२०८३ बैशाख १३

एमालेको मतदान जारी: ८ बजेसम्म १२ सय मतदान, १० बजेसम्म मतदान स्थलमा प्रवेश गर्नुपर्ने

काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नका लागि मतदान प्रक्रियामा ढिलाई भएको छ । केन्द्रीय निर्वाचन आयोगले साँझ ८ बजेसम्म १२०० जनाले मात्र मतदान गरेको जानकारी दिएको छ ।

भृकुटीमण्डपस्थित मतदानस्थलमा एक प्रतिनिधिले मत खसाल्न बढीमा २ घन्टासम्म लगाएको आयोगले जनाएको छ । आयोगले औसतमा एक जनाले मतदान गर्न ३० देखि ३५ मिनेट लागिरहेको जानकारी दिएको छ ।

विहान ९: २० बजेदेखि सुरू भएको मतदान रातभर चल्न सक्ने देखिएको छ । आयोगले मतदान गरेर नसकुन्जेल मतदान जारी रहने भएकाले प्रतिनिधिहरूले राति १० बजेभित्र मतदानस्थलमा रहेको हलभित्र प्रवेश गरिसक्नुपर्ने सूचना जारी गरेको छ । यसअघि आयोगले ८ बजेभित्र टोकन लिएर मतदान स्थलमा प्रवेश गर्न भनेको भएपनि दुई घण्टा समय बढाएको छ  ।

लगभग ११ घण्टामा १२ सय मत खसेकाले अझै १०६३ प्रतिनिधिले मतदान गर्न लगभग ८ घण्टा भन्दा बढी लाग्ने देखिएको छ ।  आयोगले मतदान सकिएको तीन घण्टाभित्र मत परिणाम सार्बजनिक हुने बताएको छ  । 

एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६२२ जनाले उम्मेदवारी दिएका छन् । जारी महाधिवेशनमा २२६३ जना प्रतिनिधिहरूले मतदान गर्दैछन् ।

Read More

निर्वाचनस्थलबाट पोखरेलको संयमित सन्देश: नतिजा जे आए पनि स्वीकार्य छ, प्रतिस्पर्धालाई अन्यथा नलिऔँ

काठमाडौँ । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आए पनि स्वीकार्य हुने स्पष्ट पारेका छन् ।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पोखरेलले पार्टीभित्र प्रतिस्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएकाले यसलाई अन्यथा लिन नहुने बताए ।

पार्टीभित्र हुने प्रतिस्पर्धाले पार्टीलाई थप मजबुत र लोकतान्त्रिक बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

उनले भने, ‘पार्टीभित्र प्रतिस्पर्धाको राजनीति भनेको हामीले आत्मसाथ गरेको विचार हो । त्यसकारण यसलाई के के न होला भनेर सोच्नु हुँदैन, अरु पार्टीले यस्तो गरेको भए ओहो उत्पात राम्रो भनिन्थ्यो ।’

एमालेले प्रतिस्पर्धाको अभ्यास गर्दा यसलाई राम्रो भन्नुपर्ने उनको भनाइ थियो । ‘प्रतिस्पर्धा गर्न तयार हुनेले प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई पनि स्वीकार गर्छ, हामी स्विकार्छौँ,’ उनले भने । महाधिवेशन प्रतिनिधिहरूले स्वविवेक प्रयोग गर्ने भन्दै उनीहरूको मतको कदर गर्दै अगाढि बढ्नुपर्नेमा पोखरेलले जोड दिए ।

Read More

प्रधानमन्त्रीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट, म्याद थप गर्न आग्रह

काठमाडौँ । भदौ २३ र २४ गते देशमा भएका घटनाको छानबिन गरिरहेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आफ्नो काम तोकिएको समयमै पूरा गर्न नसकिने संकेत दिएको छ।

आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै एक महिनाको म्याद थप गर्न औपचारिक आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज भएको भेटमा आयोगले अनुसन्धान अझै निर्णायक चरणमा नपुगेको भन्दै थप समय आवश्यक भएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले छानबिनलाई निष्कर्षमा पुर्‍याउन राजनीतिक दलका शीर्ष नेताहरूको बयान लिन बाँकी रहेको बताएका छन्।

अध्यक्ष कार्कीका अनुसार, आगामी साता नै विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरिएको छ। “छानबिनलाई सतही होइन, तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउन चाहन्छौँ,” उनले प्रधानमन्त्रीसँगको छलफलमा बताएका छन्।

सरकारले मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गते भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो। तर घटनाको राजनीतिक संवेदनशीलता, सरोकारवाला पक्षहरूको संख्या र बयान प्रक्रियाका कारण आयोगको काम अपेक्षाभन्दा जटिल बनेको देखिएको छ।

आयोगले मागेको म्याद थप स्वीकृत हुन्छ कि हुँदैन, र त्यसपछि छानबिन कति प्रभावकारी रूपमा अघि बढ्छ भन्ने प्रश्नले अहिले राजनीतिक वृत्तमा चासो थपिएको छ। भदौको घटनाबारे सत्य बाहिर ल्याउने जिम्मेवारी बोकेको आयोगको काम अब थप समयको भरमा पुगेको संकेत यस भेटले दिएको छ।

Read More

एमाले महाधिवेशन: मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा हालसम्म ८०२ मत खसेको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा जारी मतदानमा अहिले ५ बजेसम्म ८०२ जनाले मतदान गरिसक्नुभएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए ।

बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको हो । उनले मतदानमा मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटससम्म समय लगाएर मतदान गरेको बताए । उनका अनुसार मतदान गर्नका लागि सरदर एक जना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ ।

