२०८३ बैशाख १३

बूढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार

काठमाडौं । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । दुवै जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले दुवै आयोजनाको वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिंदै त्यसलाई आवश्यक स्वीकृतिका लागि पेश गर्न निर्देशन दिएक छन् ।उनले दुवै आयोजना लामो समयदेखि चर्चामा मात्र रहेकाले अब लगानी मोडालिटी टुंगो लगाएर निर्माणमा लैजानु पर्ने बताए ।

नेपाल विद्युत प्राधिकरणको शेयर निश्कासन गर्ने, ऊर्जा वण्ड जारी गर्ने, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट सङ्कलित रकम, वैदेशिक रोजगारीमा रहेका तथा गैह्र आवासीय नेपाली र आमसर्वसाधारणलाई सेयर निश्कासन गरी आयोजनामा लगानी जुटाउने प्रस्ताव गरिएको छ ।

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी
– धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । निर्माण अवधिको व्याज ३२ अर्बसहित आयोजनाको लागि ४ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । निर्माण अवधिको व्याजसहित कूल लागतका आधारमा कर्जा र स्वःपूँजी (इक्विटी) अनुपात ७० र ३० प्रतिशत रहने गरी मोडालिटी तयार गरिएको छ । आयोजनाको प्रवर्धक बूढीगण्डकी कम्पनी लिमिटेडमा नेपाल सरकारको ८० र नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत शेयर स्वामित्व रहने छ ।

– आयोजना सम्पन्न भएपछि वा निर्माणको अन्तिम चरणमा वास्तविक वित्तीय सूचकलाई समेत दृष्टिगत गरी उपयूक्तता र सम्भाव्यताको आधारमा केही प्रतिशत शेयर सर्वसाधारणलाई जारी गरी कर्जाको भार घटाउन वा  सरकारको शेयर पुर्नसंरचना गर्न सकिने प्रस्ताव गरिएको छ ।

– सरकारको आयोजनामा इक्विटी वापत ९७ अर्ब ४७ करोड र सहुलितपूर्ण कर्जा वापत १ खर्ब ५० अर्ब गरी कूल २ खर्ब ४८ अर्ब रुयौयाँ लगानी रहने छ । सरकारबाट हालसम्म आयोजनामा भएको ४५ अर्व  रुपैयाँ कम्पनीमा गरेको शेयर लगानीमा रुपान्तरणको प्रस्ताव गरिएको छ ।

– आयोजनाको निर्माणका क्रममा भन्सार तथा मूल्य अभिबृद्धि कर बापतको रकमसमेत सरकारले यस आयोजनामा लगानी गर्नु पर्ने प्रस्ताव छ । पेट्रोलियम पदार्थको आयातमा भन्सार विन्दुमा लगाउँदै आएको पूर्वाधार करको ५० प्रतिशत रकम आयोजनामा लगानीका लागि छुट्याउनु पर्ने प्रस्ताव गरिएको छ ।

– हालसम्मको लगानी घटाउँदा आयोजनामा सरकारको लगानी हुने २ खर्ब २८ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिनु पर्नेछ । प्राधिकरणले आयोजनामा इक्विटी वापत २४ अर्ब ३७ करोड रुपैयाँ लगानी गर्ने छ । वित्तीय लागत घटाई आयोजनालाई सम्भाव्य बनाउ सरकारको सहजीकरणमा अनिवार्य तरलता अनुपातमा गणना हुने गरी ३० अर्ब रुपैयाँको ऊर्जा बण्ड जारी गर्नु प्रस्ताव गरिएको छ । उक्त बण्ड बैक तथा वित्तीय संस्था, बीमा तथा पुनर्बीमा कम्पनी र सार्वजनिक कोषले खरिद गर्न सक्नेछन् । बैक तथा वित्तीय संस्थाबाट १ खर्ब ४ अर्ब रुपैयाँ ऋण प्रवाह हुने छ । कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा तथा पुनर्बीमा कम्पनी,एचआइडिसिएल, नेपाल टेलिकम र वाणिज्य बैंकहरुको सहवित्तीयकरणमार्फत उठाउने प्रस्ताव गरिएको छ ।

