको यो गीतले सुशासन र पारदर्शिताप्रति नयाँ पुस्ताको प्रतिबद्धता उजागर गर्छ।

चिनारीले निर्माण गरेको भिडियोमा विक्रम राजवंशीले शब्द र संगीत तयार पारेका छन् भने गायिका नेहा श्रेष्ठको दमदार स्वरले गीतलाई भावनात्मक उचाइ दिएको छ।

भिडियोले भ्रष्टाचारविरुद्ध दृढ आवाज उठाउने, जिम्मेवार नेतृत्व खोज्ने र पारदर्शी शासन व्यवस्था चाहने युवाहरूको भावना सशक्त रूपमा चित्रण गर्छ। “परिवर्तन सम्भव छ, हामी जुटौँ, हामी एक हौँ” जस्ता पंक्तिले युवाको शक्ति, एकता र परिवर्तनको आकांक्षालाई कलात्मक तर गहिरो शैलीमा प्रस्तुत गर्छ।

समग्रमा, ‘परिवर्तन सम्भव छ !’ ले जेनजी (Gen Z) पुस्ताको सोच, आवाज र सक्रियतालाई उभ्याउँदै सुशासन, उत्तरदायित्व र सकारात्मक परिवर्तनतर्फको अभियानलाई सांगीतिक संदेशका रूपमा प्रेषित गरेको छ।

उत्साह, ऊर्जा र चेतनाले भरिएको यो म्युजिक भिडियोले युवा मात्र होइन, सबै जिम्मेवार नागरिकलाई देशका लागि सक्रिय भूमिका खेल्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Read More

धनुषामा कारको ठक्करबाट महिलाको मृत्यु

धनुषा । धनुषामा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान धनुषाको मिथिला नगरपालिका-२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१- ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा मिथिला नगरपालिका- १ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् ।  उनको जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Read More