२०८३ बैशाख १३

अमेरिकाले ताइवानलाई १० अर्ब डलरका हतियार बेच्ने

काठमाडौँ । अमेरिकाले ताइवानलाई १० अर्ब डलरभन्दा बढीको हतियार प्याकेज बेच्ने घोषणा गरेको छ । यस प्याकेजमा मध्यम दूरीका मिसाइल, हाविट्जर र ड्रोनहरू समावेश छन् । यो कदमले चीनको कडा प्रतिक्रिया आउने सम्भावना रहेको छ ।

विदेश मन्त्रलायले ताइवानलाई यी हतियारहरू बिक्री गर्ने घोषणा गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रलाई सम्बोधनको क्रममा यो घोषणा आएको थियो। आफ्नो सम्बोधनमा उनले विदेश नीतिका मुद्दाहरूलाई संक्षिप्त रूपमा उल्लेख गरे र चीनसँगको व्यापार वा अन्य मुद्दाहरूलाई सम्बोधन गरेनन् ।

आठ हतियार बिक्री सम्झौताहरूमा ८२ हाई-मोबिलिटी आर्टिलरी रकेट सिस्टम र ४२० आर्मी ट्याक्टिकल मिसाइल सिस्टम समावेश छन् । यी त्यहि प्रणालीहरू हुन् जुन रूस विरुद्धको रक्षाको लागि बाइडेन प्रशासनको समयमा युक्रेनलाई प्रदान गरिएको थियो र ४ अर्ब डलरभन्दा बढीको मूल्यका रहेका थिए ।

बिक्रीमा ६० स्व-चालित हाविट्जर प्रणाली र अन्य उपकरणहरू पनि समावेश छन्, जसको मूल्य पनि ४ अर्ब डलरभन्दा बढी छ, र १ अर्ब डलरभन्दा बढीको ड्रोनहरू पनि समावेश छन् । अन्य बिक्रीहरूमा १ अर्ब डलरभन्दा बढीको सैन्य सफ्टवेयर, ७०० मिलियन डलरभन्दा बढीको जेभलिन र टाउ मिसाइल, ९६ मिलियन डलरभन्दा बढीको हेलिकप्टर स्पेयर पार्ट्स र ९१ मिलियन डलरको हार्पुन मिसाइल नवीकरण किट समावेश छन् ।

ट्रम्पले भने, ‘अमेरिकामा पहिले नै १८ ट्रिलियन डलरको रेकर्ड लगानी भइसकेको छ, जसको अर्थ रोजगारी, ज्याला वृद्धि, विकास, कारखाना खोल्ने र राष्ट्रिय सुरक्षामा अभूतपूर्व वृद्धि हो। यो सफलताको धेरैजसो भाग शुल्क मार्फत प्राप्त भएको छ। मेरो मनपर्ने शब्द, जुन दशकौंदेखि अन्य देशहरूले हाम्रो विरुद्ध सफलतापूर्वक प्रयोग गर्दै आएका छन्। तर अब त्यस्तो हुने छैन। कम्पनीहरूलाई थाहा छ कि यदि तिनीहरूले अमेरिकामा उत्पादन गरे भने, कुनै शुल्क लाग्दैन । त्यसैले तिनीहरू रेकर्ड संख्यामा अमेरिका फर्किरहेका छन् । तिनीहरूले अभूतपूर्व स्तरमा कारखाना र प्लान्टहरू खोलिरहेका छन् ।’

ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकालाई यसको शक्ति फिर्ता ल्याउने बताएका छन् । उनले दस महिनामा आठ युद्धहरू रोकेको दाबी गर्दै इरानको आणविक खतरालाई हटाएर गाजामा युद्ध समाप्त पारेको, मध्य पूर्व (पश्चिम एसिया) मा तीन हजार वर्षमा पहिलो पटक शान्ति ल्याए र जीवित र मृत दुवै बन्धकहरूको रिहाइ सुनिश्चित गरेको दाबि गरेका छन् ।

Read More

एमालेको नेतृत्व छनोट लोकतान्त्रिक अभ्यासको सन्देशः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले नेतृत्व चयनका क्रममा अपनाएको लोकतान्त्रिक प्रक्रियाले देशको राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।

एमालेको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय त्यस पार्टीको आन्तरिक विषय भएको उल्लेख गर्दै शर्माले महाधिवेशनमार्फत प्रतिकूल परिस्थितिका बाबजुद केही नयाँ र केही पुराना अनुहारलाई अनुमोदन गरिएको बताए। ‘को आउने, को नआउने भन्ने कुरा सम्बन्धित दलकै विषय हो,’ उनले स्पष्ट पारे।

महामन्त्री शर्माले जेन-जी आन्दोलनपछि मुलुकको राजनीतिक र सामाजिक परिवेश बद्लिएको उल्लेख गर्दै निर्वाचित कमिटीले त्यसलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्नेमा जोड दिए।