– आयोजनाबाट हिउँदयाममा १ अर्ब ४१ करोड र वर्षायाममा १ अर्ब ९७ करोड युनिट गरी ३ अर्ब ३८ करोड युनिट विद्युत उत्पादन हुने छ । विद्युत खरिद बिक्री दर हिउँदयाम र वर्षायामका लागि क्रमश ः १२.४० र ७.१० रुपैयाँ प्रतियुनिट रहने प्रस्ताव गरिएको छ । यसरी आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि वार्षिक रुपमा ३१ अर्ब ४८ करोड रुपैयाँ आम्दानी हुनेछ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि पचास वर्ष रकने प्रस्ताव गरिएको छ । आयोजना ८ वर्षभित्रमा निर्माण सम्पन्न भएमा ४२ वर्ष विद्युत उत्पादन हुनेछ ।

– आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र टेण्डर कागजात तयारी अवस्थामा रहेका छन् । आयोजनाको सबैभन्दा जटिल मानिएको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत छ । जग्गाको मुआब्जा, संरचना, बोटबिरुवा तथा फलपूmको क्षतिपूर्ति बापत जग्गाधनीलाई ४२ अर्ब ६५ रुपैयाँ वितरण गरिएको छ । आयोजनाबाट भौतिक तथा आर्थिक रुपमा गोरखा र धादिङका ८ हजार एक सय १७ घरपरिवारका प्रभावित हुने छन् । यसमध्ये ३ हजार ५ सय ६० घरपरिवार पूर्ण रुपमा विस्थापित हुने छन् ।

– काठमाडौं, चितवन, पोखरा जस्ता विद्युत् भार (लोड) सेन्टरबाट नजिक रहेका कारण पनि बूढीगण्डकी ऊर्जा सुरक्षाका दृष्टिकोणबाट रणनीतिक महत्वको रहेको छ । गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि २६३ मिटर अग्लो कर्भेचरयुक्त आर्च बाँध बनाइने छ । जसबाट धादिङका साविकका १४ गाविस (हाल ४ गाउँपालिका तथा १ नगरपालिका) र गोरखाका १३ गाविस (हाल ४ गाउँपालिका) प्रभावित हुने छन् ।

– बाँध बाँधेपछि धुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटर फैलने छ । बुढीगण्डकीमा बन्ने ६३ वर्ग किलोमिटरको कारण रोजगारी, व्यवसाय, पर्यटन हव, माछापालन, तल्लो तटीय लाभ लिन सकिने अवस्था छ । आयोजनाको अधिकतम जलशतह ५४० मि.सम्म रहने छ ।

अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी
– नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यबृद्धिलगायतसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको छ । अपर अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।

– ३० प्रतिशत इक्विटीलाई शत्प्रतिशत मानी त्यसको ५१ प्रतिशत संस्थापन र ४९ प्रतिशत साधारण सेयर रहने प्रस्ताव गरिएको छ । संस्थापक सेयरधनीबाट ३६ अर्ब ६७ करोड र साधारण सेयरधनीबाट ३५ अर्ब २३ करोड रुपैयाँ उठाइने छ ।

– ५१ प्रतिशत संस्थापक सेयरधनीमा प्रदेश सरकार तथा स्थानीय तह, प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिएल, बीमा कम्पनी र प्राधिकरणका सहायक कम्पनीहरु रहने प्रस्ताव गरिएको छ ।

– ४९ प्रतिशत साधारण सेयरधनीमा वैदेशिक रोजगारमा रहेका तथा गैह्र आवासीय नेपाली, संस्थापक ।

Read More

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ८२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । मंगलबार नेप्से ५.३२ अंकले बढेर २५५५. ९९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३१९ कम्पनिका एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ मा कारोबार भएको थियो ।

आज विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज जोशी हाइड्रोको शेयर ४.९६ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी बन्दीपुर केबलकारको २६ करोड ९९ लाखको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २४ करोड ४ लाख बराबर कारोबार भएको छ ।

