२०८३ बैशाख १३

लिभरपुलमाथि नोट्टीङघमको शानदार जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल पराजित भएको छ । गएराती सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले लिभरपुलमाथि शानदार ३-० को जित हासिल गरेको छ ।

नोट्टीङघमको जितमा मुरिल्लो, निकोलो साभोना र मोर्गन गिब्स ह्वाइटले एक एक गोल गरेका थिए ।

यो जितपछि नोट्टीङघम फोरेस्टको १२ खेलमा १२ अंक भएको छ र लिगमा १२औं स्थानमा उक्लिएको छ ।

त्यस्तै लिभरपुलको भने यो यस सिजनको छैटौं हार हो । यो हारपछि लिभरपुलको १२ खेलमा १६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

Read More

एच५एन५ भेरियन्टको पहिलो मृत्यु पुष्टि

काठमाडौँ । अमेरिकाको वाशिंगटन डीसीमा एच५एन५ बर्ड फ्लूको उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको छ ।

राज्य स्वास्थ्य विभागका अनुसार, यो विश्वमा एच५एन५ भेरियन्टको पहिलो मृत्यु पुष्टि भएको हो ।

मृतक व्यक्ति ग्रे हार्बर काउन्टीका थिए । उनी वृद्ध थिए । स्वास्थ्य विभागका अनुसार, उनको घरमा कुखुरासहित धेरै प्रकारका घरेलु चराहरू थिए । चराहरूको बस्ने ठाउँहरूमा पनि बर्ड फ्लूको निशान भेटिएको थियो ।

यसले संक्रमणको सबैभन्दा सम्भावित स्रोत यी चराहरू वा नजिकैका जंगली चराहरू थिए भन्ने पुष्टि भएको छ । विभागले आम जनताको लागि जोखिम धेरै कम रहेको बताएको छ । यस केससँग सम्बन्धित अन्य कुनै पनि व्यक्तिमा यो भाइरस संक्रमणको पुष्टि भएको छैन ।

Read More

न्यूक्यासलसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । न्यूक्यासल युनाइटेडको जितमा हार्भी बार्नेसले २ गोल गरेका थिए । त्यस्तै रुबेन डियाजले एक गोल गरेका थिए ।

यो जितपछि न्यूक्यासलको १२ खेलमा १५ अंक भएको छ र लिगमा १२औं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको यस सिजनमा यो चौथो हार हो । सिटीको १२ खेलमा २२ अंक रहेको छ र हाल तेस्रो स्थानमा छ ।

Read More

प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुदै

काठमाडौँ । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारसहितका नेताहरुले आज नयाँ दल घोषणा गर्दैछन् ।

बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको प्रगतिशील अभियान र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारलगायत मिलेर गठन हुन लागेको प्रगतिशिल लोकतान्त्रिक पार्टीको औपचारिक घोषणा आज हुन लागेको हो ।

पार्टी अध्यक्ष परिषद बनाएर नेतृत्व चयन गर्ने तयारी भएको नेताहरुले जानकारी दिएका छन् । पाँच जनासम्मको अध्यक्ष परिषद र एक संरक्षक बनाउने मोटामोटी सहमति भएको छ । त्यस्तै १५१ सदस्यीय केन्द्रीय समित बनाउने तयारी भएको छ ।

बृहत एकता घोषणा सभा नाम दिइएको कायर्क्रम बिहान ११ बजे राष्ट्रिय सभा गृहमा हुने बताइएको छ । 

Read More

दुर्गा प्रसाईं नेतृत्वको अभियानले आज गर्ने भनेको बन्दसहित आम हड्तालको कार्यक्रम फिर्ता लियो

काठमाडौँ । सरकारसँगको सहमतिपछि दुर्गा प्रसाई नेतृत्वक राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आजका लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ ।

शनिबार सरकार र अभियानका प्रतिनिधिबीच बालुवाटारमा वार्तापछि अभियानले आइतबार गर्ने भनेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल फिर्ता लिन सहमत भएको सरकार र अभियानबीच भएको सहमतिमा उल्लेख छ ।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको र छलफल क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको उल्लेख छ ।

वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोलीसहित अधिवक्ताहरु विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं सहभागी थिय भने 

सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्द नारायण तिमिल्सिना लगायतको उपस्थिति थियो ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको र हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै आज राती कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

Read More

२०८२ मंसिर ७ गते आइतबार: आजको राशिफल

आज मंसिर ७ गते आइतबार ईस २०२५  नोभेम्बर २३ नेपाल सम्बत ११४६ कछलागा तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण तृतीया, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, धृति योग, तैतिल करण ।

आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रवर्ग र कुलकुटुम्बसँग सहयोग आदानरप्रदान गर्ने दिन हो । सानो प्रयासले घरायसी सुख र धनवैभव जम्मा पार्न सकिने छ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पद्र्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । परहीत र सामाजिक काममा दौडधूप हुनसक्छ । सेवाभावना र धार्मिक स्वभावको उदय हुनेछ । भोगविलास र सांसारिकताप्रतिको मोह घट्न सक्छ । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिकरपारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सज्जन, विद्वान र भद्रभलादमीको सङ्गत हुने राम्रो दिन छ । आज न्यायसम्पादन, प्रशासनिक क्षेत्र र राजनैतिक वृत्तका काम अघि सार्ने समय हो । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पद्र्धामा विजय प्राप्त हुने दिन हो । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन्भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । मातृसुखमा प्रभाव पर्ने समय भएकाले घरमा सम्पर्क राखी आमाको स्वास्थ्यस्थितिबारे जानकारी लिनु ठीक हुन्छ, सहकर्मीसित असमझदारी बढ्नाले तनावको स्थिति बन्नसक्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अठोट र निणर्यहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ, आज कुनै कुनै समयमा तपाईं अरु वेलाभन्दा अलि बढी कठोर भएको महसुस हुनेछ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ ।

Read More