२०८३ बैशाख १३

कम्युनिस्ट एकताको अभियान चुनावका लागि मात्रै होइन- प्रचण्ड

पोखरा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

पोखरा चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको बताए । प्रचण्डले एमाले र कांग्रेसका “दुई तिहाइबाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस एमालेका कारण राष्ट्र संकटमा फसेको टिप्पणी गरे । उनले भने- ‘हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ।सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौ । तर सरकारबाट हटाइयो । भ्रष्टाचारविरुद्ध लड्ने पनि दिइएन।हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति पुगेन ।’

उनले सुरु गरिएको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधिनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको स्पष्ट पारे । ‘चुनाव त हामी जीत्छौँ, जित्छौं । तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ,’ प्रचण्डले भने ।

आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुनै पर्ने भन्दै प्रचण्डले वर्तमान सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह गरे । पछिल्लो समय सरकार सम्बन्धित पक्षहरूसँग निरन्तर छलफलमा रहेको र चुनाव निश्चित हुने विश्वास व्यक्त गरे । उनले भने- ‘सरकारले जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन। यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनेको हो ।’

देशमा जनता संगठित र सचेत नभए पुनः ठूलो संकट उत्पन्न हुने चेतावनी पनि उनले दिए । सभामा सहभागी कार्यकर्ताले प्रचण्डले उठाएको राष्ट्रिय स्वाधिनता, एकता र चुनावसम्बन्धी मुद्दालाई देश राजनीतिक रूपले संवेदनशील मोडमा पुगेको संकेतका रूपमा लिएका छन् ।

Read More

रास्वपा र विवेकशील साझा पार्टीबीच यी बुँदामा भयो सहमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ । रास्वपा र विवेकशील साझाबीच आज काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा एकताको घोषणा गरिएको हो ।

दुवै दलबीचको एकतामा रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर रहेका छन् । सो कार्यक्रममा विवेकशील साझाले आफ्नो विपद व्यवस्थापन कोषमा रहेको ३३ लाख नगद रास्वपालाई हस्तान्तरण गरेको थियो ।

विवेकशील साझा पार्टीले रास्वपामा बिना शर्त समाहित हुने र रास्वपाकै नाम र चुनाव चिन्हलाई स्वीकार गर्दै एकता गरेको जानकारी दिईएको छ ।     

यस अघि शुक्रबार राती बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव स्वीकृत गरेको थियो भने विवेकशील साझाले गत बुधबारको केन्द्रीय समिति बैठकले रास्वपासँग एकता गर्ने निर्णय गरेको थियो ।

सहमतिका बुँदाहरु: 

क- राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार्दै निष्ठा र मूल्य-मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने ।

ख- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्मका लागि बनाइएको विशेष संयन्त्र ‘संघीय नेतृत्व मञ्च’ मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने; मञ्चका सदस्यहरुको वरियता केन्द्रीय समितिको सदस्य सरह हुने; विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरुलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरि जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने ।

ग- एकीकरण पश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति र दलको चिन्ह ‘घण्टी’ रहने ।

घ- एकीकरण सम्बन्धी निर्वाचन आयोग सम्बद्ध कानूनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्तावेजहरु तयार गर्दै पार्टीका नाममा रहेका चल-अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने ।

ङ- राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्धा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।

Read More

रास्वपा र विवेकशील साझा पार्टीबीच एकताको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ । रास्वपा र विवेकशील साझाबीच आज काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा एकताको घोषणा गरिएको हो ।

दुवै दलबीचको एकतामा रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर रहेका छन् । सो कार्यक्रममा विवेकशील साझाले आफ्नो विपद व्यवस्थापन कोषमा रहेको ३३ लाख नगद रास्वपालाई हस्तान्तरण गरेको थियो ।

विवेकशील साझा पार्टीले रास्वपामा बिना शर्त समाहित हुने र रास्वपाकै नाम र चुनाव चिन्हलाई स्वीकार गर्दै एकता गरेको जानकारी दिईएको छ ।     

यस अघि शुक्रबार राती बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने प्रस्ताव स्वीकृत गरेको थियो भने विवेकशील साझाले गत बुधबारको केन्द्रीय समिति बैठकले रास्वपासँग एकता गर्ने निर्णय गरेको थियो ।

Read More

कविता लेख्दै महेश बस्नेतले भने- अध्यक्षमा केपी ओली 

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले अबको नेतृत्व पनि केपी शर्मा ओलीले नै गर्ने भन्दै एक कविता लेखेका छन् ।

