२०८३ बैशाख १३

पाँच अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ३१ वटा संस्थालाई अनुमति दिने निर्णय गरेको छ । फागुन २१ गते हुने चुनावको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय र ५ वटा अन्तर्राष्ट्रिय गरी ४९ वटा संस्थाहरूबाट आयोगमा निवेदन परेको थियो ।

निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई पर्यवेक्षण गर्न अनुमति दिइएको आयोगमा सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थाहरूलाई पाँच दिनभित्र थप कागजात पेस गर्न पत्राचार गरिएको छ । माग भएबमोजिमका कागजात प्राप्त भएपछि आवश्यक निर्णय गरिने आयोगले जनाएको छ । आयोगको कात्तिक ११ को निर्णयानुसार निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम १५ दिनको समय दिई प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन माग गरिएको थियो ।  छनोट भएका संस्थाहरुले निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिमका थप कागजाताहरू आगामी ५ दिनभित्र पेस गर्न आयोगले निर्देशन दिएको छ ।

आयोगका अनुसार द कार्टर सेन्टर, एसियन नेटवर्क फर फ्री एलेक्सेन, द मल्टिडिस्पिलिनरी इन्सटिच्यूट अफ ट्रेनिङ एन्ड लर्निङ र इन्टरनेसनल रिप्बलिकन इन्सटिच्युटले पर्यवेक्षणको अनुमति पाएको छ । त्यसैगरी राष्ट्रिय संस्थाहरुमा डमेक्रेसी रिसोर्स सेन्टर, नोपल मानव अधिकार संगठन, निर्वाचन पर्यवेक्षण समिति, गैरसरकारी संस्था महासंघ, संघीय बहसमा युवा, नेपाल मतदाता अधिकार मञ्च र राष्ट्रिय अपांग महासंघ, सुशासन महासंघ, राष्ट्रिय व्यावसायिक पहल, बागेश्वरी असल शासन क्लब(बास), कानुनी न्यायिक अध्ययन प्रतिष्ठान, युवालय, उन्नत नेपाल, सञ्चारिका समूह नेपालले पर्यवेक्षणको अनुमति पाएका छन् ।

त्यस्तै सामूहिक अभियान, युवा वकालत नेपाल, लोकतन्त्र तथा निर्वाचन सरोकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक), मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान, इन्टरनेसनल यूनएचआर काउन्सिल, महिला कानुन र विकास मञ्चले पर्यवेक्षणको अनुमति पाएको छ । त्यसैगरी समृद्ध आधार नेपाल, महिला सेवा संस्था, विश्व उपभोक्ता महासंघ र प्राज्ञिक विद्यार्थी परिषदले फागुन २१ को निर्वाचनमा पर्यवेक्षणको अनुमति पाएको आयोगले जनाएको छ ।

Read More

बोर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग बराबरीमा रोकिएको छ । 

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बोर्नमाउथ ४-४ गोलको बराबरीमा रोकिएका हुन् । 

म्यानचेस्टर युनाइटेडका लागिअमाद डियाल्लो, क्यासामिरो, ब्रुनो फर्नानडेज र माथेस चुन्हाले एक एक गोल गरेका थिए भने बोर्नमाउथका लागि एन्टोनी सेमेन्यो, एभानिल्सन, मार्कस टेभेर्नियर, एलि जुनियर क्रोउपीले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको १६ खेलमा २६ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ ।  त्यस्तै बोर्नमाउथको १६ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

Read More

एमालेको पदाधिकारीमा को को बने उम्मेदवार ?

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि आज उम्मेदवारी भएको छ । एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने निर्वाचन कमिटीसमक्ष दर्ता भएका पदाधिकारीको प्रारम्भिक नामावली केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको हो ।

जस अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको उम्मेदवारको प्रारम्भिक सूची:

अध्यक्ष- एक जना निर्वाचित हुने

१- ईश्वर पोखरेल
२- के पी शर्मा ओली

उपाध्यक्ष- ५ जना निर्वाचित हुने 

१- अरूण नेपाल
२- गुरु प्रसाद बराल
३- गोकर्णराज विष्ट
४- टंक प्रसाद कार्की
५- परशुराम मेघी गुरुङ
६- पृथ्वी सुब्बा गुरुङ
७- भीम प्रसाद आचार्य
८- रघुजी पन्त
९- राम बहादुर थापा (बादल)
१०- डा. विन्दा पाण्डे
११- विष्णुप्रसाद पौडेल

महासचिव- एक जना निर्वाचित हुने

१- शंकर पोखरेल
२- सुरेन्द्र प्रसाद पाण्डे

उपमहासचिव- ३ जना निर्वाचित हुने 

१- आनन्द प्रसाद पोखरेल
२- योगेश भट्टराई
३- रघुवीर महासेठ
४- राजेन्द्र प्रसाद गौतम
५- लेखराज भट्ट
६- विष्णु प्रसाद रिमाल
७- बैजनाथ चौधरी

