२०८३ बैशाख १३

शान्ति वार्ता सफल नभएमा रुसले युक्रेनको अन्य भूभाग पनि कब्जा गर्छ- पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको शान्ति वार्ता रुसको सर्त अनुसार अगाडि बढेन भने, रुसले युक्रेनमा आफ्नो नियन्त्रण अझ विस्तार गर्ने चेतावनी दिएका छन् ।

पुटिनले वरिष्ठ सैन्य कमाण्डरहरूको वार्षिक बैठकलाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । रसियन मिडियाका अनुसार पुटिनले यदि कूटनीतिक रुपमा शान्ति बार्ता असफल भएमा रुसले सैन्य बल मार्फत आफ्नो लक्ष्यहरू प्राप्त गर्ने बताएका हुन् ।

पुटिनले रुस वार्ता मार्फत द्वन्द्व समाधान गर्न चाहेको र युद्धको मूल कारणहरू हटाउन चाहेको बताएका छन् । यद्यपि, उनले यदि विपक्षी पक्षहरू र उनीहरूका विदेशी समर्थकहरूले गम्भीर वार्ता अस्वीकार गरे भने, रुसले सैन्य कारबाहीको सहारा लिने स्पष्ट गरेका छन् । पुटिनको शब्दमा, रुसले आफ्नो ऐतिहासिक क्षेत्रहरू मुक्त गर्न बल प्रयोग गर्न नहिचकिचाउने बताएका छन् ।

यो बयान यस्तो समयमा आएको छ, जब युक्रेनी युद्ध अन्त्य गर्ने अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन् । वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले उच्चस्तरीय बैठकहरू पछि सम्झौता पहिलेभन्दा नजिक रहेको दाबि गरिरहेका छन् । सुरक्षा ग्यारेन्टी र सीमा मुद्दाहरूको बारेमा अमेरिका, युक्रेन र युरोपेली देशहरू बीच वार्ता भइरहेको छ । यद्यपि, नेटो सदस्यता जस्ता मुद्दाहरूमा सम्झौता अझै पनि अस्पष्ट छ ।

पुटिनले सम्पूर्ण मोर्चा रेखामा रुसी सेनाले रणनीतिक फाइदा कायम राखेको दाबी गरेका छन् । उनले रुस-युक्रेन सीमामा सुरक्षा बफर क्षेत्रको थप विस्तारको लागि आह्वान गरे । पुटिनले रुसी सेनालाई युद्ध-कठोरको रूपमा वर्णन गर्दै उनीहरूको लडाई क्षमता अतुलनीय रहेको बताएका छन् । यसैबीच, युक्रेन र यसका पश्चिमी सहयोगीहरूले यी दावीहरूलाई अस्वीकार गरे र रुसको सार्वभौमसत्ता उल्लङ्घन गरेको आरोप दोहोर्याए ।

आफ्नो भाषणमा, पुटिनले रुसको बढ्दो सैन्य शक्ति र आणविक क्षमताहरूको पनि उल्लेख गरे । उनले आणविक-सक्षम ओरेश्निक ब्यालिस्टिक मिसाइल यस महिना औपचारिक रूपमा सेवामा समावेश गरिने घोषणा गरेका छन् । पुटिनले नोभेम्बर २०२४ मा युक्रेनी कारखानामा भएको आक्रमणमा यस मिसाइलको परम्परागत संस्करण प्रयोग गरिएको थियो, जसलाई रोक्न नसकिने उल्लेख गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

पुटिनले युक्रेन र अन्तर्राष्ट्रिय समुदायले क्रिमियामा रूसको नियन्त्रणलाई मान्यता दिनुपर्ने बताउदै हाल कीभद्वारा नियन्त्रित पूर्वी र दक्षिणी युक्रेनका क्षेत्रहरूबाट युक्रेनी सेना फिर्ताको माग दोहोराएका छन् ।

Read More

च्याटजिपिटी अपरेटिङ सिस्टम ल्याउदै ओपनएआई

काठमाडौँ । ओपनएआईले अब च्याटजिपिटीलाई केवल मोबाइल एपमा मात्र सीमित गर्न चाहँदैन ।

