२०८३ बैशाख १५

सुमनाको प्रश्न- समानुपातिक सूची बुझाइसकेपछिको महाअधिवेशनले पुराना दलमा के फरक ल्याउला ?

काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले समानुपातिक बन्द सूची बुझाइसकेपछिको महाअधिवेशनले पुराना दलहरु भित्र के फरक ल्याउला भन्दै प्रश्न गरेकी छन् ।

सामाजिक सञ्जाल मार्फत सुमनाले  समानुपातिक बन्द सूची बुझाइसके पछिको महाअधिवेशनले पुराना दलहरु भित्र के फरक ल्याउला भन्दै नेतृत्व परिवर्तन सँगै प्रसाशन, शिक्षा, स्वास्थमा भएका पार्टीका संगठनहरू खारेज हुने प्रतिबद्धता नभएसम्म खास ठूलो परिवर्तन नहुने दाबी गरेकी हुन् ।

साथै उनले विदेशबाट र देशभित्र पनि गृह निर्वाचन क्षेत्र बाहिरबाट मतदानको अधिकार सुनिश्चित गर्न दलभित्र बाहिर सबैले पहल गर्न आग्रह गरेकी छन् । उनले भनेकी छन्- ‘विदेशबाट र देशभित्र पनि गृह निर्वाचन क्षेत्र बाहिरबाट मतदानको अधिकार सुनिश्चित गर्न दलभित्र बाहिर सबैले पहल गरौँ । गरिखाने वर्ग जसको परिश्रमले देश चलेको छ, उहाँहरूलाई अवहेलना नगरौँ ।’

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ५२ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले घटेर ३५५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३६२५ मा कारोबार भएको थियो ।

Read More

दिलवाले दुल्हनिया ले जायेंगे: रिलिजको ३० बर्षको अवसरमा लण्डनमा राज र सिमरनको कांस्य मूर्ति अनावरण

काठमाडौँ । बलिउडको सुपरहिट फिल्म दिलवाले दुल्हनिया ले जायेंगेको रिलिजको ३० बर्ष पुरा भएको छ । हालै, फिल्ममा मुख्य भूमिका निर्वाह गरेका शाहरुख खान र काजोलले लन्डनमा आफ्नो कांस्य मूर्ति अनावरण गरेका छन् ।

फिल्मको बहुचर्चित पोजमा पुन: निर्माण गरिएको मूर्तिले शाहरुख र काजोललाई आफ्ना पात्र राज र सिमरनको रूपमा चित्रण गरेको छ । मूर्तिको उद्घाटनको समयमा दुई स्टारहरूले सँगै फोटो खिचाएका थिए । 

शाहरुखले भनेका छन्- ‘लन्डनको लेस्टर स्क्वायरमा राज र सिमरनको कांस्य मूर्तिहरू उद्घाटन गर्न पाउँदा धेरै खुशी लागेको छ । दिलवाले दुल्हनिया ले जायेंगेको ३०औं वार्षिकोत्सवको यो उत्सव धेरै विशेष छ । यो फिल्म स्क्वायर ट्रेलमा दृश्यहरूमा चित्रित हुने पहिलो भारतीय फिल्म हो । यो सम्भव बनाउने बेलायतका सबैलाई धन्यवाद । यदि तपाईं कहिल्यै लन्डन जानुहुन्छ भने, राज र सिमरनलाई भेट्न नभुल्नुहोला । हामी चाहन्छौं तपाईं दिलवाले दुल्हनिया ले जायेंगेसँग धेरै सम्झनाहरू बनाउनुहोस् ।’

दिलवाले दुल्हनिया ले जायेंगे आदित्य चोपडाले निर्देशन गरेका थिए । यो फिल्म अझै पनि दर्शकहरूसँग प्रतिध्वनित छ । यसका पात्रहरू राज र सिमरनले हिन्दी सिनेमामा एक अद्वितीय पहिचान बनाएका छन् । यो भारतको सबैभन्दा लामो समयसम्म चल्ने फिल्म हो, जुन अझै पनि मुम्बईको मराठा मन्दिर सिनेमामा हरेक दिन देखाउने गरिन्छ ।

शाहरुख खानले फिल्मको बारेमा भनेका छन्- दिलवाले दुल्हनिया ले जायेंगे रिलिज भएको ३० वर्ष बितिसकेको जस्तो लाग्दैन । यो हिजो जस्तो लाग्छ, तर अझै पनि विश्वास गर्न गाह्रो छ । म संसारभरका मानिसहरूलाई धन्यवाद दिन्छु, जसले राजलाई यति धेरै माया दिए । कसैले कल्पना पनि गरेका थिएनन्, फिल्म मानिसहरूमा यति गहिरो रूपमा प्रतिध्वनित हुनेछ ।’

