२०८३ बैशाख १३

हर्षल पाठक राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठकलाई नियुक्त गरेको छ ।

क्यानले नेपालमै आयोजना हुन लागेको आइसीसी टी २० विश्वकपको ग्लोबल छनोट अधि पाठकलाई नेपाली राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । 

हर्षल पाठकले यसअघि थाइल्याण्डको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

Read More

सुन तोलाको १७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १७ सयले घटेर तोलाको २ लाख ५९ हजार कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ६० हजार ७ यमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ३८८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि स्प्म्बार चाँदी तोलाको ३८७० मा कारोबार भएको थियो ।

Read More

बिबिसीविरुद्ध ५ अर्ब डलरको क्षतिपुर्ति माग गर्दै ट्रम्पले दायर गरे मुद्धा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६, २०२१ मा पानोरामा वृत्तचित्रमा दिएको भाषणको सम्पादनलाई लिएर बीबीसी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन् ।

ट्रम्पले ५ अर्ब डलर क्षतिपूर्ति माग गर्दै फ्लोरिडाको मियामीस्थित अदालतमा मुद्धा दायर गरेका हुन् । भाषण सम्पादन गरेको प्रकरणमा बीबीसीले गत नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो तर उनको क्षतिपूर्तिको माग अस्वीकार गरेको थियो । 

ट्रम्पको कानुनी टोलीले बीबीसीले उनको भाषणलाई ‘जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा परिवर्तन’ गरेर उनको छविलाई क्षति पुर्‍याएको आरोप लगाएको छ ।  दायर गरिएका कागजातहरू अनुसार, ट्रम्पले बीबीसीविरुद्ध मानहानि र फ्लोरिडाको व्यापार अभ्यास कानून उल्लङ्घनको अर्को आरोपमा मुद्दा दायर गरिरहेका छन् ।

ट्रम्पले गत महिनानै जनवरी ६ मा उनको भाषण पानोरामा वृत्तचित्रको भागको रूपमा सम्पादन गरिएको तरिकामा बीबीसी विरुद्ध मुद्दा दायर गर्ने योजना बनाएको बताएका थिए । 

जनवरी ६, २०२१ मा आफ्नो भाषणमा, ट्रम्पले वाशिंगटनमा समर्थकहरूलाई भने- ‘हामी क्यापिटलमा मार्च गर्नेछौं र हामी हाम्रा बहादुर सिनेटरहरू, कांग्रेसीहरू र महिलाहरूलाई समर्थन गर्नेछौं ।’ भाषणको ५० मिनेटभन्दा बढी समयपछि, उनले थपे, ‘र हामी लड्नेछौं। हामी हाम्रो सम्पूर्ण शक्तिले लड्नेछौं ।’

बीबीसीको पानोरामा कार्यक्रमको एउटा क्लिपमा ट्रम्पले यसो भनिरहेको देखाइएको थियो, ‘हामी क्यापिटलमा मार्च गर्नेछौं… र म त्यहाँ तपाईंसँगै हुनेछु र हामी लड्नेछौं । हामी हाम्रो सम्पूर्ण शक्तिले लड्नेछौं ।’

बीबीसीले सम्पादनमा गल्ति भएको स्वीकार गर्दै मानिसहरूलाई हिंसात्मक कारबाहीको लागि प्रत्यक्ष अपील गरेको गलत धारणा सिर्जना गरेको स्वीकार गरेको थियो । यस प्रकरणमा बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा समेत दिएका थिए ।

Read More

श्रीलंकाका पुर्व क्रिकेट कप्तान अर्जुना रणतुंगालाई भ्रष्टाचारको आरोप

काठमाडौँ । श्रीलंकाको १९९६ क्रिकेट विश्वकप विजेता टोलीका कप्तान अर्जुना रणतुंगालाई भ्रष्टाचार र घुसखोरीको मुद्दामा पक्राउ गरिने भएको छ ।

घूसखोरी र भ्रष्टाचारको आरोपको अनुसन्धान गर्न गठित आयोगले रणतुंगालाई पक्राउ गर्न अदालतलाई जानकारी गराएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आयोगले कोलम्बो मजिस्ट्रेट अदालतलाई जानकारी गराउदै पूर्व पेट्रोलियम मन्त्री अर्जुना रणतुंगालाई यस मुद्दामा शंकास्पद व्यक्तिको रूपमा पक्राउ गरी अदालतमा पेश गरिने बताएको हो ।

आयोगले अर्जुना रणतुंगाका भाई धम्मिका रणतुंगालाई यस प्रकरणमा पहिलो आरोपी र उनलाई दोस्रो आरोपीको रुपमा पेश गर्ने श्रीलंकाको डेली मिररले उल्लेख गरेको छ । धम्मिका रणतुंगामाथि २०१७-२०१८ को अवधिमा इन्धन खरिदका लागि तीनवटा दीर्घकालीन टेन्डरहरू रद्द गरेको र उच्च मूल्यमा स्थानीय टेन्डरहरू लागू गरेको आरोप छ।

