२०८२ फाल्गुन २३

महाधिवेशनमा चुनाव लड्न पाइन्छ, एक अर्कालाई खुइल्याउने र अपमान नगरौं- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताएका छन् ।

एमालेको महाधिवेशनका लागि गठित प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ११औँ महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताए । 

उनले अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रुपान्तरण र पुस्तन्तरणका लागि केन्द्रित हुने स्पष्ट गरे ।  उनले भने- ‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन । चुनाव लड्न पाइन्छ तर अध्यक्षका रुपमा मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं, एकार्कामा नकारात्मक टिकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।’

पूर्व प्रधानमन्त्री ओलीले वर्तमान सरकार आतङ्क र त्रासको जगमा संविधान विपरीत निर्मित भएको र  सिंहदरबारमा एक प्रकारको ‘बुख्याँचा’ प्रवेश गरेको टिप्पणी गरे । जनताबाट निर्वाचितहरु सरकार बाहिर रहनुपर्ने र अनिर्वाचितहरु सिंहदरबारमा बस्नुपर्ने कुरा लोकतान्त्रिक र संविधानसम्मत् हुन नसक्ने ठोकुवा गर्दै उनले यो सरकार संविधान विपरीत छ र विघठित संसद् पुनःस्थापित हुनुपर्छ भन्ने देखिएको सत्यलाई निर्भयताका साथ भन्ने सक्ने पार्टी एमाले मात्रै भएको स्पष्ट गरे ।

Read More

डिजल तथा मट्टीतेलको मुल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्य बढाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा पेट्रोलमा प्रतिलिटर १ र हवाई इन्धनको मुल्य आन्तरिक तर्फ प्रति लिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँका लागि प्रति किलो लिटर ४२ डलरले बढाएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रति लिटर १४६ भएको निगमले जनाएको छ ।

Read More

प्रधानमन्त्री कार्कीले गरिन जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले आज जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् ।

शहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो । भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो।

यस्तै यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने, अन्यथा पुनः आन्दोलनमा जान सक्ने चेतावनी पनि सहिद परिवारले दिएका छन् । छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको पनि उपस्थिति थियो।

प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताए । 

Read More

यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनेको हो: प्रचण्डको दाबी

पोखरा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

पोखरा चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको बताएका हुन् ।

प्रचण्डले एमाले र कांग्रेसका “दुई तिहाइ”बाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस एमालेका कारण राष्ट्र संकटमा फसेको टिप्पणी गरे । “हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ।सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौ । तर सरकारबाट हटाइयो । भ्रष्टाचारविरुद्ध लड्ने पनि दिइएन।हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति पुगेन,” उनले भने ।

उनले सुरु गरिएको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधिनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको स्पष्ट पारे । उनले भने,‘‘चुनाव त हामी जीत्छौँ, जित्छौं । तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ ।’’

चुनाव फागुन २१ मै हुनुपर्ने धारणा
आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुनै पर्ने भन्दै प्रचण्डले वर्तमान सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह गरे । पछिल्लो समय सरकार सम्बन्धित पक्षहरूसँग निरन्तर छलफलमा रहेको र चुनाव निश्चित हुने विश्वास व्यक्त गरे । “सरकारले जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन। यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनेको हो,” प्रचण्डले भने ।

देशमा जनता संगठित र सचेत नभए पुनः ठूलो संकट उत्पन्न हुने चेतावनी पनि उनले दिए । “यदि जनता जागरुक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउनसक्छ,” प्रचण्डको भनाइ थियो।

सभामा सहभागी कार्यकर्ताले प्रचण्डले उठाएको राष्ट्रिय स्वाधिनता, एकता र चुनावसम्बन्धी मुद्दालाई देश राजनीतिक रूपले संवेदनशील मोडमा पुगेको संकेतका रूपमा लिएका छन्।

