२०८३ बैशाख १३

मुस्लिम समुदायप्रति दिएको अव्भियक्ति बारे प्रधानमन्त्री कार्कीको प्रष्टीकरण

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफुले दिएको अभिव्यक्ति कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय र नियत नभएको स्पष्ट गरेकी छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले आफ्नो अभिव्यक्तिमाथि भएको टिकाटिप्पणीप्रति प्रतिक्रिया दिदै आफ्नो आशय कुनै धर्म वा समुदायलाई होच्याउने नभएको बताएकी हुन् ।

उनले भनेकी छन्- ‘लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन् । कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन,छैन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’

प्रधानमन्त्री कार्कीले गत मंगलबार अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा बोल्दै मुस्लिम समुदायको सन्दर्भमा दिएको अभिव्यक्ति विवादित बनेको थियो । प्रधानमन्त्री कार्कीले सो कार्यक्रममा भनेकी थिईन्- ‘मुसलमानको व्यवहार र प्रवृत्ति जुन छ, यति अन्यायपूर्ण देखिन्छ दिउँदै लगेर गाड्ने । कतिपय मुस्लिम देशहरुमा महिलालाई पढ्न नदिने । जब मुसलमानहरुले हमला गर्न थाले, त्यसपछि उनीहरुले सात वर्षको बच्चालाई पनि विवाह गर्ने, अरु कुराहरुलाई पनि सङ्र्कीण बनाउँदै लगे भन्ने छ ।’

Read More

पोखरामा यःमरी महोत्सव

पोखरा । पोखरामा यःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरको वडा नम्बर ४ को आयोजनामा नेवा मिस पुच कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ आयोजित यःमरी महोत्सव सम्पन्न भएको हो ।

महोत्सवमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको पुरानो वस्तिका रूपमा रहेको रामकृष्ण टोल, गणेश टोल, भैरव टोल र विन्ध्यवासिनी सम्मको क्षेत्रलाई सम्पदा क्षेत्रका रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको बताए । विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सञ्चालन गर्न लागिएका १५ वटा दिगो पर्यटन विकासका परियोजना अन्तरगत सम्पदा क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिने उनले बताए । 

महोत्सवमा नेवारी संस्कृतिमा प्रचलित विभिन्न प्रकारका यःमरीका परिकारहरू प्रदर्शनीमा राखिएको थियो भने साँझ सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । 

Read More

फाफ डु प्लेसिसले आइपीएल छोडेर पीएसएल खेल्ने

काठमाडौँ । दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिसले आइपीएल नखेल्ने भएका छन् । 

फाफ डु प्लेसिसले २०२६ मा पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भन्दै आगामी डिसेम्बरमा हुने आइपिएलको अक्सनमा सहभागी नहुने घोषणा गरेका हुन् । उनले एक पोस्टमा डिसेम्बर १६ मा अबुधाबीमा हुने आइपिएलको मिनी अक्सनमा भाग नलिने घोषणा गरेका छन् ।

४१ वर्षीय खेलाडीले लेखेका छन्- ‘भारतले सधैं मेरो हृदयमा विशेष स्थान राख्नेछ । यो बिदाई होइन, तपाईंले मलाई फेरि भेट्नुहुनेछ । यस वर्ष मैले नयाँ चुनौती लिने निर्णय गरेको छु । म आगामी पीएसएल सिजनमा खेल्नेछु ।’

फाफ डु प्लेसिस गत सिजन दिल्ली क्यापिटल्सको हिस्सा थिए । नोभेम्बर १५ मा जारी गरिएको रिटेन्सन लिस्टमा उनलाई दिल्लीले रिलिज गरेको थियो । उनले २०२२ देखि २०२४ सम्म तीन सिजन रोयल च्यालेंजर्स बैंगलुरुको कप्तानी गरेका थिए ।  फाफ डु प्लेसिसले १५४ आईपीएल खेल खेलेका छन् । उनले २०१२ मा चेन्नई सुपर किंग्सबाट आफ्नो आईपीएल करियर सुरु गरेका थिए । त्यसपछि उनी राइजिङ पुणे सुपरजायन्ट्स, रोयल च्यालेन्जर्स बैंगलोर र दिल्लीबाट खेलेका छन् ।

उनले आइपिएलमा १३५.७८ को स्ट्राइक रेटमा ४ हजार ७७३ रन बनाएका छन्, जसमा ३९ अर्धशतक पनि समावेश छन् ।

Read More

मोनाकोसँग पीएसजी स्तब्ध

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गतको खेलमा पीएसजी पराजित भएको छ । गएराती सम्पन्न खेलमा पिएसजी मोनाकोसँग १-० गोल अन्तरले पराजित भएको हो ।

मोनाकोको जितमा खेलको ६८औं मिनेटमा ताकुमी मिनामिनोले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

त्यस्तै यस खेलमा खेलको ८०औं मिनेटमा थिलो केहरेरले रातो कार्ड पाएपछि मोनाको १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि मोनाकोको १४ खेलमा २३ अंक भएको छ भने लिगमा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै पीएसजीको १४ खेलमा ३० अंक रहेको छ भने शिर्ष स्थानमा कायम रहेको छ ।