यस कारणले गर्दा, सिलोन पेट्रोलियम कर्पोरेशनले लगभग ८० करोड श्रीलंकन ​​रुपैयाँको नोक्सान बेहोरेको बताइएको छ ।

Read More

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । 

बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो । भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । त्यसपछि कार्यालयलहरुले वर्षौंदेखि समस्याग्रस्त ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएका थिए । जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत चालू ठेक्का २१५ छन् । त्यसमध्ये ३३ ठेक्का समस्याग्रस्त छन् । समस्याग्रस्तमध्ये हालसम्म २२ वटा तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए । 

सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तोडिएको छ । आयोजनाको बाँध(हेडवक्र्स),विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोडिएको हो । आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो ।

Read More

फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत सार्वजनिक

काठमाडौँ । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले ‘सृष्टिकै पहिलो नाम’ बोलको गीत सार्बजनिक गरेको हो । रवि ओडको स्वर र बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतले आमाको माया, समर्पण र छोराप्रतिको लगावलाई प्रस्तुत गरेको छ ।

गीतको भिडियोमा विपना थापा, प्रदीप रावत (गजनी भिलेन) र पल शाहलाई केन्द्रमा राखिएको छ । गीतबाट नै फिल्मको कथा आमा-छोराको सम्बन्धमा केन्द्रित रहेको बुझ्न सकिन्छ । 

निर्देशक पन्त स्वयंको कथा र पटकथा लेखन रहेको फिल्ममा विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दीलिप उखेडा, रचना गौतम लगायतको पनि अभिनय रहेको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् ।

शहीद दिवसको सार्वजनिक विदा पारेर आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा अमर न्यौपाने, अभिमन्यु निरवी र निर्देशक पन्तको संवाद लेखन, नवराज उप्रेतीको डिओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, कोशिश क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत तथा गम्भीर विष्ट र दीलिप उखेडाको कोरियोग्राफी रहेको छ ।

Read More

भीम रावलको टिप्पणी- एमालेमा मैले उठाएको विषय सहि प्रमाणित भयो, प्रतिनिधिहरूले अवसरको उपयोग गरुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भिम रावलले नेकपा एमालेको महाधिवेशन बारे टिप्पणी गर्दै पार्टीलाई आफुले शुरु गरेको बाटोमा हिँडाउने अवसर एघारौं महाधिवेशनका प्रतिनिधिहरूको सामु आएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले एमालेको दशौँ महाधिवेशनमा आफुले विधि, पद्धति, स्वच्छ निर्वाचन, सिद्धान्त र राष्ट्रियताको कुरा गरी अध्यक्ष पदमा दिएको उम्मेदवारी कति उचित थियो भन्ने अहिले सबैलाई स्पष्ट भएको विश्वास व्यक्त गरेका छन् । 

उनले भनेका छन्: 
एमालेमा रहँदा दशौँ महाधिवेशनमा मैले विधि, पद्धति, स्वच्छ निर्वाचन,सिद्धान्त र राष्ट्रियताको पक्षमा अडेर अध्यक्ष पदमा उम्मेदवारी दिँदा कतिपयले केपी ओलीसँगको व्यक्तिगत इबी र विरोधको रुपमा चित्रित गर्ने चेष्टा गरेका थिए। मेरो उद्देश्य  पार्टीलाई विधि,पद्धति अनुरूप देशको सर्वोपररी हितको दिशामा अगाडि बढाउने र  महाधिवेशनमा निर्वाचन स्वच्छ वातावरणमा भई प्रतिनिधिहरूले चुन्ने र चुनिन पाउने अधिकारको निर्वाध उपयोग गर्ने स्थिति बनोस् भन्ने थियो । तर ओलीबाट त्यो प्रक्रिया अवरुद्ध पारियो । अहिले घटनाक्रमबाट त्यसबेला मैले उठाएको कुरा कति  सही रहेछ भन्ने स्पष्ट भएको छ । अहिले धेरैले केपीको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति र व्यवहारलाई स्वयं भोगेका र देखेका छन्। अतः एमालेको एघारौं महाधिवेशन त्यस्तो प्रवृत्ति र व्यवहारबाट पार्टीलाई मुक्त गर्दै स्वयं पार्टी, देश र जनताको हितमा संगठनलाई उपयोगी बनाउने अवसरको रुपमा प्रतिनिधिहरुले उपयोग गर्न सके भने उचित हुनेछ ।

