२०८३ बैशाख १३

गाजामा इजरायली सेनाको हवाई आक्रमणमा २२ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । उत्तरी र मध्य गाजामा इजरायली हवाई आक्रमणमा कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ । हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

अधिकारीहरूले शनिबार आवासीय क्षेत्रहरू सहित पाँच स्थानमा आक्रमण भएको बताएका छन् । स्थानीय स्रोतहरूले मृत्यु हुनेमा हमासका एक वरिष्ठ कमाण्डर पनि रहेको संकेत गरेका छन् । इजरायली सेनाले गाजामा लक्षित गरिएका लक्ष्यहरू शनिबार अघि भएको घटनासँग सम्बन्धित रहेको बताएको छ ।

सेनाका अनुसार, एक सशस्त्र व्यक्तिले गाजा पट्टीको पहेँलो रेखा पार गरेर इजरायली नियन्त्रित क्षेत्रमा प्रवेश गरे र सैनिकहरूमाथि गोली चलाएका थिए । हमासले इजरायलको आरोप अस्वीकार गरेको छ ।

दुवै पक्षले छ हप्ता अघि भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप एकअर्कालाई लगाएका छन् ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, युद्धविराम लागू भएदेखि इजरायली आक्रमणमा ३१० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

Read More

सुनको मुल्य २९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ४१ हजार ७ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३१३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३१०० मा कारोबार भएको थियो ।

Read More

प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा सुनुवाई आज

काठमाडौँ । प्रधानमन्त्री शुशिला कार्की विरुद्ध दायर भएको अवहेलना मुद्दाको आज सर्वाेच्च अदालतमा सुरु सुनुवाई हुने भएको छ ।

सर्वाेच्च अदालतले मंसिर ३ मा कार्की विरुद्धको मुद्दा दर्ता गरेको थियो ।  राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर कार्की विरुद्ध पहिलो अवहेलना मुद्दा दायर भएको हो ।

सर्वाेच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ मा मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाई फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए ।

कात्तिक १८ मा पेश भएको अवेहलना मुद्दा मंसिर ३ मा दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको हो ।

अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले छुट्टै र अधिवक्ता प्रेम राज सिलवालले छुट्टै निवेदन दायर गरेका थिए । कात्तिक १८ गतेको आदेश उल्लंघन भएको विषयमा प्रधानमन्त्री शुशिला कार्कीकै प्रत्यक्ष संलग्नता देखिएको भन्दै आदेश उल्लंघनउपर हदैसम्मको सजायको माग गरेका छन् ।

न्यायाधीशद्धय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले १६ गते राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने भोलीपल्टै परराष्ट्र मन्त्रालयको चलानी नम्बर ३४२५ मिति २०८२।०७।१७ को पत्राचार मार्फत एघार मुलुकका राजदूतलाई मन्त्रालयमा हाजिर हुनेगरी २० गतेभित्र फिर्ता आइसक्न अर्काे पत्राचार गरेको थियो ।

आफ्नै आदेशको पालना गराउन माग गर्दै पेश भएको निवेदनमा समेत सर्वाेच्चले सयमै दर्ता नगर्दा आदेशको पालनामा सरकारी निकायहरु उदासिन भएकोप्रति न्यायिक क्षेत्र क्षुब्द बनेको छ ।

सरकारको असोज ३० गतेको निर्णयलाई चुनौति दिंदै सर्वाेच्चमा रिट परेपछि सरकारले खाली स्थानमा नयां नियुक्ति नगर्ने नीति लिएको छ भने आदेश विपरित एघार देशबाट राजदूतहरु फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर गराइरहेको छ ।  

चुनावमा ध्यान केन्द्रित गर्नुपर्ने सरकारले राजदूत फिर्ता र नयाँ नियुक्तिमा अल्मिलिनुले निर्वाचनमा प्रयाप्त ध्यान दिन नसकेको भन्दै आलोचना हुनेगरेको छ ।  

Read More

सूर्यविनायक-धुलिखेल सडक निर्माण प्रगति ५० प्रतिशत

काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । 

यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएका छन् । निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले अहिले उपयुक्त मौसम रहेकाले निर्माणलाई तिब्रता दिन आग्रह गरे । 

उनले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उनले उल्लेख गरे । 

सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन पनि आग्रह गरे । 

दुर्व प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत रहेको छ । साँगा—धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

Read More

ट्रम्प भन्छन्- रुस-युक्रेनको अमेरिकी प्रस्ताव अन्तिम होइन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ नभएको बताएका छन् ।

यो वक्तव्य यस्तो समयमा आएको हो जब युक्रेनका सहयोगीहरूले प्रस्तावको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

