२०८३ बैशाख १३

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेको नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

मंगलबार आयोग पुगेर पार्टीका निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय रहेकोमा अहिलेसम्म ६६ दल दर्ता भएका छन् ।

त्यस्तै निर्वाचन आयोगमा दर्ता दलको संख्या भने १३५ पुगेको छ ।

Read More

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेबाट सर्वोच्चमा निवेदन

काठमाडौं । नेकपा एमाले प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको छ । 

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।

एमालेका तर्फबाट महेश बर्तौला र सुनिता बरालले सर्वोच्चमा रिट पेश गरेका हुन् । विघटित प्रतिनिधि सभाको एमाले संसदीय दलले बर्तौला र बराललाई सर्वोच्चमा रिट दायर गर्ने अख्तियारी प्रदान गरेको थियो । 

प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि नै १७ वटा रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् ।

Read More

प्रधानमन्त्री भेट्न पुगेका जेनजीलाई प्रहरीको अवरोध, सिंहदरबार परिसर तनावग्रस्त (भिडियो सहित)

काठमाडौँ । सिंहदरबारअगाडि जम्मा भएका जेनजी नेता मिराज ढुंगानासहितलाई प्रहरीले हटाएको छ।

मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो। तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई हटाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताए।

प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ।अहिले उनीहरू जम्मा भएर प्रधानमन्त्रीसहितको आलोचना गरिरहेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले जेनजीका नाममा आफ्ना परिवारका सदस्यलाई जागिर खुवाएको विषयमा प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजी समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका थिए।

https://www.facebook.com/share/v/19SCtioHuY/

Read More

एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । नेकपा एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिष्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताए । उनका अनुसार, सबै कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएकोले आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन् ।

दुलाललाई नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यका रूपमा मनोनयन गरिएको छ । मनोनयनपत्रमा एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको उल्लेख छ । साथै, तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने पार्टीले अपेक्षा गरेको छ ।

दुलालको प्रवेशसँगै दोलखामा नेकपाको संगठनात्मक प्रभाव अझै सुदृढ हुने अपेक्षा गरिएको छ।

Read More

भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुभारम्भ

भैरहवा । भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुभारम्भ भएको छ ।

सुरक्षा गोष्ठीमा बिद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति, अपराध नियन्त्रण, सिमा सुरक्षा तथा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ लगायतका बिषयमा छलफल हुदैछ । गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा शुरु भएको गोष्ठीको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरेका छन् ।

गोष्ठीमा बिशेष अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य, अतिथि लुम्बिनी प्रदेश प्रमुख सचिव कृष्ण प्रसाद काप्री, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोक बहादुर सुनार, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू, सशस्त्र प्रहरी बल महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, नेपाली सेनाका बलाअधिकृत रथि प्रदिप जंग केसी, नेपाली सेना मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी प्रेम बहादुर पुन, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. राजेन्द्र प्रसाद भट्टसहित लुम्बिनी प्रदेश अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार लगायत अन्दाजी १५० जनाको उपस्थिति रहेको छ ।

Read More

इथियोपियाको ज्वालामुखी विस्फोटबाट भारतमा उडान प्रभावित

काठमाडौँ । इथियोपियामा हेले गुब्बी ज्वालामुखी विस्फोटनले भारतीय उड्डयन क्षेत्रलाई असर गरेको छ । एयर इन्डियाले ११ अन्तर्राष्ट्रिय र घरेलु उडानहरू रद्द गरेको छ ।

एयरलाइन्सले हेले गुब्बी ज्वालामुखी विस्फोट पछि केही क्षेत्रहरूमा उडान भरेका विमानहरूलाई सावधानीपूर्वक निगरानी गरिरहेको र एयर इन्डिया उडानहरू रद्द गरिएको जानकारी दिएको छ ।

एयर इन्डियाले यात्रुहरूलाई भएको असुविधाको लागि माफी मागेको छ र यात्रु र चालक दलको सुरक्षा यसको सर्वोच्च प्राथमिकता भएको बताएको छ ।

एयर इन्डियाले दिल्लीबाट न्युयोर्क जाने, दुबई जाने, दोहा जाने दम्माम जाने उडान रद्ध भएका छन् भने दिल्लीबाट चेन्नई, मुम्बई, कोलकोता जाने उडान रद्ध भएको जानकारी दिएको छ ।

Read More

सुन तोलाको ५२ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ५२ सयले बढेर तोलाको २ लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले बढेर ३२०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३११५ मा कारोबार भएको थियो ।

Read More

शिक्षकलाई न्यूनतम तलब नदिने स्थानीय तहलाई मन्त्री पुनले दिए चेतावनी

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले सङ्घीय सरकारबाट उपलब्ध गराइएका तलबका रकम कर्मचारी र बाल शिक्षकलाईअझैपनि न्यूनतम तलब नदिने स्थानीय सरकारहरूलाई कडा चेतावनी दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि १२ हजार विद्यालय सहयोगीका लागि १० हजार विद्यालय सहायक कर्मचारीका लागि १५ हजार सङ्घीय अनुदानमार्फत नै पठाइसकेको  जानकारी दिँदै अझैपनि न्यूनतम तलब नदिने स्थानीय सरकारलाई चेतावनी दिएका हुन् । 