Read More

मेक्सिकोमा निजी विमान दुर्घटना, सात जनाको मृत्यु

काठमाडौँ । मध्य मेक्सिकोमा एउटा सानो निजी विमान दुर्घटनाग्रस्त भएको छ । आपतकालीन अवतरण गर्ने प्रयास गर्दा कम्तिमा सात जनाको मृत्यु भएको बताइएको छ । यो 

मेक्सिको राज्य नागरिक सुरक्षा संयोजक एड्रियन हर्नान्डेजका अनुसार, दुर्घटना टोलुका विमानस्थलबाट करिब पाँच किलोमिटर टाढा र मेक्सिको सिटीबाट करिब ५० किलोमिटर पश्चिममा रहेको सान माटेओ एटेन्को क्षेत्रमा भएको थियो । विमान अकापुल्कोबाट उडेको थियो । प्राविधिक कारणले पाइलटले आपतकालीन अवतरण गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । विमानमा आठ यात्रु र दुई चालक दलका सदस्यहरू सवार थिए । अहिलेसम्म ७ जनाको शव फेला परेको छ ।

जानकारी अनुसार, विमान फुटबल मैदानमा अवतरण गर्ने प्रयास गर्दा नजिकैको व्यावसायिक भवनको धातुको छानामा ठोक्किएको थियो । ठोक्किएपछि विमानमा आगो लाग्यो र वरपरको क्षेत्रमा समेत आगलागी भएको थियो । अग्निनियन्त्रक र उद्धार टोलीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

सान माटेओ एटेन्कोका मेयर आना मुनिजले आगलागीको गम्भीरताका कारण वरपरका लगभग १३० जनालाई सुरक्षित स्थानमा सारिएको बताइन् ।

Read More

प्रदीप ज्ञवालीले गरे ओली नेतृत्वको टिमलाई जिताउन अपिल

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले केपी शर्मा ओलीले नेतृत्वको टिमलाई जिताउन अपिल गरेका छन् ।

ओली प्यानलबाट महासचिवक आकांक्षी रहेका ज्ञवालीले उपाध्यक्ष पदमा उम्मेदवारी दिन अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएपछि ओली पक्ष सशंकित बनेको थियो ।

ज्ञवालीले मंगलबार बिहान सामाजिक सञ्जालमा ओली नेतृत्वको टिमलाई विजयी बनाउन आग्रह गर्दै आफुहरु सधै कार्यकर्ताको बिचमा नै रहने बताएका छन् । ज्ञवालीले आफु केन्द्रीय सदस्यको उम्मेदवार रहेको बताउदै मन र मत दुवै पाउने विश्वास समेत गरेका छन् ।     

उनले भनेका छन्- एघारौँ राष्ट्रिय महाधिवेशनका प्रिय प्रतिनिधि कमरेडहरू ! आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु ।  म हमेशा तपाईँहरूकै  बिचमा छु, त्यहीँ रहन्छु ।

यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु ।

Read More

अटोमोबाइल उद्योग दबाबमा परेपछि नरम बन्दै इयु

काठमाडौँ । युरोपको अटोमोबाइल उद्योग हाल उल्लेखनीय परिवर्तनबाट गुज्रिरहेको छ र उत्सर्जनरहित यातायातमा संक्रमण यसको सबैभन्दा ठूलो चुनौती बनेको छ ।

यसैबीच, युरोपेली संघ (इयु ) ले २०३५ देखि नयाँ इन्धन इन्जिन सवारी साधनहरूमा प्रतिबन्धमा आफ्नो कडा अडानलाई नरम पार्ने विचार गरिरहेको छ । यो कदम यस्तो समयमा आएको छ, जब प्रमुख युरोपेली अटोमेकरहरू महत्त्वपूर्ण लगानी, कमजोर माग र सम्भावित जरिवानाको दबाबसँग जुधिरहेका छन् ।

इयु भित्र चलिरहेको छलफलले २०३५ सम्ममा प्रस्तावित पूर्ण प्रतिबन्धमा केही छुट वा लचिलोपन प्रावधानहरू थप्न सकिने संकेत गर्दछ । यी छलफलहरूसँग परिचित व्यक्तिहरूका अनुसार, सम्भावित रूपमा समयसीमा पाँच वर्षसम्म बढाउने वा निश्चित परिस्थितिहरूमा प्रतिबन्धलाई पूर्ण रूपमा स्थगित गर्ने जस्ता विकल्पहरू पनि विचार गरिँदैछ । थप रूपमा, युरोपमा निर्मित साना विद्युतीय सवारी साधनहरूलाई प्रवर्द्धन गर्न नियामक बोझ कम गर्न र नयाँ प्रोत्साहनहरूको योजना बनाइएको छ ।