शनिबार, युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ​​’न्यायपूर्ण र दिगो शान्ति’ को लागि महत्त्वपूर्ण तत्वहरू छन्, तर अझ धेरै काम आवश्यक भएको बताएका छ ।

उनीहरूले सीमा परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावमा चिन्ता व्यक्त गरेका छन् । 

आइतबार, बेलायत, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरू स्विट्जरल्याण्डको जेनेभामा यसै विषयमा छलफल गर्न भेट्नेछन् ।

ट्रम्पको शान्ति योजना रूसप्रति पक्षपाती मानिएको छ ।

यस योजनाको बारेमा प्रतिक्रिया प्रतिक्रिया दिदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  आफुले देश विरोधी काम नगर्ने स्पष्ट संदेश दिएका छन्  ।

ट्रम्पले युक्रेनलाई २८-बुँदे योजना स्वीकार गर्न नोभेम्बर २७ सम्मको समय दिएका छन्, जबकि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो योजना सम्झौताको आधार बन्न सक्ने बताएका छन् ।

उता ट्रम्पले प्रस्तावको विरोध भएपछि यो उनको अन्तिम प्रस्ताव नभएको बताएका छन् । उनले भने- ‘कुनै न कुनै तरिकाले, हामीले यो युद्ध अन्त्य गर्नुपर्छ, त्यसैले हामी यसमा काम गरिरहेका छौं ।’

Read More

चलचित्र परान ले बदल्यो सिनेमा संस्कार: तीन पुस्तादेखि कर्पोरेटसम्म हलतिर उर्लिएको भिड

काठमाडौं । पछिल्ला दिनमा एउटा नेपाली चलचित्रले दर्शकको मन मात्र होइन, सिनेमा हेर्ने तरिकासमेत बदलिदिएको छ । त्यो चलचित्र हो ‘परान’।

तपाईंले पनि ‘परान’ हेर्नुभयो? कति पटक? कोसँग? धेरैले जस्तै तपाईंले पनि परिवारैसहित हल पसेर हेर्नुभयो होला, किनकि ‘परान’ ले एउटै व्यक्तिको होइन, घरभरिका पीढीको भावना छोएको छ।

फिल्म हेरेर आएका धेरै दर्शकले अर्को दिन परिवारका सबै सदस्यलाई साथमा लिएर पुनः हल धाएको दृश्य देशभरका मल हलहरूले देखेका छन्। एउटै लहरमा बसेका तीन पुस्ता-हजुरबा, बुवा–आमा र साना बालबालिका, एकैसाथ चलचित्रको भावनामा डुबेको दृश्य ‘परान’ को असली प्रभाव बनेको छ। नेपाली चलचित्रमा यति सर्वव्यापी पारिवारिक आकर्षण देखिनु दुर्लभ दृश्य मानिन्छ।

कर्पोरेट हाउसले सुरू गरे सामूहिक ‘मुभी डे’ को परम्परा
फिल्म ‘परान’ ले हलतर्फ तानेको केवल परिवार मात्र होइन, कार्यालय र संस्थाहरू समेत सामूहिक रूपमा हल बुक गरेर कर्मचारीलाई फिल्म हेर्न लगाउने नयाँ संस्कृति पनि बढिरहेको छ।

पहिले साथीको ग्रुप वा जोडीमा फिल्म हेर्ने चलन थियो। तर ‘परान’ पछि ठूला–ठूला कर्पोरेट हाउसहरूले नै कार्यालयका सबै कर्मचारीलाई लिएर हल पुग्ने क्रम तीव्र भएको छ। दर्जनौँ कम्पनीहरूले आफ्ना कर्मचारीसँगै ‘परान’ हेरेर सामूहिक मनोरञ्जन र भावनात्मक अनुभव बाँडेका छन्।

यही क्रममा अग्नि ग्रुप ले पनि बिहीबार आफ्ना २५० कर्मचारी र उनीहरूको परिवारलाई लिएर सिभिल मलमा ‘परान’ हेरेर विशेष शो आयोजना गर्‍यो।

परान नेपाली समाजको मौलिक कथा हो: सुसन वैद्य श्रेष्ठ
चलचित्र हेरेपछि अग्नि ग्रुपकी कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठ भावुक सुनिइन्। “फिल्मले नेपाली समाजको मौलिक कथा पस्केको छ। बुढेसकालमा बाबु-आमालाई छाडेर विदेश भाग्ने सोचलाई यसले सकारात्मक तरिकाले चुनौती दिएको छ। यस्तो सन्देशमूलक फिल्म नेपाली चलचित्र उद्योगका लागि अत्यावश्यक छ,” उनले भनिन् ।