उनले एमालेको एघारौँ महाधिवेशन निर्णयको मात्र थलो नभएर नयाँ यात्राको उद्घोष भएको बताउदै नेतृत्वमा ओली नौ हुने बताएका छन् ।

यहि मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुने एमालेको ११औं महाधिवेशनका लागि शनिबार देशभर प्रतिनिधि छनौट गरिएको छ । एमालेको अध्यक्षका लागि ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन् ।  

बस्नेतले लेखेको कविता:
केपी ओलीसँगै यात्रा पुनः शिखरतिर
पार्टी त केवल संरचना होइन,
यो त सगरमाथामा उभिएको
हावा, धड्कन र हिमालको सामूहिक स्वर हो।
सयौं फूलहरू एउटै बगैचामा
रङ्ग, सुन्दरता बाँडेजस्तै
हामी पनि एउटै सपना लिएर
विचारको बगैचा खनिरहेको टोली हौँ।

इतिहासका अध्यायहरूले सिकाए
पुष्पलालको सूर्यझैँ तेजोमय विचार
टीमको कमीले अझ टाढा फैलिन पाएन।

मनमोहनले शालीनतालाई
गतिशीलताको सहयात्रा पाएपछि
आन्दोलनको पानीले उचाइ चुम्यो।

मदन भण्डारी,
‘गति र भावना’ एकै तालमा मिल्दा
जबजको बिजारोपण गर्नु भएको
नयाँ उचाइका शिल्पकार बन्नुभयो।

आज हामी
एघारौँ महाधिवेशनको दैलोमा उभिएका छौँ।
नयाँ यात्राको घाम उदाउँदैछ।
करिब सात लाख सदस्यका हातहरूले
प्रतिनिधिहरू छनोट गरी
भविष्यको बाटोको नक्सा कोरिसकेका छन्।

बधाई छ, यस यात्राका सबै प्रतिनिधिहरूलाई।
अब जिम्मेवारी छ,
नेतृत्वमा स्थिरता,
नीतिमा दृढता
र यात्रामा एकताको सूत्र बाँध्ने।

यही क्षणमा
एक नाम पुनः उज्यालो भएर उठ्छ,
केपी ओली।

जसले आँधी आए पनि बाटो समाते,
विपद् झरे पनि मार्ग छाडेनन्,
पार्टीलाई एकताको डोरीले बाँधेर
दूरदृष्टिको आधारमा अगाडि सारे।
उनैको नेतृत्वले
गति र भावना
फेरि एकै धड्कनमा मिलोस् भन्ने
प्रतिबद्धताको आवाज
महाधिवेशनभित्र सुनिन थालेको छ।

त्यसैले,
हाम्रो एघारौँ महाधिवेशन
सिर्फ निर्णयको थलो होइन,
नयाँ यात्राको उद्घोष हो,
‘नीतिमा दृढता, नेतृत्वमा एकता,
अध्यक्षमा केपी ओली, यात्रामा उज्यालो ।’

Read More

अमेरिकाको इडाहोमा अनौठो अफर- अवैध आप्रवासीको सुचना दिनेलाई एक महिनासम्म नि: शुल्क बियर

काठमाडौँ । अमेरिकाको इडाहोमा रहेको प्रसिद्ध बार द ओल्ड स्टेट सलुनले एउटा अचम्मलाग्दो प्रस्ताव गरेको छ । बारले सामाजिक सञ्जालमा अवैध आप्रवासीको सुचना दिनेलाई एक महिनासम्म नि: शुल्क बियर खुवाउने प्रस्ताव गरेको छ ।

बारले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ- ‘यदि कसैले अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनलाई इडाहोमा अवैध आप्रवासी पहिचान गर्न र अमेरिकाबाट सफलतापूर्वक देश निकाला गर्न मद्दत गर्छ भने, उनीहरूले एक महिनासम्म बारमा असीमित नि:शुल्क बियर पाउनेछन् ।’ बारको यो पोष्ट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो बार यसअघि ‘विषमलिङ्गी जागरूकता महिना घोषणा गरेर विवादमा परेको थियो । बारले विषमलिङ्गीहरूले मात्र विशेष प्रस्ताव वा छुट दिने घोषणा गरेर विवादमा परेको थियो ।

