२०८३ बैशाख १३

कन्सल्टेन्सीमाथि वैदेशिक रोजगारको कडा निगरानी, बानेश्वरको अक्सन कन्सल्टेन्सीमा छापा

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरस्थित अक्सन इन्टरनेशल प्रालिमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

सोमबार कन्सल्टेन्सीमा छापा मारेर विभागका अधिकारीहरूले कम्प्युटर बरामद गरेका छन् ।

अक्सनका अध्यक्ष ईश्वर सापकोटा हुन् । उजुरीको आधारमा अक्सनमा छापा मारिएको वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्र बहादुर शिवाकोटीले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धानको लागी कम्प्युटर बरामद गरिएको छ ।’

कम्प्युटर परीक्षण गर्दा कुनै त्रुटि भेटिएमा कानुन अनुसार कारबाही हुने शिवाकोटीले बताए ।

Read More

अर्थतन्त्र किन सुस्त ? विज्ञहरू भन्छन: समस्या वित्त नीतिमै छ

काठमाडौं । आर्थिक सुस्तता, बढ्दो व्यापार घाटा र कमजोर पुँजीगत खर्चका कारण दबाबमा परेको नेपाली अर्थतन्त्र सुधार्न अब वित्त नीतिमा ठोस हस्तक्षेप आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

नेपाल राष्ट्र बैंकद्वारा आयोजित ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रियामा बोल्दै सरोकारवालाहरूले मौद्रिक उपकरणको सीमा सकिन लागेको भन्दै सरकारी कार्यशैली र संरचनागत सुधारमा जोड दिएका हुन्।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले नेपालको विकास यात्रा संरचनागत रूपमै कमजोर भएको उल्लेख गरे। कृषिबाट सिधै सेवा क्षेत्रमा उफ्रिँदा औद्योगिक आधार तयार हुन नसकेको र पूर्वाधार निर्माणका लागि आवश्यक संस्थागत क्षमता कमजोर हुँदा विनियोजित बजेट खर्च हुन नसकेको उनको विश्लेषण छ। विकास आयोजनामा खर्च भएको रकमले नतिजा दिन नसकेको र पैसा थुप्रिएर बस्नु विडम्बनापूर्ण भएको गभर्नर पौडेलले बताए।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक रमेशचन्द्र पौडेलले नेपालमा राजनीतिक परिवर्तन भए पनि आर्थिक एजेन्डा सधैँ ओझेलमा परेको टिप्पणी गरे। मौद्रिक पाटोमा केही सुधार देखिए पनि वित्त नीति असफल हुँदा पुँजी पलायन नरोकिएको र वैदेशिक लगानी भित्रिन नसकेको उनको भनाइ छ। उनले अब दोस्रो चरणको आर्थिक सुधार अन्तर्गत संस्थागत क्षमता विकास र भ्याटमा बहुदर प्रणाली लागू गर्नुपर्ने सुझाव दिए।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगलले भने बैंकहरूमा बढ्दो खराब कर्जा र निजी क्षेत्रको ऋणप्रतिको अनिच्छाले आर्थिक वृद्धिदर साढे तीन प्रतिशतभन्दा माथि जान मुस्किल रहेको दाबी गरे। भारतसँगको स्थिर विनिमयदरका कारण नेपालमा उत्पादनभन्दा व्यापार (ट्रेडिङ) बढी फस्टाएको भन्दै उनले यसको पुनरावलोकन गर्नुपर्ने बेला आएको बताए। अर्का अर्थविद् प्राडा गोविन्द नेपालले पनि मौद्रिक नीतिले आफ्नो तर्फबाट गर्न सक्ने काम गरिसकेकाले अबको केन्द्रविन्दु वित्त नीति नै हुनुपर्नेमा जोड दिए।

अर्थविद् डा. कल्पना खनालले बजारमा माग बढ्न नसक्नुलाई अर्थतन्त्र सुस्तताको मुख्य कारण मानिन्। राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले पछिल्ला वर्षमा बाह्य क्षेत्रमा स्थिरता आए पनि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसकिएको स्वीकार गरे।

Read More

डिजिटल नेपालतर्फ योगदान: राष्ट्रिय वाणिज्य बैंकलाई विशेष सम्मान

काठमाडौं । डिजिटल भुक्तानी प्रणाली र प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै राष्ट्रिय वाणिज्य बैंक सम्मानित भएको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकलाई दुई फरक विधामा अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा धेरै क्यूआर मर्चेन्ट कारोबार सञ्चालन गर्ने बैंक तथा डिजिटल माध्यमबाट सबैभन्दा बढी सरकारी कारोबार गर्ने बैंकका रूपमा पुरस्कृत गरिएको थियो । उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गरे ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पछिल्लो समय प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै डिजिटल बैंकिङलाई आमनागरिकसम्म पुर्‍याउने प्रयास गरिरहेको छ । सोही प्रयासको परिणामस्वरूप बैंकले डिजिटल कारोबारमा उल्लेखनीय प्रगति हासिल गरेको आयोजकले उल्लेख गरेका छन् ।