‘जेन–जी प्रदर्शनले मुलुकमा मूलतः सुशासनको मुद्दालाई स्थापित गरेको छ,’ शर्माले भने, ‘यस विषयमा समर्थन र विरोधका मत आउनु स्वाभाविक हो, तर जेन–जीले उठाएको सुशासनको मागलाई कसैले पनि बेवास्ता गर्न सक्दैन।’

उनले सुशासन स्थापित गर्नु नयाँ वा पुराना सबै राजनीतिक दलहरूको साझा दायित्व र संकल्प हुनुपर्ने उल्लेख गर्दै त्यसतर्फ सबै दल गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।

Read More

नेप्सेमा १०.५६ अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से १०.५६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२९ कम्पनिका एक करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ मा कारोबार भएको थियो । आज होटल्स, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकको शेयर ९.५६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बाराही हाइड्रोको शेयर ४.७६ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी बाराही हाइड्रोको २४ करोड ७२ लाखको कारोबार भएको छ भने राढ़ी जलविद्युतको १८ करोड ३५ लाखको कारोबार भएको छ ।

Read More

रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पौष १ र २ गते बसेको पार्टी सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले समानुपातिक उम्मेदवार तय गर्न प्रदेश अनुसार सहजकर्ता नियुक्त गरेको छ भने प्रदेश र स्थानीय तहमा विजयी स्वतन्त्र उम्मेदवारसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपाको सचिवालय बैठकले गरेका निर्णयहरु:
१- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२को समानुपातिक तर्फको उम्मेदवारका लागि  मङ्सिर मसान्तसम्म कुल ३२५ आवेदन प्राप्त भएको र आवेदन प्राप्त हुने क्रम जारी नै रहँदा प्राप्त आवेदकहरूको अगाडिको प्रक्रिया प्रारम्भ गर्दै जाने निर्णय गरियो। आवेदकहरूलाई सातै प्रदेशमा छलफलका लागि पुष ५ गते आमन्त्रण गर्ने र छलफल सहजीकरणका लागि समानुपातिक तर्फ उम्मेदवारी आवेदन नदिएका केन्द्रीय समितिका सदस्यहरूलाई तपशील बमोजिम जिम्मेवारी तोक्ने निर्णय गरियो। 

सहजकर्ताहरू:

कोशी प्रदेश:
विपिन कुमार आचार्य, निशा डाँगी, अशोक कुमार चौधरी, सरिन तामाङ ।

मधेस प्रदेश:
मनिष झा, राजन गौतम, बिन्दबासिनी कंसाकार, तपेश्वर यादव।

बागमती प्रदेश:
विराज भक्त श्रेष्ठ, डा. तोसिमा कार्की, रामकृष्ण भट्टराई, उपेन्द्र पाण्डे 

गण्डकी प्रदेश:
शिशिर खनाल, असिम शाह, शिव नेपाली, मोहन थापा, राजन गौतम।

लुम्बिनी प्रदेश:
गणेश पराजुली, क्रान्ति शिखा धिताल, लक्ष्मी तिवारी, देवराज पाठक।

कर्णाली प्रदेश:
हरि ढकाल, बिनिता कठायत र मदन खड्का।

सु.प. प्रदेश:
दिपकराज बोहरा, ध्रुव गिरी, प्रकाश बिष्ट ।

२- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ आवेदन दिने सदस्यहरूले परिवर्तन गरी प्रत्यक्षतर्फ आवेदन दिन चाहेमा २०८२ पौष ५गते दिनको ५ बजेसम्म थप शुल्क तिर्नु नपर्ने व्यवस्था गर्ने ।

३-  स्थानीय तह, प्रदेश तह र संघीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका र स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिहरूसँगको समन्वयका लागि तपसिलको ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गर्ने। 

संयोजक: विष्णु कुमार श्रेष्ठ, केन्द्रीय सदस्य 

सदस्यहरू: बोधनारायण श्रेष्ठ उपप्रमुख केन्द्रीय संगठन विभाग र रन्जु दर्शना, पार्टी नेतृ।

४. पार्टीको उम्मेदवार छनोट अडिट समितिको संयोजकमा केन्द्रीय सदस्य उपेन्द्र पाण्डेलाई जिम्मेवारी दिने । समानुपातिक तर्फ उम्मेदवारका लागि आवेदन दिने केन्द्रीय समितिका सदस्यहरू समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी नहुने ।

५. पार्टी केन्द्रीय विभागलाई निर्वाचन लक्षित गतिविधिमा संलग्न गराउन एवं समान बुझाई तयार गर्न महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा २०८२ पौष ४ गते ‘निर्वाचन पूर्व तयारी छलफल’ आयोजना गर्ने ।

