२०८३ बैशाख १३

डडेल्धुराबाट काँग्रेस सभापति देउवा एकल शिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट फागुन २१ को निर्वाचनका लागि एक शिफारिस भएका छन् ।

कांग्रेस डडेल्धुराको बिहीबार बसेको पार्टी बैठकले देउवाको नाम एकल सिफारिस गरेको हो । जिल्ला सभापति भीमबहादुर साउदका अनुसार देउवाको नाम प्रदेश समितिमा सिफारिस गरिएको छ । देउवाले यसअघि नै जिल्लाका नेताहरूसँग आफु अन्तिम पटक चुनाव लड्ने बताएका थिए ।

देउवा यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका सबै निर्वाचनमा डडेल्धुराबाटै विजयी हुँदै आएका छन् ।

डडेल्धुराबाट समानुपातिकतर्फ नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रिय सभाका लागि भीमबहादुर साउद र रघुवर भट्टलाई सिफारिस गरिएको छ ।

कांग्रेसले केन्द्रबाट फागुन २१ मा हुने निर्वाचनका लागि उय्म्मेद्वर सिफारिस गर्न दिएको निर्देशन अनुसार धमाधम उम्मेदवार सिफारिस भइरहेको छ । 

Read More

कञ्चनपुरको बेलडाँडीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेत ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

काठमाडौँ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाकाको वडा नम्बर-२ मा हुँदै नभएको घर छ भनी नक्सा तयार गरी जग्गा-घर धितोमा राखी लक्ष्मी सनराईज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको र उक्त कार्य गर्नका लागि जग्गाधनी, प्रमुख प्रशासकीय अधिकृतसमेतका कर्मचारीहरुले
मिलोमतो गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरिएको जनाएको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव-इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव- इन्जिनियर तेज बहादुर सुनार र वडा नम्बर २ बस्ने जग्गाधनी शान्ती नाथविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

Read More

राष्ट्रिय लिगको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने एन्फाको निर्णय

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिगका लागि दर्ता भएका १७ क्लबहरूबीच आज दशरथ रङ्गशालामा राष्ट्रिय लिगसम्बन्धी छलफल सम्पन्न भएको छ । 

एन्फा महासचिव किरण राईको अध्यक्षतामा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर सम्मिलित छलफलमा प्रतियोगितामा सहभागी प्रत्येक क्लबलाई तयारी खर्च स्वरूप १५ लाख प्रदान गर्ने निर्णय गरिएको छ ।

साथै, हेटौडामा सम्पन्न भएको एन्फा प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिगमा छनोट भएका काठमाडौँ उपत्यकाबाहिरका क्लबहरूलाई यातायात खर्च स्वरूप २ लाख र काठमाडौँ उपत्यका क्लबलाई १ लाख प्रदान गरिनेछ ।

राष्ट्रिय लिगको विजेताले नगद ५० लाख, उपविजेताले नगद २५ लाख तथा तृतीय स्थान हासिल गर्ने क्लबले नगद १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । क्लबहरूले खेलाडी दर्ता पुस १८ गतेभित्र सम्पन्न गर्नुपर्ने र प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने सहमति पनि बैठकमा भएको छ ।

Read More

कपिलवस्तुका युवा नेता टुकलाल गैरेको युवा क्लस्टरबाट एमालेको केन्द्रीय सदस्यमा दाबि

कपिलवस्तु । नेकपा एमालेको ११औं महाधिवेशन शनिबारदेखि शुरु हुदैछ । महाधिवेशन नजिकिदै गर्दा नेतृत्व चयनको रस्साकस्सी पनि उत्तिकै चर्किएको छ ।  पार्टी अध्यक्षमा केपी शर्मा ओलीले अझै एक कार्यकाल रहने इच्छा व्यक्त गरेपछि उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन् । दुवै पक्ष प्यानल बनाएर चुनावी मैदानमा जाने देखिएको छ । 

यसैक्रममा एमालेले यस पटक युवा क्लस्टरबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने भएको छ ।  कम्तिमा १० प्रतिशत केन्द्रिय सदस्य ४० बर्षभन्दा मुनिको उमेर समुहबाट चयन गर्ने गरी एमालेले तयारी गरेको छ । 