त्यस्तै अभिनेत्री काजोलले भनेकी छन्- ‘त्यसपछिको हरेक रोमान्टिक फिल्ममा  दिलवाले दुल्हनिया ले जायेंगेको थोरै अंश प्रतिबिम्बित हुन्छ । मेरो लागि, सिमरन कहिल्यै समाप्त नहुने पात्र हुन् । उनी लाखौं केटीहरूको आवाज हुन्, जसले आफ्ना आमाबाबुको आज्ञा पालन गर्छन् तर आफ्नो सपनाहरू त्याग्दैनन् । जब कसैले ‘जा सिमरन, जा’ भन्छ, यो केवल संवाद मात्र हुँदैन, यो साहस र प्रेमको शक्तिको प्रतीक बन्छ ।’

Read More

वीपी राजमार्गको पुनर्निर्माण धमाधम

काठमाडौं । गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्याएको वीपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ ।

अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक—सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ । त्यसमध्ये ४ खण्डका पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । 

बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का सहयायतामा पुनर्निर्माण हुनेछ । यसका लागि डिजाइन स्वीकृत भई ठेक्काको प्रक्रियामा रहेको बताइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले त्यस क्षेत्रको स्थलगत अनुगमन गरी सडक पुनर्निर्माणका विषयमा जानकारी लिएका छन् । सडक विभागका महानिर्देशक विजय जैशी, संघीय सडक सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख सुभराज न्यौपानेलगायतका टोलीसहित अनुगमनमा पुगेका घिसिङले सडकको विभिन्न खण्डमा भइरहेको पुनर्निर्माण, निर्माण सम्पन्न हुने तालिका, यातायात सञ्चालनका लागि हाल अस्थायी रुपमा गरिएको डाइसर्भनको व्यवस्था,जाइकाले निर्माण गर्ने खण्डको तयारी अवस्थालगायतका विषयमा छलफल गरेका थिए । 

हाल अस्थायी रुपमा सवारी साधनका लागि खोला किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरु भएसँगै काम नगर्ने उल्लेख गर्दै मन्त्री घिसिङले यसतर्फ विशेष ध्यान दिई वर्षायाम सुरु हुनुभन्दा अगाडि नै आवश्यक संरचनाको निर्माण सम्पन्न गर्न आग्रह गरे । उनले जलशक्ति थप र विद्युतको व्यवस्था गरी राती पनि काम गर्ने व्यवस्था गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए । 

संघीय राजधानीलाई पूर्वी क्षेत्र संग जोड्नको लागि महत्वपूर्ण रहेको उक्त वीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाई रहेको वीपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडियट लेनलाई  क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाई पुनर्निर्माण गरिंदैछ ।

Read More

एआई स्टार्टअप पर्प्लेक्सिटीमा रोनाल्डोको इन्ट्री, लगानीको घोषणा

काठमाडौँ । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले २० अर्ब डलरको मूल्यको सर्च इन्जिन कमेट जस्ता उत्पादनहरू सहितको एआई स्टार्टअप, पर्प्लेक्सिटी एआईमा लगानीको घोषणा गरेका छन् ।

रोनाल्डोले भिडियोमार्फत साझा गर्दै सफलता प्राप्त गर्न जिज्ञासाको महत्त्वलाई जोड दिए । उनले भनेका छन्- ‘जिज्ञासा सफल हुन आवश्यक छ । जब तपाईं हरेक दिन नयाँ प्रश्नहरू सोधिरहनुहुन्छ तब तपाईं सधै जित्नुहुन्छ । त्यसैले म पर्प्लेक्सिटीमा मेरो लगानीको घोषणा गर्न पाउँदा गर्व गर्छु ।’

रोनाल्डोले यो साझेदारीले ‘सबैलाई थप महत्वाकांक्षी प्रश्नहरू सोध्न प्रेरित गर्ने’ र उनीहरूको संयुक्त प्रयासको सुरुवात मात्र भएको बताएका छन् ।

२०२२ मा स्थापित पर्प्लेक्सिटीले इन्भेस्टमेन्ट राउन्डमा २०० मिलियन डलर सुरक्षित गरेपछि सेप्टेम्बरमा यसको कम्पनिको भ्यालुएसन २० अर्ब डलरको मूल्याङ्कनमा पुगेको थियो । लगानीकर्ता बन्नु अघि एआई खोज प्लेटफर्ममा रोनाल्डोको संलग्नता एक प्रयोगकर्ताको रूपमा सुरु भएको थियो । अक्टोबरमा, उनले पर्प्लेक्सिटीलाई आफ्नो प्रेस्टिज ग्लोब अवार्ड स्वीकृति भाषण बनाउन मद्दत गरेकोमा श्रेय दिएका थिए ।