सचिव- ९ जना निर्वाचित हुने 

१- अग्नि प्रसाद खरेल
२- इन्द्रलाल सापकोटा
३- कर्ण बहादुर थापा
४- कृष्ण गोपाल श्रेष्ठ
५- खगराज अधिकारी
६ -गोकुल प्रसाद बास्कोटा
७- छविलाल विश्वकर्मा
८- ठाकुर प्रसाद गैरे
९- पद्माकुमारी अर्याल
१०- पुरूषोत्तम पौडेल
११- पेम्बा लामा
१२- भानुभक्त ढकाल
१३- महेश बस्नेत
१४- यामलाल कंडेल
१५- रचना खड्का
१६- राजन भट्टराई
१७- लालबाबु पण्डित
१८- विनोद प्रसाद ढकाल
१९- शेरधन राई
२०- हिक्मत कुमार कार्की

Read More

एमाले महाधिवेशन: नयाँ नेतृत्वका लागि आज मतदान हुदै

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ । एमालेमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

ओली प्यानलबाट उपाध्यक्षमा रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, गुरु बराल र पृथ्बीसुब्बा गुरुङले उम्मेदवारी दिएका छन् । ओली पक्षबाट उम्मेदवार बन्ने भनिएका प्रदिप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् । ओली प्यानलबाट महासचिव नपाएपछि ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर पदाधिकारीमा नबस्ने निर्णय लिएका छन् । 

त्यस्तै ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार बनेका छन् भने उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिएका छन् । त्यसैगरी सचिवमा पद्मा अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, महेश बस्नेत, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकालले उम्मेदवारी दिएका छन् । 

ओली पक्षका नेताहरू प्यानलमा नपरेपनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । जसमा प्रचार प्रसार विभाग प्रमुखसमेत रहेका राजेन्द्र गौतमले उपमहासचिवमा उम्मेदवारी दिएका छन् भने अग्नि खरेल र लालबाबु पण्डितले सचिवमा उम्मेदवारी दिएका छन् ।  

त्यस्तै ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, गोकर्ण विष्ट, अरुण नेपाल र रघुजी पन्तले उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेलले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सचिवमा गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । १९ सदस्यीय पदाधिकारीमा पोखरेलको तर्फबाट १७ जनाको उम्मेदवारी मात्र परेको छ । 

केन्द्रीय निर्वाचन आयोगले सार्बजनिक गरेको निर्वाचन तालिका अनुसार आज बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान हुने तालिका छ । एमालेको महाधिवेशनमा विद्युतीय मतदान हुदैछ । मतदान सकिएपछि आजै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।

Read More

आज राष्ट्रिय झण्डा दिवस मनाइदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज आठौँ राष्ट्रिय झण्डा दिवस मनाइदै छ ।

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौँको बसन्तपुर डबलीमा विशेष कार्यक्रम गरेर राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ ।

१९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विभागले हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको र हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ र आज राती देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ ।

Read More

२०८२ पौष १ गते मंगलबार: आजको राशिफल

आज पौष १ गते मंगलबार ईसं २०२५ डिसेम्वार १६ नेपाल सम्बत ११४६ थिंलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण द्वादशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, अतिगण्ड योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज राष्ट्रिय झण्डा दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । पटकपटक प्रयास गरे पनि सहयोगी र मित्रवर्गसँग सम्बन्धमा धमिलोपना आउने छ, सहयोग आदानरप्रदान र व्यवहार धान्नसमेत मुस्किल पर्नसक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन् । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो हुन्छ, नत्र कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्र्पद्धामा विजय प्राप्त हुने दिन हो । थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गरेका प्रयासमा असफल हुन सकिन्छ । दबाब र मानसिक तनाव बढ्ने दिन हो । हाकिम वा उच्चपदस्थ अधिकृतसँगको सम्बन्ध कमजोर बन्नसक्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ । धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । बढुवा हुने वा थप जिम्मेवारी प्राप्त हुने राम्रो दिन छ, आज आफन्त वा नातागोताको काममा समेत सघाउनुपर्ने परिस्थिति बन्नसक्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने देखिन्छ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका लागि खट्नुपर्ने हुन्छ, तापनि सुखदुःखमा साथ दिनेहरू फेलापर्ने दिन हो । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । आफ्ना भावना र महत्तवाकाङ्क्षाहरू उपर नियन्त्रण गर्नुपर्ने समय हो, लटरी, सट्टापट्टा वा अन्य कुनै आकस्मिक स्रोतबाट धेरथोर धन लाभ हुनसक्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । महत्त्वपूर्ण व्यक्तिसित निकटता बढ्नेछ, कार्यक्षेत्रबाट लाभ मिल्नेछ । प्रतिस्र्पद्धामा विजयी भएर आफ्ना शत्रुमाथि दबाब सिर्जना गर्न सकिने छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिकरसामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । घरपरिवार, आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो, तर पनि आफू त्यत्ति हलुका बन्नुहुँदैन, जसबाट उनीहरूले तपाईंको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकून् । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । गरेका प्रत्येक काममा असफलता वा बाधा व्यहोर्ने दिन हो, त्यस्तै आज मनमा टुसाएको भ्रमले भयङ्कर मनोविकृतिलाई निम्त्याउन सक्छ, होस राख्नुपर्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ ।

Read More