पार्टीले युवा क्लस्टरबाट नेतृत्वमा स्थान दिने भएसँगै पार्टीका युवा कार्यकर्ताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  यसैक्रममा कपिलवस्तुका एमालेका युवा नेता टुकलाल गैरेले पनि केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अनेरास्ववियु कपिलवस्तुको पुर्व अध्यक्ष हुदै अनेरास्ववियुको पुर्व केन्द्रीय स्थायी कमिटी सदस्य सदस्यको अनुभव हासिल गरेका गैरे हाल दुई कार्यकालदेखि एमालेको कपिलवस्तु जिल्लाको सचिवालय सदस्य रहेका छन् । कपिलवस्तुमा एमालेको संगठनलाई विस्तार गर्न पटक पटकका निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका खेलिरहेका गैरेले अब एमालेको केन्द्रको राजनीतिमा कदम बढाउने बताएका छन् । जेनजी आन्दोलनपछि समयले पनि अब हरेक पार्टीमा युवालाई अगाडी आउन भनेको बताउदै गैरेले युवाहरुको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । अहिलेको कठिन समयमा पार्टीको नेतृत्व केपी ओलीले नै गर्नुपर्ने बताउने गैरेले महाधिवेशनले धरै भन्दा धेरै युवालाई समेटेर अगाडी बढ्नुपर्ने बताउछन् ।

एमालेले ४० वर्ष मुनिका युवालाई महाधिवेशन प्रतिनिधि निर्वाचित गरेर ल्याइसकेको हुनाले केन्द्रीय कमिटीमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न महाधिवेशनको हलबाटै युवा क्लस्टर राख्ने गर्ने तयारी गरेको छ । अहिले कम्तिमा १० प्रतिशत केन्द्रीय सदस्य युवा क्लस्टरबाट हुने भनिएपनि युवाहरुले यो प्रतिशत कम्तिमा २५ प्रतिशत हुनुपर्ने बताएका छन् ।

Read More

कम्बोडियाको आक्रमणमा थाइल्याण्डका तीन सर्वसाधारण र ९ सैनिकको मृत्यु

काठमाडौँ । थाइल्याण्ड र कम्बोडियाबीच सीमामा भएको झडपमा नागरिक र सैनिक हताहत भएका छन् । थाई सेनाले सीमामा कम्बोडियाली सेनासँग जारी झडपमा ३ जना सर्वसाधारण र ९ जना सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।

झडपमा करिब १२० जना घाइते भएको पुष्टि थाई सेनाले गरेको छ । यस झडपबाट दुई लाख भन्दा बढी थाई नागरिक हाल ८४९ अस्थायी केन्द्रहरूमा आश्रय लिइरहेको जनाएको छ ।

रोयल थाई सशस्त्र बलका उपप्रवक्ता रियर एडमिरल सुरासाक कोङसिरीले कम्बोडियाली सेनाले विशेष गरी चान मा क्षेत्र र हिल ६६७ नजिकै बीएम-२१ रकेट, मोर्टार र कामिकाजे ड्रोनको साथ भारी आक्रमण जारी राखेको बताएको छ । थाई सेनाले कम्बोडियाली सेनाले नागरिक घरहरूलाई सुदृढ स्थानको रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।

रोयल थाई वायुसेनाले जमिन अपरेशनहरूलाई पनि जारी राखेको र नौसेनाले निरन्तर ड्रोन आक्रमणहरूको सामना गरेको अपडेट दिएको छ ।

जुलाईमा युद्धविराम भएयता दुई देशबीचको यो सबैभन्दा गम्भीर द्वन्द्व हो । जुलाईमा दुई देशहरू बीच तनाव उत्पन्न भएको थियो, जसमा पाँच दिनको द्वन्द्व भयो । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम र ट्रम्पले मध्यस्थता गरेपछि युद्धविराम भएको थियो । अक्टोबरमा, दुई देशहरूले क्वालालम्पुरमा विस्तारित शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । जुलाईको द्वन्द्वमा ४८ जनाको मृत्यु भयो र लगभग ३ लाख अस्थायी रूपमा विस्थापित भएका थिए । 

