२०८३ बैशाख १३

ट्रम्पका जेठा छोराले तेस्रो पटक विवाह गर्दै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरले सोसियल इन्फ्लुइन्सर बेट्टीना एन्डरसनसँग इन्गेजमेन्ट गरेका छन् ।

राष्ट्रपति ट्रम्पले डिसेम्बर १५ मा ह्वाइट हाउसमा आयोजित बिदाको पार्टीमा ट्रम्प जुनियरको इन्गेजमेन्ट भएको घोषणा गरिएको छ । यो इन्गेजमेन्ट कहिले भएको थियो भन्ने बारे स्पष्ट बताइएको छैन  ।

यो ट्रम्प जुनियरको तेस्रो इन्गेजमेन्ट हो । उनले पहिले पूर्व मोडेल र अभिनेत्री भेनेसासँग विवाह गरेका थिए । उनी १२ वर्षदेखि उनीसँग सम्बन्धमा थिए । उनीहरूका पाँच सन्तान छन् । भेनेसाले २०१८ मा सम्बन्ध विच्छेद गरेका थिए  ।

यसपछि, ट्रम्प जुनियरले २०१८ मा अमेरिकी टिभी प्रसनालिटी किम्बर्ली गिल्फोयलसँग विवाह गरे । यो विवाह छ वर्षसम्म चल्यो । मिडिया रिपोर्टका अनुसार, ट्रम्प जुनियर र बेट्टीना एन्डरसन लगभग एक वर्षदेखि डेटिङमा छन् । 

Read More

मधेशका मुख्यमन्त्री यादवले आगामी शुक्रबार विश्वासको मत लिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आज (बुधबार) प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न मिति २०८२ पुस ४ गते शुक्रबारको दिन दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछु,’– मुख्यमन्त्री यादवले प्रदेशसभालाई पठाएको पत्रमा भनिएको छ ।

मुख्यमन्त्री यादव गत मंसिर १९ गते ६ दलका ७७ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त, भएका थिए । संविधानको धारा १६८ (२) बमोजिम बनेको सरकारका मुख्यमन्त्रीले ३०) दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

विश्वासको मत नलिएकै कारण उनले मन्त्रिपरिषद् विस्ता गर्नसमेत पाएका छन् । मुख्यमन्त्री यादवले अहिलेसम्म नेपाली कांग्रेसका जङ्गीलाल यादव स्वाथ्य तथा जनसंख्यामन्त्री, नेपाली कम्युनिष्ट पार्टीका गणेश पटेल उद्योग मन्त्री,जवाहर कुशवाह ऊर्जा मन्त्री र लोकतान्त्रिक समाजवादी पार्टीबाट रानीकुमारी तिवारीलाई मन्त्रीमा नियुक्त गरेका छिन् । तिवारीको मन्त्रालय भने तोकिएको छैन ।

Read More

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ५ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ५.७० अंकले बढेर २६२५.७० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३२ कम्पनिका ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७८२ मा कारोबार भएको थियो । आज होटल्स, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बाराही हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । 

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २२ करोड ७८ लाखको कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १३ करोड ७६ लाखको कारोबार भएको छ ।

Read More

दिल्ली प्रदुषण: मजदुरलाई १० हजार दिने, सरकारी र निजी दुवैका ५० प्रतिशत कर्मचारी वर्क फ्रम होम

काठमाडौँ । दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण, राष्ट्रिय राजधानीमा गम्भीर प्रतिबन्धहरू सहितको चौथो चरणको ग्रेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी) लागू भएको छ ।

यो भयानक अवस्थालाई ध्यानमा राख्दै, दिल्ली सरकारले प्रभावित मजदुरहरूलाई आर्थिक सहयोग प्रदान गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । दर्ता भएका मजदुरहरूले सिधै उनीहरूको बैंक खातामा १० हजारको आर्थिक सहयोग पाउनेछन् ।

प्रदूषण स्तरमा भएको खतरनाक वृद्धिलाई ध्यानमा राख्दै, जिअरएपीको चौथो चरण अन्तर्गत धेरै कडा उपायहरू लिइएको छ । दिल्ली सरकारले सबै सरकारी र निजी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई घरबाट काम गर्न अनिवार्य गरेको छ ।