सम्मान ग्रहणपछि बैंकले सुरक्षित र सहज डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, ग्राहक केन्द्रित सेवाको विस्तार र प्रविधिमा निरन्तर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल राष्ट्र बैंकको अनुमतिमा सञ्चालन हुँदै आएको नेपाल क्लियरिङ हाउस लिमिटेडले हरेक वर्ष डिजिटल कारोबारमा उत्कृष्ट प्रदर्शन गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता सम्मान प्रदान गर्दै आएको छ ।

Read More

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभा पुस १६ गते हुने

काठमाडौँ । राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । दुई पार्टीबीच बुधबार एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो । 

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । 

दुई पार्टीको एकता घोषणा सभा पौष १६ गते राष्ट्रिय सभागृहमा हुने श्रेष्ठले जानकारी दिएका छन् ।

Read More

रोहित र विराटको घरेलु क्रिकेटमा शानदार कमब्याक, दुवैले ठोके शतक

काठमाडौँ । भारतका सिनियर क्रिकेटर रोहित शर्मा र विराट कोहली घरेलु क्रिकेटमा फर्किएर शानदार प्रदर्शन गरेका छन् ।

बुधबार विराट र रोहितले विजय हजारे ट्रफीमा आआफ्नो टिमबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । विराट कोहलीले दिल्लीबाट आन्ध्र प्रदेशविरुद्ध खेल्दै १३१ रनको शतकीय पारी खेलेर आफ्नो टिमलाई जित दिलाएका हुन् । विराट १५ वर्षपछि घरेलु क्रिकेट खेलेका हुन् । उनले अन्तिम पटक २००९/१० सिजनमा दिल्लीका लागि खेलेका थिए । 

त्यस्तै अर्का सिनियर खेलाडी रोहित शर्मा ७ बर्षपछि मुम्बईका लागि खेल्दै १५५ रनको शतकीय पारी खेलेका छन् । सिक्किमविरुद्ध खेल्दै रोहितले मुम्बईको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले राष्ट्रिय टिमका सबै खेलाडीले घरेलु क्रिकेटको विजय हजारे ट्रफीमा खेल्न अनिवार्य गरेपछि रोहित विराट बर्षौं पछि घरेलु क्रिकेट खेलेका हुन् ।

Read More

डिजिटल बैंकिङमा गरिमालाई सम्मान, दुई विधामा अवार्ड

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड’Excellence in Digital Transactions FY 2081/82′ / ‘Excellence in Nepalpay QR Transaction FY 2081/82’बाट सम्मानित भएको छ ।

आ.व. २०८१/०८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा QR कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।

मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरेका थिए । समायानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ ।

विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।

Read More

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

‎काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा भएको छ । दुबै पक्षले हाल कार्यगत एकता गरी संघर्षका कार्यक्रमहरू सँगै सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार एकतासमेत गर्न सक्ने सहमति गरेका छन् ।

‎‎सोमबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा दुबै पक्षले कार्यकत एकटा घोषणा गर्दै संयुक्त रूपमा संघर्ष अघि बढाउने सहमति गरेका हुन् । ‎कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

‎कार्यगत एकता घोषणापत्रमा दुबै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलबिहीन निर्वाचन प्रणालीको पक्षमा संघर्ष गर्ने सहमति भएको छ ।

‎घोषणापत्रमा नेपालको संविधान अधुरो, अपुरो तथा त्रुटिपूर्ण र विभेदकारी रहेको ठहर गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनका लागि संघर्ष जारी राख्ने उल्लेख छ । विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने गरी राज्य–राष्ट्रको अवधारणा स्थापित गराउन पनि संयुक्त प्रयास गर्ने सहमति गरिएको छ ।

‎मधेश जनविद्रोहबाट स्थापित संघीय शासन प्रणालीलाई थप मजबुत बनाउँदै प्रदेशलाई अधिकारसम्पन्न बनाउने, मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसंख्यक तथा पिछडावर्गको अधिकार, पहिचान र सम्मानका लागि निरन्तर संघर्ष गर्ने घोषणापत्रमा उल्लेख छ । साथै राज्यका सबै तह र निकायमा जातीय तथा सामुदायिक जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त संघर्ष गर्ने प्रतिवद्धता जनाइएको छ ।