थाईल्याण्ड र कम्बोडिया बीचको ८१७ किलोमिटर लामो भूमि सीमा एक शताब्दी भन्दा बढी समयदेखि विवादको रूपमा रहेको छ । यस सीमाका केही भागहरूमा सार्वभौमिकता विवादित छ । यो सीमा पहिलो पटक १९०७ मा फ्रान्सले नक्साङ्कन गरेको थियो, जब यसले कम्बोडियामा शासन गर्थ्यो । त्यसबेलादेखि तनाव धेरै पटक भड्किएको छ । २०११ मा एक हप्ता लामो बन्दुक युद्ध भयो । यद्यपि, दुवै देशहरूले शान्तिपूर्ण रूपमा विवाद समाधान गर्ने प्रयास गरिरहेका छन् ।

Read More

ओलीले फेरी भने- सुशिला कार्की सरकार असंबैधानिक हो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशिला कार्की नेतृत्वको सरकार असंबैधानिक भएको दोहोराएका छन् । 

विहिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुशिला कार्की नेतृत्वको सरकार असंबैधानिक रहेकाले जेनजी समुहसँग भएको सम्झौता बारे टिप्पणी गर्न आवश्यक नरहेको

बताएका छन् । कार्की नेतृत्वको सरकारलाई राष्ट्रपतिले फागुन २१ गते निर्वाचन गर्न कार्यादेश दिएको सम्झाउदै ओलीले आफ्नो कार्यादेश भन्दा बाहिर चलखेल नगर्न चेतावनी समेत दिएका थिए ।

ओलीले देउवासँगको भेटमा देशको राजनीतिको विषया कुरा भएको र त्यसको परिणाम छिट्टै देखिने दाबी गरेका हुन् । देउवासँग भएको भेटको आलोचना भएको भन्दै देउवा क्षमता भएरनै देशको पटक पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै ओलीले भने- प्रमुख पार्टीका नेताहरु भेट हुदा देशको बारेमा कुरा हुनु, समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल हुनु स्वाभाविक नै हो । अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोली देखिन्छ । त्यो प्रकट हुन टाइम लाग्छ ।’

Read More

देउवासँग गरेको भेटको नतिजा छिट्टै निस्कन्छ: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटको अर्थ रहेको र त्यसको नतिजा छिट्टै देखिने बताएका छन् । 

विहिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देउवासँगको भेटमा देशको राजनीतिको विषया कुरा भएको र त्यसको परिणाम छिट्टै देखिने दाबी गरेका हुन् । देउवासँग भएको भेटको आलोचना भएको भन्दै देउवा क्षमता भएरनै देशको पटक पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै ओलीले भने- प्रमुख पार्टीका नेताहरु भेट हुदा देशको बारेमा कुरा हुनु, समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल हुनु स्वाभाविक नै हो । अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोली देखिन्छ । त्यो प्रकट हुन टाइम लाग्छ ।’ 

अध्यक्ष ओलीले देशमा १४३ दल खुलेको भन्दै नयाँ दलको कुनै सिद्धान्त र आर्थिक दृष्टिकोण नभएको र विभिन्न क्षेत्रमा असफल भएर अहिले दल खोल्ने फेशन चलेको टिप्पणी गरेका छन् । देशमा धेरै दल खुलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

Read More

एमालेको महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा, विदेशी पाहुना सहभागी नहुने

काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई नबोलाउने बताएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यस महाधिवेशनमा विदेशी पाहुनालाई नबोलाउने जानकारी दिएका हुन् ।

मंसिर २७ गतेबाट २९ सम्म काठमाडौंमा हुने महाधिवेशनमा देशका १६ राजनीतिक दलहरुलाई निमन्त्रणा दिने बर्तौलाले जानकारी दिए ।

महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी हुने, जसमा १०८ प्रतिनिधि मनोनित हुनेछन् । एमालेले २७ गते भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन सत्रमा लाखौं नेता कार्यकर्ता सहभागी हुने जनाएका हो । एमालेले १६५ निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा एक जना ४० बर्ष मुनिका युवालाई समेटिएको छ भने केन्द्रीय समितिमा पनि युवा क्लस्टरबाट प्रतिनिधित्व गराउने तयारी गरिएको छ ।

Read More

सर्लाहीबाट नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही । सर्लाहीको बिष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोट सहित कौडेना गाउँपालिका-५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोट सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

ट्विटर फेरी फर्किन सक्ने, ट्रेडमार्क कार्यालयमा नयाँ स्टार्टअपले दियो निवेदन

काठमाडौँ । ट्विटर इन्टरनेट दृश्यमा फेरी फर्कन सक्ने देखिएको छ । रोयटर्सको रिपोर्टका अनुसार, एक स्टार्टअप कम्पनि अपरेशन ब्लूबर्डले अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयलाई ट्विटर र ट्वीट ट्रेडमार्क रद्द गर्न अनुरोध गरेको छ ।

कम्पनीले एक्स कर्पोरेशनले तिनीहरूलाई त्यागेको दाबी गर्दै स्टार्टअपले ‘twitter.new’ भनिने आफ्नो नयाँ सामाजिक सञ्जाल प्लेटफर्मको लागि ‘ट्विटर र ट्वीट’ भाने शब्द प्रयोग गर्न अनुमति समेत पागेको छ ।

डिसेम्बर २ मा अमेरिकी पेटेन्ट र ट्रेडमार्क कार्यालयमा गरिएको आफ्नो निवेदनमा, अपरेशन ब्लूबर्डले एक्स कर्पोरेशनले ट्विटर ब्रान्डलाई पूर्ण रूपमा त्यागेको बताएको छ । कम्पनीका जनरल काउन्सिल, स्टीफन कोट्स, जो पहिले ट्विटरमा ट्रेडमार्क वकिल थिए, ले स्पष्ट रूपमा एक्सले कानुनी रूपमा ट्विटर ट्रेडमार्क त्यागेको दाबि गर्दै निवेदन दिएका छन् ।

यो स्टार्टअपले एक्स कर्पोरेशनले यी नामहरू व्यावसायिक रूपमा प्रयोग नगरेको हुनाले, आफुलाई यी ट्रेडमार्कहरू प्रयोग गर्न अनुमति दिनुपर्ने दाबि पेश गरेको छ ।

२०२२ मा, मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरे र त्यसपछि यसलाई एक्सको रूपमा पुन: ब्राण्डिङ गरेका थिए । २०२३ मा, मस्कले एक्समा पोस्ट गर्दै कम्पनीले बिस्तारै ट्विटर ब्रान्ड र यसका चराहरूलाई रिटायर गर्ने बताएका थिए ।

यसैकारण ट्विटरको प्रसिद्ध नीलो चरा अब एक्समा देखिँदैन र ट्विटर डट कम अब अब एक्स डट कम भएको छ । एक्स क्रपले २०२३ मा ट्विटरको ट्रेडमार्क नवीकरण गरेको थियो, जुन गत वर्ष मात्र अनुमोदन गरिएको थियो ।

रोयटर्सको रिपोर्ट अनुसार, बौद्धिक सम्पत्ति विज्ञ जोश गोर्डनले यदि एक्स क्रपले ट्विटरको ट्रेडमार्क प्रयोग गरिरहेको छैन भने, उनीहरूलाई स्वामित्व अधिकार कायम राख्न गाह्रो हुनेछ । यद्यपि, एक्सले ट्विटर नाम गुमाए पनि, यसले अझै पनि अपरेशन ब्लूस्टारलाई व्यावसायिक रूपमा प्रयोग गर्नबाट रोक्न सक्छ । विज्ञहरूले यसलाई एक रोचक मामला भनेका छन् र एक्सले प्रयोग गर्ने इरादा नभएको ब्रान्डमा पैसा खर्च गर्छ या गर्दैन भनेर हेर्न चाहेको बताएका छन् ।

Read More