२०८३ बैशाख १५

रवि र छविको मुद्धा आजपनि हेर्न नमिल्नेमा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि हेन नमिल्नेमा परेको छ । 

उच्च अदालत तुलसीपुर्को बुटवल इजलासमा न्यायाधीश सागर विष्ट र तेजनारायण पौडेलको इजलासमा तोकिएको पेसी हेर्न नमिल्ने भएको हो ।  

यसअघि मंसिर ११ गते तोकिएको पेशी लामिछानेकै कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको निरन्तर पेसी तोकिदै आएपनि विभिन्न कारणले स्थगित हुदै आएको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । त्यसविरुद्ध उच्च अदालत गएका लामिछानेको मुद्दामा यसअघि कार्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्चबाट मुल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो । गत बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मुल अभियोग मिसिल मगाउने आदेश गरेको थियो ।

यसअघि कात्तिक २० गते पनि न्यायाधीशद्वय आचार्य–अर्यालकै इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि प्राप्त भएपछि बिहीबारका लागि पेशी तोकिएको थियो । अदालतले लामिछानेको मुद्दाको सुनुवाइलाई प्राथमिकता दिएर अघि बढाएको छ ।

यसअघि रविले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।  पुर्पक्षका लागि रवि र छवि दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका रविलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने छवि भने भैरहवा कारागारमै छन् ।

Read More

भारतमा गुगलमा यो नम्बर ‘५२०१३१४’ किन धेरै पटक खोजियो ?

काठमाडौँ । २०२५ सकिन लागेको छ र गुगलले आफ्नो वार्षिक ‘खोजमा वर्ष’ को रिपोर्ट जारी गरेको छ ।

यसले यस वर्ष भारतमा सबैभन्दा धेरै खोजिएका विषयहरू सार्बजनिक गरेको छ । चलचित्र, क्रिकेट र समाचार सबै सूचीमा थिए, तर एउटा चिनियाँ नम्बरले सबैलाई चकित पारेको छ । गुगलमा भारतमा चीनमा प्रचलित एउटा नम्बर ५२०१३१४ धेरै खोजिने विषयको सूचीमा पाँचौं स्थानमा छ, जसको अर्थ ठूलो संख्यामा मानिसहरू यसको अर्थ जान्न चाहेका छन् । गुगलमा धेरै पटक खोजिएको यो संख्याको अर्थ बुझौं । 

यो कुनै साधारण संख्या होइन । चिनियाँ भाषामा, ५२०१३१४ को अर्थ ‘म तिमीलाई मेरो बाँकी जीवनभर माया गर्नेछु’ हो । ५२० को उच्चारण ‘वू एर लिंग’ हो, जुन ‘वो ए नी’ जस्तो सुनिन्छ, जसको अर्थ ‘म तिमीलाई माया गर्छु’ भन्ने हो । १३१४ को उच्चारण ‘यी सान यी सी’ हो, जसको अर्थ ‘यी शेङ यी सी’ हो, जसको अर्थ ‘सम्पूर्ण जीवन’ भन्ने हो । त्यसकारण, ५२०१३१४ को पूर्ण अर्थ हो, म तिमीलाई सधैंभरि माया गर्नेछु । मानिसहरूले यसलाई सामाजिक सञ्जालमा आफ्नो प्रेम व्यक्त गर्न प्रयोग गर्छन् । धेरैले आफ्ना वेबसाइटहरूको नाम पनि ५२०१३१४ राख्छन् ।

यस वर्ष, भारतका मानिसहरूले धेरै शब्दहरूको अर्थ खोजे । सबैभन्दा धेरै खोजिएका शीर्ष १० शब्दहरूमध्ये युद्धविराम, मक ड्रिल, पुकी, मेडे, ५२०१३१४, स्ट्याम्पेड, ई साला कप, नोन्स, लेटेन्ट, र इन्सेल जस्ता शब्द रहेका छन् ।

