२०८३ बैशाख १३

साफ महिला क्लब च्याम्पियनसिप: कराची सिटी र ट्रान्सपोर्ट युनाइटेडबीचको खेल बराबरीमा

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीचको खेल बराबरीमा सकिएको छ । 

शुक्रबार काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा गोलरहित बराबरीमा सकिएको हो । खेल बराबरीमा सकिएपछि दुवैले एक एक अंक बाँडेका छन् । 

प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल नेपालको एपीएफ क्लब र बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीबीच हुदैछ ।

Read More

जनकपुरले लुम्बिनी लायन्सलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३२ बनाएको हो ।

जनकपुरका लागि संगीथ कूरेले सर्बाधिक अविजित ४५ रन बनाएका थिए भने मयन यादवले २७, आसिफ सेखले २०, संजय कृष्णमुर्थीले १४ र सुभ कंसाकारले ११ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर रोहित पौडेल र शेर मल्लले २-२ विकेट लिएका थिए भने जेजे स्मिट र रुबेन ट्रम्पपेलमेनले एक एक विकेट लिएका थिए ।

Read More

बालुवाटारको सर्वपक्षीय बैठकमा को को भए उपस्थित ?

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि बोलाएको सर्वपक्षीय बैठक शुरु भएको छ । प्रधानमन्त्री कार्कीले बोलाएको बैठक बालुवाटारमा प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरुको उपस्थितिमा शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ ।

बालुवाटार बैठकमा निर्वाचन आयोगबाट कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त जानकीकुमारी तुलाधर, आयुक्त सगुनशमशेर राणा, सचिव महादेव पन्थ, सहसचिव नारायण प्रसाद भट्टराई, सहसचिव यज्ञप्रसाद भट्टराई र सहसचिव राजेन्द्रकुमार केसी सहभागी रहेका छन् ।  त्यस्तै राजनीतिक दलहरूबाट नेपाली कांग्रेसका गगन थापा र पुष्पा भुसाल, नेकपा एमालेबाट शंकर पोखरेल र महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीबाट शक्ति बस्नेत र प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोबिता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र भुवन पाठक, जसपा नेपालबाट प्रकाश अधिकारी र जनमतबाट नरेन्द्र चौधरी सहभागी छन् ।

त्यस्तै बैठकमा सरकारबाट प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल सहभागी रहेका छन् भने ४ वटै सुरक्षा निकाय प्रमुख पनि बैठकमा उपस्थित रहेका छन् । 

Read More

श्रीलंकाकी राजदुत डेल्पिटियासँग नेपाल श्रीलंका चेम्बरका पदाधिकारीको भेटवार्ता

काठमाडौँ । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका राजदुत रुवान्ती डेल्पिटियालाई भेटेका छन् ।  

काठमाडौंको बुढानिलकण्ठस्थित श्रीलंका दूतावासमा भएको भेटमा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) का सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ पन्त र सदस्य कुमार दाहालको उपस्थिति रहेको थियो ।

यो भेटमा राजदुत डेल्पिटियाले आगामी दिनमा दुई मुलुकबीच व्यावसायिक गतिविधि बढ्ने धारणा राखेकी छन् । २०२६ जुन महिनामा श्रीलंकामा हुने इन्ड्रस्ट्रियल एक्स्पोमा नेपालका प्रतिनिधिमण्डल सहभागी हुने विषयमा छलफल भएको छ ।  आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो आयोजना गरिने र श्रीलंकाका प्रतिनिधि सहभागी हुने नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष विजय श्रेष्ठले बताए । भेटघाटमा नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा छलफल भएको छ ।

दुई देशबीचको भ्रमणले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधि बढाउनुका साथै दुई देशसँग सम्बन्धित बजार, आर्थिक विकास पहलहरू, विदेशी व्यापार तथा लगानी नीतिहरूमा नियमित छलफल हुन सक्ने उल्लेख छ ।

साथै, भेटघाटमा व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यावसायिक समूहहरूको आदानप्रदानका साथै व्यापार प्रवद्र्धनका सम्भावित गन्तव्यहरूका बारेमा थप छलफल भएको छ । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) को आगामि हुने साधारणसभामा नेपालका लागि श्रीलंकाका एम्बेसडर डेल्पिटियाको प्रमुख अथिति रहेने विषयमा समेत छलफल भएको छ ।

Read More

मधेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णप्रसाद यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई संबिधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्  ।

यसअघि यादवले ६ राजनीतिक दलका ७७ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् ।

बुधबार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपछि प्रदेस प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न आव्हान गरेका थिए । प्रदेश प्रमुख लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

Read More

प्रधानमन्त्री कार्कीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा शुरु

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि बोलाएको सर्वपक्षीय बैठक शुरु भएको छ ।

प्रधानमन्त्री कार्कीले बोलाएको बैठक बालुवाटारमा प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरुको उपस्थितिमा शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालगायतका दललाई बोलाइएको छ ।

प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दल र जेनजीप्रतिनिधिसँग सामुहिक छलफल गरेकी थिइन् भने त्यसपछि विभिन्न दलका नेताहरुलाई अलग अलग भेट गर्दै आएकी  छन् ।

Read More

हेटौंडाको बजार क्षेत्रको सडक विस्तार कार्य रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । हेटौंडाको बजार क्षेत्रको सडक विस्तार गर्नेविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

रास्वपाकी पूर्व सांसद विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त अवधिसम्म सडक विस्तारको कार्य कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । 

सडक डिभिजन कार्यालय हेटौंडाले आजसम्मको समय दिदै सडक विस्तार गर्ने सूचना जारी गरेको थियो । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि मंसिर २६ गते बोलाएको छ । 

हेटौंडा उपमहानगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम दिदै सडक डिभिजनले मंसिर २० देखि सडक विस्तारको काम शुरु गर्ने र सीमाभित्रका संरचना हटाउने बताएको थियो ।

Read More

देउवा र ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी  शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

महाराजगञ्जस्थित देउवा निवासमा शुक्रबार भेट भएको हो ।  भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिए । 

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि दुवै नेताबीच पहिलो पटक भेट भएको हो ।  

Read More

मधेशमा कांग्रेसका कृष्ण प्रसाद यादवले पेश गरे मुख्यमन्त्रीमा दाबि, ६ दलका ७७ सांसदको समर्थन

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादवले दाबि पेश गरेका छन् ।

शुक्रबार ६ राजनीतिक दलका ७७ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । 

यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेका छन् ।

बुधबार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपछि प्रदेस प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न आव्हान गरेका थिए । प्रदेश प्रमुख लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

Read More

प्रधानमन्त्री कार्कीसँग हाम्रो पार्टी नेपालका अध्यक्ष सुनारसहितको टोलीको भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेटेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उक्त पार्टीको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेको अध्यक्ष सुनारले बताए ।

सुनारले यसअघि आफ्नो निजी कारणले प्रधानमन्त्रीले आलोचना खेप्नुपरेको भन्दै क्षमा याचना पनि गरे । साथै, यो उमेरमा आएर विषम परिस्थितिमा मुलुक सम्हाल्न आएकोमा प्रधानमन्त्री कार्कीप्रति आभार पनि व्यक्त गरे ।

प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावयुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताए । समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि उनले सुझाव दिए ।

अहिलेको सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व के कसरी हुन सक्छ भनेर आफूले पनि प्रयास गर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

Read More