Read More

ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । दक्षिणपूर्वी ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प चीन, फिलिपिन्स र जापानसम्म महसुस गरिएको थियो ।

केन्द्रीय मौसम प्रशासनका अनुसार, भूकम्पको केन्द्रबिन्दु ताइतुङ काउन्टी हलबाट १०.१ किलोमिटर उत्तरमा थियो र यसको गहिराइ ११.९ किलोमिटर रहेको थियो ।

ताइवानमा भूकम्पको तीव्रता १ देखि ७ को स्केलमा मापन गरिएको छ । ताइतुङ काउन्टीमा ५ म्याग्निच्युड रेकर्ड गरिएको थियो, जबकि हुआलियन र पिङटुङ काउन्टीहरूमा ४ म्याग्निच्युड महसुस गरिएको थियो ।

राष्ट्रिय अग्नि नियन्त्रक निकायले ताइवानमा कुनै क्षतिको रिपोर्ट दिएको छैन । ताइवानी चिप निर्माता टीएसएमसीले भूकम्पले आफ्ना कारखानाहरू खाली गर्न आवश्यक पर्ने गरी गम्भीर नभएको बताएको छ ।

यसअघि ताइवानमा अप्रिल ३, २०२४ मा हुआलियन क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो विगत २५ वर्षमा सबैभन्दा शक्तिशाली भूकम्प थियो । भूकम्पले १९ जनाको मृत्यु भयो, ११ सयभन्दा बढी घाइते भएका थिए ।

Read More

राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचमा एकता हुने निर्णय भएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेनसहितको तस्बीर शेयर गर्दै एकता गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

लामो समयदेखि राप्रपा र राप्रपा नेपालबीच एकताको प्रयास अन्तत: टुंगो लागेको छ । एकताको मोडालिटी र अन्य विवरण आउन बाँकी छ ।

Read More

उपमेयर डंगोलबाट महाङ्काल सत्तल र खुला मञ्चको अनुगमन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निर्माण गरेका सार्वजनिक पूर्वाधारको संरक्षण, सञ्चालन र व्यवस्थापनका लागि कार्यविधिको आवश्यकता महसुस भएको बताउँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाइने बताएकी छन् ।

बुधबार महाङ्काल सत्तल र खुला मञ्चको अनुगमन गर्दै उपमेयर डंगोलले उद्यान तथा पार्क, पोखरी, मठमन्दिर, सत्तल, चोकलगायत सार्वजनिक उपयोगका धेरै संरचना निर्माण गरेको र नागरिकबाट संकलन भएको राजस्वबाट निर्माण गरिएका यस्ता संरचनाको दिगो उपयोग गर्न, स्वामित्व र संरक्षणका लागि समुदायको सहभागिता जस्ता व्यवस्थामा स्सुनिश्चित गर्न कार्यविधि चाहिने बताएकी छन् ।

उनले भनिन्- ‘पूर्वाधार निर्माण एक पटकको योजना हो । तर, सञ्चालन व्यवस्थापन दैनिक काम हो । कतिपय सम्पदा संरचनाहरु जीर्ण हुँदा मर्मत सम्भार तथा पुननिर्माणको दायित्व लिने कोही देखिँदैनन् । महानगरपालिकाले पुननिर्माण गरिदिएपछि स्वामित्व दावी गर्दै आउने पनि देखिएको छ । सार्वजनिक सम्पत्तिको उपयोगसँग सम्बन्धित यावत समस्या समाधान गर्ने गरी कार्यविधि बनाएपछि समान मापदण्डका आधारमा सार्वजनिक सम्पत्तिको संरक्षण, सम्बर्धन र उपयोग सुनिश्चित हुनेछ ।’

अनुगमन क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग र योजना अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीहरु सहभागी थिए । खुला मञ्चको अनुगमनका क्रममा वडा २८ का अध्यक्ष, वडा २७ का कार्यवाहक अध्यक्ष, वडा सदस्यहरु, स्थानीय र क्लवका अधिकारी पनि उपस्थित रहेका थिए । 

महाङ्काल सत्तल निर्माणको निरीक्षणका क्रममा कालोपत्रे गरेर अग्लिँदै गएको सडक र सत्तल क्षेत्रको जमिन सतह मिलाउने, परिसरमा पानी पुनःभरण प्रणाली राख्ने, काठका चुकुल बलियो बनाउने, थामसँग पर्खाल र अन्य भाग एक ढिक्का बनाउने लगायत विषयमा छलफल गरिएको थियो । यस्तै खुला मञ्चको संरक्षण र उपयोगमा स्थानीयबासी तथा क्लवहरुको सहभागिताका विषयमा कुराकानी भएको थियो । 