एक बाबुको माया खोज्ने भावनात्मक कथा
‘परान’ ले जीवनको उत्तरार्धमा सन्तानको माया, साथ र अपनत्व खोजिरहेका एक बाबुको पीडादायी तर मन छुने यात्रा चित्रण गर्छ। वरिष्ठ अभिनेता नीर शाह ले यस भावनात्मक भूमिकामा प्रबलीक अभिनय प्रस्तुत गरेका छन्।

परिवार, समाज र पुस्ताबीचको भावनात्मक सम्बन्ध उजागर गर्ने कथाले दर्शकलाई हलमै रुवाएको छ र बाहिर निस्कँदा आफ्नो परिवारप्रति अझ नजिकिएको अनुभूति गराएको छ।

नेपालमा फिल्मले सिर्जना गरेको यस्तो सामूहिक प्रभावले ‘परान’ केवल एउटा चलचित्र नभई एक सामाजिक संवादको विषय बनेको छ। परिवारसँग बस्ने, बाबु-आमाप्रति कुन्तल कर्तव्य सम्झाउने, र नेपाली चलचित्र उद्योगमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने प्रमाण दिने।

Read More

नेपालमा पहिलो पटक ग्लोबल म्याथ डिबेट लिग: अब गणित बहसको भाषा बन्ने

काठमाडौं । नेपालमा पहिलो पटक गणितलाई बहस, तर्क र सिर्जनशीलतासँग जोड्ने अनौठो प्लेटफर्म ग्लोबल म्याथ डिबेट लिग (GMDL) सुरु हुने भएको छ।

एम्बार्क अनम्याथले जनवरी २०२६ मा हुने यो बहुप्रतिक्षित कार्यक्रम नेपालमा ल्याउँने भएको हो । जसको नलेज पार्टनरका रूपमा ब्रिटानिका एजुकेशन रहनेछ ।

गणितलाई अंक र सूत्रमा मात्र सीमित नराख्ने उद्देश्यसहित सुरु गरिएको GMDL ले विद्यार्थीसँगै शिक्षक र अभिभावकलाई पनि नयाँ सोचमा डुबाउने छ। यहाँ गणित समस्याको उत्तर खोज्ने विषय मात्र होइन, विचार प्रस्तुत गर्ने, तर्क गर्ने र वास्तविक जीवनसँग जोडेर बुझ्ने माध्यम बन्नेछ।

अनम्याथका सह–संस्थापक दिवेश बथिजाले यो कार्यक्रमले विद्यार्थीको सोचाइमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
“ग्लोबल म्याथ डिबेट लिग गणना मात्र होइन, सोच्ने र बुझ्ने तरिकामै परिवर्तन ल्याउने यात्रा हो,” बथिजाले भने, “विद्यार्थीहरूलाई बहस गर्न, चुनौती लिन र गणितलाई नयाँ ढंगले जीवन्त रूपमा अनुभव गर्न अवसर मिल्नेछ।”

देशभरका विद्यालयका ५ हजार बढी विद्यार्थी स्क्रिनिङ राउन्ड, क्षेत्रीय छनोट र राष्ट्रिय फाइनल मार्फत तीन चरणमा प्रतिस्पर्धामा उत्रिनेछन् । यसले नेपालका विभिन्न क्षेत्रमा गणितीय संवाद र सौहार्दपूर्ण प्रतिस्पर्धाको माहोल सिर्जना गर्ने अपेक्षा आयोजकले गरेको छ।

विश्वसनीय ज्ञानको २५० वर्षको इतिहास बोकेको ब्रिटानिका एजुकेशनले हाल आधुनिक डिजिटल उपकरणमार्फत सिकाइको प्रभावकारिता बढाउँदै आएको छ। नेपालभरका विद्यालयहरूसँग सहकार्य गर्दै, उनीहरूले शिक्षकलाई समय बचत गर्ने, विद्यार्थीको जिज्ञासा बढाउने र आलोचनात्मक सोच विकास गर्ने स्रोतहरू उपलब्ध गराइरहेका छन्।

सन् २०१२ मा स्थापित अनम्याथ स्कूलले गणित सिकाइलाई अनुभवात्मक, रोचक र अर्थपूर्ण बनाउने अभियान सञ्चालन गर्दै आएको छ। द ग्लोबल म्याथ डिबेट लिगसहित म्याथ म्याराथन र स्पेस म्याथ जस्ता कार्यक्रममार्फत अनम्याथले विद्यार्थीलाई गणितसँग वास्तविक जीवनको सम्बन्ध जोड्न प्रेरित गर्दै आएको छ।

नेपालमा पहिलो पटक गणित र बहसको यस्तो संयोजन देखिन लाग्दा विद्यार्थी, शिक्षक र अभिभावक सबैमा उत्साह जागेको छ। आगामी जनवरीमा सुरु हुने GMDL ले नेपालको शैक्षिक क्षेत्रमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।

