२०८३ बैशाख १३

एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेदेखि हुने

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ । विद्युतीय मतदान मेशीनमा समस्या देखिएपछि मतदान भोली बिहान ८ बजेदेखि हुने भएको हो । 

एमालेका प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसिरहेको बेला आजको मतदान स्थगित गरिएको छ ।

आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।

क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २५ मिनेट भन्दा बढी समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ देखि ८  घण्टासम्म लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।

Read More

बिना नम्बरका क्रियाशील फारम वितरण बारे कोइरालाले गराए देउवाको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

मंगलबारको भेटवार्तामा काँग्रेसको क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद बारे छलफल भएको बताइएको छ । कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले बिना नम्बरका फाराम जिल्लामा पठाएको विषयमा देउवाको ध्यानाकर्षण गराएका थिए ।

कोइरालाले क्रमसंख्या बिनाका फाराम पठाएको विषयले महाधिवेशन प्रक्रिया नै प्रभावित हुनसक्ने भन्दै तत्काल नम्बर भएका क्रियाशील फारम पठाउन सभापति देउवालाई आग्रह गरेका थिए ।

साथै कोइराले देउवासँग पार्टीले यस अघि विभिन्न नेताहरुलाई गरेको अनुशासनको कारबाही फुकुवा गर्न आग्रह गरेका थिए । कोइरालाले कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई साथ लिएर देउवासँग छलफल गरेका थिए ।

Read More

आइपिएलको मिनी अक्सन आज हुदै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं सिजनको लागि मिनी अक्सन आज हुदै छ । युएईको आबुधाबीमा हुने यो अक्सन नेपाली समय अनुसार आज दिउसो २: ४५ बजेदेखि शुरु हुने छ । 

१० टोलीहरूको २३७.५५ करोड भारुको पर्स रहेको यस मिनी अक्सनमा ३५० खेलाडीहरूमाथि बोली लाग्ने छ । यस अक्सनबाट केवल ७७ जना खेलाडी मात्र टिमहरुले लिने छन् । 

यस अक्सनमा ४० खेलाडीले उच्चतम आधार मूल्य २ करोड भारुमा आफ्नो नाम दर्ता गराएका छन् भने २२७ खेलाडीहरूले सबैभन्दा कम आधार मूल्य ३० लाखमा आफ्नो नाम दर्ता गराएका छन् । सूचीमा क्यामरुन ग्रीन, लियाम लिभिङस्टोन, स्टिभ स्मिथ, रवि बिश्नोई, वेंकटेश अय्यर, मथिशा पाथिराना र वानिन्दु हसरंगा जस्ता खेलाडी यस सूचीमा समावेश रहेका छन् ।

अक्सन सूचीमा अफगानिस्तान, अष्ट्रेलिया, इङ्गल्याण्ड, बंगलादेश, आयरल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्याण्ड्स, स्कटल्याण्ड र संयुक्त राज्य अमेरिकासहित १४ देशका विदेशी खेलाडीहरू दर्ता भएका छन् । 

Read More

अग्नि खरेलले छोडे ओली क्याम्प

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज मतदान हुदैछ । केन्द्रीय निर्वाचन आयोगले ४ बजेपछि मतदान हुने जानकारी दिएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

यसैबीच ओली पक्षमा रहेका एमाले नेता अग्नि प्रसाद खरेलले क्याम्प  बदलेका छन् । यसअघि ओली निकट रहेका खरेल ओली पक्षबाट प्यानलमा नपरेपछि स्वतन्त्र रुपमा सचिवमा उम्मेदवारी दिएका थिए । तर उनी अन्तिम समयमा ईश्वर पोखरेल पक्षमा समेटिएका छन् ।  ईश्वर पोखरेल पक्षले सार्बजनिक गरेको आफ्नो प्यानलमा खरेललाई समेटेको छ । पोखरेल समुहबाट उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, बिन्दा पाण्डे र परशुराम मेघी गुरुङ रहेका छन् ।

त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे रहेका छन् भने उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरी रहेका छन् ।

त्यस्तै पोखरेल पक्षबाट सचिव पदमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, ठाकुर गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाल रहेका छन् ।

Read More

बाह्रबिसेबाट बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको सामानसहित नियन्त्रणमा