दिल्लीका मन्त्री कपिल मिश्राले जीआरएपी ४ लागू भएको र सरकारले मजदुरहरूले सामना गर्ने कठिनाइहरू बुझ्दै दर्ता भएका मजदुरहरूले १० हजारको आर्थिक सहयोग दिने निर्णय गरेको बताएका छन् । यो रकम यस कठिन समयमा उनीहरूको जीविकोपार्जनलाई सहयोग गर्न सिधै उनीहरूको खातामा स्थानान्तरण गरिने उनले बताए । 

दिल्लीको लागि वायु गुणस्तर प्रारम्भिक चेतावनी प्रणाली अनुसार, बुधबार दिउँसो वायु गुणस्तर सूचकांक (एक्यूआइ) ३२६ रेकर्ड गरिएको थियो, जुन धेरै खराब श्रेणीमा पर्दछ ।

Read More

ओलीविरुद्ध माहोल बनाएको आरोप, सूर्य थापाको जेन-जीलाई ठाडो सन्देश ‘आफ्नो थान्कोमा बस्नुस्’

काठमाडौँ । नेकपा (एमाले) का नेता सूर्यबहादुर थापा क्षेत्रीले जेन–जीहरुले महाधिवेशनमा केपी शर्मा ओलीको विरुद्धमा माहोल बनाएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कसँग संवाद गर्दै उनले जेन–जीहरुलाई आफ्नो थान्कोमा बस्न आग्रह गरे । केही जेन–जीहरुले ओलीलाई भोट नहाल्नुस् भन्दै हिँडेको आफूले थाहा पाएको नेता थापा क्षेत्रीलेब ताए । उनले त्यस्तो नगर्न आग्रह गरे ।

उनले भने, ‘केही जेन–जी भाइबहिनीहरु केटाकेटीहरु चाहिँ केपी ओलीलाई भोट नहाल्नुस् भनेर नचाहिने काम गर्दै बोली हिँडेको पनि मैले पाएको छु् । उनीहरुले आफ्नो काम गरुन् । जेन–जी पुस्ताको आकांक्षाका कुरा गरुन् । एमालेको बारेमा बोल्ने तिनले के अधिकार राख्छन् ? म तिनीहरुलाई भन्न चाहन्छु– आफ्नो थान्कोमा बस भाइबहिनी हो ।’

उनले यसपटकको महाधिवेशन ओली र उनको टिमले जित्ने नेता थापा क्षेत्रीको दाबी छ । उनी पनि ओलीको समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । ‘ओलीको नेतृत्व, उनको अध्यक्षता र उहनँको टिममा रहेका पदाधिकारीहरुले चुनाव जित्नुहुन्छ । ओलीलाई काम गर्न सहज टिम दिनुपर्छ भन्ने महाधिवेशन प्रतिनिधिहरुको आम भावना छ । आम रुपमा पार्टीका नेतृत्वको हातखुट्टा बाँधेर पार्टी अगाडि बढ्दैन । आफ्नो नीति र नेतृत्व क्षमताको साथ प्रदर्शन गर्ने अवसर नेतृत्वलाई रहन दिनुपर्छ भन्ने आम मतदाताको भावना रहेको छ,’– उनले भने ।

ओलीले २१ वर्ष कोशिस गरेर एमालेको अध्यक्ष बनेको स्मरण गराउँदै उनले ईश्वर कमरेडले भर्खरै २१ दिन कोशिस गरेको भरमा अध्यक्ष बन्न असम्भव रहेको दाबी गरे । उनले अहिले पोखरेल भन्दा पनि ओलीको टिम देश, जनता र आम एमालेले चाहेको उनको दाबी छ । यसपटकको महाधिवेशनमा धेरै मिक्स पनि नहुने र ओली समूहका उम्मेदवार सबैले जित्ने उनको दाबी छ ।

‘मैले देख्दाखेरी धेरै मिक्स हुन जरुरी छैन । आजको एमालेमा विचारमा खिचडीपन चाहिएको छैन । एमालेविरुद्धको घेराबन्दीविरुद्ध कर्मी मौरीजसरी जुटेर नेतृत्वको प्रतिरक्षा गरेर पार्टीलाई बलियो बनाउनुपर्छ भन्ने हाम्रो महाधिवेशनभित्रको मनोदशा हो,’– उनले भने ।