उनले साँझ ८ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।

एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा छन् । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिव ६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा ८० वटा विद्युतीय भोटिङ् मेसिन प्रयोगमा ल्याइएको छ ।

आयोगका उपाध्यक्ष पोखरेलका अनुसार मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुनेछ । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

Read More

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि सात उम्मेदवारको अन्तर्वार्ता हुने

काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार छनोट तथा सिफारिस समितिले सात जनालाई छनौट गरेको छ ।

समितिले सात उम्मेदवारको सङ्क्षिप्त सूचि प्रकाशित गर्दै आफूले पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्र लगायतका सक्कलै कागजातहरूसहित प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ ।

समितले खेमराज जोशी, गोविन्द सिंह विष्ट, डबल बहादुर धामी, डमरु प्रसाद पनेरु, पदमराज जोशी, भिमबहादुर चन्द र शिवप्रसाद सापकोटालाई छनौट गएको छ ।

समितले छनौट भएका उम्मेदवारको  प्रस्तुतीकरण र अन्तर्वार्ता पौष ८ गते मङ्गलवार सिंहदरबारस्थित शिक्षामन्त्रालयमा बिहान ९ बजेदेखि हुने जानकारी दिएको छ ।

Read More

छात्रको लामो कपाल नकाटन विद्यालयहरुलाई महानगरको सर्कुलर

काठमाडौं । काठमाडौँ महानगरले सामुदायिक र संस्थागत विध्यलायहरुलाई लामो कपाल भएका विद्यार्थीको कपाल मुन्डन नगर्न सर्कुलर गरेको छ ।

महानगरले सर्कुलर जारी गर्दै महानगरपालिका अन्तर्गतका केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भनि विद्यालयमा जथाभावी मुन्डन गरिदिने कार्यले छात्रलाई मनोवैज्ञानिक असर परेको भनि जन गुनासा प्राप्त भएको उल्लेख गर्दै विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन निर्देशन दिएको छ ।

महानगरले शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने र नियम १३३ (१) (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन हुन अनुरोध गरेको छ ।

Read More

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको बिदाई भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् । 

भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो ।

सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे । 

प्रधानमन्त्रीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा बधाई तथा सफल यात्राको कामना गरिन । साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाए ।

चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उनले व्यक्त गरे ।

Read More

मन्त्री घिसिङबाट बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास

राजापुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन् ।  

बर्दियाका राजापुर नगरपालिका—१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका—५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गरेका हुन् ।

शहरी विकास मन्त्रालय मातहत रहेको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्स बृज डिभिजनमार्फत निर्माण हुने पुलको लम्बाइ ४८२.२० र चौडाइ १.६० मिटर रहेको छ । पुल निर्माणबाट दौलतपुर र टीकापुर क्षेत्र दुवैतर्फका करिब २ हजार घरधुरी लाभान्वित हुनेछन् । पुलको मध्य भागमा फोटो खिच्न मिल्ने गरी आवश्यक संरचना पनि बनाइनेछ ।

दौलतपुरघाटमा पुल नहुँदा डुंगाको प्रयोग गरी कर्णाली नदीमा जोखिमपूर्ण यात्रा हुँदै आएको छ । वर्षायामका डुंगाको प्रयोग गर्न नसकिने हुँदा आतजावत नै बन्द हुने अवस्था रहेको छ । झोलुङ्गे पुलको निर्माण पश्चात स्थानीय बासिन्दालाई बाहैं महिना सहज रुपमा नदी वारपार गर्ने सुविधा उपलब्ध हुनेछ ।

शिलान्यास समारोहमा मन्त्री घिसिङले पुल निर्माणपछि टापुको रुपमा रहेका राजापुर र टीकापुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न योगदान पुग्ने बताए । दौलतपुरतर्फका स्थानीयलाई टीकापुर बजार क्षेत्रमा क्याम्पस, अस्पताललगायतका पहुँचपमा सहज हुने एवम् कृषि उत्पादन टीकापुर क्षेत्रसम्म ढुवानी गर्र्ने वातावरण बन्ने उल्लेख गर्दै मन्त्री घिसिले त्यस क्षेत्रमा रहेको नदी कटानलाई नियन्त्रण गरी सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए ।

उमले तोकिएकै समयमा पुलको निर्माण सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिए । ठेक्का सम्झौता बमोजिम पुल ११ असार २०८४ भित्र सम्पन्न हुनेछ ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले झोलुङ्गे पुल निर्माणले दौलतपुर क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने आधार तय गर्ने उल्लेख गरे ।

राजापुर नगरपालिका प्रमुख दिपेश थारु र टीकापुर नगरपालिका प्रमुख रामलाल दगौरा थारुले पुलले  सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश तथा दुई जिल्ला जोड्ने हुँदा आवतजावत सहज हुनुकासाथै पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे । पुल निर्माणका लागि १५ करोड ७४ लाख रुपैयाँ (भ्याटसहित)मा ठेक्का सम्झौता भएको छ ।

Read More

भदौ २३ र २४ घटनाको जाँचबुझ आयोगको म्याद थपिने, छिट्टै ओली र लेखकसँग बयान

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् । 

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरेको हो । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केही समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिएका छन् । 

आयोगले अर्को साता पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी गरेको छ ।

जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यही पुस ९ गते सकिँदैछ ।

Read More

खेल मैदान बनाउदा भ्रष्टाचार गरेका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसमेत ६ जनाविरुद्ध  भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारसँगको मिलोमतोमा कमसल सामाग्री प्रयोग गरि काम गर्दा १४ लाख ६६ हजार अनियमतिता गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सब-इन्जिनियर गणेश राज उपाध्याय, लेखापाल हर्क देव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव वीर बहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीविरुद्ध काठमाडौँको विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

Read More