Read More

प्रतिनिधिसभाको निर्वाचनका लागि राप्रपा आयोगमा दर्ता

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले आयोगमा दल दर्ताको जानकारी दिदै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट भएको भन्दै जिम्मेवार र प्रजातान्त्रिक दल भएकाले दल दर्ता गरेको जानकारी दिएका छन् । 

उनले भनेका छन्- ‘यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट छौं। तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ ।’

Read More

जेन-जीले असली अभिभावक नेपाली कम्युनिष्ट पार्टी नै हो भन्ने कुरा बुझ्दै गएका छन्ः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीलाई जेन–जी युवाहरुले असली अभिभावक ठान्दै गएको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले युवाहरुको मुद्दा बढी सम्बोधन गर्ने कोशिस गरेको कारण जेन–जीहरुले विश्वास गरेको बताएका हुन् ।

केही दिनअघि मात्रै हजारौं जेन–जीहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताउँदै उनले अब सो लहर जारी रहने दाबी गरे । ‘अब जेन–जी पुस्ताका युवाहरुले पनि आफ्नो असली अभिभावक नेपाली कम्युनिष्ट पार्टी नै हो भन्ने कुरा बुझ्दै गएका छन् र हजारौंको संख्यामा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने प्रक्रिया अगाडि बढेको छ,’– उनले भने ।

साथै, युवाहरुले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्ध उठाएका आवाजलाई पनि सबैभन्दा पहिला आफूहरुले समर्थन गरेको उनले बताए । युवाका सही आवाजहरुलाई बलपूर्वक दमन गर्ने कोशिस नगरियोस् भनेर जेन–जी आन्दोलनको क्रममा सरकारलाई खबरदारी गरेको पनि उनले स्मरण गराए ।

Read More

निर्वाचन केन्द्रीत कार्यक्रम गर्न जिल्ला समितिहरुलाई तरुण दलको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका युवाहरूको संगठन नेपाल तरुण दलले देशैभर निर्वाचन केन्द्रीत कार्यक्रम गर्न जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । 

तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंगलबार सबै जिल्ला समितिलाई परिपत्र जारी गर्दै निर्वाचन केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएका हुन् । 

परिपत्रमा सबै जिल्लामा  र्‍यालीलगायत मार्च पास गरी कोण सभा आयोजना गरी निर्धारित समयमै निर्वाचनको सुनिश्चितता गर्न सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउने र जिल्लास्थित नागरिक समाज, सुरक्षा अधिकारी, जेनजी युवा, निर्वाचन कार्यालयको अधिकारी, मतदातालगायतको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम गर्ने, तेस्रोमा कांग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा जेनजी युवालाई व्यापक दल प्रवेश कार्यक्रम आयोजना गर्ने उल्लेख गरिएको छ । 

यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई शान्ति, अमन चयनको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाउने, मतदातालक्षित सचेतना कार्यक्रम आयोजना गर्ने, स्थानीय सरकारबाट हुने विकास कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने विषय पनि परिपत्रमार्फत निर्देशन गरिएको छ । 

यस्तै तरुण दलको सदस्यता वितरण कार्यलाई तीव्रता दिँदै पाँचौँ महाधिवेशनको तयारीस्वरुप जिल्ला अधिवेशनको तयारी गर्ने र पूर्ण सदस्यता केन्द्रबाट स्वीकृत भइसकेपछि मात्र अधिवेशनको कार्यक्रम सुरु गर्न समेत निर्देशन दिइएको छ ।

Read More

एसीसी यू-१९ प्रिमियर कप: साउदी अरेबियाले नेपाललाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत आज साउदी अरेबियाले नेपाललाई २१९ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको हो ।

साउदी अरेबियाका लागि मोहमद जुबेर सुनासाराले ४८, मोहमद रेहान सिद्धिकीले ४१ रन बनाए भने ओमैर अहमद वहावले ३९ रन बनाएका थिए । 

त्यसैगरी नेपाली बलर अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, शुसिल बहादुर रावल, किब्रिन श्रेष्ठ र दर्शन सुनारले एक एक विकेट लिएका थिए ।