Read More

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा जारी गरिएका ९२ प्रतिशत कार्यकारी आदेशहरू रद्द गरेका छन् । ट्रम्पले बाइडेनको कार्यकालक यी सबै मेसिन हस्ताक्षरमार्फत हस्ताक्षर गरिएको दाबी गर्दै यी आदेशमा बाइडेनको स्वीकृति नरहेको बताएका छन् ।

यो कदमले स्वास्थ्य, वातावरण र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नियमहरू सहित धेरै प्रमुख बाइडेन कार्यकारी आदेशहरूलाई असर गर्न सक्ने बताइएको छ । ट्रम्पको यो निर्णय ह्वाइट हाउस नजिकै नेशनल गार्ड सेनाहरूमाथि भएको आक्रमणपछि आएको हो । यससँगै बाइडेनका धेरै कार्यकारी आदेशहरू खारेज हुने जोखिममा रहेका छन् ।

बाइडेनले आफ्नो चार वर्षे कार्यकाल (२०२१-२५) मा कुल १६२ कार्यकारी आदेशहरू जारी गरेका थिए, साथै सयौं ज्ञापनपत्र र सूचनाहरूमा हस्ताक्षर गरेका थिए । ट्रम्पले पदभार ग्रहण गरेपछि जनवरीमा बाइडेनले जारी गरेका लगभग ८० आदेशहरू खारेज गरेका थिए, तर केही प्रमुख आदेशहरू अझै पनि प्रभावकारी छन् । यी मध्ये केही अब खारेज हुने जोखिममा छन् ।

ट्रम्पको कदमले सबै कागजातहरूमा हस्ताक्षरहरूको वैधता प्रमाणित गर्न गाह्रो हुने र यी हस्ताक्षरहरू कसले प्रमाणित गर्नेछ भन्ने कुरा अझै स्पष्ट छैन ।

कार्यकारी आदेशहरू अमेरिकी राष्ट्रपतिद्वारा जारी गरिएका आदेशहरू हुन् जसले संघीय एजेन्सीहरूलाई कानून लागू गर्न वा नीतिहरू बनाउन मद्दत गर्दछ । अमेरिकी कानून अन्तर्गत, कुनै पनि राष्ट्रपतिले अघिल्लो राष्ट्रपतिको कार्यकारी आदेशहरू रद्द गर्न, परिमार्जन गर्न वा अमान्य गर्न सक्छन् ।

यद्यपि, यसको आफ्नै सीमितताहरू छन्, विशेष गरी माफी, माफी र वाक्यहरूको कम्युटेसनको मामिलामा, जुन एक पटक दिइएपछि रद्द गर्न सकिँदैन । ट्रम्पको मुख्य दाबी अटोपेनमा आधारित छ । उनले दाबी गरे कि बाइडेनका ९२ प्रतिशत आदेशहरू अटोपेनले हस्ताक्षर गरिएका थिए, जसमा बाइडेनको स्वीकृति नरहेको उनको दाबी छ । यद्यपि, कानुनी रूपमा, अटोपेनको प्रयोग पूर्ण रूपमा मान्य छ ।

साथै ट्रम्पले बाइडेनलाई झुटो बयानको आरोप लगाउने धम्की दिएका छन् । उनले यदि बाइडेनले अटोपेन कागजातहरूलाई व्यक्तिगत रूपमा अनुमोदन गरेको बताए भने, उनले झुटो बयानको आरोपको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । अटोपेन एक मेकानिकल उपकरण हो जसले व्यक्तिको मूल हस्ताक्षरलाई सही रूपमा प्रतिकृति बनाउन सक्छ । एक पटक यसले मूल हस्ताक्षर स्क्यान गरेपछि, यसले हजारौं वा लाखौं पटक पुन: सिर्जना गर्न सक्छ । यो धेरै अमेरिकी राष्ट्रपतिहरूले प्रयोग गर्दै आएका छन् ।

राष्ट्रपति थोमस जेफरसनदेखि सुरु भएको १८०० को दशकको सुरुवातदेखि नै ह्वाइट हाउसमा अटोपेन प्रयोग हुँदै आएको छ । ट्रम्प लगायत पूर्व राष्ट्रपतिहरूले यसलाई धेरै संख्यामा नियमित कागजातहरूमा हस्ताक्षर गर्न प्रयोग गरेका छन् ।

रोनाल्ड रेगन, जर्ज एच.डब्लु. बुश, बिल क्लिन्टन र बराक ओबामा लगायत धेरै राष्ट्रपतिहरूले अटोपेन प्रयोग गरेका छन् । ट्रम्पले पनि यसलाई धेरै पटक प्रयोग गरिसकेका छन् । यद्यपि, उनी आफ्नो स्वीकृति बिना यो प्रयोग नहुने कुरामा जोड दिन्छन् ।