६. पार्टीको स्टार्टअप तथा नवप्रवर्तन विभाग प्रमुखमा भुवन केसीलाई मनोनयन गर्ने ।

Read More

रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । हालै नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी भएकी छन् । 

झाँक्री संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी झाँक्रीले १९११ मत ल्याएकी छन् । झाँक्रीले सचिवमा आकांक्षा राखे पनि संस्थापनमा भागबण्डा नमिलेपछि उनी केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बनेकी थिइन् । 

Read More

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । केपी ओली प्यानलबाट पदाधिकारीमा पराजित भएका नेता रिमाल केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन्।

उनले केन्द्रीय सदस्यमा ६३० मत मात्रै पाएका छन् । रिमाल उपमहासचिवमा पराजित भएका थिए । उपमहासचिवमा उम्मेदवार बनेका रिमालले १०९१ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेर पराजित भएका छन् ।

Read More

पराजित भएपछि ईश्वर पोखरेल भन्छन्- एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रूपमा रहन्छ

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा पराजित भएका ईश्वर पोखरेलले विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने बताएका छन् । 

पोखरेलले प्रतिस्पर्धामा यसपटक विजयी बन्न नसके पनि अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्ने प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न  ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता विश्वास व्यक्त गरेका छन् ।     

Read More

एमालेको पदाधिकारीमा ओली पक्षका बराल र रिमाल पराजित

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनमा ओली पक्षले बर्चश्व कायम गरिरहेका बेला दुई पदाधिकारीका उम्मेदवारले भने हार बेहोरेका छन् ।

ओली पक्षका उपाध्यक्षका उम्मेदवार गुरु बराल र उपमहासचिव पदका उम्मेदार विष्णु रिमाल पराजित भएका हुन् । बरालले ११३७ मत प्राप्त गर्दै छैटौं स्थानमा रहेर पराजित भएका छन् । पाँच मध्ये एक उपाध्यक्षमा ईश्वर पोखरेल पक्षका गोकर्ण विष्ट विजयी भएका छन् । 

त्यस्तै उपमहासचिवमा उम्मेदवार बनेका रिमालले १०९१ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेर पराजित भएका छन् । रिमाल ओलीका विश्वासपात्र मानिन्छन्  । त्यस्तै तीन मध्ये एक उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।

Read More

नेपाल बैंकको ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालन

काठमाडौं । नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ प्रयोगलाई थप प्रोत्साहन गर्ने उद्देश्यसहित ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सार्वजनिक गरेको छ।

बैंकका कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गर्दै सुरु गरिएको यो अभियान सेवा प्रदायकसँगको सहकार्यमा सञ्चालन भइरहेको छ।

२०८२ साल पुस महिनाभर चल्ने यस अभियानअन्तर्गत रु. २०० वा सोभन्दा बढी रकमको टप अप गर्ने सहभागीमध्ये ८० जना भाग्यशालीलाई रु. १०० का दरले बोनस प्रदान गरिने बैंकले जनाएको छ। बोनस प्राप्त गर्नेको घोषणा अभियान समाप्त भएपछि गरिनेछ।

डिजिटल बैंकिङको प्रयोगलाई दैनिक जीवनसँग अझ सहज र आकर्षक बनाउने लक्ष्यसहित ल्याइएको यो अभियानले नगदरहित कारोबार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ।

हाल नेपाल बैंकले देशभर २३१ शाखा, २३७ एटिएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। तीमध्ये करिब १० लाख ग्राहकले डिजिटल माध्यमबाट बैंकिङ सेवा उपयोग गरिरहेका छन्।

आधुनिक प्रविधिमा आधारित सेवामार्फत ग्राहक सन्तुष्टि बढाउँदै नेपाल बैंकले आफूलाई प्रतिस्पर्धी र विश्वासिलो बैंकको रूपमा मजबुत बनाउँदै लगिरहेको जनाएको छ।

Read More

एमालेको सचिवमा महेश बस्नेतलाई लोकप्रिय मत

काठमाडौं । नेकपा एमालेको सचिवमा विजयी हुने नौं जनाको टुंगो लागेको छ । सचिवमा विजयी हुनेमा सबै केपी ओली पक्षका रहेका छन् । 

सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गरेका छन् । बस्नेतले १५४४ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६ मत, शेरधन राईले १५०३ मत प्राप्त गरेका छन् । त्यस्तै हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१ मत, यामलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकालले ११०८ मत प्राप्त गरेर विजयी भएका छन् ।

ईश्वर पोखरेल प्यानलका गोकुलप्रसाद बाँस्कोटा १०औं स्थानमा रहदै पराजित भएका छन् । उनले १००३ मत प्राप्त गरेका छन् ।

Read More