२०२५ खोजकर्ताहरूको लागि मात्र एक वर्ष थिएन; गुगल खोज आफैंमा उल्लेखनीय रूपमा परिवर्तन भयो । यस वर्ष, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) गुगलमा प्रस्तुत गरिएको थियो । अब, मानिसहरूले छोटो प्रश्न मात्र होइन, लामो, जटिल प्रश्नहरू सोध्न सक्छन् । गुगलले जेमिनी ३ सुरु गर्‍यो, जसले जटिल प्रश्नहरूको जवाफ दिन सजिलो बनाएको छ । नानो बनाना प्रोले मानिसहरूलाई डिजाइन, फोटो वा इन्फोग्राफिक्स सिर्जना गर्न दिन्छ । सबैभन्दा रोचक सुविधा भर्खरै प्रस्तुत गरिएको भर्चुअल कपडा लगाउने सुविधा हो । अब तपाईं आफ्नो फोनमा अनगिन्ती लुगाहरू ट्रायल गर्न सक्नुहुन्छ र तिनीहरू कस्तो देखिन्छन् भनेर हेर्न सक्नुहुन्छ । यसले लुगा किन्ने कि नकिन्ने भनेर निर्णय गर्न सजिलो बनाउनेछ ।

Read More

रवि र छविको मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ । 

उच्च अदालत तुलसीपुर्को बुटवल इजलासमा न्यायाधीश सागर विष्ट र तेजनारायण पौडेलको इजलासमा पेसी तोकिएको हो ।  

यसअघि मंसिर ११ गते तोकिएको पेशी लामिछानेकै कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको निरन्तर पेसी तोकिदै आएपनि विभिन्न कारणले स्थगित हुदै आएको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । त्यसविरुद्ध उच्च अदालत गएका लामिछानेको मुद्दामा यसअघि कार्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्चबाट मुल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो । गत बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मुल अभियोग मिसिल मगाउने आदेश गरेको थियो ।

यसअघि कात्तिक २० गते पनि न्यायाधीशद्वय आचार्य–अर्यालकै इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि प्राप्त भएपछि बिहीबारका लागि पेशी तोकिएको थियो । अदालतले लामिछानेको मुद्दाको सुनुवाइलाई प्राथमिकता दिएर अघि बढाएको छ ।

यसअघि रविले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।  पुर्पक्षका लागि रवि र छवि दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका रविलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने छवि भने भैरहवा कारागारमै छन् ।

Read More

दोस्रो सातामा फिल्म ‘अभिमन्युः च्याप्टर १’, शो घटेकोप्रति असन्तुष्टि

काठमाडौं । विदेशमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्युः च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो ।

दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन । तर, पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो रहेको छ । त्यसैले ठाउँठाउँबाट दर्शकले निर्माण टिमका सदस्यलाई सिनेमा हेर्न पाइएन, शो छैन, शो चाहियो भन्दै सामाजिक सञ्जालमा मेन्सन गरिरहेका छन् ।

पब्लिक रिभ्यू र समीक्षक दुवैको रिभ्यु राम्रो आएपछि सिनेमा दर्शकले हेर्न खोजिरहेको तर नपाएपछि सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् । निर्माणपक्षले रिभ्यु राम्रो आउँदा र चलचित्र राम्रो छ भनेर सबैले भन्दा पनि अपेक्षा अनुसार शो नहुनु र धेरै दर्शक नहुनुले नयाँ काम र चुनौती किन मोल्ने भन्ने प्रश्न उब्जाएको बताएको छ ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘अभिमन्यु: च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् । शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।

Read More

नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच स्वास्थ्य सेवा छुट सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रा.लिबीच बैंकका कर्मचारी र ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सोमबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले पाटन हेल्थ ल्याबबाट उपचारका विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतामार्फत प्याथोलोजी सेवाका लागि निःशुल्क होमडेलिभरी सुविधासमेत उपलब्ध हुनेछ। सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लि. का प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गर्नुभएको हो।

यस व्यवस्थाबाट बैंकका कर्मचारी तथा ग्राहकहरूलाई पाटन हेल्थ ल्याबमार्फत सहुलियतपूर्ण स्वास्थ्य सेवा सहज रूपमा प्राप्त हुने जनाइएको छ ।

Read More

सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको एक हजारले बढेर तोलाको २ लाख ५३ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ५२ हजार एक सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ३८०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३७५० मा कारोबार भएको थियो ।

Read More

ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन भाड्ने षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।

नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरिएको आरोप लगाउदै महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने र । महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले नेता इश्वर पोखरेलले ओली आयोगमा बयान लिन किन नगएको भन्ने प्रश्न गरेको र केहि दिन अघि विद्या भण्डारीले प्रधानमन्त्रीलाई भेटेर ओलीलाई पक्राउ गर्ने कुरा गरेकोले सबैले एउटै दिशातिर संकेत गरेको बताएका छन् ।