खुला मञ्चको नजिक आरसीटी क्लव, संकटा क्लब, मच्छिन्द्र क्लव, एनआरटी क्लव, मित्र युवालगायत क्लव छन् । अनुगमनका क्रममा क्लवका प्रतिनिधिहरुले महानगरपालिकाको मार्गनिर्देशन अनुसार यसको संरक्षणका लागि दायित्व लिने र उपयोग दावी गर्ने बताएका थिए  । 

महाङ्काल चौघेरा सत्तल 

टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको पुननिर्माणका लागि २०८१ मंसिर २४ गते शिलान्यास भएको हो । पुननिर्माणका लागि २०८० फागुन ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो । यसबाट ५ वटा प्रस्ताव पेश भएका थिए । यीमध्ये ४ वटाको प्राविधिक प्रस्ताव अस्वीकृत भए । निर्माण पक्षलाई २०८१ असार १९ गते कार्यादेश दिइएको थियो । सत्तलको निर्माण अवधि २०८३ असार १९ गतेसम्म हो । 

१० करोड १० लाख ७९ हजार २७९ रुपियाँ लागत अनुमान भएको योजना सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको विनायक÷एसपि÷बोहोरा जेभि निर्माण कम्पनीले १० करोड ५ लाख १० हजार ६१९ रुपियाँमा निर्माण पुननिर्माणको काम गरिरहेको छ । परम्परागत निर्माण सामग्री र शैली पुननिर्माणको मुख्य विशेषता हो । वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलमा पुननिर्माण भइरहेको हो । हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ । यसमा जमिन तलामा ९ वटा कोठा छन् । पहिलो तलामा ३ वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष छ । यस माथि बुइँगल छ । रिजालका अनुसार वि. सं. १९९७ सालमा खिचिएको तस्विरका आधारमा पुननिर्माण भइरहेको हो । 

मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल छ । पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेश द्वार छ । सत्तलको छानो  झिँगटीको हुनेछ । 

मन्दिरका पुजारी दिपकहर्ष बज्राचार्यका अनुसार यो मन्दिर करिब १ हजार ३०५ सय वर्ष अगाडि निर्माण भएको हो । मन्दिर स्थापनाका बारेमा चलेको किंवदन्ती सुनाउँदै उनले भने- ‘भगवान शिवको आकाश यात्रा र तान्त्रिक शाश्वत बज्रसँग मन्दिर स्थापनाको कथा जोडिएको छ । शाश्वत बज्र मन्त्रसिद्धि महाविहार (सवल वहाल) मा घाम तापेर बसिरहेका बेला सबैतिर घाम थियो तर उहाँ बसेको ठाउँमा घामको प्रकाश छेकियो । घामको ताप कसरी छेकियो भनेर साधनाबाट हेर्दा आकाशमा ठूलो आकारको शक्ति देखियो । यो शक्तिलाई उनले तान्त्रिक शक्तिले खिचेर तल ताने । तल आएपछि उनलाई थाहा भयो कि तानेको शक्ति त शिव शक्ति रहेछ । दुष्कर्म गर्नेहरुको संहार गरेर घाँटीमा टाउकाको माला लगाएर आकाश मार्गबाट शिव तिव्वततर्फ गइरहनुभएको थियो । यो देखेर तान्त्रिकले नेपाल मण्डलमा पनि जनतालाई दुःख, महामारी र समस्या भएकोले यहाँका सबैको सुख शान्तिका लागि यतै बसिदिन आग्रह गरे । तान्त्रिकको आग्रह सुनेपछि शिवले तीन त्रिभुवनको अवस्था बुझ्नु पर्ने भएकोले सधैँ यहीँ बसिरहन नसक्ने बताएर आफू हरेक मंगलबार र शनिवार चाहिँ आउने बताउनुभयो । पहिले त मंगलबार र शनिबार मात्र मन्दिरमा श्रद्धालु आउने गर्दथे । अहिले सबै दिन आउँछन् ।’ 

शाश्वत बज्रले खिच्दा महाङ्काल पुरानो बसपार्कबाट पुतलीसडक जाने सडक खण्ड अद्व्रैत मार्गमा आएको बताइन्छ । प्रहरी कार्यालयसँगै अहिले महाङ्कालको सानो मन्दिर रहेको छ । त्यहाँबाट टुँडिखेलमा सार्नुसँग नेपालकी छोरी भृकुटी तिव्वतबाट फर्कँदा टुँडिखेल छेउमा बास बस्ने गरेको भन्ने भनाइसँग जोडिन्छ । यसबाहेकका अन्य कारण खोजीको विषय रहेको छ । 

