२०८३ बैशाख १३

रवि लामिछाने सुक्रबार मात्र रिहा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोली मात्र रिहा हुने भएका छन् ।

रास्वपा नेता हरि ढकालले लामिछानेलाई शुक्रबार भैरहवा जिल्ला अदालत लगेपछि मात्र रिहा हुने प्रक्रिया शुरु हुने जानकारी दिएका छन् ।

रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने हाल पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।

Read More

एमाले अध्यक्ष ओलीसहित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने अध्यक्ष ओलीले सपथ खुवाएका छन् ।

बिहिबार सम्पन्न मतगणनामा एमालेका १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य र आयोगका ४१ सदस्य निर्वाचित भएका छन् ।

Read More

जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । 

यसअघि बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशिला कार्कीलाई भेट गरेर एक महिना म्याद थप गर्न आग्रह गरेका थिए ।

त्यस्तै बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।

२०७८ को जनगणनाको प्रतिवेदन बमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ लाई संशोधन गर्न लागिएको मन्त्री खरेलले बताए ।  

यस्तै बैठकले विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका व्यक्तिहरूलाई राख्नका लागि नुवाकोटको विदुरमा निर्माण भएको केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि गरेको मन्त्री खरेलले जानकारी दिएका छन् । 

Read More

रवि लामिछाने रिहा हुने खबरसँगै समर्थकमा खुशीयाली, देखियो उत्साह / एकअर्कामा बधाई साटासाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सर्तसहित रिहा हुने आदेश आएपछि उनका समर्थकहरूमा खुसीयाली छाएको छ।

अदालतको निर्णय सार्वजनिक हुनासाथ अदालत तथा नक्खु काराकार परिसर र आसपासका क्षेत्रमा समर्थकहरू उत्साहित देखिएका छन् ।

रिहाइको खबरसँगै समर्थकहरूले न्याय भएको प्रतिक्रिया दिँदै एकअर्कालाई बधाई साटासाट गरेका छन्। केहीले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दा कतिपय समर्थकहरू अदालत बाहिर नै लामिछानेको पक्षमा नारा लगाउँदै खुशियाली मनाउदैइछन ।

समर्थकहरूले यो निर्णयलाई न्यायिक प्रक्रियाप्रतिको विश्वासको रूपमा व्याख्या गर्दै अब रवि लामिछानेले राजनीतिक गतिविधि खुला रूपमा अगाडि बढाउने अपेक्षा व्यक्त गरेका छन्।

Read More

कुश्मा कारागारका प्रमुखसहित ६ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । कारागार कार्यालय, कुश्माका कार्यालय प्रमुख तथा मूल्याङ्कन समितिका अध्यक्ष शिला श्रेष्ठसमेत ५ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माणको क्रममा २१ लाख ५५ हजार अनियमितता गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले  श्रेष्ठसमेत बोलपत्र मूल्याङ्कन समितिका सदस्यहरु सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकाश अधिकारी, कारागारका नायब सुब्बा हरिकृष्ण शर्मा र कोष तथा लेखा नियन्त्रणको कार्यालय, पर्वतका सह-लेखापाल सुभास घर्ती, मोदीकाली कन्स्ट्रक्सन मोदी -६ पर्बतका प्रोपाइटर प्रदिप तिमिल्सिनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

Read More

रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश, तर राख्यो ५ यस्ता कडा सर्त

काठमाडौं । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामुक्त गर्ने आदेश दिएको छ। यद्यपि, अदालतले उनलाई सर्तसहित धरौटीमा रिहा गर्ने निर्णय गर्दै पाँचवटा कडा सर्त पालना गर्नुपर्ने व्यवस्था गरेको छ।

बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतको थुनामा पठाउने आदेश बदर गर्दै लामिछानेलाई रिहा गर्न आदेश सुनाएको हो।

अदालतले विदेश यात्रा गर्नुअघि पूर्वजानकारी दिनुपर्ने, आफ्नो भागमा पर्ने दायित्व बराबरको बैंक ग्यारेन्टी बुझाउनुपर्ने लगायतका सर्तहरू तोकेको छ। अदालतका अनुसार पीडित बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्नु नै यस मुद्दामा पहिलो प्राथमिकता हो।