उनले भनेका छन्:
हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो, ‘तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयो: किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन? म भए जान्थे, उहाँ पनि जानैपर्छ ।’ यसबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ । २ दिन अगाडि नै पुर्व राष्ट्रपति बिद्या भण्डारी र  प्रधानमन्त्री सुसीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ । हिजै जेनजी समूहको नाममा गरिएको बार्ता र सम्झौताको नाटक, हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको  गलत भ्रम, ‘केपी ओली गिरफ्तार’ भन्ने मिडिया ट्रायल 

सबै कुरा एउटै दिशातिर संकेत गर्छन् । उनीहरूको उद्देश्य  हो: महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने, र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने। महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने ।
तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ।

पार्टी आफ्नो अडानमा अडिन्छ, अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन । तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब पूर्ण रूपमा बुझिसकिएको छ । अब सशक्त प्रतिरोध हुनेछ र तिमीहरूको सबै खेल नजन्मदै तुहिनेछ ।

Read More

तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिस गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई निर्देशन दिएको छ ।

काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विहिबार पार्टीको मङ्सिर १५ र १७ गतेको परिपत्र अनुसार तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवार सिफारिस गर्न  प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई ध्यानाकर्षण गराएका छन् ।

केन्द्रको निर्देशन अनुसार अहिले काँग्रेसमा फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ धमाधम उम्मेदवार सिफारिस भइरहेको छ ।

Read More

कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी -डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । 

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि  बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३-७४मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ । पटक—पटक ताकेता गर्दा काम नगरेको,  प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल धनगढीले जनाएको छ । ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ ।  

योजना कार्यालय धनगढीबाट गत १४ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो । 

निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ । ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । 

हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ ।

Read More

अमेरिकाको नागरिक बन्न ‘ट्रम्प गोल्ड कार्ड’ को शुभारम्भ, शुल्क कति छ ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । 

यस वर्षको फेब्रुअरीमा, ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए तर यसलाई एक मिलियन डलर बनाएर लागु गरिएको छ ।

गोल्ड कार्डको घोषणा गर्दै ट्रम्पले भने- ‘हामीले भर्खरै ट्रम्प गोल्ड कार्ड सुरु गरेकोमा म र देशको लागि ठूलो खुशीको कुरा हो । सबै आम्दानी संयुक्त राज्य सरकारमा जानेछ । यो हाम्रो देशमा साँच्चै विशेष व्यक्ति ल्याउनको लागि उपहार हो । दोस्रो, यसले सरकारी कोषमा अरबौं डलर ल्याउनेछ ।’

गोल्ड भिसा कार्डले नागरिकहरूलाई ग्रीन कार्ड जस्तै विशेष अधिकार दिनेछ । अमेरिकामा स्थायी रूपमा बसोबास गर्न ग्रीन कार्ड आवश्यक छ । 

गोल्ड कार्ड डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत गरिएको नयाँ भिसा/रेसिडेन्सी कार्यक्रम हो। यसले संयुक्त राज्य अमेरिकामा दीर्घकालीन बसोबास, काम र नागरिकताको लागि विकल्प प्रदान गर्दछ । परम्परागत भिसा वा “ग्रीन कार्ड” भन्दा फरक, यो कार्यक्रम विशेष गरी धनी, लगानीकर्ता, व्यवसायी वा प्रतिभाशाली पेशेवरहरूका लागि डिजाइन गरिएको हो।

व्यक्तिहरूको लागि शुल्क एक मिलियन डलर र कम्पनीहरूको लागि २ मिलियन डलर तोकिएको छ । थप रूपमा, आवेदन प्रक्रियाको क्रममा छुट्टै शुल्क तिर्नुपर्ने बताइएको छ । यस कार्यक्रमको सबैभन्दा ठूलो फाइदा भनेको शुल्कको सट्टामा, आवेदकहरूले संयुक्त राज्य अमेरिकाको नागरिक बन्ने अवसर पाउनेछन् । अमेरिकामा ग्रिन कार्ड प्राप्त गर्ने प्रक्रिया (कागजी कार्य, योग्यता, पर्खाइ, आदि) धेरै लामो भए पनि, गोल्ड कार्डले सबै कुरा सरलीकृत गरेको छ ।

Read More