२०८३ बैशाख १३

पुटिनलाई मोदीको रुसी भाषामा लेखिएको गीता उपहार

काठमाडौँ । भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन् ।

प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरेको र गीताको शिक्षाले विश्वभरका लाखौंलाई प्रेरणा दिने बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणको लागि बिहीबार साँझ दिल्ली आइपुगेका हुन् । उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण भयो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।

विमानस्थलमा औपचारिक स्वागत पछि, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा प्रधानमन्त्री मोदीको आधिकारिक निवास ७, लोक कल्याण मार्गमा यात्रा गरेका थिए ।

युक्रेनसँगको युद्ध पछि राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण हो । यस भ्रमणको क्रममा, रुसी राष्ट्रपतिले प्रधानमन्त्री मोदीसँग २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् ।

Read More

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यस बर्षको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको नारा ‘प्रत्येक योगदानको महत्व’ भन्ने रहेको छ । यो विषयवस्तुले सामूहिक कार्यको शक्तिलाई स्वीकार गर्दछ र ठूलो वा सानो, स्वयंसेवाको हरेक कार्यले बलियो र थप जोडिएको संसारमा योगदान पुर्‍याउछ भन्ने अर्थ रहेको छ ।

हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संघ-संस्थाले विविध कार्यक्रम गरेर यो दिवस मनाउने तयारी गरेका छन् । स्वयंसेवाको महत्वका बारे सचेतना मुलक कार्यक्रमसहित समाजमा व्याप्त असमानता हटाउन र दिगो विकास लक्ष्य प्राप्तिमा सघाउने कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गरिन्छ । 

रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेका हन्, वा कुनै स्वार्थबिना या अझ भनौ अनुभवका लागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरुमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो । समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरुको ठूलो भूमिका रहेको छ । सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो ।

Read More

एनपीएलमा आज लुम्बिनी र जनकपुर आमने सामने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच दिउसो ४ बजेदेखि यो खेल हुने तालिका रहेको छ ।

जारी एनपीएलमा लुम्बिनी लायन्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ । लुम्बिनीले यो खेलमा जित हासिल गरेमा प्लेअफमा पुग्नेछ । त्यस्तै जनकपुरले भने आजको खेल जितेर आफ्नो प्लेअफको सम्भावनालाई कायमै राख्ने प्रयास गर्ने छ । जनकपुरले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ ।

रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको  लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै राष्ट्रिय टिमका खेलाडी अनिल शासहित आसिफ सेख, ललित राजबंशी जस्ता खेलाडी रहेको जनकपुरमा इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् ।

Read More

साफ महिला क्लब च्याम्पियनसिप आजदेखि सुरु हुँदै, नेपालबाट एपीएफ क्लब खेल्दै

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन् ।  

प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन् । 

च्याम्पियनसिप अघि बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपालका एपीएफ महिला फुटबल टिमकी कप्तान अनिता बस्नेतले नेपालमा पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप हुन लागेकोमा उत्साहित रहेको र जितको लक्ष्यका साथ तयारी भएको बताइन् । त्यस्तै अन्य क्लबका प्रशिक्षक तथा कप्तानहरूले राम्रो तयारी भएकाले राम्रो नजिता आउने जनाएका थिए । 

प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसबीच र दोस्रो खेलमा एपीएफ क्लबले नसरिन स्पोट्र्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । 

च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् । यो साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण हो ।

Read More

आज १२औं विश्व माटो दिवस मनाइदै

काठमाडौँ ।  आज १२औं विश्व माटो दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । 

डिसेम्बर ५ मा विश्वभर माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय  सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विविध कार्यक्रम गरी विश्व माटो दिवस मनाइन्छ ।

‘स्वस्थ माटो, स्वस्थ गाउँ सहर’ मूल नारासाथ यसपालीको दिवस मनाउन लागि रहेको हो ।  नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात सँगै विश्व माटो दिवस मनाउन थालिएको हो । 

दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वरा शक्ति सुदृढ गरी स्वस्थ माटो भावी पुस्तालाई हस्तान्तरण गर्नु विश्व माटो दिवसको उद्देश्य रहेको छ । डिजिटल माटो नक्साको तथ्याङ्कअनुसार नेपालमा जाँचिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत माटो अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत माटो क्षारीय प्रकृतिको रहेको कृषि विभागको अध्ययनले देखाएको छ ।  
पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको तथ्याङ्कले देखाएको छ भने नेपालको अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएको छ । करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४५ प्रतिशतमा मध्यम र १८ प्रतिशतमा उच्च रहेको विभागले जनाएको छ । तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थ कम छ । 

प्रतिवर्ष नेपालमा करिब १.८ मिलिमिटर माथिल्लो सतहको माटो भूक्षयका कारण ह्रास हुने गरेको तथ्याङ्क छ । देशभर करिब २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा उच्च रहेको छ । फस्फोरस र पोटास पनि धेरै स्थानमा असन्तुलित अवस्थामा रहेको पाइएको छ । सूक्ष्म पोषक तत्व अन्तर्गत जिङ्क, बोरोन र मोलिब्डेनमको मात्रा सामान्यतया कम देखिएको छ । बोरोन विशेषगरी पूर्वी नेपालमा न्यून रहेको छ । सल्फर पनि मुख्य रूपमा तराई क्षेत्रका माटोमा कम पाइएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यस बर्ष मङ्सिर १४ गतेदेखि माटो दिवस मनाउन सुरु गरेको थियो भने आज मूल कार्यक्रम गरी १२औं विश्व माटो दिवस मनाउने बताएको छ ।  कृषि विभागका अनुसार यस वर्ष कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, एफएओ, नेपाल माटो विज्ञान समाज र विभिन्न निकायको सहकार्यमा विश्व माटो दिवस मनाइँदैछ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको र हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको र  देशको तराई भू-भागका थोरै स्थानहरुमा हुस्सु-कुहिरो लागेको जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

२०८२ मंसिर १९ गते शुक्रबार: आजको राशिफल

आज मंसिर १९ गते शुक्रबार ईसं २०२५  डिसेम्बर ५ नेपाल सम्बत ११४६ थिंलागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर शुक्ल प्रतिपदा, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, सिद्ध योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४० मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । कडा परिश्रमको उत्कृष्ट नतिजा प्राप्त हुनेछ, सहकर्मीहरूले तपाईंको क्षमतामाथि विश्वास गर्न थाल्नेछन्, जुनियर स्टाफ र सहयोगीका भावनालाई बुझ्ने प्रयास गर्नुहोला । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । असम्भव आशामा वा जोखिममूलक काममा धन लगानी गर्नु हुँदैन । उता  घररपरिवारको बारम्बार याद आउनाले मानसिक तनावसमेत बढ्नसक्छ । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुनै व्यक्तिगत समस्या आइपर्नाले कार्यक्षेत्रमा खट्ने अनुकूलता मिल्दैन । कामको चाप बढ्नाले सहयोगी कर्मचारी र हाकिम रुष्ट हुनसक्छन् । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउनेछन् र लामो दूरीको यात्रा लाभदायक रहनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कुनै प्रस्तावउपर विचाररविमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने दिन हो । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । मन र शरीर भारी हुने समय छ, कामकाजमा पनि उत्साहको कमी हुनेछ । कुनै परिचित मान्छेको नराम्रो खबर सुन्दा दिक्क मान्नु हुनेछ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ, विवाद वा लफडामा पनि पछि हट्नुहोला, समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु बेस हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मानसिक रूपमा कमजोर समय छ, मित्र र सहयोगीहरूले पनि साथ दिन पाउने छैनन् । काम र यात्राबाट थकानको महसुस हुनसक्छ । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दैनिक र व्यवहारिक खर्चको मात्रा बढ्नेछ । कुनै गुप्त कारोबारका क्रममा हानि व्यहोर्नुपर्ने समय छ, सचेत भएर काम गर्नुपर्ने दिन हो । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु होला, नत्र आपसी विचाररविमर्शमा खाडल सिर्जना हुनेछ । भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् ।

Read More