Read More

सरकारको निर्णय अदालतको कसौटीमा: प्रतिनिधिसभा विघटनमाथि सर्वोच्चको प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान प्रमख सचेतक श्याम घिमिरेसहित ८ जनाले दायर गरेको प्रतिनिधिसभा विटनविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइ भएको सो मुद्दामा कारण देखाउ आदेश जारी भएको हो । नेपाली कांग्रेसका नेता घिमिरेसहितले संसद् विघटनलाई असंवैधानिक भन्दै गत मंसिर २३ गते रिट दायर गरेका थिए ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखसमेतलाई विपक्षी बनाइएको थियो ।

संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधानविपरीत संसद् विघटन गरिएको रिट निवेदकको दाबी छ । रिट निवेदकले तत्काल प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका छन् ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेका थिए । संसद् विघटनविरुद्ध नेपाली कांग्रेस मात्रै नभएर, नेकपा (एमाले) र सरोकारवालाहरुले विभिन्न रिट दायर गरेका छन् ।

Read More

भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

ललितपुर । भक्तपुरको बालकोट–२ वडाका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन् । उनीहरू आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरी एकता अभियानमा सहभागी भएका छन् ।

प्रवेश गर्नेहरूमा एमाले बालकोटका नेता तथा वडा २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. डि. के. रोसन तथा एमाले सूर्यविनायकका नेता–कार्यकर्ताहरू ईश्वर सिलवाल, हरि बास्कोटा, भाइ कृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, धुर्व के.सी., रुकुश वेकाजु, सुदिप प्रजा, कृष्णशरण लामिछानेलगायत रहेका छन् ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले टीका र खादा लगाएर पार्टीमा स्वागत गरे । सो अवसरमा उनले कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै समाज परिवर्तन र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्न नेपाली कम्युनिस्ट पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गरे ।

सो अवसरमा पार्टीमा सहभागी हुनुभएका नेताहरूले नेपाली कम्युनिस्ट पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

Read More

यू–१९ एशिया कप: नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य

काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत नेपालले अफगानिस्तानलाई १२५ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आइसीसी एकेडेमीमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४६.४ ओभरमा अल आउट हुदै १२४ रन बनाएको हो ।

नेपालका लागि दिलसाद अलीले सर्बाधिक ३२ रन बनाए भने चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन बनाएका थिए ।

त्यस्तै अफगानिस्तानका बलर जुतिल्लाह शाहीनले ३ विकेट लिए भने अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले २-२ विकेट लिएका थिए ।

जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन् । त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन । नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए । 

एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, नेपाल र युएई खेलिरहेका छन् ।

समुह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन् भने समुह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । 

Read More

पक्राउ परेका उपाध्यक्ष लामा श्रम संस्कृति पार्टीबाट निलम्बित

काठमाडौँ । हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले उपाध्यक्ष राजकुमार तामाङ लामालाई निलम्बन गरेको छ ।

कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौँको कपनबाट पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले बुधबार निलम्बन गरेको हो  । 

अध्यक्ष साम्पाङले पार्टीका उपाध्यक्ष राज कुमार तामाङ ( देवराज लामा) लाई धेरै बर्ष पहिलेको राजनीतिक गतिविधिका कारण देखाएर पुस १ गते नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भए पछि सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दवाव नपरोस् भन्ने उद्धेश्यले अनुसन्धानको अन्तिम टुङ्गो नलागुन्जेल सम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्वन गरिएको जानकारी दिएका छन् ।

Read More

नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र विकेन्द्रित सेवा वितरण कार्यक्रमलाई सुदृढीकरण गर्ने योजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ ।

बुधबार अर्थमन्त्रालयमा एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी अवधि २४ वर्षको हुनेछ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यस पश्चात १.५ प्रतिशत ब्याजदर रहनेछ । ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका कन्ट्री डाइरेक्टर आनो कुश्वाले हस्ताक्षर गरेका थिए ।

समारोहको शुरुवातमा सह–सचिव डा. धनीराम शर्माले मन्तव्य व्यक्त गर्दै नेपालको खर्च तथा वित्तीय व्यवस्थापन र अन्तर- सरकारको श्रोत व्यवस्थापनमा सुधार गर्ने यस कार्यक्रमको उद्देश्य रहेको बताए । सम्झौतामा हस्ताक्षरपछि कन्ट्री डाइरेक्टर आनो कुश्वा तथा अर्थ सचिव डा. घनश्याम उपाध्यायले सम्बोधन गर्दै सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक श्रोतहरुको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाहलाई सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहनेछ।यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा अर्थ मन्त्रालय तथा एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Read More