यहाँ हिन्दू र वौद्ध धर्मावलम्बीहरुले आस्थापूर्वक पूजा आराधना गर्ने गर्नुहुन्छ । बौद्धमार्गी तिव्वतियनहरुका लागि यो तीर्थ स्थल नै हो । माडवारी समुदायले शनिदेवका रुपमा महाङ्कालको पूजा गर्ने गर्दछन् । महाङ्कालको दर्शन गरे जीवनमा संकटको समय आएका व्यक्तिहरुले दुःख, पीडा र समस्याबाट छुटकारा पाउन सक्छन् भन्ने विश्वाश छ । खराव कर्मको प्रायश्चित गर्दै सुधारको बाटोमा लाग्ने आशीर्वाद प्राप्त गर्न श्रद्धालुहरु मन्दिरको दर्शन गर्न आउँछन् । संकटाको दर्शनपछि महाङ्कालको दर्शनबाट अधिक लाभ हुने श्रद्धालुहरुको विश्वाश पाइन्छ । 

खुला मञ्च 

खुला मञ्चको पूर्वाधार सुधार गरेर अहिले प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइएको छ । सतहको उवडखावड मिलाएर मलिलो माटो राखेपछि १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको हो । महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट सार्वजनिक निर्माण विभागले खुला मञ्च सुधार गरेर चउरमा दुबो रोपेको हो । यसका लागि करिब ९० लाख रुपियाँ खर्च भएको छ । 

चउरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरउन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनःप्रयोग गरिएको हो । 

पैदल मार्गमा २१ वटा विजुलीका पोल राखिएका छन् । यी पोलहरु न्यूरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन् । यी पोलहरुमा टु आर्म छन् । यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा १ सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिएको छ । यी बत्तीहरु डे नाइट सेन्सरयुक्त छन् । रातमा बल्छन् । दिनमा आफैँ निभ्छन् । 

चउरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेल र पार्किङ्जस्ता प्रयोजनमा ल्याउन सकिन्छ । यदि यहाँ पार्किङ् गरियो भने ४० वटा चारपाङ्ग्रे र १ सय वटा २ पाङ्ग्रे सवारी साधन राख्न सकिन्छ । 

यस्ता पूर्वाधार संरचना र परामर्शका लागि काम गर्न महानगरपालिकाले २०८१ वैशाख १० गते पूर्वाधार निर्माण कम्पनीसँग नीतिगत सहमति पत्रमा हस्ताक्षर गरेको छ । यो कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्व भएको कम्पनी हो । यो सहमतिका आधारमा त्यही महिनाको २३ गते खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्का लागि सम्झौता भएको थियो । जसअनुसार २०८१ वैशाख २४ गतेदेखि महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको थियो । 

ग्रेडिङ् र लेभलिङ्को काम सकिएपछि चउरमा पानी नजम्ने र सतहको पानी पुनःभरण हुने भएको छ । यसका लागि चउरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरु बनाइएका छन् । 

खुला मञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ । 

यो स्थानलार्य बहुउपयोगी स्थानका रुपमा प्रयोग गर्ने महानगरपालिकाको योजना छ । विहान शारीरिक अभ्यास गर्न, वालबालिकाहरुका लागि स्वतन्त्र खेल्न, पाका उमेरका व्यक्तिहरुका लागि टहल्न, आराम गर्न र सहरी जीवन नियाल्न सकिने ठाउँका रुपमा उपयोग गरिनेछ । यो क्षेत्र मर्निङ् वाकका लागि उपयुक्त मार्ग हुनेछ । युवाहरुलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ । 

२०७२ सालको भूकम्पले वीर अस्पताल, दरबार हाइ स्कूललाई पुननिर्माण गर्नु पर्ने बनाएपछि खुला मञ्चमा निर्माण सामग्री र जनशक्ति राखेर पुनःनिर्माणको काम गरिएको थियो । काठमाडौँ टावर निर्माण गर्न ल्याइएका निर्माण सामग्री राख्न र अस्थायी बसपार्क सञ्चालन गर्न यही ठाउँ प्रयोग भएको थियो । यसरी प्रयोग गरिएको खुला मञ्चलाई सुधार गरेर पूर्ववत् सञ्चालन गर्ने योजना अनुरुप सार्वजनिक निर्माण विभागले काम सकेर प्रशासन विभागलाई बुझाइएको, पूर्वाधार निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए ।

Read More