न्यायालयले लामिछानेले जिम्मेवारी अनुसारको बैंक जमानत पेश गर्ने सर्तमा धरौटीमा रिहा गर्न उपयुक्त देखिएको ठहर गरेको छ।

Read More

रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धरौटीमा छोड्न आदेश गरेको हो ।

Read More

ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको साहस र संघर्षलाई सम्मान छ- गोकर्ण विष्ट

काठमाडौँ । नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित भएपछि गोकर्ण विष्टले  ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलगायतका सबै नेताहरुको निष्ठा, साहस र संघर्षलाई सम्मान गरेका छन् ।

नेता विष्टले खुला प्रतिस्पर्धा र युगले खोजेको रुपान्तरणसहितको पार्टी निर्माणका लागि आफुहरुको अभियानको नेतृत्व गर्ने ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेप्रति सम्मान व्यक्त गरेका हुन् । उनले आजीवन सामाजिक परिवर्तनको आन्दोलनमा समर्पित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, केशव वडालसहितका अग्रजहरुले देखाएको उच्च नैतिकता र त्यागको प्रसंशा गरेका छन् ।

उनले भनेका छन्: 
सर्वप्रथम नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न भूमिका खेल्नुहुने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु । महाधिवेशनमा बिजय हासिल गर्ने अध्यक्ष कमरेड केपी ओलीसहित सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रतिस्पर्धामा उम्मेदवारका रुपमा भाग लिई लोकतान्त्रिक अभ्यासलाई समृद्ध बनाउने सबै कमरेडको भूमिकाको उच्च कदर गर्दछु ।  खुला प्रतिस्पर्धा र युगले खोजेको रुपान्तरणसहितको पार्टी निर्माणका लागि हाम्रो अभियानको नेतृत्व गर्नुहुने कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डेलगायतका सबै नेता कमरेडहरुको निष्ठा, साहस र संघर्षलाई हार्दिक सम्मान छ ।

यस महाधिवेशनमा मलाई केन्द्रीय उपाध्यक्ष पदमा विजयी गराउन अमूल्य मत दिनुहुने सबै आदरणीय प्रतिनिधि कमरेडहरु, हौसला दिनुहुने आदरणीय अग्रजहरु, प्रचारप्रसारमा अहोरात्र खट्ने सहयोद्धा कमरेडहरुप्रति हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु । यो अभियानमा महत्वपूर्ण योगदान दिनुहुने संचारकर्मी मित्रहरु, देशविदेशमा रहेर साथ, सहयोग र समर्थन गर्नुहुने सबै शुभेच्छुकलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु । हाम्रो संगठित प्रयत्नले पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउँदै, देशलाई अन्यौल र निराशाबाट निकास दिलाउन अवश्य सफल हुने छौँ । 

Read More

विष्णु रिमाल भन्छन्- सौहार्द, मित्रवत र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भयो

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिमालले सौहार्द, मित्रवत र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको बताएका छन् ।

एमालेको उपमहासचिव र केन्द्रीय सदस्य दुवैमा पराजित भएका रिमालले एमालेको ११औं राष्ट्रिय महाधिवेशन भव्यता पूर्वक सम्पन्न भएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादलाई व्यावहारिक रूपमा आत्मसात गर्दै अत्यन्त सौहार्द, मित्रवत र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको बताएका हुन् । 

उनले महाधिवेशनमा नेतृत्वमा निर्वाचित सम्पूर्णलाई बधाई दिदै महाधिवेशनमा भाग लिने सबै प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन् ।

Read More

प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा लोकप्रिय मत पाएर निर्वाचित भएका छन् । एमालेको ११औँ महाधिवेशनबाट ज्ञवालीले १९४२ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन् । 

महाधिवेशनमा ओली प्यानलबाट उपाध्यक्षमा परे पनि उनले सो पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका थिए। 

महासचिवका आकांक्षी ज्ञवालीले महासचिव नपाएपछि पदाधिकारी नबन्ने निर्णय लिदै केन्द्रीय सदस्य मात्र बनेका छन् । उनको स्थानमा ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षमा १२५८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

Read More