कम्पनीले यसलाई अपरेटिङ सिस्टम (ओएस) बनाउने योजना बनाइरहेको खुलेको छ । सरल भाषामा भन्नुपर्दा, भविष्यमा, तपाईंले विभिन्न कार्यहरूको लागि १० फरक एपहरू खोल्नु नपर्ने हुन सक्छ । च्याटजिपिटी  तपाईंको मुख्य प्रणाली बन्नेछ । यो योजना कार्यान्वयन गर्न, ओपनएआईले ग्लेन कोट्सलाई एप प्लेटफर्मको प्रमुखको रूपमा नियुक्त गरेको छ । ग्लेनको मुख्य काम च्याटजिपिटीलाई ओएसमा रूपान्तरण गर्नु हो ।

जसरी हाम्रो फोनमा एन्ड्रोइड वा आइओएस छ र हाम्रो ल्यापटप- डेस्कटपमा विन्डोज छ, त्यसरी नै ओएस मुख्य सफ्टवेयर हो। यसले हाम्रा उपकरण (हार्डवेयर) र एपहरू चलाउँछ । यो बिना, हामी फोन वा कम्प्युटर केवल एउटा बक्स हो । ओएसले तपाईंको शब्दहरू (क्लिकहरू वा टाइपिङ) उपकरणमा प्रसारण गर्दछ ।

ओपनएआईका च्याटजिपिटीका प्रमुख, निक टर्लीले आगामी वर्षहरूमा च्याटजिपिटी पूर्ण रूपमा रूपान्तरण हुनेछ । उनले च्याटजिपिटीले ओएस जस्तै काम गरोस् भन्ने चाहेको बताए । 

च्याटजिपिटी भित्र धेरै परिवर्तनहरू देखा पर्न थालेका छन् । यो अब केवल च्याटिङमा मात्र सीमित छैन, यो एक अल-इन-वन प्लेटफर्म बन्न लागेको छ । क्यानभा, स्पोटीफाई र ट्रीपएडभाइजर जस्ता एपहरू अब सिधै यसमा एकीकृत छन् । 

ओएसलाई चलाउन हार्डवेयर (फोन वा उपकरण) चाहिन्छ । रिपोर्टहरूले ओपनएआईले नयाँ एआई उपकरण विकास गर्न प्रसिद्ध आईफोन डिजाइनर जोनी इभसँग काम गरिरहेको छ । यो उपकरण २०२७ सम्ममा आउन सक्छ ।

Read More

राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल र केन्द्र तोकियो

काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ ।

आयोगले बुधबार सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिसकेको हो । आयोगले कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्कीमा प्रदेशको मतदान केन्द्र, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान केन्द्र तोकेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ भने मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ ।

Read More

एमाले महाधिवेशन: ८ बजेदेखि मतगणनाको तयारी

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ । 

केन्द्रीय निर्वाचन आयोगले ८ बजेदेखि मतगणनाको तयारी गरेको छ भने करिब २ घण्टामा गणना सकिने भएको छ । त्यसपछि बिहान ११ बजे महाधिवेशन स्थल भृकुटीमण्डपमा समापन समारोह हुने भएको छ ।

Read More

म्यानचेस्टर सिटी, न्यूक्यासल र चेल्सी लिग कपको सेमिफाइनलमा

काठमाडौं । म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड र चेल्सी यस बर्षको लिग कपको सेमिफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न क्वाटरफाइनलका खेलमा चेल्सीले कार्डिफ सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको थियो भने न्यूक्यासल युनाईटेडले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

अब क्वाटरफाइनल अन्तर्गत आर्सनल र क्रिस्टल प्यालेसबीचको खेलबाट सेमिफाइनल खेल्ने चौथो टिमको टुंगो लाग्ने छ ।

सेमिफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडको सामना गर्ने भएको छ भने चेल्सीले आर्सनल वा क्रिस्टल प्यालेसको सामना गर्ने भएको छ ।

Read More

एमाले महाधिवेशन: मतदान सकियो, २ हजार २२७ मत खस्यो

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ । 

८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको भएपनि मतदान प्रक्रिया निकै लामो भएको छ । केन्द्रीय निर्वाचन आयोगले मतदान सकिएको तीन घण्टामै नतिजा सार्बजनिक गर्ने बताएको छ ।