बारको बियर नि:शुल्क गर्ने पोष्टमा अमेरिकी गृह सुरक्षा विभागले प्रतिक्रिया दिएको छ । अमेरिकी गृह सुरक्षा विभागको आधिकारिक ह्यान्डलले यो पोस्ट पुन: पोस्ट गर्दै १९९१-९४ को लोकप्रिय अमेरिकी टिभी कार्यक्रम ‘डायनासोर’ का मुख्य पात्र अर्ल सिन्क्लेयरलाई आश्चर्यचकित हुँदै बियरको गिलास खसाल्दै गरेको तस्बीर पोष्ट गरेको छ । यसको अर्थ सरकारी विभागले पनि प्रस्तावमा आश्चर्य र हल्का हास्य व्यक्त गरेको छ ।  पोस्ट भाइरल भएपछि, केही मानिसहरूले यसको खिल्ली उडाएका छन्  ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिहरूलाई कडा बनाएपछि अहिलेसम्म हजारौं अवैध आप्रवासीलाई डिपोर्ट गरिएको छ । आधिकारिक तथ्याङ्क अनुसार, नोभेम्बर १५, २०२५ सम्ममा लगभग ५३ हजार आप्रवासीहरूलाई हिरासतमा लिइएको र डिपोर्ट गरिएको छ ।

Read More

चक्रवात दितवाबाट श्रीलंकामा १५० भन्दा बढीको मृत्यु, आज भारतीय तटमा आउने

काठमाडौँ । श्रीलंकामा विनाश मच्चाएपछि, चक्रवात दितवा आइतबार तमिलनाडु र पुडुचेरीको तटमा ठोक्किने बताइएको छ । बह्रतीय मौसम विभागले कुड्डालोर, नागापट्टिनम, मयिलादुथुरै, विल्लुपुरम र चेंगलपट्टु लगायत धेरै क्षेत्रहरूमा भारी वर्षा र तेज हावाको लागि चेतावनी जारी गरेको छ ।

तमिलनाडुको तटीय जिल्लाहरूमा राहत र उद्धार कार्यका लागि एनडीआरएफ र एसडीआरएफ सहित २८ भन्दा बढी विपद् प्रतिक्रिया टोलीहरू तैनाथ गरिएको छ । यसका साथै, महाराष्ट्र र गुजरातमा रहेका एनडीआरएफ आधारहरूबाट १० टोलीहरू चेन्नई आइपुगेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

तमिलनाडुमा भारी वर्षाका कारण शनिबार ५४ उडानहरू रद्द गरिएको छ । चक्रवातका कारण पुडुचेरी केन्द्रीय विश्वविद्यालयले बिदा घोषणा गरेको छ र सबै परीक्षाहरू स्थगित गरेको छ । पुडुचेरी, कराइकल, माहे र यानमका सबै स्कूल र कलेजहरू सोमबारसम्म बन्द रहनेछन् ।

श्रीलंकामा दितवाका कारण आएको बाढी र पहिरोमा १५० भन्दा बढीको मृत्यु भएको छ भने १०० भन्दा बढी बेपत्ता छन् । चेन्नईको उडान रद्द भएका कारण विगत तीन दिनदेखि लगभग ३०० भारतीय यात्रु कोलम्बो विमानस्थलमा अलपत्र परेका छन् । ती सबै दुबईबाट श्रीलंका हुँदै भारत जाँदै थिए ।

भारत मौसम विज्ञान विभागले चक्रवात दिटवालाई ध्यानमा राख्दै खतराको संकेत नम्बर ५ (डी- भी ) जारी गरेको छ । संकेत नम्बर ५ को अर्थ हल्कादेखि मध्यम चक्रवाती आँधी तट पार गर्ने भन्ने हो ।

Read More

संविधान संसोधनको ड्राफ्ट शहरमा घुमाइदैछ, बिना जनादेश सम्भव छैन- रक्षा बम

काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले स्वार्थसमूहबाट प्रेरितहरूले ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन’ सँगै ‘तत्काल संविधान संसोधन’ लेखिएको ड्राफ्ट अहिले शहरभरी घुमिरहेको हल्ला रहेको बताएकी छन् । 

बमले भदौ २४ देखि नै यस्तो हल्ला चलेको र पछिल्लो पटक प्रधानमन्त्री सुशिला कार्की र एमालेबीचको छलफलमा समेत यो विषय उठेको उल्लेख गरेकी छन् ।