मन्त्री पुनका अनुसार हालसम्म झन्डै ७ सय स्थानीय सरकारले सङ्घीय अनुदानमा रकम थपेर कर्मचारीलाई न्यूनतम तलब उपलब्ध गराइसकेका छन्। तर अझै पनि केही स्थानीय तहले निर्धारित तलब नदिएको गुनासो मन्त्रालयमा आइरहेको उनले बताए ।

उनले भनेका छन्: 
विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव नदिने स्थानिय सरकारहरुले सुन्नुहोस्-

शिक्षामन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु.१२०००, विद्यालय सहयोगीको लागि रु.१०००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५००० तलब संघीय अनुदानबाट पठाई सकेको छ।बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने हो । अहिले सम्म झण्डै ७०० वटा स्थानिय सरकारले थपेर न्युनतम पारिश्रमिक अनुसार  तलव ख्वाएको जानकारी मन्त्रालयलाई आएको छ। यो विषय  न्युनतम तलव नदिएका स्थानिय सरकारहरुको जिम्मेवारी भएको अवगत गराउँछु। बाल शिक्षकहरु र कर्मचारीहरुलाई अन्याय नगर्नु होला। यस बिषयमा ट्रेड युनियनका नेताहरु खोई जागेको ? ? 

Read More

बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी

काठमाडौं । बागमती नदी करिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा वत्ति राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि आधुनिक सिसिटिभी जडान गरिनेछ । 

शहरी विकास मन्त्रालयअन्र्तगतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती  नदी करिडोरको गोकर्ण—बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनाधिकृत गतिविधि तथा सुरक्षा चुनौतिलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न आधुनिक सिसिटिभी सर्भिलेन्स सिस्टम र  हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्ने छ । 

वत्ति र सिसिटिभी जडानका लागि समितिले  निर्माण व्यवसायी छनोटका लागि टेण्डर आह्वान गरिसकेको छ । नदी एवम् नदी किनारमा फोहोर फालेमा त्यसको निगरानी सिसिटिभीमार्फत निगरानी गरिनेछ । 

१२० थान अत्याधुनिक प्रविधिका तापक्रम, धुलो तथा पानी प्रतिरोधी दिन–रात दुबै समयमा काम गर्ने क्यामेरा जडान गरी सर्भर र मनिटरिङ्ग युनिट काठमाण्डौ उपत्यकाको प्रहरी कार्यालयमा रहने छ ।  अँध्यारा क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५६७ थान स्मार्ट सडक बत्ति, ४८ थान फ्लड लाइट तथा ६ थान हाइमास्ट फ्लडलाइट जडान गरिनेछ । सिसिटिभी तथा बत्ति जडानले निरन्तर चलिरहेको बागमती सरसफाइ महाअभियानलाई समेत टेवा पुग्ने छ । 

सिसिटिभी तथा बत्ति जडान भएपश्चात उक्त क्षेत्रको सुरक्षा, निगरानी, अपराधिक तथा अव्यवस्थित गतिविधिको रोकथाम र रात्रीकालीन उज्यालो व्यवस्था सुधारमार्फत समग्र वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य रहेको छ ।

Read More

इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारी बर्खास्त

काठमाडौँ । इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बलका प्रमुख, लेफ्टिनेन्ट जनरल इयाल जामिरले अधिकारीहरूले अक्टोबर ७, २०२३ मा हमासको आक्रमण रोक्न असफल भएका कारण बर्खास्त गरिएको बताएका छन् ।

सुरक्षा कमजोरीको निष्पक्ष अनुसन्धान र हमासको आक्रमणको निष्पक्ष अनुसन्धानको माग गर्दै आइतबार इजरायलमा विरोध प्रदर्शनहरू भएका तिह्ये । यसले यी अधिकारीहरूलाई बर्खास्त गर्न सरकारमाथि दबाब बढाएको थियो ।

इजरायली सेना प्रमुख जामिरले यी अधिकारीहरूलाई बोलाएर उनीहरूको बर्खास्तको घोषणा गरेका थिए । बर्खास्त हुनेमा मेजर जनरल अहरोन हालिवा, मेजर जनरल ओदेद बसिउक, मेजर जनरल यारोन फिंकेलाम्यान, ब्रिगेडियर जनरलहरुमा एवी रोसेनफेल्ड, गिमेल र योसी सरियल, कर्णेल एरियल लुबोव्स्की, कर्णेल हाइम कोहेन, लेफ्टिनेन्ट कर्णेल अलेफ रहेका छन् ।          

जामिरले विज्ञको अनुसन्धान प्रतिवेदनको आधारमा कमाण्डरहरूविरुद्ध थप निर्णय लिने बताएका छन् । यद्यपि धेरैजसो बर्खास्त गरिएका अधिकारीहरूले पहिले नै सेना छोडिसकेका छन् र कहिले मात्र आफ्नो कार्यकाल पूरा नभएसम्म आफ्नो वर्तमान पदहरूमा सेवा गरिरहनेछन् ।

निर्णयपछि, इजरायली सेनाको कर्मचारी संघले विज्ञप्ति जारी गर्दै यी निर्णयहरू लिनु सजिलो नभएको र देशको रक्षा गर्न आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका मानिसहरूलाई असर गर्ने बताएको छ । 

सेना प्रमुख जामिरले भने जवाफदेहीता स्थापित गर्न असफल भयौं भने, प्रणालीमा जनताको विश्वास घट्ने हुनाले कारवाही आवश्यक भएको बताएका छन् ।

बर्खास्त गरिएका अधिकारीहरू इजरायली सेनाका उत्कृष्ट कमाण्डरहरूमध्ये रहेको बताइएको छ ।

Read More