काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गोप्य तथा महत्त्वपूर्ण भेटवार्ता भएको ।
यसअघि सिंहदरबारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो । छलफल लगत्तै प्रधानमन्त्रि ओली र कांग्रेस सभापति देउवाले बालुवाटारमा छुट्टै भेट गरेका हुन् ।
बालुवाटार स्रोतका अनुसार, देशको समसामयिक राजनीतिक अवस्थासँगै पछिल्ला समसामयिक राजनीति लगायत बिषयमा कुराकानी भएको छ । विशेषगरी गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्नहरू छलफलको केन्द्रमा रहेको स्रोतले जनाएको छ ।
राजावादी समूहले गणतन्त्र दिवसकै दिन प्रदर्शनको तयारी गरिरहदा अहिले सुरक्षा र सन्देशबारे पनि बिशेष चासो बढेको छ । प्रधानमन्त्रि ओली र कांग्रेस सभापति देउवा भेटमा सो विषयमा पनि गम्भीर कुराकानी भएको बताइएको छ ।
आगामी आर्थिक वर्षको बजेट नजिकिँदै गर्दा, बजेटको प्राथमिकता र सत्ता साझेदारबीचको समझदारी कायम गर्न पनि यो भेट भएको जनाईएको छ ।
भेटवार्ता औपचारिक जस्तो लागे पनि पछिल्लो राजनीतिक दबाब र सार्वजनिक असन्तुष्टिले यो भेटलाई विशेष अर्थपूर्ण बनाएको छ ।