Read More

फिफाले २०२६ फुटबल विश्वकपको पुरस्कार रकम ५० प्रतिशतले बढायो

काठमाडौँ । फिफाले अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलमा सहभागी देशहरूलाई प्रदान गरिने पुरस्कार रकममा ५० प्रतिशत वृद्धिको घोषणा गरेको छ । फिफाले विश्वकपमा कुल पुरस्कार रकम ७२७ मिलियन डलर अनुमोदन गरेको छ ।

२०२६ को विश्वकप विजेता देशले ५० मिलियन डलर प्राप्त गर्ने छ भने उपविजेताले ३३ मिलियन डलर पाउने छ । त्यस्तै तेस्रो हुनेले २९ मिलियन, चौथो हुनेले २७ मिलियन डलर पाउने भएको छ ।

त्यसैगरी पाँचौदेखि आठौँ स्थानसम्मले १९ मिलियन डलर, नवौंदेखि १६औं स्थानसम्मले १५ मिलियन डलर, १७औं देखि ३२औं स्थानसम्मले ११ मिलियन डलर र ३३औं देखि ४८औंसम्मको देशले ९ मिलियन डलर पाउने भएको छ ।

यसका अतिरिक्त फिफाले हरेक सहभागी टिमलाई विश्वकपको तयारीका लागि १.५ मिलियन डलर अतिरिक्त प्रदान गर्ने छ ।

२०२६ को विश्वकप विज्ञापन अधिकार र टिकट बिक्रीको हिसाबले ठूलो आम्दानी गर्ने प्रतियोगिता हुनेछ र यसले फिफालाई कम्तिमा १० बिलियन डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

२०२२ को फिफा विश्वकपमा ४४० मिलियन डलर पुरस्कार स्वरूप वितरण गरिएको थियो भने विश्वकप विजेता अर्जेन्टिनाले ४२ मिलियन डलर पाएको थियो ।

Read More

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको नारा ‘मेरो महान कथा: संस्कृति र विकास’ भन्ने रहेको छ ।  यस नाराले मानव गतिशीलताले कसरी विकासलाई अगाडि बढाउँछ, समाजलाई समृद्ध बनाउँछ र समुदायहरूलाई एकअर्कालाई जोड्न, अनुकूलन गर्न र समर्थन गर्न मद्दत गर्छ भन्ने कुरा प्रकाश पार्छ । हाल बसाइँसराइले अर्थतन्त्र, समुदाय र विश्वव्यापी विकासलाई आकार दिइरहेको हुनाले यो सन्देश पहिलेभन्दा बढी जरुरी रहेको छ ।

अहिले विश्वका झण्डै ३० करोड ४० लाख मानिस आप्रवासीका रुपमा रहेका छन् । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तर्राष्ट्रिय स्तरमा आप्रवासीको संख्या बढ्दै गएको छ । राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको संख्या बढिरहेको छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गई बस्ने प्रक्रियालाई आप्रवासन भनिन्छ ।

आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देशसहित विश्वभर यो दिवस मनाउने गरिन्छ । विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानव अधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्य यो दिवसको रहेको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशभर मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको र आज राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागले जानकारी दिएको छ ।

Read More

२०८२ पौष ३ गते विहिबार: आजको राशिफल

आज पौष ३ गते विहिबार ईसं २०२५ डिसेम्वार १८ नेपाल सम्बत ११४६ थिंलागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण चतुर्दशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, धृति योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज  अन्तर्राष्ट्रिय आप्रवासी दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । इच्छा र आकाङ्क्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । प्रतियोगिता वा प्रतिस्र्पद्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । इच्छा र आकाङ्क्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सकिने छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने समय छ । धेरै टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । देखिएका बाधारअड्चन हटाउन तथा शत्रुदमन गर्न प्रयास गर्ने समय हो । घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्राविधिक विषय वा गणितीय कुरामा ध्यान केन्द्रित हुनेछ । कुनै आकस्मिक निर्णय लिनुपर्ने बाध्यता पनि आइलाग्नेछ, जुन तपाईंको आत्मसम्मान र गरिमा विपरीत हुनसक्छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँकेरताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला ।  

Read More