२०८३ बैशाख १३

शक्ति-प्रदर्शनमा जसपा: बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र, मङ्सिर-पुसमा देशभर आन्दोलन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

त्यसैगरी, जसपा नेपालले मङ्सीर ११ गते देखी १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।

जसपा नेपालले मङ्सीर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरु अङ्कित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यलयहरू अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मंसिर २७ गतेदेखि पौष ४ गतेसम्म जिल्लास्तरीय विरोधसभा-जनसभा आयोजना गर्ने बताइएको छ ।

जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोधसभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते विरगंज, पुस १७ गते भैरहवामा तय गरिएको छ ।

यसका अतिरिक्त अन्य विरोधका कार्यक्रमहरु पार्टीको जिल्ला समिति वा प्रदेश समितिले निर्णय गर्न सक्ने बस्नेतले बताएका छन् ।

Read More

संसदमा बुर्का लगाएपछि अष्ट्रेलियाली सांसद ७ दिनका लागि निलम्बित

काठमाडौँ । अष्ट्रेलियाली संसदको माथिल्लो सदन सिनेटले दक्षिणपन्थी सांसद पाउलिन ह्यान्सनलाई सात दिनका लागि निलम्बन गरेको छ ।

उनी बुर्का लगाएर संसदमा उपस्थित भएपछि उनको व्यापक विरोध भएको थियो । धेरै सांसदहरूले यो मुस्लिम समुदायको अपमान भएको बताएपछि उनलाई निलम्बन गरिएको छ ।

ह्यान्सनले संसदमा बुर्का र अनुहार ढाक्ने अन्य पोशाकहरू प्रतिबन्ध लगाउने प्रस्ताव पेश गर्ने योजना बनाएकी थिइन्, तर अनुमति अस्वीकार गरियो । त्यसपछि, उनले विरोध गर्न बुर्का लगाएकी थिइन् । मुस्लिम सांसदहरूले उनलाई जातिवाद र धार्मिक भेदभावको आरोप लगाए ।

अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले ह्यान्सनको कार्य घृणा फैलाउने र विभाजनकारी भएको भन्दै आलोचना गरिन् । उनले ह्यान्सनले लगभग १० लाख मुस्लिम अष्ट्रेलियालीहरूको अपमान गरेको बताइन । सिनेटले ५५-५ को मतले ह्यान्सनविरुद्ध निन्दा प्रस्ताव समेत पारित गरेको छ ।

ह्यान्सन र उनको पार्टी, वान नेशनले पहिले देखि नै कडा आप्रवासन नियम र मुस्लिम पोशाककोविरुद्ध अभियान चलाइरहेको छ । पार्टीको हालैको सिट वृद्धिले उनीहरूको आवाजलाई बलियो बनाएको छ ।

निलम्बन गरिसकेपछि पनि, ह्यान्सनले यदि बैंकहरूमा हेलमेट हटाउन सकिन्छ भने, बुर्का किन नहटाउने ? उनले स्पष्ट रूपमा भनिन्, उनले आफ्नो अभियान जारी राख्ने र जनतामा जाने बताएकी छन् । यो उनले पहिलो पटक गरेकी भने होइनन् । २०१७ मा, ह्यान्सनले संसदमा बुर्का लगाएर देशव्यापी प्रतिबन्धको माग गरेकी थिइन् ।

Read More

अभिकर्तालाई शक्तिकेन्द्र बनाउँदै क्रेस्ट माइक्रो लाइफ: हेटौडामा अभिमुखिकरण र सम्मान सम्पन्न

काठमाडौं । क्रेस्ट माइक्रो लाइफले हेटौडामा आफ्नो अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

नेपालकै विश्वासिलो लघु जीवन बीमा कम्पनीका रूपमा परिचित क्रेस्ट माइक्रो लाइफले अभिकर्ता सञ्जाललाई अझ सुदृढ बनाउने उद्देश्यसहित तालिम तथा सम्मान कार्यक्रम आयोजनामा सक्रियता बढाउँदै आएको छ।

फेमस तास हाउस रेस्टुरेन्ट, हेटौडामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. र बजार प्रमुख दिनेश खड्काको विशेष उपस्थितिमा अभिकर्ताहरूलाई आवश्यक जानकारी, मार्गदर्शन तथा प्रोत्साहन प्रदान गरिएको थियो। क्षेत्रीय प्रमुख अजय फुयलले सञ्चालन गरेको कार्यक्रममा हेटौडा तथा वरपरका क्षेत्रबाट उल्लेखनीय संख्यामा अभिकर्ताहरू सहभागी भएका थिए।