उनले २०७२ को संविधान बर्षौको समय र हजारौंको बलिदानपश्चात बनेको संविधान भएकोले केही स्वार्थप्रेरितहरु यसको मूल मर्ममा नै प्रहार गर्नेगरी संविधान संसोधनको मुद्दा उठाईरहेको र यसबारेमा राम्रोसँग थाहैनभएका जेन जी साथीहरु उनीहरुको गोटी बनेको बताएकी छन् । 

उनले भनेकी छन्- ;नेपालको संविधान २०७२ यत्तिकै आएको संविधान होईन । बर्षौको समय र हज्जारौंको बलिदानपश्चात बनेको संविधान हो यो । केही स्वार्थप्रेरित मानिसहरु यसको मूल मर्ममा नै प्रहार गर्नेगरी संविधान संसोधनको मुद्दा उठाईरहेका छन् र यसबारेमा राम्रोसँग थाहैनभएका जेन जी साथीहरु उनीहरुको गोटी बनिरहेका छन् । बिभिन्न समूहका जेन जी साथीहरुसँग यसबारेमा छलफल हुँदा पनि हामीले यी कुराहरु उठाएका थियौं/छौं। जेन जी साथीहरुले मात्र नभई समाजलाई बिभिन्न तरिकाले प्रभावमा पार्न सक्ने व्यक्तिहरुसमेत यस्तै ड्राफ्टलाई छलफलमा ल्याउदै हिडेको हामीले थाहापाएका छौं । कतिपय जेन जी साथीहरु त आन्दोलनमा समेत आउनुभएको थिएन । र कतिपय साथीहरुलाई त संविधान भनेको के हो समेत थाहा थिएन । उहाँहरुलाई लाग्छ, यो व्यवस्था उल्टाउने बित्तिकै जादुको छडी घुमाएजसरी सबैथोक एकै रातमा परिवर्तन भईहाल्ने वाला छ ।’

उनले देश भनेको जादुको छडीले चल्ने चीज नभएको र देश चलाउनका लागि विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यता र जनपक्षीय सहभागिताको आवश्यकता पर्ने बताएकी छन् । उनले आफुहरु पनि संविधान पुनरावलोकनको पक्षमा नै रहेको तर त्यसका लागि जनादेश जरुरी रहेको स्पष्ट गरेकी छन् । 

उनले भनेकी छन्- ‘हामी लोकतान्त्रिक विधीलाई मान्दछौ । संविधान संसोधन गर्न चाहने वा प्रत्यक्ष निर्वाचित प्रणाली राख्न चाहने जो कोही हुनुहुन्छ, तपाईहरु चुनावी मैदानमा घोषणापत्रमा नै उल्लेख गरेर भोट माग्न सक्नुहुनेछ र यी बिषयहरुलाई परीक्षण गर्दै जनादेश लिएर आउन सक्नुहुन्छ । त्यो नै सबैभन्दा लोकतान्त्रिक उपाय हो ।’

 बमले अहिलेको संक्रमणकालीन समयमा अनावश्यक हस्तक्षेप गर्दै स्वार्थपूर्ण खेल खेल्न खोज्नेहरुलाई होसियार रहन चेतावनी दिदै छोटो बाटो खोजेर, देशलाई थप अनिश्चितता तर्फ धकेल्नका लागि खेलिने हरेक खेलको आफुहरुले बिरोध गर्ने र डटेर सामना गर्न पनि तयार रहेको बताएकी छन् । उनले भनेकी छन्- ‘यस नागरिक सरकारको लागि आन्दोलनले स्पष्ट म्यान्डेट दिईसकेको छ । र नागरिक सरकार कुनैपनि हालतमा आन्दोलनको म्यान्डेटभन्दा बाहिर जादैन/जान पाउदैन भन्ने कुरामा हामी विस्वस्त छौं ।’

Read More

सुन तोलाको १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको १६ सयले बढेर तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ५० हजार ६ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर ३४९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३३४५ मा कारोबार भएको थियो ।

Read More

रुसका समुन्द्री तेल ट्याङ्करमाथि युक्रेनको ड्रोन आक्रमण

काठमाडौँ । युक्रेनले ब्ल्याक सीमा यात्रा गरिरहेका रूसको दुई तेल ट्याङ्करहरूलाई निशाना बनाएको बताइएको छ । युक्रेनी नौसेना पानीमुनि चल्ने ड्रोनले जहाजमा आक्रमण गरेपछि आगो लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

