काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरस्थित अक्सन इन्टरनेशल प्रालिमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।
सोमबार कन्सल्टेन्सीमा छापा मारेर विभागका अधिकारीहरूले कम्प्युटर बरामद गरेका छन् ।
अक्सनका अध्यक्ष ईश्वर सापकोटा हुन् । उजुरीको आधारमा अक्सनमा छापा मारिएको वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्र बहादुर शिवाकोटीले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धानको लागी कम्प्युटर बरामद गरिएको छ ।’
कम्प्युटर परीक्षण गर्दा कुनै त्रुटि भेटिएमा कानुन अनुसार कारबाही हुने शिवाकोटीले बताए ।