कार्यक्रमका दौरान उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। सम्मान ग्रहणपछि अभिकर्ताहरूले व्यक्तिगत संवादमार्फत आफ्नो अनुभव र सुझाव साझा गर्दै कार्यक्रममा सहभागिताले थप ऊर्जा, प्रेरणा र पेशागत उत्साह प्राप्त भएको बताए। उनीहरूले कम्पनीका आगामी योजना तथा लक्ष्यमा सक्रिय योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.ले लघु बीमा क्षेत्र विस्तारमा अभिकर्ताको भूमिका निर्णायक रहेको उल्लेख गर्दै कम्पनी अभिकर्ता सञ्जाललाई सुदृढ बनाउन निरन्तर कार्यरत रहेको जानकारी दिए। बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भाव्यता, बजार विस्तारका रणनीति तथा अभिकर्ताहरूले तयार पार्नुपर्ने योजनाको बारेमा विस्तृत प्रस्तुति दिए।

कम्पनीले अभिकर्ता क्षमता अभिवृद्धि तथा नेटवर्क विस्तारलाई निरन्तर प्राथमिकतामा राख्ने बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने तयारी गरेको छ।

Read More

एनपीएल: काठमाडौँले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाउदै १५७ रन बनाएको हो ।

काठमाडौँका लागि कप्तान करण केसीले ११ बलमा ३४ रन बनाएका थिए । त्यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिंद कुमार र जेरहार्ड इरासमासले १७-१७ रन बनाएका थिए ।

त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नैब र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए ।

Read More

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले विजयी शुरुवात, साउदी अरेबियामाथि ८ विकेटको जित

काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत नेपालले विजयी शुरुवात गरेको छ । नेपालले साउदी अरेबियालाई ९ विकेटले पराजित गरेको हो ।

साउदी अरेबियाले दिएको २१९ रनको लक्ष्य पछाएको नेपालले ३०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि निरज कुमार यादवले ११४ रनको शतकीय पारी खेलेका थिए भने निश्चल क्षेत्रीले अविजित ६६ त् वंश क्षेत्रीले ३० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको थियो ।

साउदी अरेबियाका लागि मोहमद जुबेर सुनासाराले ४८, मोहमद रेहान सिद्धिकीले ४१ रन बनाए भने ओमैर अहमद वहावले ३९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, शुसिल बहादुर रावल, किब्रिन श्रेष्ठ र दर्शन सुनारले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल हङकङविरुद्ध नोभेम्बर २७ मा खेल्दैछ ।   

Read More

विश्वकपमा उपविजेता बनेको नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानले दियो १० लाख

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो महिला टी-२० विश्वकप २०२५ – दृष्टिविहीन क्रिकेटमा उपविजेता भएको नेपाली टिमलाई १० लाख नगद दिएको छ ।

मंगलबार टियु क्रिकेट मैदानमा नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई सम्मान गर्दै क्यानले १० लाख रकम हस्तान्तरण गरेको हो ।

सो अवसरमा आजको एनपीएल खेल्ने टिम लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजका खेलाडी र प्रशिक्षण टिमले समेत नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई भेटेर बधाई दिएका थिए ।

नेपाली दृष्टिविहीन महिला क्रिकेट टिम श्रीलंकाको कोलम्बोमा भएको फाइनल खेलमा भारतसँग पराजित हुदै उपविजेता बनेको थियो ।

Read More

ईश्वर पोखरेलले गरे अध्यक्षमा उम्मेदवारीको घोषणा, ओलीलाई सहज निकास दिन आग्रह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै पोखरेलले पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका साथीहरूले गरेको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उल्लेख गरेका छन् । 

उनले पार्टीका नेताहरुको योग्यता, क्षमता र रूचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न आफु प्रतिबद्ध रहेको समेत बताएका छन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावकको भूमिकामा बसेर सहज निकास दिन समेत आग्रह गरेका छन् । उनले भनेका छन्- ‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु ।’ 

त्यस्तै पोखरेलले आफु अध्यक्ष भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाउने समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्- चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालीसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्केर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो। पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा–हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वन्चित गरिदा पार्टीलाई वैचारिक रूपमा थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ, उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’

एमालेको ११औं केन्द्रीय महाधिवेशन यहि मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुदैछ । 

Read More

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाइ

काठमाडौं । नेपाली सिने क्षेत्रको उल्लेखनीय प्रस्तुति मानिएको फिल्म ‘परान’ विश्वका धेरै देशहरुमा अत्यन्त सफलतापूर्वक प्रदर्शन भइरहेको छ।

यो फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा मात्र ६० लाख नेरु भन्दा बढी कमाउन सफल भएको छ।