टर्कीका अधिकारीहरूका अनुसार, लक्षित ट्याङ्करहरूको नाम काइरोस र विराट हो। दुवैले गाम्बियाको झण्डा फहराएका छन् । दुवै ट्याङ्करहरू शुक्रबार टर्कीको तटमा आक्रमण गरिएको थियो । रिपोर्टहरूका अनुसार, शनिबार विराटलाई फेरि लक्षित गरिएको थियो । यद्यपि, यस आक्रमणमा कुनै हताहत भने भएको छैन ।

यो आक्रमणले युक्रेनले अब रूसको तेल राजस्वलाई कमजोर पार्ने प्रयास गरिरहेको देखाउँछ, जुन युक्रेनमा चलिरहेको युद्धलाई निरन्तरता दिन महत्त्वपूर्ण मानिन्छ । रिपोर्टहरूका अनुसार, यी दुई जहाजहरू रूसको ‘छायाँ फ्लीट’ को हिस्सा हुन् । यो शब्दले रूसले पश्चिमी प्रतिबन्धहरू छल्न प्रयोग गर्ने सयौं ट्याङ्करहरूलाई जनाउछ ।

यी प्रतिबन्धहरू २०२२ मा रूसमा युक्रेनमा ठूलो मात्रामा आक्रमण गरेपछि लगाइएको थियो । छायाँ फ्लीटमा प्रायः पुराना ट्याङ्करहरू हुन्छन् । यी धेरै जहाजहरूको स्वामित्व जानकारी वा बीमा स्पष्ट रहेको छैन ।

Read More

अपर अरुण जलविद्युतको १३ अर्बको शेयर विदेशमा रहेका नेपालीलाई दिने प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ । 

आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको छ । लागतलाई हाल प्रचलित विनियमन दर प्रति अमेरिकी डलर १४१ रुपैयाँका दरले रुपान्तरण गर्दा निर्माण अवधिको व्याज बाहेक कुल लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेकोछ । 

आयोजनाको निर्माण अवधिको व्याजसहित २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जसमा स्वःपूँजी (इक्विटी) ३० प्रतिशत अर्थात ७१ अर्ब ९४ करोड रहने छ । कूल लागतको ७० प्रतिशत अर्थात १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ रहने गरी वित्तीय व्यवस्थापनको प्रस्ताव गरिएको छ । आयोजनाको निर्माण अवधि ७ वर्ष रहने र त्यस अवधिको वार्षिक व्याजदर ७ प्रतिशत रहने अनुमान गरिएको छ । 

वित्तीय व्यवस्थापन प्रस्तावलाई आयोजनाको प्रवर्धक अपर अरुण हाइड्रो—इलेक्ट्रिक लिमिटेडले पारित गरी नेपाल विद्युत प्राधिकरणमा पेश गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको अध्यक्षमा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठक कम्पनीको उक्त प्रस्तावलाई अनुमोदन गरी आवश्यक निर्णयका लागि सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ । 

मन्त्री घिसिङले आयोजनामा एनआरएन, विदेशमा रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित, देशभरका सर्वसाधारणलगायतले लगानी गर्न पाउने गरी स्वदेशी लगानीमा अपर अरुणको वित्तीय व्यवस्थापन गर्न लागिएको बताए । 

आयोजनामा लगानी हुने इक्विटीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सेयर साधारण शेयर निश्कासन गरी रकम सङ्कलनको प्रस्ताव गरिएको छ । संस्थापनबाट ३६ अर्ब ६९ करोड र साधारण शेयर निश्कासनबाट ३५ करोड २५ लाख रुपैयाँ लगानी हुनेछ । 

४९ प्रतिशत साधारण सेयरमध्ये १८ प्रतिशत एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ । त्यस्तै ७ अर्ब १९ करोड (१० प्रतिशत) आयोजना प्रभावित क्षेत्र तथा सङ्खुवासभा जिल्लाबासीलाई, १२ अर्ब ९५ करोड (१८ प्रतिशत) रुपैयाँ देशभरका सर्वसाधारणलाई, १ अर्ब ४४ करोड (२ प्रतिशत) पिछडिएको क्षेत्र र ७१ करोड ९४ लाख प्रवर्धक निकायका कर्मचारीलाई छुट्याइएको छ ।  