प्रमुख प्लेटफर्महरूमा एल अर्बभन्दा बढी फलोअर्स भएको रोनाल्डोको सामाजिक सञ्जालमा विशाल उपस्थितिसँगै, उनको लगानी र साझेदारीले पर्प्लेक्सिटीको प्रयोगकर्ता आधारलाई उल्लेखनीय रूपमा विस्तार गर्न सक्ने विश्लेषण गरिएको छ । फुटबल स्टारले आफ्नो घोषणामा ‘पर्प्लेक्सिटीले विश्वको जिज्ञासालाई बढावा दिइरहेको’ भनेका छन् । रोनाल्डोले कम्पनिमा कति लगानी गरेका छन् भन्ने बारेमा भने स्पष्ट भएको छैन ।

Read More

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’को विशेष कर्पोरेट शोः चलचित्रमा गणित कसरी लागू हुन्छ ?

काठमाडौं । दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ। यही सत्यलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यसहित इम्बार्क अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको छ।

अनम्याथले शिक्षक तथा अभिभावकसहित झण्डै दुईसय जनालाई काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा सामुहिक चलचित्र दृश्यावलोकनको अवसर जुराएको हो।

गणितलाई पुस्तकका सूत्रहरूमा मात्र सीमित नराखी, जीवन र सिर्जनशील उद्योगहरूमा कसरी प्रयोग हुन्छ भन्नेबारे जागरूकता फैलाउँदै आएको इम्बार्क अनम्याथले यसपटक नेपाली चलचित्र ‘परान’ मार्फत गणितीय सोचको वास्तविक उपयोगलाई झनै प्रस्ट पारेको छ।

हालै देश–विदेशमा चर्चा बटुलेको चलचित्र परान ले कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकको मन गहिरोसँग छोएको छ। फिल्मको सफल प्रदर्शनले सिर्जना, कथानक निर्माण, सिनेमाटोग्राफी, समय व्यवस्थापनदेखि दर्शकको मनोविज्ञान बुझ्नसम्म गणितीय अवधारणाहरू प्रयोग हुने रहेछन् भन्ने बुझाउन पनि अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको आयोजकले बताए।

चलचित्र ‘परान’ को कर्पोरेट शो अवलोकनपछि इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भनेः “गणितले नछुने कुनै ठाउँ हुँदैन। चलचित्र निर्माणमै पनि ढाँचागत सोच, व्यवस्था, सम्भाव्यता, गति, अनुपात, कथा–रचना र दर्शक व्यवहार विश्लेषण जस्ता तत्वहरू गहिरोसँग गणितसँग जोडिएका हुन्छन्। परान हेर्दा यी तत्वहरूको उल्लेखनीय उपयोग देखिन्छ, जसले फिल्मलाई अझ प्रभावकारी बनाएको छ।”

उनका अनुसार, इम्बार्क अनम्याथले गणितलाई डर होइन, जीवनसँग जोडिएको उपयोगी कौशलको रूपमा बुझाउने कार्य निरन्तर गरिरहेको बताए।

Read More

युरोपेली नेताको भिडियो कल लिक: युक्रेनलाई अमेरिकाले धोका दिन सक्ने म्याक्रोनको चेतावनी

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकाले युक्रेनलाई धोका दिन सक्ने चेतावनी दिएका छन् । जर्मन अखबार डेर स्पीगलका अनुसार, डिसेम्बर १ मा युरोपेली नेताहरूको लिक भएको गोप्य भिडियो कलमा म्याक्रोनले सो चेतवानी दिएको खुलेको हो ।

यसमा जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टब, नाटो महासचिव मार्क रुट, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको कुराकानी समावेश रहेको दाबी गरिएको छ ।

यस कलको क्रममा, म्याक्रोनले अमेरिकाले बलियो सुरक्षा ग्यारेन्टी बिना युक्रेनलाई क्षेत्र छोड्न बाध्य पार्न सक्ने शंका व्यक्त गरेका थिए । अखबारसँग यो कलको लिखित रेकर्डिङको पहुँच रहेको दाबी गरिएको छ ।

नेताहरूले स्पष्ट रूपमा उनीहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई प्रमुख सहयोगीहरू अमेरिकी राजदूत स्टीव विटकोफ र ट्रम्पका ज्वाइँ, जारेड कुशनरमा कुनै विश्वास नरहेको बताएका छन् ।

जर्मन चान्सलर मर्जले जेलेन्स्कीलाई भनेका छन्- ‘आगामी दिनहरूमा धेरै सावधान रहनुहोस् । तपाईं र हामीसँग खेल खेलिँदैछ ।’ फिनिश राष्ट्रपति स्टब र नाटो प्रमुख रुटले पनि जेलेन्स्कीलाई दुई अमेरिकीहरूसँग एक्लै छोड्न सकिँदैन भनेर दोहोर्‍याएका थिए ।