यो सम्भावित कदम स्टेलान्टिस र मर्सिडीज-बेन्ज जस्ता प्रमुख कम्पनीहरूबाट तीव्र पैरवीबाट प्रेरित भएको बताइएको छ, जसले आगामी वर्षहरूमा एक अर्ब यूरोभन्दा बढी जरिवानाको खतराको सामना गरिरहेका छन् । जर्मनी जस्ता प्रमुख अटो उत्पादक देशहरू, जहाँ मर्सिडीज, फक्सवागन र बीएमडब्ल्यू जस्ता अग्रणी ब्रान्डहरू छन्, जसले पनि परिवर्तनको लागि दबाब दिएका छन् । यी देशहरूको चिन्ता कम्पनीहरूमा मात्र सीमित छैन, तर व्यापक रोजगारी गुमाउने र राजनीतिक अशान्तिको जोखिम पनि समावेश छ ।

यो राहत उद्योगको लागि राहत हुन सक्छ, यसले जोखिम पनि बोक्छ । अत्यधिक लचिलोपनले प्राविधिक विकासलाई सुस्त बनाउन सक्छ र युरोपलाई टेस्ला र चीनको बिवाईडी जस्ता कम्पनीहरूभन्दा पछाडि छोड्न सक्छ । विज्ञहरूले यदि यो सहुलियत अस्थायी होइन भने, युरोपले आफ्नो जलवायु लक्ष्यहरू मात्र गुमाउन सक्दैन तर विद्युतीय सवारी प्रविधिको दौडमा पनि पछाडि पर्न सक्छ ।

युरोपेली नेताहरूले उपभोक्ता दृष्टिकोणबाट २०३५ को समयसीमामा भएको परिवर्तनलाई पनि हेरिरहेका छन् । अहिलेसम्म, विद्युतीय सवारी साधन अपनाउने बोझ मुख्यतया निर्माताहरूमा परेको छ, जबकि धेरै राष्ट्रिय सरकारहरूले उपभोक्ताहरूलाई आकर्षित गर्न पर्याप्त नीतिहरू अपनाएका छैनन्। थप समयले सरकारहरूलाई चार्जिङ पूर्वाधार, अनुदान र कर राहत जस्ता उपायहरूको पुनर्मूल्यांकन गर्न अनुमति दिन सक्छ, यद्यपि वित्तीय स्रोतहरू सीमित छन् ।

अर्को हप्ता, युरोपेली आयोगले साना विद्युतीय सवारी साधनहरूलाई प्रवर्द्धन गर्न नयाँ उपायहरू प्रस्ताव गर्ने तालिका छ। यसमा निश्चित सुरक्षा र उत्सर्जन नियमहरूबाट १० वर्षको छुट, आरक्षित पार्किङ जस्ता प्रोत्साहनहरू, र अनुदानहरू समावेश हुन सक्छन्। यो स्थानीय रूपमा उत्पादित, किफायती इभीहरूलाई प्रवर्द्धन गर्ने प्रयास हो ।

हरियो संक्रमणको लागत अब राजनीतिक मुद्दा बनेको छ । बढ्दो लोकप्रियताको बीचमा, धेरै सरकारहरूलाई डर छ कि इन्धनको मूल्य र नयाँ करहरूले मतदाताहरूको विरोधलाई उत्प्रेरित गर्न सक्छ । फलस्वरूप, नयाँ २०४० जलवायु लक्ष्यमा सहमति जनाउँदै, इन्धनमा कार्बन मूल्यको कार्यान्वयन २०२८ सम्म स्थगित गरिएको छ ।

यो ढिलाइले अटोमेकरहरूलाई लगानी योजनाहरूमा पुनर्विचार गर्ने मौका प्रदान गरेको छ, तर यसले रोजगारीमा उल्लेखनीय सुधारको ग्यारेन्टी गर्दैन । धेरै ब्याट्री प्लान्ट योजनाहरू पहिले नै ढिलो वा स्थगित भइसकेका छन् र आपूर्तिकर्ता कम्पनीहरूले सबैभन्दा बढी दबाबको सामना गरिरहेका छन् । उद्योग संगठनहरू भन्छन् कि यदि संक्रमण बजार वास्तविकतासँग मेल खाँदैन भने, हजारौं साना कम्पोनेन्ट निर्माताहरू समस्यामा पर्न सक्छन् ।

आगामी महिनाहरूले युरोपेली नीति निर्माताहरूले सन्तुलन कसरी प्रहार गर्छन् भनेर प्रकट गर्नेछ । २५ वर्षमा नेट-शून्य उत्सर्जन हासिल गर्ने लक्ष्यबाट विचलित नभई अटो उद्योगलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी राख्नु चुनौतीपूर्ण रहेको छ । विज्ञहरूले यदि ऊर्जा लागत, ब्याट्री उत्पादन, र अनुमति प्रक्रियाहरू जस्ता आधारभूत मुद्दाहरूमा प्रगति भएन भने, समयसीमा परिवर्तनले पीडालाई मात्र ढिलाइ गर्ने तर यो समाधान नभएको विश्वास गर्दछन् ।

Read More