आयोजनाको प्रवर्धक कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत संस्थापक शेयर अर्थात २९ अर्ब ४९ करोड रुपैयाँको लगानी रहनेछ ।  १ अर्ब ४४ करोड÷१ अर्ब ४४ करोड  (२÷२ प्रतिशत) प्राधिकरणका सहायक कम्पनी, कर्मचारी सञ्चय कोष एवम् बीमा तथा पुनर्बीमा कम्पनीको, ७१ करोड ९३ लाख लाख÷७१ करोड ९३ लाख लाख (१ प्रतिशत) नागरिक लगानी कोष, एचआइडिसिएल, प्रदेश एवम् स्थानीय सरकारको र ३५ करोड ९७ लाख÷३५ करोड ९७ लाख रुपैयाँ (०.५÷०.५ प्रतिशत) नेपाल टेलिकम तथा सामाजिक सुरक्षाको कोषको संस्थापक लगानी रहनेछ ।   

आयोजनाको निर्माणका प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो—इलेक्ट्रिक लिमिटेडल स्थापना भइसकेको छ । आयोजनाको निर्माण पूर्व चरणमा हालसम्म भएको सम्पूर्ण लगानी प्रवन्ध प्राधिकरणबाटै भइरहेको छ । आयोजना जनताको जलविद्युत कार्यक्रमा सूचिकृत भएको छ । त्यसैले कूल इक्विटीमध्ये  ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयरधनी कायम गरिएको हो  । 

आयोजना सम्पन्न गर्न १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ ऋण आवश्यक पर्ने देखिएको छ । आन्तरिक स्रोतबाट वित्तीय प्रवन्ध गर्ने र आयोजनामा सरकारबाट ऋण लगानी नहुने गरी वित्तीय व्यवस्थापन प्रस्ताव गरिएको छ । 

वित्तीय प्रवन्ध गर्न सहज हुने, लागत कम गर्ने, लगानीजोखिम न्यूनीकरण गर्न सहयोग हुने तथा विभिन्न स्रोत र क्षेत्रको आन्तरिक पूँजीको उच्चतम उपभोग हुने गरी मिश्रित लगानी प्रणाली अवलम्बन गरी आयोजनाको वित्तीय व्यवस्थापन प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो । 

आयोजनाको कूल ऋणको ४५ प्रतिशत सहुलितपूर्ण सहवित्तीयकरणमार्फत लगानी प्रस्ताव गरिएको छ । जसमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिएल, नेपाल टेलिकम, वीमा तथा पुनवीर्मा कम्पनीबाट कर्जा लिन सकिने प्रस्ताव छ । यसबाट ७५ अर्ब ५३ करोड रुपैयाँ लगानी हुनेछ । 

अपर अरुणमा लगानीका लागि बैंक तथा वित्तीय संस्थगाको अनिवार्य तरलता अनुपातमा गणना गर्ने गरी आयोजनामा आवश्यक ऋणको ३० प्रतिशतको हुन आउने ५० अर्ब ३६ करोड रुपैयाँ बराबरको ऊर्जा बण्ड जारी गरी रकम संकलनको प्रस्ताव गरिएको छ । त्यस्तै बैक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ४१ अर्ब ९६ करोड रुपैयाँ सङ्कलनको प्रस्ताव गरिएको छ । 

आयोजनाको निर्माण सम्पन्न भई व्यसायिक उत्पादन सुरु भएको पहिलो वर्षमा २७ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । ८ वर्षसम्म वार्षिक  ३ प्रतिशतको मूल्यबृिद्ध प्राप्त भएपश्चात आयोजना अवधिभर आयोजनाको आम्दानी ३४ अर्ब ५९ करोड रुपैयाँ हुनेछ । 

आयोजनाको व्यवसायिक विद्युत उत्पादन सुरु भएको वर्षको औसत पिपिए दर प्रतियुनिट ६.३ पैसा हुने अनुमान गरिएको छ । ८ वर्षसम्म वार्षिक ३ प्रतिशत मूल्यबृद्धि पाएपछि आयोजना अवधिभर पिपिए दर औसत रुपमा प्रतियुनिट ७.८ रुपैयाँ हुने प्रक्षेपण छ । 

आयोजनाबाट वार्षिक रुपमा ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाको हाल निर्माणपूर्वका काम भइरहेको छ । भौगोलिक रुपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ ।  

भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युतगृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने सोही गाउँपालिकाको वडा नं २ चेपुवा गाउँ नजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ । कोशी राजमार्गलाई छोडेर आयाजनास्थलतर्फ  जान अरुण नदीमा ७० मिटर लम्बाइ भएको स्टील आर्क पुल निर्माण भइरहेको छ ।

Read More