सिन्धुपाल्चोक । बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको चाईनिज किराना सामानसहित सशस्त्र प्रहरी बलले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–४ स्थित बाह्रबिसे बजारबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

सोही जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर गाडी राखी ल्याउँदै गरेको सामानको बिजलविजक तथा भन्सार प्रज्ञापन पत्र समेत फेला नपरेपछि सो गाडीका चालक तामाङ्गलाई समेत नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका सामानहरु स्टेशनरी, खेलकुद तथा किराना लगायतका सामान रहेका छन् । बरामद सामानको अन्दाजी मुल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको १५ लाख मुल्यसहित जम्मा मुल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको छ ।

नियन्त्रणमा लिईएका तामाङ्गलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको छ ।

Read More

एमाले महाधिवेशनमा सहमति राजनीति: शंकर पोखरेलकी बहिनीसहित ११ जना निर्विरोध

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

एमाले महाधिवेशन निर्वाचन समितिकाअनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्।

जसमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल छन् । एमालेको विधानमा प्रदेशबाट महिला केन्द्रीय सदस्य ३ जना निर्वाचित हुने प्रावधान छ । लुम्बिीबाट ३ जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । मधेशी कलस्टरतर्फ २ जना युवा निर्वाचित हुने भए पनि एक जनाको मात्रै उम्मेदवारी परेको हो । समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी निर्वाचित भएकी छन् भने समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरि पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मूनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरि अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी पनि निर्विरोध भएका छन् । एमाले अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा.राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन्। लेखा आयोगको अध्यक्षमा डा.पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध भएका हुन् ।

Read More

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । 

लामिछानेले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

Read More

फिल्म ‘मिरमिरे’ को गीतमा दयाहाङपत्नी बेनुकाको स्वर

काठमाडौं । चलचित्र ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । यो सिनेमाको टिजर सार्वजनिक भइसकेको छ । टिजर दर्शकले मन पराइरहेका छन् ।

बुवा र छोरीको इमोस्नल सम्बन्ध रहेको सिनेमाको टिजर दर्शकको नजरमा परेको हो । प्रोमोस्नल कन्टेन बाहिर ल्याउन थालेको निर्माण टिमले केही दन पछाडि गीत सार्वजनिक गर्ने तयारी गरेको छ ।

सिनेमाको गीत बेनुका राईको स्वर रहेको निर्माण टिमले बताएको छ । बेनुका अभिनेता दयाहाङ राईकी श्रीमती हुन् । बेनुका गायिका हुन् । तर, उनी विवाह र दयाहाङ राई अभिनयमा व्यस्त भएपछि गायन त्यति धेरै सक्रिय छैनन् । सिनेमाको कथा भन्ने गीत बेनुकाले गाएको बताइएको छ । बेनुकाको स्वर रहेको यो गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत छ । 

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

सिनेमामा लेखन तथा निर्देशन यम शेर्पाको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

Read More

एमालेको मतदान ४ बजेपछि, विद्युतीय मेसिनको प्रयोग गरिदै

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले ४ बजेदेखि मतदान शुरु हुने जानकारी दिएको हो । यस अघि १ बजेदेखि मतदान शुरु हुने भनिएको थियो । आयोगले विद्युतीय मतदान मेसिनमा उम्मेदवारको नाम सेटिंग गरी परीक्षण गर्न समय लागेकाले ४ बजेदेखि मात्र मतदान शुरु हुने बताएको छ ।

आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।

क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २० देखि २५ मिनेटको समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ घण्टा लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।

Read More

पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन

काठमाडौं । आर्थिक बर्ष २०८२-८३ को मङ्सिरसम्म महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन भएको छ । मङ्सिर मसान्तसम्म पाँच महिनामा ५ खर्ब २० अर्ब ४४ करोडको लक्ष्य रहेकोमा ७८.७४ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै मङ्सिर महिनाको लक्ष्य ९५ अर्ब २० करोड रहेकोमा ८० अर्ब २७ करोड राजश्व संकलन भएको छ, जुन ८४.३१  प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड राजश्व संकलन भएको थियो ।

आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८  करोड संकलन भएको छ ।

यस अघि २०८१-८२ आर्थिक बर्षको पाँच महिनामा ४ खर्ब ५  अर्ब ७७ करोड राजश्व संकलन भएको थियो । 

Read More