अष्ट्रेलियाली वितरण व्यवस्थापनका अनुसार अहिले अष्ट्रेलिया प्रतिष्ठित मल्टिप्लेक्सहरूमा दैनिक रूपमा प्रदर्शन भइरहेको छ। अष्ट्रेलियाका विभिन्न राज्य NSW, Victoria, ACT, Tasmania, Adelaide, Perth, Queensland र Darwin का धेरैजसो हलहरूमा ‘परान’ को शो जारी छ।

अष्ट्रेलियामा दर्शकहरूको उत्साह निरन्तर बढिरहेको बताउँदै आयोजक Namaste Entertainment Australia ले इच्छुक दर्शकहरूलाई हलको समयतालिका हेरी समयमा नै टिकट बुक गर्न आग्रह गरेको छ। ‘परान’ विश्वका विभिन्न मुलुकमा पनि अत्यन्त सफलतापूर्वक प्रदर्शन भइरहेको छ। उत्कृष्ट कथावस्तु, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकमाझ फिल्मले अपूर्व सकारात्मक प्रतिक्रिया बटुलेको छ।

‘परान’ अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि वर्षकै सफल नेपाली फिल्महरू मध्ये एकका रूपमा स्थापित बन्दै गएको छ। अहिलेसम्म अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, कोरिया, माल्टा, पोर्चुगल, फिनल्यान्ड र बेलायतमा दर्शकहरूको उत्साह, समर्थन र भरपूर प्रेमका कारण अतिरिक्त शो थप्ने मागसमेत बढ्दो रहेको वितरक 7Seas Cinema ले जनाएको छ।

फिल्मका लेखक तथा निर्देशक दीपक प्रसाद आचार्यले अन्तर्राष्ट्रिय दर्शकबाट प्राप्त समर्थनले हर्षित भएको बताउँदै सबैप्रति कृतज्ञता प्रकट गरेका छन्।

Read More

व्यापार सहजीकरण र हवाई सेवा बिस्तारका लागि श्रीलङकाकी राजदूतसँग चेम्बरको छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलङकाकी राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको छ ।

नेपाल र श्रीलङबीच कुटनीतिक सम्वन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्वन्ध ऐतिहासिक रहेको पृष्ठभूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुवै देशले लाभ लिन सक्नुपर्ने विषयमा छलफल भएको थियो । 

राजदूत डेल्पितीयासँग चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल श्रीलंकाबीचको व्यापारको आकार बार्षिक औषतमा मुस्किलले २ दशमलव ५ मिलियन अमेरिकी डलर मात्रै रहेको र नेपालको निर्यात निकै कम रहेको बताए ।

नेपालले १ दशमलव ४० मिलियन अमेरिकी डलर बराबरको बस्तु आयात गर्दा शुन्य दशमलव ७० मिलियन डलरको मात्रै निर्यात गरिरहेको अध्यक्ष अग्रवालले बताए । 

दुवै देशका चेम्बर प्रतिनिधीहरुबीच दुई पक्षीय भेटवार्ता, हवाई सेवा विस्तार गरेर पर्यटक आवागमनमा वृद्धि, कृषि तथा जलविद्युत, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माण जस्ता क्षेत्रमा दुईपक्षीय लगानी एवं व्यापार सहजीकरण गर्नेबारे राजदूत समक्ष चेम्बरले प्रस्ताव गरेको थियो । 

चेम्बरले सातामा कम्तिमा एउटा उडान श्रीलङका–लुम्विनी एवं लुम्विनी श्रीलङका सीधा हवाई सेवा संचालन गरेर पर्यटकहरु आर्कषित गर्न सकिने धारणा राखेको छ । यसबाट श्रीलङकका बौद्ध धर्मावलम्वीहरुलाई नेपालमा आर्कषित गर्न सकिने अध्यक्ष अग्रवालले बताए ।

यस्तै श्रीलङका भ्रमणका लागि जाने नेपाली पर्यटकहरुलाई फ्रि भिषाको व्यवस्था गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बर पदाधिकारीहरुसँगको भेटवार्ताका क्रममा राजदूत डेल्पितीयाले नेपालसँग व्यापार अभिवृद्धिबारे सम्भावनाका विभिन्न विकल्प तथा व्यापार सहजीकरणका लागि आफुले पहल गरिरहेको बताएकी थिइन् । 

श्रीलंकामा आगामी जुनमा हुने अन्तराष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर पदाधिकारी समक्ष उनले आग्रह गरेकी थिइन् ।

Read More

मन्त्रिपरिषद्को बैठकका १४ निर्णय सार्बजनिक

काठमाडौं । मङ्सिर ८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १४ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

Read More