Read More

पाल्पाबाट भरूवा बन्दुकसहित एक जना पक्राउ

पाल्पा ।  तानसेन नगरपालिका-१३ केरवादी बस्ने ६४ वर्षीय शालिकराम रेश्मीलाई भरूवा बन्दुक १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Read More

Embark UnMath कार्यक्रम: आत्मविश्वाससहित विद्यार्थीलाई ‘सजिलो गणित’ सिकाउने अभियान सुरु

काठमाडौँ । Embark UnMath ले नेपालमा पहिलोपटक ‘Problem Solving Workshop’ सञ्चालन गरेको छ ।

बालबालिकाले गणित भनेपछि कति डराउछन्, कति टाढै भाग्छन्य-ही व्यवहार बदल्ने लक्ष्यसहित यो वर्कशप सञ्चालन गरिएको हो ।

६ देखि १२ कक्षासम्मका ५० भन्दा बढी विद्यार्थी सहभागी भएको यस कार्यक्रममा, उनीहरूलाई ‘गणित पाठ्यपुस्तकको बोझ’ होइन, जीवनमै प्रयोग हुने ‘सोच्ने तरिका’ सिकाइएको आयोजकले बताएका छन्।

कार्यक्रमका प्रशिक्षकहरूका अनुसार UnMath को उद्देश्य गणितलाई कठोर र सूत्रमूलक विषय होइन, दैनिकीसँग जोडिएको रमाइलो सीपका रूपमा प्रस्तुत गर्ने हो । “विद्यार्थीले कति सूत्र कण्ठ गर्छन् भनेर होइन, उनीहरूले समस्या कसरी बुझ्छन् र समाधान कसरी निकाल्छन् — त्यो नै वास्तविक गणित हो,” प्रशिक्षकले बताए।

विद्यालयका शिक्षकहरूले पनि यो कार्यशालाको प्रभाव महत्त्वपूर्ण रहेको बताए। उनीहरूको भनाइमा, अनौपचारिक गतिविधि, खेलमार्फत समस्या बुझ्ने अभ्यास र समूहमा छलफलले ‘गणित भनेको गाह्रो’ भन्ने मानसिकता तोड्न मद्दत गरेको छ।

Embark UnMath नेपालकी टिम लिड मनिषा आचर्यका अनुसार, गणित सिकाउने परम्परागत शैलीले विद्यार्थीलाई विषयभन्दा टाढा पुर्‍याइरहेको समयमा UnMath जस्तो कार्यक्रम नेपालमा अत्यन्त आवश्यक छ। “विद्यार्थीको आत्मविश्वास बढाउन, उनीहरूलाई वास्तविक जीवनसँग सम्बन्धित समस्या समाधानमा सक्रिय बनाउन यस्ता कार्यक्रम निरन्तर जारी रहन्छन्,” उनले भनिन् ।

विद्यार्थी र अभिभावक–दुवैबाट उत्साहजनक प्रतिक्रिया आएपछि Embark UnMath ले आगामी महिनाहरूमा ‘Global Math Debate League’, ‘Math Marathon’, ‘Space Math’ जस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रम नेपालमै ल्याउने तयारी गरेको छ।

Read More

कांग्रेस महाधिवेशन पुसमा गर्ने सहमति जुट्दै, सोमबार बस्ने बैठकमा प्रस्ताव पेश गरिने

काठमाडौँ । महिनौंदेखि महाधिवेशन विवादमा रुमल्लिएको नेपाली कांग्रेसमा आगामी पुसमा महाधिवेशन गर्ने गरी सहमति जुट्न थालेको छ ।

कांग्रेस शीर्ष नेतृत्वबीच आईतबार भएको छलफलमा कांग्रेसको १५औं महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति भएको छ ।

महाधिवेशनको मितिबारे भोलि सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा औपचारिक प्रस्ताव पेश गरेर निर्णय हुनेछ । महाधिवेशन विवाद टुंग्याउन सभापति शेरबहादुर देउवासँग समन्वय गरिएको थियो ।

आईतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव गरेका छन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा कार्यतालिका सम्बन्धी प्रस्ताव कार्यबाहक सभापति खड्काले पेश गर्नेछन् । यसअघि महामन्त्री र सहमहामन्त्रीका अलग–अलग प्रस्ताव पेश भएकाले सहमतिको प्रस्ताव कार्यबाहक सभापति खड्काले नै पेश गर्न लागेका बताइएको छ ।

शीर्ष नेतृत्वबीच सहमति जुटेसँगै अब विवाद अन्त्य हुँदै कांग्रेस महाधिवेशनउन्मुख हुने भएको छ ।

Read More

श्रीलंकाका बाढीपीडितलाई २ लाख अमेरिकी डलर सहायता प्रदान गर्ने नेपाल सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले श्रीलंकामा आएको विनाशकारी बाढीप्रति गहिरो दु:ख व्यक्त गर्दै मानवियता र मित्रताको आधारमा सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

हालैको बाढीले श्रीलंकामा ठूलो जनधनको क्षति पुगेपछि नेपाल सरकारले समवेदना व्यक्त गर्दै राहत तथा पुन:स्थापना कार्यका लागि २ लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको हो । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा श्रीलंकामा बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दु:खी परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

विज्ञप्तिमा नेपाल–श्रीलंकाबीचको घनिष्ठ मित्रता र सहयोगको भावना झल्किने उल्लेख गरिएको छ । नेपाल सरकार र नेपाली जनता श्रीलंकाका नागरिकहरूको धैर्य, सामर्थ्य र पुनर्निर्माण क्षमतामाथि भरोसा रहेको समेत उल्लेख छ ।

सहायता नेपालको तर्फबाट श्रीलंकालाई प्रदान गरिएको ऐक्यबद्धताको प्रतीक भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Read More

प्रभु बैंकका सिइओ शेरचन पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्री अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले प्रभु बैंकका सीईओ अशोक शेरचनसहित अन्य दुई जनालाई पक्राउ गरेको छ।

सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।

पछिल्लो समय शेरचनविरुद्ध बैंकिङ कसुर अरोपमा पछ्याइरहेको बताउँदै सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले बताए।

‘बैंकिङ कसुर अरोपमा शेरचनलाई बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको हो,’ श्रेष्ठले भने, ‘बाँकी कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ।’

यसअघि सीआईबीले प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि बैंकिङ कसुरमा पक्राउ गरेको थियो। उनी भने उनी भने हाजिर जमानीमा रिहा भएका छन्।

प्रभु ग्रुपसँग जोडिएको ठगी मुद्दामा उनी पक्राउ परेका हुन्। ठगीसम्बन्धी केही रकम प्रभु बैंकमा आएको देखिएपछि उनलाई पनि अनुसन्धानको दायरामा ल्याइएको हो।

Read More

बेरुजु फर्छायौट नगरेका मायादेवी गाउँपालिका ७ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु रामचन्द्र ढकाल, प्रमेश्वर यादव, कृष्ण प्रसाद तिमिल्सिनासमेत ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले पेश्की रकम लिएको ४६ लाख ७ हजार तीन सय रकम पेस्की लिएर फर्छायौट नगरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई २० लाख १७ हजार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवलाई १५ लाख ९० हजार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनालाई १० लाख, तत्कालीन लेखा अधिकृत प्रकाश गौतमलाई १५ लाख ६० हजार, सि.अ.हे.व. (अधिकृत छैठौं) महेन्द्र
प्रसाद यादवलाई ४६ लाख ७ हजार, तत्कालीन लेखापाल तुल्सीराम पौडेललाई १९ लाख १७ हजार, लेखा (सहायक पाँचौ) गिरीराज गौतमलाई १४ लाख १० हजार बिगो कायम गरेर कानुन बमोजिम कारवाहीको माग गर्दै मुद्धा दायर गरेको जानकारी दिएको छ । 

Read More