Read More

ओल्मो र यमलको गोलमा बार्सिलोना विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मोले २ गोल गरेका थिए भने लामिन यमलले एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि पाब्लो इबानेजले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोना लिगको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १४ खेलमा ३४ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको रियल म्याड्रिड १३ खेलमा ३२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी आल्भेजको भने १४ खेलमा १५ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

Read More

फोडेनको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिड्सलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले २ गोल गरेका थिए भने जोस्को भार्डिओलले एक गोल गरेका थिए । त्यसैगरी लिड्सका लागि डोमोनिक कलभर्ट लेविन र लुकास मेचाले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीको १३ खेलमा २५ अंक रहेको छ । त्यसैगरी लिड्स युनाइटेडको भने १३ खेलमा ११ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

Read More

इन्टर मियामी एमएलएस कपको फाइनलमा

काठमाडौँ । इन्टर मियामी मेजर लिग सकर (एमएलएस) कपको फाइनलमा पुगेको छ । आइतबार बिहान इन्टर मियामीले न्यूयोर्क सिटीलाई ५-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।  

इन्टर मियामीको जितमा टाडेओ आलेन्डले ह्याट्रिक गरेका थिए भने माटेओ सिल्भेटी र टेलास्को सेगोभियाले एक एक गोल गरेका थिए । त्यस्तै न्यूयोर्क सिटीका लागि जस्टिन हाकले एक गोल गरेका थिए । 

यो जितपछि इन्टर मियामी पहिलो पटक एमएलएस कपको फाइनलमा खेल्ने भएको छ । 

इन्टर मियामीले एमएलएस कपको फाइनल वेस्टर्न कन्फेरेन्सको विजेतासँग खेल्ने छ । इन्टर मियामीले अब फाइनलमा सान डिएगो र भान्कोभर ह्वाइटक्याप्सबीचको विजेतासँग खेल्ने छ ।

Read More

प्रचण्डको झड्का: हेलिकप्टर चढेर भाग्नुपर्ने दिन आउँदा पनि ओलीको अहंकार घटेको छैन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलिकोप्टर चढेर भाग्ने दिन आउँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै अहंकार नत्यागेको टिप्पणी गरेका छन् ।

दाङको लमहीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले अहंकारको कारण सत्तामा पुगेकाहरु पनि हेलिकोप्टर चढेर भाग्नुपर्ने दिन आएको बताएका हुन् ।

ओली हेलिकोप्टर चढेर भाग्नुपरेको तथ्यले चुनाव जितेर मात्रै केही हुँदो रहेनछ भन्ने कुराको पुष्टि गरेको संयोजक प्रचण्डले बताए । चुनाव जित्नुभन्दा पनि ठूलो कुरा जनताबीचको एकता आवश्यक रहेको प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले आफूले सदनको रोस्टमबाट पटक–पटक बहुमतको दम्भ नदेखाउन ओलीलाई चेतावनी दिएको पनि स्मरण गराए । आफूले त्यतिबेला नै संसद्को रोस्टममा उभिएर बहुमतको दम्भ नदेखाउन र धेरै दम्भ देखाएको अवस्थामा जनताले लखेट्ने चेतावनी दिएको पनि उनले बताए । आफूले संसद्को रोस्टमबाट दिएको चेतावनीलाई ओलीलेअ हिले सबै प्रचण्डले गराएको भन्दै हिँडेको उनले बताए ।

‘मैले संसद्को रोष्ट्रमबाटै भनेको थिएँ। बहुमतको धेरै दम्भ नदेखाउनुहोस्, यस्तै अवस्था रहे कुनै दिन जनताले लेखेट्ने छन् भनेर। आज उहाँ ले यो सबै प्रचण्डले गरायो भन्दै हिँडेको सुन्छौं। तर, उहाँको अझै पनि अहंकार त्यागेको देखिँदैन,’– प्रचण्डले भने ।

Read More

नेपाली कम्युनिष्ट पार्टीको पोखरामा आज एकता सन्देश सभा हुदै

पोखरा । नेपाली कम्युनिष्ट पार्टीले आज गण्डकी प्रदेशको पोखरामा एकता सन्देश सभा गर्न लागेको छ  । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय गरे बमोजिम आज पोखरामा सभा गर्ने भएको हो । 

नेपाली कम्युनिष्ट पार्टीले यसअघि  शुक्रबार धनगढीमा र शनिबार दाङको देउखुरीमा एकता सन्देश सभा गरेको थियो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रसहित विभिन्न १२ भन्दा बढी घटक मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै संगठानिक गतिविधि शुरु गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको विराटनगरमा मंसिर १५ गते, उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौँमा मंसिर १७ गते, कर्णाली प्रदेशको सुर्खेत मंसिर १८ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते,  प्रवास प्रदेशहरुको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते, संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौँमा मंसिर २२ गते र बाग्मती प्रदेशको हेटौडामा मंसिर २३ गते एकता सन्देश सभा गर्ने जानकारी दिएको छ ।

Read More