Read More

टाइटानिक यात्रुको घडी कीर्तिमानी मूल्यमा लिलामी

काठमाडौँ । टाइटानिक दुर्घटनामा मृत्यु भएका एक यात्रुको सुनको पकेट घडी लिलामीमा १.७८ मिलियन पाउण्ड अर्थात लगभग ३३ करोड २५ लाखमा बिक्री भएको छ।

इसिडोर स्ट्रस र उनकी श्रीमती इडा, साउथह्याम्प्टनबाट न्यूयोर्क जाँदै गर्दा अप्रिल १४, १९१२ मा टाइटानिक हिमशिलासँग ठोक्किँदा मृत्यु भएका लगभग १५ सय जनामध्ये थिए । दुर्घटनाको केही दिनपछि एट्लान्टिकबाट उनीहरूको शव बरामद गरिएको थियो र उनीहरूको सामानमा १८ क्यारेट सुनको जुल्स जुर्गेनसेन पकेट घडी पनि समावेश थियो ।

घडी स्ट्रस परिवारमा संरक्षित गरिएको थियो र शनिबार विल्टशायरको डेभाइजेसमा रहेको हेनरी एल्ड्रिज एन्ड सन अक्सनियर्समा बेचिएको थियो ।

स्ट्रस एक अमेरिकी व्यापारी, राजनीतिज्ञ र न्यूयोर्कमा मेसीको डिपार्टमेन्ट स्टोरका सह-मालिक थिए । दुर्घटना पछि, उनकी श्रीमतीले लाइफबोटमा ठाउँ दिन अस्वीकार गरेको विश्वास गरिन्छ किनभने उनी आफ्नो पतिलाई छोड्न चाहन्नन् र उनीसँगै मर्ने बताएकी थिइन् ।

इडा स्ट्रसले जहाजमा चढ्दा टाइटानिक स्टेशनरीमा लेखिएको एउटा पत्र पोस्ट गरेकी थिइन् । यो पत्र लिलामीमा एक लाख पाउण्ड अर्थात करिब एक करोड ८७ लाखमा बिक्री भएको थियो ।

टाइटानिकका सम्झना वस्तुहरूको यो लिलामीले कुल ३० मिलियन पाउण्ड अर्थात् लगभग ५ अर्ब ६० करोड उठाएको बताइएको छ । 

Read More

कोप ३० सम्झौता बिना सम्पन्न

काठमाडौँ । विवाद पछि, ब्राजिलको बेलेममा भएको संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन (कोप ३०) जीवाश्म इन्धनको बारेमा कुनै सम्झौता बिना नै समाप्त भएको छ ।

यो बेलायत र युरोपेली संघसहित ८० भन्दा बढी देशहरूका लागि निराशाजनक भएको छ, जसले बैठकले तेल, कोइला र ग्यासको प्रयोग घटाउने विषयमा सम्झौतामा पुग्न चाहन्थे ।

यद्यपि, तेल उत्पादक देशहरूले जोड दिए,  उनीहरूसँग आफ्नो अर्थतन्त्र बढाउन आफ्नो जीवाश्म इन्धन स्रोतहरू प्रयोग गर्ने अधिकार हुनुपर्छ ।

यो बैठक त्यस्तो समयमा भएको छ जब संयुक्त राष्ट्र संघले विश्वव्यापी तापक्रम वृद्धिलाई पूर्व-औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासहरू असफल भएको देखिन्छ।

शनिबारको अन्तिम पूर्ण बैठकमा कोलम्बियाका प्रतिनिधिले देशहरूलाई सम्झौताको विरोध गर्नबाट रोकिएको तथ्यको कडा आलोचना गरेका थिए ।

अन्तिम सम्झौताले देशहरूलाई ‘स्वेच्छाले जीवाश्म इन्धन घटाउन’ आह्वान गर्दछ ।

यो पहिलो पटक हो जब संयुक्त राज्य अमेरिकाले जलवायु शिखर सम्मेलनमा प्रतिनिधि पठाएको छैन । राष्ट्रपति ट्रम्पले अमेरिकालाई पेरिस सम्झौताबाट फिर्ता लिएका छन् र जलवायु परिवर्तनलाई ‘छल’ भनेका छन् ।

Read More

हार्भेमाथि पिएसजीको शानदार जित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले ले हार्भेलाई पराजित गरेको छ ।   

गएराती सम्पन्न खेलमा पिएसजीले हार्भेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ली कांग इन, जोआओ नेभेज र ब्राडली बार्कोलाले एक एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको १३ खेलमा ३० अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै ला हार्भेको १३ खेलमा १४ अंक रहेको छ ।

Read More