Read More

पाकिस्तानले फेरी गर्यो अफगानिस्तानमा हवाई आक्रमण, १० बालबालिकाको मृत्यु

काठमाडौँ । पाकिस्तानले फेरी एक पटक अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएको आरोप लगाएका छन् जसमा १० बालबालिका र महिलाको मृत्यु भएको छ ।

तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार र मंगलबार राति (लगभग १२ बजे) खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन् ।

उनले कुनार र पक्तियामा पनि हवाई आक्रमण गरिएको दाबी गरेका छन् जसमा कम्तीमा चार नागरिक घाइते भएका छन् । कुनार प्रान्तका स्थानीयहरूले गएराति अबेर मारावारा, असदाबाद र शेलितान क्षेत्रमा ठूलो विस्फोट सुनेको बताएका छन् ।

अफगानिस्तानले पाकिस्तानी सेनालाई आफ्नो सिमाना भित्र हवाई आक्रमण गरेको आरोप लगाएको यो पहिलो पटक होइन । गत महिनाको सुरुमा, अफगानिस्तानले पाकिस्तानलाई राजधानी काबुल सहित धेरै स्थानहरूमा हवाई आक्रमण गरेको आरोप लगाएको थियो ।

पाकिस्तानले अफगान सरकारका प्रवक्ताको आरोपको जवाफ दिएको छैन ।

विगतमा, पाकिस्तानले अफगानिस्तान भित्र धेरै स्थानहरूलाई लक्षित गरेको काबुलको आरोपलाई अस्वीकार गरेको छ । यद्यपि, गत महिना पाकिस्तानले अफगानिस्तान भित्रका केही सीमावर्ती क्षेत्रहरूमा आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको थियो । दुवै देशबीच भएको युद्धविराम सम्झौतापछि आक्रमण रोकिएकोमा फेरी आक्रमण शुरु भएको छ ।

Read More

सर्लाही र सिरहाबाट स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको नगद १ लाख ९८ हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा-४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मा रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

त्यस्तै सिराहाको सिरहा नगरपालिका-१७ बाट स्रोत नखुलेको भारतीय १ लाख ३९ हजार ३ सय रूपैयाँ सहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी जयनगर बस्ने २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मो. गुलसाह रहेका छन् । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

पाकिस्तानले फेरी गर्यो अफगानिस्तानमा हवाई आक्रमण, १० बालबालिकाको मृत्यु

काठमाडौँ । पाकिस्तानले फेरी एक पटक अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएको आरोप लगाएका छन् जसमा १० बालबालिका र महिलाको मृत्यु भएको छ ।

तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार र मंगलबार राति (लगभग १२ बजे) खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन् ।

उनले कुनार र पक्तियामा पनि हवाई आक्रमण गरिएको दाबी गरेका छन् जसमा कम्तीमा चार नागरिक घाइते भएका छन् । कुनार प्रान्तका स्थानीयहरूले गएराति अबेर मारावारा, असदाबाद र शेलितान क्षेत्रमा ठूलो विस्फोट सुनेको बताएका छन् ।

अफगानिस्तानले पाकिस्तानी सेनालाई आफ्नो सिमाना भित्र हवाई आक्रमण गरेको आरोप लगाएको यो पहिलो पटक होइन । गत महिनाको सुरुमा, अफगानिस्तानले पाकिस्तानलाई राजधानी काबुल सहित धेरै स्थानहरूमा हवाई आक्रमण गरेको आरोप लगाएको थियो ।

पाकिस्तानले अफगान सरकारका प्रवक्ताको आरोपको जवाफ दिएको छैन ।

विगतमा, पाकिस्तानले अफगानिस्तान भित्र धेरै स्थानहरूलाई लक्षित गरेको काबुलको आरोपलाई अस्वीकार गरेको छ । यद्यपि, गत महिना पाकिस्तानले अफगानिस्तान भित्रका केही सीमावर्ती क्षेत्रहरूमा आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको थियो । दुवै देशबीच भएको युद्धविराम सम्झौतापछि आक्रमण रोकिएकोमा फेरी आक्रमण शुरु भएको छ ।

Read More

प्रधानसेनापति सिग्देलबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । उपरथीमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो ।

Read More