युक्रेनी राष्ट्रपति कार्यालयले भने प्रतिक्रिया दिदै सम्पूर्ण प्रतिवेदनलाई गलत र गलत जानकारीको रूपमा खारेज गरेको छ ।

Read More

अमेरिकामा जापानी केइ कारको उत्पादन र बिक्रीको लागि बाटो खोल्दै ट्रम्प

काठमाडौँ । हालै जापान भ्रमणको क्रममा देखेका साना र प्यारा केई कारहरूबाट प्रभावित भएर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा तिनीहरूको उत्पादन र बिक्रीको लागि बाटो खोल्ने भएका छन् । अमेरिकी सडकहरूमा ठूला र भारी सवारी साधनहरूको तुलनामा यी कारहरू सुरक्षित नहुने वर्षौंदेखि चिन्ताहरू रहे पनि, ट्रम्पले नियमहरू खुकुलो पार्ने संकेत दिएका छन् ।

ह्वाइट हाउसमा ट्रम्पले भने यी कारहरू ‘धेरै साना र प्यारा’ छन् र संयुक्त राज्य अमेरिकामा राम्रो प्रदर्शन गर्न सक्ने बताएका छन् । उनले यातायात सचिव सीन डफीलाई तिनीहरूको उत्पादन अनुमोदन गर्न अधिकार दिइएको बताए ।

एसियाली देशहरूमा अत्यन्त लोकप्रिय भए पनि, केई कारहरूले हाल अमेरिकी सुरक्षा र दुर्घटना-परीक्षण मापदण्डहरू पूरा गर्दैनन् । यी मापदण्डहरू बिना मात्र २५ वर्ष भन्दा पुराना कारहरू अमेरिकामा आयात गर्न अनुमति छ । यो नियमले अमेरिकी कार उत्साहीहरूमाझ केई कारका केही पुराना मोडेलहरू लोकप्रिय बनाउँछ । यद्यपि, धेरै राज्यहरूमा, तिनीहरू निजी सम्पत्ति वा कम-गति क्षेत्रहरूमा सीमित छन् ।

विज्ञहरूका अनुसार, केई कारहरू आकारमा सानो मात्र होइनन् तर अमेरिकी सडकहरूको लागि पनि अपर्याप्त मानिन्छन्, जहाँ ठूला एसयूभी र ट्रकहरू हावी छन् ।

केई कारहरू जापानमा सबै नयाँ कार बिक्रीको लगभग एक तिहाइ हिस्सा ओगटेका छन् । यी कारहरू साँघुरो सडकहरू र किफायती मूल्यहरू भएका शहरहरूका लागि लोकप्रिय छन् । यद्यपि, ब्लूमबर्ग इन्टेलिजेन्स अटो विश्लेषक टात्सुओ योशिदाले यी कारहरूको व्यापार मोडेल अमेरिका जस्तो बजारमा फिट नहुने बताउछिन् ।

केई कारहरूको बारेमा ट्रम्पको कदमलाई अमेरिका र जापानबीच चलिरहेको व्यापार समीकरणको एक भागको रूपमा पनि हेरिएको छ । यस वर्षको सुरुमा दुई देशहरू बीचको व्यापार वार्तामा यात्रुवाहक सवारी साधनहरू एक प्रमुख मुद्दा थिए । जापानले अमेरिकी कारहरू आयात गर्ने सुझाव र जापानमा अमेरिकी निर्मित कारहरू पुन: बिक्री गर्ने सम्भावना दुवै ट्रम्पलाई राजनीतिक रूपमा रोचक देखिन्थ्यो ।

ट्रम्प प्रशासनको यो निर्णयले अमेरिकी बजारमा साना, इन्धन-कुशल सवारी साधनहरूको लागि नयाँ अध्याय खोल्न सक्ने संकेत गरेसँगै दुवै देशको व्यापारिक सम्बन्ध सुधारको क्रममा रहेको विश्लेषण गरिएको छ ।

Read More

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले आज अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन् । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत साना तथा मधेस केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडी बढाएका छन् ।

Read More

वेस्टह्यामसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा म्यानचेस्टर युनाइटेडका लागि डिओगो डालोटले शुरुवाती गोल गरेका थिए भने वेस्टह्यामका सोउन्गोउटोउ मागासाले एक गोल फर्काएका थिए ।

यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको १४ खेलमा २२ अंक भएको छ र लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै वेस्टह्यामको १४ खेलमा १२ अंक रहेको छ र हाल १८औं स्थानमा रहेको छ ।

Read More